Friday, October 11, 2024

जिन्दगीका छालहरु–उपन्यासको चौथो खण्ड

जिन्दगीका छालहरु–उपन्यासको चौथो खण्ड 

बाह्र वर्षपछि विक्रम आफ्नो घर बेतहानी जाँदा उसको घरको अवस्था कस्तो रह्यो जान्न यो उपन्यास अवस्य पढ्नु होला ।

नजरराम महर्जन

 दश

भोलिपल्ट विहान विक्रम सुतेको कोठाको ढोका कसैले ढक्ढकायो । विक्रमको निद्रा खुल्यो । ऊ हतपत उठ्यो । झ्यालबाट घाम पसेर कोठा नै उज्यालो भइसकेछ । उसले छतमा हे¥यो । सिलिङ्ग पङ्खा फनफनी घुमिरहेको छ । रातभरि घुम्यो होला । तैपनि गर्मी महसुस भइरहेको छ । काठमाण्डौको घरमा एउटा पङ्खा थिएन । तैपनि गर्मी महसुस हुँदैन । उसले घडी हे¥यो । ओहो ! आठ बजिसकेछ । आज मर्निङ्ग वाक पनि गएन । उसले लुगा लगायो । ढोका खोलेर हे¥यो । ढोकामा भरत मुसुमुसु हाँसेर उभिरहेको छ ।

“कति सुतिरहेको ? आठ बजिसक्यो । म तीनचोटि आइसकें ।”

“हिजो अबेरसम्म बुबासँग गफ गरिरहें । अबेर सुतेकोले अबेरसम्म निद्रा लाग्यो ।”

“बुबा वर्दघाट गएर फर्किने बेला भइसक्यो ।”

“हामीले कमसेकम दिनको आठघण्टा सुत्नुपर्छ बुझ्यौ ?”

“हो हो ल भइगो । भन के छ तेरो हालखबर ?”

“राम्रै छ । मैले काठमाण्डौंमा पाँच आना घडेरी पाइसकें ।

“तेरो ससुरालीबाट पाएको हो ?”

“बिहे त गरेको छैन कहाँ ससुरालीबाट पाउने ?”

“कीर्तिपुरे नेवारको छोरी बिहे ग¥यो भने चारआना जग्गा पाउँछ भन्छ नि ।”

“मेरो घरपति बाले सस्तोमा दिनु भएको हो । तेरो बिहे भयो ?”

“बिहे गरेर बच्चा पनि भइसक्यो ।”

“तिमीले त मेरो बुबालाई जमिन्दार बनाई दियौं ।”

“बुबालाई मैले जमिन्दार बनाएको कहाँ हो र ! तेरो हिस्सा मात्र दिएको हुँ । तिमीलाई किन ढाँट्ने ? हामीले लाहुरेको एक करोड रुपैयाँ लुटेका थियौ नि । त्यो रुपैया लिएर भाग्न म सफल भएँ । तिमी गिरफ्तारीमा प¥यौं । तिमीले हाम्रो नाम पोलेनौं । दुई वर्षसम्म म चूप लागें । तिमीलाई पन्ध्र वर्ष कैद सजाय भयो । अब त्यो मुद्दा सकियो होला भनेर म बाहिर आएँ । त्यही पैसा जग्गामा लगानी गरें । सस्तोमा जग्गा किन्ने केही महिनापछि महंगोमा बेच्ने गरेर मैले करोडौं कमाइसकें । तेरो भागको केही अंशमात्र बुबालाई दिएको हुँ । काठमाण्डौंमा तेरो घर बनाउन जति रुपैया चाहिन्छ म दिन्छु ।”

“मेरो घर बनाउन यो लुटको धन मलाई चाहिंदैन । म आफै कमाएर घर बनाउँछु । मैले काठमाण्डौंमा काम पाइसकेको छु ।”

“हेर तँ धेरै सिद्धान्तवादी नबन । हामीले लाहुरेको धन लुट्यौं त के भयो ? उसको पनि खून–पसिनाको कमाइ होइन । कौडीको मोलमा जग्गा किनेर सुनको मूल्यमा बेचेर कमाएको पैसा त हो नि । त्यो धन लुट्नको लागि हामीले पनि ज्यानको बाजी लगाएकै हौं । तैंले आठ वर्ष जेल काटेकै हो । पहिलेको धन्दा र अहिलेको धन्दामा कुन राम्रो छ ?”

“अहिलेको धन्दा नै राम्रो लाग्छ नि । अहिले कोहीदेखि डराउनु पर्दैन । जहाँ मन लाग्यो, त्यहाँ जान पाउँछु । अब भुलेर पनि पुरानो धन्दामा फर्कीदैन ।”

“पहिले मात्र हामी आफ्नो सौखले लागेको कहाँ हो र ? कुनै काम नपाएर खान, लगाउन नपाएर त लागेको हो नि । अब त हामीसँग प्रशस्त धन भइहाल्यो । अब राम्रो काम गरेर आरामले बस्ने ।”

विक्रम र भरत गफ गर्दागर्दै दश बज्यो । विश्वनाथ वर्दघाटबाट ट्रयाक्टर लिएर फर्कियो । सँधै खाना खाने बेला भयो कि विहान जे जति खाए पनि भोक लाग्दो रहेछ । विक्रमको सँधै भात खाने समय भयो । उसलाई भोक पनि लागिसक्यो । तर भान्सामा खाना पाकेको थिएन । उनीहरु दुबैजना तरकारी पुरी खाएर बाहिर गए ।

भरतसँगै विक्रम विश्वनाथले खेती गर्ने ठाउँमा गयो । उनीहरुको खेतको सिमानामा बाँसको फट्टामा डोरी बाँधेर सिमाना छुट्याइ राखेको छ । उँचा जमिनमा ब्याड बनाएर थरिथरिका वर्षे तरकारी रोपीराखेको छ । अलग–अलग दुईटा गोठ बनाईको छ । एउटा गोठमा भैंसीहरु र अर्को गोठमा गाईहरु राखेका छन् । एकजना मानिस चारा काटिरहेको छ । अर्को मानिस गोठ सफा गरिरहेको छ । खेतको अलि उँचा ठाउँमा चार इञ्च पाइपको बोरिंग राखेको छ । सबै व्यवस्था राम्रो छ ।

“भरत, मेरो बुबालाई यस्तो ज्ञान कसरी आयो ?” विक्रमले उत्सुक भएर सोध्यो ।

“जिल्ला कृषि कार्यालयबाट सञ्चालित तालीममा सहभागी भएर सिकेको ।” भरतले भन्यो ।

विश्वनाथले ट्रयाक्टर चलाउन पनि सिकेको छ । ड्राइविंग लाईसेन्स पनि लिइसकेको छ । तैपनि ट्रयाक्टर चलाउन एकजना ड्राइभर पनि राखेको छ । विहान ड्राइभर आउनुभन्दा अगाडि विश्वनाथले आफैले ट्रयाक्टर चलाएर दूध र तरकारी वर्दघाट पु¥याउँथ्यो । दूध डेरीलाई दिन्थ्यो । त्यसपछि मात्र ज्याला लिएर खेत जोत्ने, अरुको सामान ओसार्ने काम गर्दथियो । यस हिसाबले ट्रयाक्टरले पनि राम्रै कमाइ गरिरहेको छ । आफ्नो बाबुको प्रगति भएकोमा विक्रम सन्तुष्ट भयो ।

विक्रमले त्यस दिन घरमै बितायो । उसलाई कहीं बाहिर जान मन लागेन । उसलाई हरदम उसको अतीतले पछ्याइरहेको छ । अघि एकछिन बाहिर घुम्न जाँदा जो भेटे पनि कहिले छुट्यौ ? कहाँ बसिरहेका छौं । भनेर सोधेर हैरान पारे । जवाफ दिंदादिंदा ऊ हैरान भइसकेको छ । ऊ जेल परेको सबैलाई थाहा रहेछ । तैपनि कसैले उसलाई एकचोटि भेट्न आएको होइन । अहिले उनीहरुले देखाएको सहानुभूति सबै नक्कली हुन् । अहिले ऊ जतिसुकै असल मान्छे भए पनि मानिसहरुको नजरमा ऊ डाँका हो, हत्यारा हो । कतिजना ऊदेखि डराएका पनि छन । उनीहरु विक्रमलाई देखे पनि नदेखेको जस्तो गरी हिंड्दथे । त्यसैले त होला सूर्यमानले उसलाई तिम्रो अतीत कसैलाई नबताउनु भनेको रहेछ । यदि घरमा फलामको ठूलो ढोका राखेर बन्द नगरेको भए कति मानिसहरु लुसु लुसु घरमा आएर अनेकौं सवाल गर्न लाग्यो सक्थ्यो होला ।

भोलिपल्ट विहान भरतसँग घुमेर आएपछि विक्रम घरमा आयो । खाना खाइसके पछि विक्रमलाई भाइ विवेक भेट्न मन लाग्यो । उसलाई घरमा बोलाउँ कि जस्तो लाग्यो । तर उसको पढाइ बिग्रिन्छ कि भन्ने डरले ऊ आफै उसलाई भेट्न जाने विचार ग¥यो । उसले विश्वनाथसँग विवेकको मोबाईल नम्बर लियो । आफ्नो मोबाईलको चार्जर पनि किन्नु छ भनेर ऊ खाना खाएर नारायणघाट गयो । उसले नारायणघाटमा आफ्नो मोबाईलको चार्जर छ कि हेर्नु छ । नारायणघाटमा भएका मोबाईल पसलहरु घुमेर हेर्दा पनि कहीं उसको मोबाईलको चार्जर पाइएन । विक्रमको मोबाईल सेट नयाँ कम्पनीको नयाँ मोडल रहेछ । प्रदीप साहू हङ्गकङ्ग घुम्न जाँदा नयाँ सेट भनेर उसलाई ल्याई दिएको थियो । अहिलेसम्म काठमाण्डौमा त आएको छैन । नारायणघाटमा कहाँबाट आउँछ ?

विक्रमले घडी हे¥यो । बाह्र बजिसकेछ । अब त विवेकको क्याम्पस पनि सकियो होला । विवेकको कोठा चौबीस कोठीनिर छ भनेर विश्वनाथले भनेको थियो । उसले चौबीस कोठी चोकमा बसेर विवेकको मोबाईलमा फोन ग¥यो ।

“दर्शन बुबा” फोन उठाउने बितिक्कै विवेकले भन्यो ।

“म बुबा होइन तेरा.े दाइ विक्रम ।”

“ओहो दाइ ! तपाईं कहाँ हुनुहुन्छ ?”

“म तिमीलाई भेट्न नारायणघाट आएको छु । तिमी कहाँ छौ ?”

“तपाई कहाँ हुनुहुन्छ मलाई लोकेशन बताउनुस म लिन आउँछु ।”

“म चौबीस कोठी चोकमा छु ।”

“ल म तुरुन्त आएँ । त्यहीं उभिरहनु होला ।” विवेकले मोबाईलको लाइन काट्यो ।

एकछिनमा विवेक आइरहेको देख्यो । विवेक त हट्टाकट्ट जवान भइसकेको रहेछ । विक्रमभन्दा अग्लो र मोटो पनि छ ।

“दाइ नमस्कार” विक्रमको नजिक आएर विवेकले भन्यो ।

“नमस्कार” भन्दै विक्रमले विवेकलाई अङगालो मा हाल्यो ।

“दाइ तपाईं कहिले आउनु भएको ?”

“म अस्तिमात्रै आएको ।”

“तपाईं अस्ति मात्र छुट्नु भएको हो ?”

“होइन म छुटेको चार वर्ष भइसक्यो । हिंड तेरो कोठामा गएर गफ गरुँ ।”

दुवैजना विवेकको कोठामा गए । विवेकको कोठामा किताब कापी जथाभावी फाली राखेको देखेर विक्रमले सोहोर्न लाग्यो । विवेकलाई लाज लाग्यो । उसैले सबै किताब कापी सोहोरेर एक ठाउँमा तह लगाएर राख्यो । विक्रमले कोठामा चारैतिर हे¥यो । कोठामा खाना बनाउने भाँडाकुँडा केही थिएन ।

“विवेक तिमी कहाँ खाना खान्छौं ?”

“होटलमा महिनावारी खाना खान्छु ।”

“त्यसैले त तिमी यति अल्छी भएको । अहिले तिमी कतिमा पढ्दैछौं ?”

“अरु पढ्ने विचार छ कि छैन ?”

“पढ्ने त विचार छ । बुबासँग सोध्नुपर्छ । उहाँले के भन्नुहोला ?”

“किन बुबाले नपढ भन्नुहुन्छ ?”

“अँ बीबीएस त पढ्नु पर्दैन । धेरै पढेर के गर्ने ? हामीले सरकारी नोकरी पाउने होइन । विवाह गरेर घरजम गरेर बस्न कर गर्नु भएको छ । पढ्न नदिने भए विवाह नै गर्दिन भनें । अनि बल्ल बुबाले पढाउनु भएको हो ।”

“म जेल पर्दा त तिमी सानै थियौं । आठ वर्षमा त तिमी जवान भयौं होला । तिमीले मलाई एकचोटि पनि भेट्न आएनौ । मैले त तिमीहरु बसाई सरेर अन्तै गयौं होला भन्ठानेको थिएँ ।

“होइन दाइ, म त आउँछु भनेको थिएँ । तपाईंको सहयोगी भनेर मलाई पनि समात्छ भनेर बुबाले पठाउनु भएन ।”

“ल भइगो, अब बीबीएस पास गरेर एमबीएस पढ्न काठमाण्डौं आउनू । म बुबालाई भनीदिन्छु ।”

“दाइ, तपाईलाई हाम्रो आमाको बारेमा केही थाहा छ ?”

“मलाई के थाहा नि ? तिमी यहाँ बस्ने तिमीलाई थाहा होला नि । के छ आमाको हालखबर ?”

“हाम्री आमा यहीं नारायणघाटमा हुनुहुन्छ । उहाँले साह्रै दुःख पाइरहनु भएको छ ।”

“तिमीले कसरी थाहा पायौं ? कसले भनेको ?”

“दुई महिना पहिले हाम्रो डेरामा माग्न आएकी थिइन् । घरपति हुनुहुन्न भनेर कसैले पनि केही पनि दिएन । मैले झ्यालबाट हेरेको त हाम्रै आमाजस्तो लाग्यो । उनले झुत्रा लगाएकी थिइन् । दुब्ली पातली ख्याउटे जस्तो देखिन्छिन् । उनीदेखि मलाई माया लाग्यो । म तल ओर्लें ।

“तपाईले खाना खानु भएको छैन ?” भनेर मैले सोधें ।

“हप्तादिन भयो मैले पेटभरि खाना खान पाएको छैन ।” अमाले मलिन स्वरमा भन्नुभयो ।

मैले आमालाई आपूmले खाना खाने गरेको होटलमा लगेर खाना खुवाएँ । उहाँले मलाई चिन्नु भएको रहेनछ । खाना खाएर मलाई आशिर्वाद दिनुभयो । भोक लागे भोलि विहान पनि बाह्र बजे यहाँ आउनु म खाना खुवाउँछु भनें । भोलिपल्ट पनि उहाँ आउनुभयो । मैले उहाँलाई भात खुवाएर आफ्नो कोठामा ल्याएँ । उहाँसँग विस्तारै उहाँको अतीतको बारेमा सोधें । उहाँले आफ्नै गल्तीले आज यस्तो अवस्थामा पुगेको बताउनु भयो । उहाँको कुरा सुनेर मलाई पूरा विश्वास भयो उहाँ हाम्रै आयो हो । आमा हामीलाई छाडेर ज्ञानुरामसँग भागिन् । आमाले छोरा पाउनु भएछ । आमाले लैजानु भएको पैसा भएसम्म बाहिरै राखेछ । पैसा सकिएपछि आफ्नो घर लगेछ । पैसा सकिएपछि ज्ञानुरामले आमालाई आफ्नो घर लगेछ । छोराको आमा भएर घरमा केही पनि भनेनछ । दुई वर्ष पहिले ज्ञानुरामलाई लागू औषध चरेशसहित गोरखपुरमा समातेर जेल पठाईदियो । अनि त सासु र सौता मिलेर आमालाई पिटेर घरबाट निकाली दिएछन् । छोरालाई चाहिं उनीहरुसँगै राखेछन् । त्यसबेलादेखि आमाले भीख मागेर जीवन गुजार्दै हुनुहुन्छ ।

आमाको सबै कुरा सुनेर मैले, “आमा म तपाईंको कान्छो छोरा विवेक हुँ” भन्दा त आमा करेण्टले झट्का हानेको झै मेरो कोठाबाट हुट्टिएर बाहिर निस्कनुभयो । त्यसबेलादेखि मैले उहाँलाई भेटेको छैन ।”

विवेकको कुरा सुनेर विक्रम रनभुल्लमा प¥यो । उसलाई के गरुँ, के भनूँजस्तो भयो । उसको मन उथलपुथल भयो । आखिर जो भए पनि आमा हुन । आमाको दुःख सम्झेर उसलाई पनि दुःख लाग्यो ।

“ल आज म गएँ । भोलि फेरि यही समयमा आउँछु । कोठामा बसिरहनु ।” यति भनी विक्रम विवेकको कोठाबाट बाहिर आयो ।

अब उसलाई नारायणघाटमा एक मिनेट बस्न मन लागेन । ऊ बाईक लिएर सरासर आफ्नो घर आयो । ऊ आएको देखेर भरत पनि आयो । तर उसलाई भरतसँग पनि गफ गर्न मन लागेन ।

“आज मलाई अली जीउ सञ्चो भएन । मलाई आराम गर्न देऊ यार ।” उसले भरतलाई भन्यो ।

“के भयो डाक्टर देखाउन जाउँ हिंड ।” भरतले भन्यो ।

“डाक्टरै देखाउनु पर्ने गरेर त्यस्तो केही भएको होइन । हिजोदेखि नै अलिअलि जिउ भारी भएको थियो । आज आराम गर्नुप¥यो ।”

भरत चूप लाग्यो । विश्वनाथ आयो । उसले पनि डाक्टर देखाउन जाउँ भनेर करायो । दुबै जनालाई पर्दैंन म आराम गर्छु भनेर टा¥यो । ऊ कोठामा बसेर आमाको बारेमा सोचेर बसिरह्यो ।

एघार


भोलिपल्ट विहान खाना खाएर विक्रम फेरि नारायणघाट गयो । ऊ सिधा विवेकको कोठामा गयो । विवेकले क्याम्पसबाट आएर खाना पनि खाइसकेछ ।

“विवेक आमा कहाँ बस्नु हुन्छ ? तिमीलाई थाहा छ ?”

“आमा देवघाट वृद्धाश्रममा बस्नुहुन्छ ।”

“हिंड आमालाई भेट्न देवघाट जाऊँ ।”

विवेक खुशी भयो । ऊ विक्रमको मोटरसाइकल पछाडि बसेर देवघाटतिर लागे ।

“दाइ, विस्तारै हाँक्नुस, यहाँ बजारमा खोज्दै जाऊँ । यहाँ पनि भेटिन सक्छ ।”

विक्रमले मोटरसाइकल विस्तारै चलाउँदै सिनेमा हल, पूलचोक, बसस्टप सबै ठाउँ खोज्दै गए । तर कहीं पनि आमा भेटेनन् । उनीहरु देवघाट गए । वृद्धाश्रममा गएर सोधे । त्यहाँ सरस्वती चौधरी नाम गरेकी महिला छैन भने । अनि वृद्धाश्रमको चौकीदारलाई सरस्वतीको हुलिया बताएर सोधे ।

“उनी त यहाँ बास मात्र बस्न आउँछिन् । उनले बेड पाएकी छैनन् । हामीले दया माया गरेर रात बिताउन दिएको छु । दुईचार दिनदेखि विरामी जस्तो देखिन्छिन् । आज विहान खोक्दै बजारतिर लागेकी थिइन् ।”

उनीहरु त्यहाँबाट निराश भएर फर्के । आँपटारी चोकमा एकजना महिला भीख मागिरहेकोे देखे । उनीहरुको आमा हो कि जस्तो लागेर मोटरसाईकल रोकेर हेरे । होइन रहेछ । विवेकले सरस्वतीको हुलिया बताएर उनलाई देखेको छ कि भनेर ती भीखारी महिलासँग सोध्यो ।

“अघि विहान उनी यही बाटोमा बेहोस भएर लडेकी थिइन् । प्रहरीले एम्बुलेन्समा राखेर लगेको थियो । कहाँ लग्यो थाहा छैन ।” ती महिलाले भनिन् ।

त्यहीं आँपटारी चोकमा रहेको प्रहरी वृतमा गएर विक्रमले सोध्यो ।

“भरतपुर अस्पतालमा लगेको छ । त्यहाँ जानुस ।” एकजना प्रहरीले भन्यो ।

विक्रम र विवेक छोटो बाटो भएर अस्पतालमा गए । भरतपुर अस्पतालको इमरजेन्सी वार्ड बाहिर एकजना दुब्ली पातली महिला खुम्चिएर भुईंमा अचेत भएर लडिरहेको देखे । विवेकले आमालाई चिन्यो । ऊ आमा भनेर दौडेर गयो ।

विक्रमले आमालार्य जुरुक्क उचारेर इमरजेन्सी वार्डभित्र लग्यो ।

“डाक्टर, एउटी महिला बेहोस भएर बाहिर लडिरहेकी छिन् । उनको उपचार गर्नुको सट्टा यसरी बाटोमा फाली राख्नुहुन्छ ?” विक्रमले डाक्टरलाई भन्यो ।

“अघि विहान प्रहरीले ल्याएको थियो । हामीले एउटा स्लाइन पानी दिइसकें । भोकले बेहोस भएकी थिइन् । हामीले गर्न सक्ने गरी सक्यौं । यहाँ जेनरल बेड खाली छैन ।”डाक्टरले भन्यो ।

“ठीक छ । उहाँको सम्पूर्ण खर्च हामी ब्यहोर्छौं । जेनेरल वार्डमा ठाउँ नभए क्याबिनमा राखेर भए पनि औषधी गर्नुप¥यो ।”

विक्रमले अस्पताल प्रशासनमा गएर फाराम भ¥यो । फाराम भर्दा विरामीसँगको नाता लेख्नु प¥यो । विक्रमले छोरा नाता लेख्यो । पाँच हजार रुपैयाँ अग्रिम जम्मा गरीदियो । सरस्वतीलाई क्याविनमा लगेर राख्यो । तर ओढ्ने ओछ्याउने केही छैन । पानीको भाँडा गिलास चम्चा सबैथोक चाहियो । विक्रमले विवेकलाई सामान किन्न पठायो । आमाको शरीरमा लगाइराखेको लुगाहरु झुत्रा र मैलो छ । कपडा चाहियो । कहाँबाट ल्याउने ? घरमा खबर गरुँ भने बुबामा मोबाईल नै आपूmसँग छ । फेरि अहिले एकैचोटि आमा भेट्यो भन्दा बाबुले के भन्ने हो ? उसले भरतलाई सम्झेर फोन ग¥यो ।

“भरत दुईजोर सारी, चोलो र पेटीकोट लिएर तिमी तुरुन्त भरतपुर अस्पतालमा आउनु । खर्चको लागि बीस हजार रुपैयाँ पनि लिएर आउनू ।”

“किन को महिला अस्पतालमा भर्ना भएको छ ? बुहारी त पक्कै होइन होला ।” भरतले जिज्ञासा राख्यो ।

“जो भए पनि यहाँ आएपछि थाहा भइहाल्छ । मैले भनेजस्तो गर न ।”

डाक्टर आयो । सरस्वतीको ब्लड प्रेसर हे¥यो । स्टेथेस्कोपले छाती ढाडमा राखेर जाँच्यो । “तपाईंको आमाको शरीरमा रगतको कमी छ । ब्लड प्रेसर पनि लो छ । अहिलेको परीक्षणबाट यति थाहा भएको छ कि उनी भोकले गर्दा बेहोस भएकी हुन् । तत्काल एउटा इन्जेक्शन दिन्छु । तातो दूध, हर्लिक्स, विस्कुट र खाना खुवाउनुस् । अरु भोलि विहान परीक्षण गरुँला ।” डाक्टरले भन्यो ।

विवेकले विछ्यौना र कम्बल लिएर आयो । विक्रमले आमालाई उठाएर बिछौना लगायो र कम्बल ओढाएर सुतायो । विवेकलाई फेरि एउटा थर्मसमा एक लिटर दूध तताएर हर्लिक्स र बिस्कुट लिएर आउनु भन्यो ।

इन्जेक्शन दिएको केही क्षणमै सरस्वतीलाई अलिअलि होस आयो । उनले विस्तारै आँखा खोलिन् । उनको आँखा अगाडिको दृश्य देखेर उनलाई सपना हो कि विपनाजस्तो लाग्यो । उनले फेरि आँखा बन्द गरिन् । विवेकले थर्मसमा दूध राखेर ल्यायो । सरस्वतीले फेरि विस्तारै आँखा खोलिन् । उनको अगाडि आफ्ना दुबैजना छोराहरु उभिरहेका देखिन् । उनले टुहुरा बनाएर छाडेर गएका छोराहरु अहिले हट्टाकट्टा जवान भइसके । एक मनले उनी हर्षित भइन् । अर्को मनले छोराहरुलाई देखेर उनी लज्जित भइन् । त्यस्तो सानो उमेरमा अनाथजस्तो बनाइ छाडेर गएकी उनले अहिले छोराहरुलाई कसरी मुख देखाउने ? उनको आँखाबाट बर्रर आँशु झ¥यो । उनले विक्रमसँग आँखा जुधाउन सकिनन् । उनले फेरि आँखा चिम्म गरिन् । उनको आँखाबाट अविरल आँशु झर्न थाल्यो ।

“आमा म विक्रम, तपाईंको जेठो छोरा । नरुनुहोस् आमा । अब हामी ठूला भइसक्यौं ।” विक्रमले आमाको आँखाको आँशु पुछ्दै भन्यो, “हामीलाई भेटीसकेपनि पनि किन रुनु हुन्छ ?”

सरस्वतीले पुलुक्क आँखा खोलिन् र छोराहरुलाई पालैपालो हेरिन् ।

“आमा केही त बोल्नुुस् ।”विक्रमले आमाको हात समातेर भन्यो ।

सरस्वतीले एक शब्दा पनि बोलिनन् । उनी पत्थको मूर्ति झै भएर विक्रमलाई एकटकले हेरिरहिन् । विवेकले गिलासमा दूध र हर्लिक्स फिटेर दियो । सरस्वतीले गिलास पनि समातिनन् । विवेकले नै चम्चाले हर्लिक्स खुवाउन थाल्यो । ज्ञानी बच्चाले झै मुख आँ गरेर उनले सुरुप सुरुप हर्लिक्स पिउन थालिन् । उनको मानसिक स्थिति के भइरहेको होला भन्ने विक्रमलाई थाहा थियो । त्यसैले उसले अरु केही भनेको थिएन ।

विवेकले दुई गिलास हर्लिक्स र एक प्याकेट विस्कुट आमालाई खुवायो । भरत आफ्नो श्रीमती रुक्मिणीलाई लिएर अस्पताल आईपुग्यो । सरस्वतीको दायाँ बायाँ विक्रम र विवेक बसिरहेको देखेर ऊ छक्क प¥यो । उसले इशारामा उनी को हुन भनेर सोध्यो । भरतलाई चुप रहन विक्रमले इशारा ग¥यो । रुक्मिणीले झोलाबाट सरस्वतीको लागि ल्याएको लुगाहरु निकालिन् ।

“ल भाउजु, आमालाई लुगा फेरि दिनुहोस् ।” विक्रमले रुक्मिणीलाई भन्यो ।

विवेक, विक्रम र भरत तीनैजना क्याबिनबाट बाहिर आए ।

“उहाँ आमा को हुनुहुन्छ ?” क्याबिनबाट बाहिर आउने वितिक्कै भरतले सोध्यो ।

“आमा भनेपछि आमा नि । अरु को हुने ?”

“कसको आमा ? उहाँलाई के भएको ?”

“हाम्री आमा । विरामी भएर अस्पताल भर्ना गर्न ल्याएको देखिनस् ?”

“के यिनी तिम्रै आमा हुन ? तिम्रो आमा त हरायो भनेको होइन ?”

“हो हराइरहेकी आमा सत्र वर्षपछि फेला पर्नुभयो त यस्तो अवस्थामा ।”

“कहाँ जानु भएको थियो ? केही थाहा पायौं ?”

“आमाले बोल्नै भएको छैन, कसरी थाहा पाउने ?”

यतिकैमा रुक्मिणी बाहिर आएर भनिन्, “आमाको लुगा फेरी सकें भित्र गए पनि हुन्छ ।” सबैजना क्याबिन भित्र गए । विक्रमले एक प्याकेट विस्कुट खोलेर एउटा विस्कुट झिकेर आमालाई खुवायो । सरस्वतीले विस्तारै कुरुम कुरुम विस्कुट चपाउन थालिन् । विक्रमले आमाको हात समातेर सोध्यो, “आमालाई अहिले कस्तो छ ?”

सरस्वतीले बरर आँशु झारिन् । उनको मुखबाट एक शब्द निस्केन । विक्रमले पनि एक गिलास दुधमा हर्लिक्स फिटेर आमालाई दियो । सरस्वतीले आफैले गिलास समातेर हर्लिक्स पिउन थालिन् ।

“भरत आज म यहीं आमासँगै बस्छु । मैले बाबाको मोबाईल ल्याएको थिएँ । यो मोबाईल बाबालाई दिनु । म विवेकको मोबाईल राख्छु ।” विक्रमले भन्यो ।

“आमालाई स्याहार्न मेरी श्रीमत र विवेक बस्छन् । हामी घर जाउँ ।” भरतले भन्यो ।

“भोलि बिहान सबेरै आमाको रगत जँचाउनु पर्छ । डाक्टरलाई पनि जँचाउनु छ । म यहीं बस्छु ।”

“हेर विक्रम, भोलि विहान आठ नबजीकन डाक्टर आउँदैैन । डाक्टरले जााचेर प्रेस्क्रिप्सन नलेखेसम्म केही पनि टेस्ट गर्दैन । भोलि विहान सबेरै हामी आउँला नि ।” भरतले विक्रमलाई घर जान कर गर्दै आफुले ल्याएको बीस हजार रुपैयाँ विवेकलाई दिंदै भन्यो, “ल विवेक रुक्मिणीसँगै तिमी कुरुवा बस्नु । हामी भोलि विहान आउँछौं ।”

“हुन्छ” भनेर विवेकले रुपैयाँ लिएर खल्तीमा हाल्यो ।

भरत र विक्रम मोटरसाईकलबाट घर आए । घर पुग्ने बित्तिक्कै पिशाव लाग्यो भनेर विक्रम चर्पीमा गयो ।

“अङ्कल ! अङ्कल !! हराइरहेकी काकी फेला प¥यो नि ।” भरतले हर्षित मुद्रामा भन्यो ।

“कस्को काकी ? को काकी हराएकी थिइ ?” विश्वनाथले आश्चर्यचकित हुँदै सोध्यो ।

“विक्रमको आमालाई भरतपुर अस्पतालमा भर्ना गराएर आएको ।” भरतले सहजभावमा भन्यो ।

विश्वनाथ छक्क प¥यो । उसको मुखबाट बोली फुटेन । त्यतिकैमा विक्रम चर्पी गएर आयो ।

“विक्रम तिम्रो आमालाई अस्पताल भर्ना गराएर आएको रे हो ?” विश्वनाथले अविश्वासको भावमा सोध्यो ।

“हो बुबा ! आमा बेहोस भएर बाटोमा लडिरहनु भएको थियो । भरतपुर अस्पतालमा भर्ना गराएर आएको । भाइ र रुक्मिणीलाई कुरुवा राखेर आएको छु ।” विक्रमले नढाँटीकन भन्यो ।

“त्यो रण्डीलाई किन अस्पताल लगेको ? मरे मर्न दिए भइहाल्थ्यो नि ? जबकि उनले तिमीहरुलाई निर्दयतापूर्वक छाडेर गइ भने तिमीले किन माया गर्नु परेको ? त्यो रण्डीको लोग्ने कहाँ म¥यो ।”

“आमालाई भगाएर लैजाने ज्ञानुरामलmाई लागूऔषध चरेससहित गोरखपुरमा समातेर जेल हाल्यो रे । त्यसपछि उसको जेठी स्वास्नी र आमा मिलेर हाम्री आमालाई घरबाट निकाली दिएछन् । कहीं जाने ठाउँ नभएर आमा देवघाटमा बसेर नारायणघाटमा भीख मागेर खाइरहनु भएको रहेछ ।”

“उनको पापको घडा फुटेको हो । उनले जस्तोसुकै दुःख पाए पनि हामीलाई के मतलब ? तिमीले किन वास्ता गर्नु परेको ? जब उनी अरुसँग पोइला गइसकिन् भने किन ‘आमा आमा’ भनेर उनको पछि लागेको ?”विश्वनाथले विक्रमलाई हकार्दै भन्यो ।

“हामीले हाम्री आमालाई आमा नभनेर के भन्ने ? तपाईंको त आमासँग विवाह गरेर ल्याएपछि मात्र नाता कायम भएको थियो । हामीलाई त आमाले नौ महिना कोखमा राखेर जन्माउनु भएको थियो । त्यसैले हाम्रो त आमासँग जन्मसिद्ध नाता छ । त्यो नातालाई हामीले तोड्न चाहेर पनि तोडिंदैन ।” विक्रमले आफ्नो बाबुको आँखामा आँखा गाडेर भन्यो, “उनी हाम्रो आमा नभए पनि मानवीय नाताले भए पनि मद्दत गर्नु हाम्रो कर्तव्य हो ।”

“अरु कसैलाई मद्दता गरेको म सहन सक्छु । हामीलाई चटक्क छाडेर जाने निर्मोहीलाई माया गरेको म सहन सक्दिन । लोग्ने हुँदाहुँदै, तिमीहरुजस्ता दुई दुईजना लालाबालालाई चटक्कै छाडेर अर्को लोग्ने खोजेर जाने आइमाईलाई के भन्ने ? उनलाई फेरि आमा कसरी भन्न सकेको ?”

“एउटी स्वास्नी छँदाछँदै कान्छी स्वास्नी लाउने बाबुलाई बाु भन्नु हुन्छ भने आमालाई आमा भन्न किने नमिल्ेन ?”

“ल भइगो, म तिमीसँग लामो विवाद गर्न चाहन्न । भर्खर जोड्न लागेको हाम्रो परिवार फेरि तोड्न चाहन्न । म नभएको बेला तिमीहरुलाई टुहुरा बनाएर जाने निर्दयी आइमाइलाई यो घरमा हुल्न दिन्न ।”

“ठीक छ बुबा । तपाई आमालाई यो घरमा हुल्न चाहनु हुन्न भने म आमालाई घर ल्याउँदिन । आपूmसँगै काठमाडौं लगेर पाल्छु । तर एउटा कुरा बुबा आमाले हामीलाई छाडेर जानुका आमाको मात्र दोष छैन । तपाईको पनि दोष छ ।”

“कसरी मेरो दोष छ ? तिम्रो आमालाई मैले सौता हालेको छु र ?”

“अर्को विवाह नगर्दैमा तपाईं निर्दोष हुनुहुन्न । कलकलाउँदो जवानीमा पाँच पाँच वर्षसम्म घर नआउनु तपाईंको दोष होइन ?”

विक्रमको कुरा सुनेर एकछिन त विश्वनाथ अकमकियो । ऊ रिसाएर जुरुक्क उठेर बाहिर गयो । उनीहरुको कुरा सुनेर भरत किंकर्तव्यविमूढ भयो । भरत पनि बाहिर जान लाग्यो ।

 “पख न कमसेकम चिया त पिएर जाउ ।” विक्रमले भरतलाई रोक्दै भन्यो, “बुहारी चिया बनाएर ल्याऊ त ।”

बुहारी चिया लिएर ढोकामा उभिरहेकी थिइन् । ससुरा र जेठाजुको विवाद भइरहेकोले उनी चियाको ट्रे हातमा लिएर बाहिर उभिरहेकी थिइन् । विक्रमले बोलाउने बित्तिक्कै उनी कोठामा गइन् । दुई कप चिया टि टेबुलमा राखेर उनी बाहिर गइन् ।

“विक्रम ! तिम्रो घरको यत्रो दर्दनाक कहानी तिमीले मलाई कहिल्यै बताएनौं ।” भरतले भन्यो ।

“यस्तो कुरो सबैलाई बताउँदै हिंड्ने कुरा पनि त होइन नि । मेरो बाबा पैसा कमाउन परदेश जानुभयो । अमाले हामीलाई छाडेर अरुसँगै हिंड्ने भयो । त्यसैले त मैले भाइ पाल्नको लागि होटलमा काम गर्नु परेको थियो । यदि हामी धनी भएको भए आमाबाबुसँग छुट्टिएर बस्नु पर्ने थिएन भनेर त पैसा कमाउन डकैती गर्नुप¥यो । लुटेरा बन्नु प¥यो ।” विक्रमले आफ्नो अतीत स्मरण गर्दै भन्यो ।

“तर विक्रम अर्को ठाउँमा गएर आएकी आइमाईलाई बुबाले कसरी राख्नुहुन्छ ? समजले स्वीकार्ला ?”

“हेर भरत । समाज भनेको हामीले जसरी चलाउँछौं त्यसरी चल्छ । ज्ञानुरामले मेरो आमालाई लैजाँदा ऊ पनि त अर्काको लोग्ने थियो । अहिले मेरो बुबाले पनि अर्काको स्वास्नी ल्याएको माने त भइहाल्यो नि । हामी पुरुषहरु बाहिर गएर दशजना केटीहरु खेलाएर आउँदा आपूmलाई बहादुर थान्छौं । मर्दको दशवटा स्वास्नी हुन्छ भन्छन् । तर नारीलाई अवला ठानी रण्डी बेश्या भनेर उपनाम दिन्छौं । उनीहरुले मजबुरीवश या अज्ञानवश गरेको भूललाई माफी दिन सक्दैनौं ?”

“तिम्रो बुबाले आमालाई स्वास्नी स्वीकार गरेन भने के गर्नें ?”

“स्वास्नीको रुपमा नस्वीकारे पनि साथीको रुपमा त स्वीकार्न सकिन्छ । के नारी र पुरुषको सम्बन्ध यौनजनित मात्र हुन्छ ?”

विक्रमको कुरा भरत नाजवाफ भयो । के ठीक हो, के बेठीक हो उसले ठम्याउन सकेन । भोलि विहान सबेरै आउँछु भन्दै भरत त्यहाँबाट हिंड्यो ।

बुहारीले दुबैजनालाई खाना खान बोलाइन् । दुबैजना खाना खान भान्सामा गए । डाइनिङ्ग टेबुलमा सँगै बसेर खाना खाए । तर दुबैजनाले एक पनि बोलेनन् । खाना खाएर विक्रम आफ्नो कोठामा गयो । विश्वनाथ आफ्नो काममा लाग्यो ।


बाह्र


भोलिपल्ट विहान सबेरै विक्रम उठयो । ऊ नित्यकर्म गरेर कोठामा फर्कंदा बुहारी हातमा चिया लिएर उभिरहेकी थिइन् । उसले चिया कप लिएर पियो । लुगा लगाउर भरतपुर गयो ।

ऊ अस्पताल पुग्दा भरतको स्वास्नीले सरस्वतीलाई मुख धुन लगाएर कपाल चिटिक्क पारी सकेकी थिइन तर विवेक त्यहाँ थिएन ।

“विवेक खोइ ?” विवेकलाई नदेखेर विक्रमले रुक्मिणीसँग सोध्यो ।

“हिजो राती एकजना मात्र कुरुवा बस्न पाइन्छ भने पछि विवेक कोठामा गए । बाबु आज क्याम्पस गएर मात्र आउनुहुन्छ ।” रुक्मिणीले भनिन् ।

त्यतिकैमा भरत पनि आइपुग्यो । उसलाई नपर्खीकन विक्रम भरतपुर आयो भनेर वित्रबmलाई करायो ।

  “मोबाईल बुबालाई फर्काइ दिएँ । तिमी कहाा छौ ? के थाहा ? त्यसैले एक्लै आएँ ।” विक्रमले स्पष्टिकरण दियो ।

डाक्टर कोठामा आयो । सरस्वतीलाई चेक ग¥यो । सरस्वतीको स्वास्थ्य जाँच गर्दै डाक्टरले नर्सलाई भन्यो, उनलाई तातो रगतको जरुरत छ । यसको रगत म्याचिङ्ग गरेर कोही रगत दिने छ भने तुरुन्त दिनुप¥यो ।”

“डाक्टर साहेब ! म उहाँको छोरा हुँ । मेरो रगत मिल्छ होला । म रगत दिन तयार छु ।”

“छोरा हुँदैमा रगत मिल्नै पर्छ भन्ने छैन । रगत ग्रुप छुट्याउनु पर्छ ।” डाक्टरले भन्यो ।

“उसोभए मेरो रगत ग्रुप पनि हेर्नुहोस् । म पनि रगत दिन तयार छु ।” भरतले भन्यो ।

नर्सले तिनैजनाको रगत नमूना लिएर गइन् ।

एक घण्टापछि नर्स कोठामा आइन् । विक्रमको रगत मिलेको नर्सले जानकारी दियो । विक्रमले सर्टको बाहुलामाथि उठाएर बस्यो । नर्सले उसको रगत निकालेर बाईलमा पठायो । त्यही बाईलबाट रगत सिधा सरस्वतीलाई दिइयो । सरस्वतीलाई विक्रम देखेर माया लाग्यो । छोराको रगत झिकेर आपूmमा राखीरहेको थियो । तर विक्रमको अनुहारमा दर्दको कुनै चिन्ह थिएन । बरु सन्तोषको चिन्ह झल्किरहेको थियो । विक्रमको रगत जति जति सरस्वतीको शरीरमा घुसिरहेको थियो त्यति त्यति उनलार्य गर्मीपना महसुर भइरहेको थियो । रगत दिने काम सकियो । भरतले विक्रमलाई अण्डा, जिलेबी र दूध खान दियो । सरस्वतीको शरीरमा विक्रमको रगत थोपा थोपा चुहिरहेको थियो । विक्रम आमाको सिरानीमा बस्न गयो ।

“आमा तपाईं बोल्न सक्नुहुन्न ? किन नबोल्नु भएको ? तपाईंको स्वर सुन्न म लालायित छु ।”विक्रमले आमाको टाउको मुसार्दै भन्यो ।

“छोरा मलाई माफ गर । म तिमीहरुलाई मुख देखाउन लायककी छैन ।” सरस्वतीले सुकेको स्वरमा भनिन् ।

सरस्वतीले विक्रमको टाउको मुसार्न थालिन् । आमाको हातको स्पर्श पाएर विक्रम हर्षले पुलकित भयो । उसले आमाको हात समातेर भन्यो, “आमा ! अब हामीलाई छाडेर कहीं नजानु होला । हामीसँगै बस्नुपर्छ ।”

सरस्वतीलाई रगत दिन सकियो । नर्सले उनको हातबाट सियो निकाल्यो । त्यहीबेला विवेक खाना लिएर आयो र आमालाई खाना खुवायो ।

“तिम्रो बाबालाई कस्तो छ ? सञ्चै छ ?” सरस्वतीको मुखबाट प्रश्नै प्रश्न गरिन् ।

“अहिले हाम्रो बुबा घरमै हुनुहुन्छ । हाम्रो घर पक्की भइसक्यो । हाम्रो दशवटा भैंसी र पाँचवटा जर्सी गाईहरु छन । बुबाले तरकारी खेती गर्नुहुन्छ । हाम्रो आाफ्नै ट्रयाक्टर पनि छ । विवेकको विवाह पनि भइसक्यो ।अहिले ऊ नारायणघाटमा बसेर पढ्दै छ । म काठमाडौं बस्छु । अब म पनि काठमाण्डौं गएर विवाह गर्छु । हाम्रो बिहे गर्ने बेला भयो भनेर बुबाले अर्को विवाह गर्न मान्नु भएन ।” विक्रमले संक्षेपमा सबै कुरा भन्यो ।

सरस्वतीको मुहारमा उज्यालोपना झल्कियो । उनले विवेकको टाउको मुसार्दै सोधिन्, “तिमीले मलाई कसरी चिन्यौं ? मैले त तिमीलाई सानै उमेरमा छाडेर गएको थिएँ ।”

“तपाईं भीख मागिरहनु भएको भएको देख्ने बित्रिक्कै मेरो मन तपाईंप्रति आकर्षित भयो । म तपाईको पछि लागें । तपाईलाई सहयोग गर्दै मैले तपाईंको अतीतको बारेमा सोधें । तपाईंले आफ्नो अतीतको कुरा सुनाउनु भयो । मैले आफ्नो आमा भन्ने थाहा पाएँ ।” विवेकले भन्यो, “पछि दाइ भेट्दा दाइलाई भनें । अनि हामी दुबैजना तपाईलाई खोज्दै आएको ।”

त्यसपछि भरतको श्रीमती रुक्मिनीलाई कुरुवा बस्न दिएन । विक्रम आफै आमाको कुरुवा बसयो । ऊ दिनभरि आमासँग बस्दा पनि उसले एकचोटि पनि ज्ञानुरामको बारेमा सोधेन । न त आफु डकैत भएर जेल जीवन बिताउनु परेको कुरा नै बतायो । उसलाई थाहा छ ज्ञानुरामको बारेमा कुरा उठाउनु उसको आमाको दिलमा निको भइसकेको घाउ उप्काउनु जस्तो हुनेछ । त्यो घाउ उप्काएर आमालाई पीडा दिन ऊ चाहँदैनथ्यो । उसलाई पनि उसको जेल जीवनको बारेमा कसैले कुरा उठाएको मन पर्दैनथ्यो ।

सरस्वतीलाई अस्पताल भर्ना गरेको चौथा दिन डिस्चार्ज ग¥यो । उनलाई विवेकको डेरामा लगेर राखियो । विक्रमले आमालाई घर लैजाने हिम्मत गर्न सकेको थिएन । उसलाई थाहा छ अहिले तुरुन्त आमालाई घर लैजाँदा बाबाले बिरोध गर्न सक्छ । बाबुले आमालाई रुचाउँदैन भन्ने कुरो उसले आमालाई भनेको थिएन । यो कुरा आमाले थाहा पायो भने कति चित्त दुखाउने होला । सरस्वतीले पनि विश्वनाथले उनलाई स्वीकारेको छ कि छैन सोधेकी थिइनन् । सोध्ने हिम्मत पनि गरेकी थिइनन् । उनलाई छोराहरुले यति मान सम्मान र माया गरिरहेका छन । अब उनी फेरि छोराहरुबाट अलग्ग रहन चाहन्नथिइन् । छोराहरुले के के गर्छन् हेर्दै जाने, जे जे भन्छन् मान्दै जाने उनले विचार गरिन् ।

विक्रम घर आएको एक हप्ता भयो । अब काठमाडौं जानुप¥यो । दुई चार दिनको लागि भनेर आएको यत्रो दिन भइसक्यो । सूर्यमानले के सोच्यो होला ? उसलाई आमाको पीर भयो । आमालाई कहाँ राखेर जाने ? के गर्ने भयो । आमालाई राख्ने ठाउँ निश्चित नभइकन ऊ काठमाडौं जान पनि भएन । आमालाई भाइकोमा छाडेर जाउँ कि आपूmसँगै लिएर जाउँ भयो । भाइकोमा छाडेर जाउँ भने बाबु आएर बेइज्जत गरेर आमालाई निकाली दिन्छ कि जस्तो लाग्यो । काठमाण्डौं लैजाँदा घरपतिबाले केही भन्ने हुन कि भन्ने डर लाग्यो । आमा हो लिएर गए के भन्छ र ? जस्तो पनि लाग्यो । तर कसरी लिएर जाने ? आपूm मोटरसाईकल लिएर आएको । मोटरसाईकलमा कसरी लिएर जाने ? मोटरसाईकल चढ्ने बानी नभएकालाई मोटरसाईकलमा राखेर लैजान गाह्रो हुन्छ । हवाईजहाजबाट लिएर जानुपर्ला । मोटरसाईकल विवेककहाँ राखेर जानुपर्ला ।

विक्रमले आमालाई हवाईजहाजमा राखेर लैजाने विचार ग¥यो । आमालाई बाठमाण्डौं लिएर जानु अगाडि बाबुसँग एकचोटि कुरा गर्नुपर्छ । यो कुराको जानकारी बाबुलाई पनि दिनुपर्छ । आमालाई चोरेर भगाएर लैजान लागेको त होइन । उसले आमालाई जति माया गरेको छ । बाबुलाई पनि उतिकै माया र सम्मान दिनुपर्छ । केही खबर नदिइकन आमालाई लैजाँदा बाबु रिसाउन पनि त सक्छ ।

आमालाई नारायणघाटमा विवेककहाँ राखेर ऊ घर गयो । विश्वनाथ आफ्नो कोठामा बसेर केह िलेखिरहेको थियो । किन डिस्टर्व गर्ने भनेर ऊ आफ्नो कोठामा गयो । आफ्नो लुगाहरु मिलाउन थाल्यो ।

खाना खाने समय.भयो । चम्पाले खाना पस्काउँ कि भनेर सोधिन् । विक्रमले हुन्छ भन्यो । एकैछिन पछि दुबैजना खाना खान भान्सामा गए । डाइनिङ्ग टेबुलको पूर्वतिर विक्रम बस्यो । पश्चिमतिर विश्वनाथ बस्यो । अर्थात् दुबैजना आमनेसामने बसेर खाना खान थाले । पहिलेसँगै बसेर खाना खान्थे ।

“बुबा !” विक्रमले कोमल भएर विश्वनाथसँग भन्यो, “म यहाँ आएको आठ दिन भइसक्यो । काठमाडौंमा मेरो काम शुरु हुने बेला भयो । आमालाई अस्पतालबाट डिस्चार्ज गरेर ल्याइसकें । त्यसैले म भोलि काठमाडौं जाँदैछु ।”

“तिमी एक्लै जाने कि ....।”विश्वनाथ बीचैमा रुक्यो ।

विक्रमले विश्वनाथको आशय बुझ्यो । ऊ मनमनै खुशी भयो । उसले आफ्नो मनको कुरा लुकाएर भन्यो, “बाबा ! तपाईं नै भन्नुस न म आमालाई पनि काठमाण्डौं लिएर जाउँ कि यहाँ छाडेर जाउँ ?”

“छोरा तिम्रो आमालाई काठमाण्डौं लिएर जाँदा तिमीलाई अप्ठ्यारो पर्नसक्छ ।  यहाँ छाडेर जाँदा मलाई अप्ठ्यारो पर्छ । यो समाजले के भन्ला ?” विश्वनाथले अप्ठ्यारो मान्दै भन्यो ।

“बुबा ! यो समाजको कुरा छाड्नुस् । समाज जता पानी बग्यो उतै जाने माछा जस्तो हो । आमाले हामीलाई छाडेर जाँदा यी छिमेकी, समाज भनाउँदाले हामीलाई के नै मद्दत गरे र ? एक छाक कसैले खुवाएन । अरु दिनका दिन घरमा आएर तिम्रो आमा आयो कि भनेर तमाशा हेर्न आउँथे । चन्द्रावती अन्टीकहाँ घरको सामान राखें । हाम्रो घरमा ताला लगाएर साँचो बुझाउन जाँदा त हामीलाई कहीं जनऊ यहीं बस भन्न सकिन । मैले होटलमा भाँडा माझेर भाइलाई हुर्काएँ, पढाएँ । हामी गरिब भएर सबैले हेला गरे । त्यसैले धन कमाउन म गुण्डा बनें, डाँका बनें । आठ वर्ष जेल जीवन बिताएर आएँ । आज तपाईंसँग धन भयो । दुईजना लक्का जवान छोराहरु छन् । तपाईंलाई अहिले मानिसहरुले कति सम्मान गर्छन् । अब तपाईलार्य केही भन्ने कसैको हिम्मत छैन । अहिले यो हाम्रो घरको कुरा हो । तपाईले आमालाई स्वीकार्नु भयो भने कसैले केही गर्न सक्दैन ।”

“बाबा ! आमालाई यहीं घरमा ल्याउनुस् । मलाई साथी पनि हुन्छ ।” चम्पाले विस्तारै भनिन् ।

विश्वनाथले विक्रमको मुख हे¥यो । उसको मुहारमा अनौठो चमक प्रकट भइरहेको छ । उसले बुहारीको मुखमा हे¥यो । उसले बुहारीको मुखमा हे¥यो । उनी पनि उत्सुक भएर एकटकले ससुरालाई हेरिरहेकी थिइन् ।

“बाबा ! भन्नुस न के गरुँ ?” विक्रमले बाबाको विचार जान्न दोहो¥याएर सोध्यो ।

विश्वनाथले निकैबेर सोचिरह्यो । अब विक्रम बच्चा होइन, उसको कुरालाई नमान्दा रिसाएर जाने हो कि ? उसले आमालाई काठमाण्डौं लाने कुरा गरेको छ । बल्ल सबैजना एक ठाउँमा मिलेर बस्ने बेला फेरि छुट्टिन नपरोस । यहि सोचेर विश्वनाथले विक्रमलाई भन्यो, “छोरा, तिमीलाई जे गर्दा सजिलो र राम्रो लाग्छ त्यस्तै गर्नु । अब तिमीहरु बच्चा रहेनौं । हुन त तिमीले बाबुको कर्तव्यजस्तो गरी भाइलाई स्याहा¥यौं । मभन्दा पढेलेखेका, जान्ने सुन्ने भइसके । त्यसैले छोराहरुको इच्छा र चाहना विरुद्ध म जान चाहन्न ।”

“मेरो बाबा कति महान हुनुहुन्छ ।” विक्रमले बाबुको खुट्टा ढोग्न गयो ।

“म महान होइन छोरा, तिमी महान छौं । तिमीले हाम्रो परिवारको लागि कति दुःख कष्ट सह्यौं । आज हामी जुन अवस्थामा छौं यो सबै तिम्रै कारण हो ।”

विश्वनाथले सरस्वतीलाई स्वीकार्ने भनेको कुरा सुनेर विक्रमको कम हर्षित भयो । मानिसलाई धेरै दुःख हुँदा मात्र अतालिने होइन, एकैचोटि खुशीको अनुभूति हुँदा पनि अतलिंदो रहेछ । विक्रमलाई यो खुशीको खबर कसलाई सुनाउँ कसलाई सुनाउँजस्तो भयो । अहिल्यै आमालाई खबर गरुँ कि, भाइलाई खबर गरुँ भयो । यस्तो खुशीको खबर फोनबाट के दिने, भेटेरै भनूँला भनेर ऊ चूप लाग्यो ।

त्यसरात विक्रमलाई निद्रै लागेन । कहिले विहान होला जस्तो लागिरहेको थियो । उसको मनमा अनेकौं थरिका कुराहरु खेलिरहे । मिर्मिरे उज्यालो भए पछि उसलाई बल्ल निद्रा लाग्यो । ढोका नै नलगाई ऊ निदायो ।

विहान सबेरै बुहारी चम्पा उठिन् । घरभरि बढार कुढार गरिन् । नुहाई–धुवाई गरेर आइन् । विक्रमको कोठामा ढोका खुल्ला देखेर ऊ उठिसकेको होला भन्ठानिन् । भान्सामा गएर दुई कप चिया पकाइन् । चिया लिएर उनी पहिले ससुराको कोठामा गइन् । ऊ नुहाउन बाथरुम जानु भएको रहेछ । टी टेबुलमा चिया राखेर आइन् । त्यसपछि विक्रमको कोठामा गइन् । त्यहाँ पनि चिया टि टेबुलमा नै राखेर फर्किन् ।

विश्वनाथ चिया खाएर आफ्नो काममा लाग्यो । उसलाई विहान सात बजेभित्र तरकारी र दूध लिएर वर्दघाट जानु पर्दथ्यो । चम्पा खाना बनाउनतिर लागिन् । विक्रम उठ्ने बित्तिक्कै नारायणघाट जाने हो कि खाना खाएर मात्र जाने हो सोध्नप¥यो भनेर उनी फेरि जेठाजुको कोठामा गइन् । जेठाजु त उठेकै रहेनछ । अघि उनले राखेर गएको चिया सेलाई सकेछ । सेलाएर चिया नपिएको हो कि ! ल जे होस दाजुलाई पनि खाना बनाउनु पर्ला भनेर खाना बनाउन गइन् ।

विश्वनाथ वर्दद्दघाटबाट फर्की सकेका थिए । तर विक्रम अझै उठेको थिएन । ऊ विक्रमको कोठामा गयो । ऊ अझै मस्तिले निदाईरहेको देख्यो । यति अबेरसम्म कहिल्यै नसुत्ने छोरा अहिलेसम्म नउठ्दा उसलाई चिन्ता भयो । कहीं विक्रमलाई ज्वरो आयो कि । काठमाण्डौंजस्तो सितल ठाउँमा बसिरहेको मान्छे अहिले तराईको गर्मीले गर्दा विरामी प¥यो कि ! ऊ विक्रमको नजिक गयो । विस्तारै उसको निधार छामेर हे¥यो । ज्वरो त आएको छैन । उसले विक्रमको टाउको मुसार्दै भन्यो, “छोरा उठ्ने बेला भएन ?”

विक्रम झल्यास्स बिउँझियो । आफ्नो नजिक बाबु बसिरहेको देखेर ऊ छक्क प¥यो । उसले हातको घडी हे¥यो । ओहो ! दश बजिसकेछ ।

“जिउ सञ्चो भएन कि के हो ?” विश्वनाथले चिन्तित भएर सोध्यो ।

“होइन बुबा, मलाई केही पनि भएको छैन । मानिसलाई दुःख पर्दामात्र निद्रा नलाग्ने होइन, धेरै खुशी हुँदा पनि निद्रा नलाग्ने रहेछ । हिजो तपाईंले मलाई यति खुशी दिनुभयो कि मैले पचाउनै सकिन । हाम्रो पाँचजना परिवार एउटै छतमुनी बस्दा कति रमाइलो होला । यही कल्पना गर्दा गर्दै रात बितेको पत्तै भएन ।”

“मैले त छ सात जनाकै कल्पना गरेको थिएँ । आमालाई सँगै राख्ने तिम्रो चाहना मैले गरिदिएँ । दुबैजना छोराको बिहे गरेर नाति नातिना खेलाउने मेरो धोको कहिले पूरा गरिदिने ?” विश्वनाथले विक्रमसँग आँखा जुधाउँदै सोध्यो ।

“छिट्टै पूरा गरिदिन्छु बुबा । काठमाण्डौं पुग्ने बित्तिक्कै पार्वतीसँग बिहे गर्छु । उनी पनि बिहे गर्न हतारिएकी छिन् । उनलाई घरबाट अरुसँग बिहे गर्न दवाव आइरहेको छ । म यहाँ आउने अघिल्लो दिन उनी मकहाँ आएकी थिइन् । मेरो आफ्नै घर नभइकन बिहे नगर्ने भनेर फर्काएँ । उनी रिसाएर गइन् । अहिले त मेरो घरमात्र होइन परिवारै भइसक्यो ।”

चम्पाले चिया ल्याइन् । विक्रमले बिछ्यौनामै बसेर चिया पियो । त्यसपछि मात्र ट्वाईलेट गयो । नुहाएर आयो । लुगा फेरेर ऊ बाहिर जान ठिक्क प¥यो । चम्पाले खाना पस्काउँ कि भनेर सोध्न आइन् । खाना खाएर मात्र जाने विचारले हुन्छ भन्यो ।

“बुबा ! खाना खाएर म नारायणघाट जान्छु । आमालाई लिएर आउँछु ।” खाना खाँदै विक्रमले भन्यो ।

विश्वनाथले केही बोलेन । केवल मुसुक्क हाँस्यो । सायद उसलाई लाज लाग्यो होला ।

खाना खाइसकेपछि विक्रमले भरतलार्य फोन ग¥यो,“भरत म आउँदै छु । तिमी कावासोती बजारमा बसिरहनु ।”

विक्रम मोटरसाईकल लिएर गयो । भरत कावासोती बजारको चोकमा नै बसेर उसलाई पर्खिरहेको थियो ।

“हामी नारायणघाट जाउँ । आज आमालाई लिएर आउनुपर्छ ।” विक्रमले भन्यो ।

“हो ! बुबाले मान्नुभयो ?” भरतले छक्क परेर सोध्यो ।

“किन नमान्ने ? हामी दुई भाइले आमालाई स्वीकार गरिसकेपछि बाबाले स्वीकार नगरी सुख ? बाबा हामीबाट अलग रहन सक्नुहुन्न । आखिर बाबाले पनि त आमासँग बाह्र–पन्ध्र वर्ष बिताउनु भएको थियो ।”

“तिमी महान छौं विक्रम ।”

“आमाबाबुलाई मिलाउनु हामी छोरा–छोरीको कर्तव्य हो । मैले त आफ्नो कर्तव्य मात्र निभाएको हुँ ।”

दुबैजना मोटरसाईकलबाट नारायणघाटतिर लागे । उनीहरु भरतपुरमा विवेकको कोठामा पुग्दा विवेक पनि क्याम्पसबाट आइसकेको रहेछ । उनीहरु खाना खान जान लागेका रहेछन् । विक्रम र भरत कोठामा नै बसिरह्यो ।

सरस्वती र विवेक खाना खाएर आए । आमा आउने बितिक्कै विक्रमले भन्यो, “आमा कपाल कोर्नुस्, नयाँ लुगा लगाउनुस् । आज हामी घर जाने ।”

सरस्वती छक्क परिन् । उनले विक्रमलाई ट्वाल्ल हेरिरहिन् । एकछिन त उनी ढुङ्गाको मूर्ति झै भइन् । विक्रमको कुरामा उनले विश्वासै गर्न सकिनन् । विक्रमको मुखबाट त्यहीं कुरा दोहो¥याएर सुन्न मनलाग्यो । त्यसैले उनले सोधिन्, “के भनेको छोरा ?”

“आमा ! आजदेखि तपाईं यो अर्काको घरमा नराख्ने हाम्रो आफ्नै घरमा लैजाने भनेको ।”

“दाइ ! आमासँग म पनि घर आउँछु ।” विवेकले खुशी हुँदै भन्यो ।

“हामी सबैजना जाने ।” विक्रमले आमाको मुख हे¥यो । उनको आँखामा अझै अविश्वासको भाव झल्किरहेको देखेर विक्रमले भन्यो, “हो आमा । तपाईंले विश्वास गर्नु भएन ?”

“छोरा मलाई त यो कुरा सपना हो कि विपना हो जस्तो लागिरहेको छ ।”सरस्वतीले फेरि पनि अविश्वास गर्दै सोधिन्, “के तिम्रो बाबाले मलाई माफी दिनुभयो ?”

“हो आमा, बाबाले तपाईंलाई स्वीकार गर्नुभएको छ । बाबासँग सोधेर आएको हुँ ।” विक्रमले आमालाई मायालु आँखाले हेर्दै भन्यो, “आजदेखि पुराना सबै कुरा विर्सेर अब नयाँ तरिकाले जीवन सुरु गर्नुहोस् । बुबाले तपाईंलाई केही नराम्रो भन्नु भए पनि तपाईले केही जवाफ नदिनुहोस् । मलाई भन्नुहोस् म बुबालाई सम्झाउँछु ।”

सरस्वती चूप लागिन् । उनी लुगा फेर्न सुरसार गर्न लागिन् । विक्रम, विवेक र भरत कोठाबाट बाहिर निस्केर बाटोमा बसेर कुरा गर्न थाले ।

“भरत आज आमाबुबाको पुनर्मिलन हुने दिन घरमा गएर रमाइलो गर्नुपर्छ । म आमालाई लिएर जान्छु । तिमी र भाइ बजार गरेर आउनु । माछा–मासु ल्याउनु, केही मिठाईहरु र कोल्ड ड्रिंक्सहरु पनि ल्याउनु ।”

“अनि वियर कति बोतल ल्याउने ? ह्विस्की कुन ल्याउने ?” भरतले सोध्यो ।

“वियर–रक्सी केही पनि नल्याउनू ।”

“वाह ! तिमी यस्तो संन्यासी भइसकेको ?” भरतले व्यङ्ग्य हान्यो ।

“तिमी मलाई सन्यासी भन या जे मनलाग्छ भन । यो मदिरा सेवन साह्रै नराम्रो बानी हो । मदिराजन्य सेवनले मानिसको दिमागमा शैतान नियत भरिदिन्छ । अब म फेरि शैतान बन्न चाहन्न ।”

सरस्वतीले कोठाको ढोका खोलिन् । तीनैजना कोठाभित्र गए । विक्रमले आमाको सामान एउटा झोलामा राख्यो ।

“ल विवेक तिमी पनि लुगा लगाएर चिटिक्क परेर बस्नु । हामी एकछिन बाहिर गएर आउँछौं ।” विक्रमले भन्यो ।

भरत र विक्रम तल झरे । मोटरसाईकलमा चढ्न लाग्दा भरतले सोध्यो, “कहाँ जाने ?”

“आज आमाबाबुको पुनर्मिलनको दिन । केही उपहार दिनु पर्दैन ?”

“के दिने विचार गरेका छौं ?”

“तिमीसँग पैसा छ ?”

“कति पैसा चाहियो ?”

“तीन तोला सुनको लागि पैसा चाहियो । एक तोला सुनको औंठी बाबालाई, दुई तोला सुनको सिक्री आमालाई दिने विचार गरेको छु ।”

“हिंड म किनीदिन्छु । मसँग चारवटा एटीएम कार्ड छ । कार्डबाट रुपैयाँ झिकूँला ।”

भरतको मोटरसाईकलमा बसेर विक्रम नारायणघाट गयो । दुवैजना एउटा सुन पसलमा पसे । तयारी गहना छ कि हेरे । सिक्री त रहेछ नै । औंठी पनि रहेछ । विक्रमले औंठी लगाएर हे¥यो । उसलाई अलि खुकुलो छ । विश्वनाथलाई ठिक्क होला भनेर लियो । विक्रमको नाममा बिल पनि बनायो । सामान र बिल विक्रमले खल्तीमा राख्यो र भरतपुरतिर लागे ।

उनीहरु भरतपुर पुग्दा विवेक र सरस्वती कोठामा ताला लगाएर बाहिर बाटोमै बसिरहेका थिए । घर जान दुबै जना हतारिएको देखेर विक्रम मुसुक्क हाँस्यो ।

विक्रमको मोटरसाईकल पछाडि सरस्वती बसिन् । भरतको पछाडि विवेक बस्यो । सामान भएको झोला विवेकले पछाडि बोक्यो । कहिल्यै मोटरसाईकलमा नबसेकी सरस्वती डराएर खुम्चिइन् । उनले दायाँ हातले विक्रमको कठालो बेस्सरी समातिन् । विक्रमलाई घाँटी नै न्याकेको जस्तो भयो । उसलाई सास फेर्न गाह्रो भयो । विक्रमले आमालाई यसरी समात्ने भनेर सिकाएर विस्तारै गइरह्यो ।

विक्रमले मोटरसाईकल आफ्नो घर अगाडि ध्याच्च रोक्यो । कहाँ आइपुगेको, मोटरसाईकल किन रोक्यो होला भनेर सरस्वती मोटरसाईकलमै बसिरहिन् ।

“आमा ओर्लनुहोस्, हाम्रो घर आइपुग्यो ।” विक्रमले भन्यो ।

सरस्वती मोटरसाईकलबाट विस्तारै ओर्लिन् । उनले घरको चारैतिर हेरिन् । चारैतिर ठूलो पर्खालले घेरिएको थियो । तीनतल्ले पक्की घर, पहेंलो रंगले रंगाएको, सरस्वती छक्क परेर घर हेरिरहिन् । उनले कल्पना नै नगरेको घरमा आइपुगिन् ।

विक्रम मोटरसाईकलबाट ओल्र्यो र घरको गेटमा गएर बेल थिच्यो । तुरुन्तै चम्चाले ढोका खोल्न आइन् ।

“चम्पा ! मम्मी” विक्रमले सरस्वतीको परिचय दिंदै भन्यो । चम्पाले सरस्वतीको खुट्टा ढोगिन् । उनले आशिर्वाद दिइन् ।

आफ्नो घरभित्र पस्नुभन्दा अगाडि सरस्वतीले ढोका ढोगिन् । विक्रमले मोटरसाईकल भित्र राख्यो । उसले गेट बन्द गर्न लागेकै बेला भरतको मोटरसाईकल पनि आइपुग्यो ।

“बजार गएर आएको हो ?” विक्रमले भरतसँग सोध्यो ।

“तिम्रो आदेश म उल्लङ्घन गर्न सकुँला र ?”

“कति छिटो आइपुगेको नि । हामी कहीं नरोकि आउँदा त अहिले भर्खर आइपुग्यौं ।”

“तिमीले जस्तो साईकल चलाएर आएको हो र ?”

विवेक दुईटै हातमा झोला बोकेर घरभित्र पस्यो । उसको एउटा हातको झोला चम्पाले लिइन् ।

“पख, तिमी घरभित्र नपस । पहिले भाउजू र बच्चालाई पनि लिएर आउनू ।” विक्रमले भरतलाई भन्यो ।

भरत गेटबाहिरबाटै फक्र्यो । विक्रम गेट लगाएर भित्र गयो । विवेक र चम्पा आफ्नो कोठामा बसेर खुसर फुसर गरिरहेका थिए । सरस्वती भान्सामा झोलाबाट सामान निकालेर अलग–अलग राखिरहेकी थिइन् ।

विक्रम आफ्नो कोठामा गयो । उसले पार्वतीको मोबाईलमा फोन ग¥यो । अहिले पनि पार्वतीको मोबाईल स्वीच अफ भएको जानकारी दियो । उनको मोबाईल हरायो कि भन्ने सोच्यो । घरमा विश्वनाथ थिएन । ऊ तरकारी खेततिर गएको होला । आमा घरमा ल्याइसकें भनेर फोन गरुँ कि जस्तो लाग्यो । होइन घरमै एकैचोटि भेट्टाउने विचार गरेर फोन गरेन । विक्रमले सूर्यमानलाई फोन ग¥यो ।

“नमस्कार बुबा, म विक्रम बोलेको ।”

“तिमी अहिले कहाँ छौं ?”

“म नवलपरासी घरमै छु ।”

“काठमाण्डौं कहिले आउने ?”

“अरु एक दुई दिन लाग्छ होला ।”

“प्रदीप साहुले फेरि ठेक्का पाउनु भएको छ । हामीलाई फेरि एग्रीमेण्ट पेपरमा सहि गर्न बोलाइरहनु भएको छ ।”

“काम कहिलेदेखि शुरु हुन्छ ?”

“अर्को हप्तासम्म सामान आउँछ रे ।”

“बुबा, पार्वतीको केही खबर आयो ?”

“केही खबर आएको छैन । दुर्गाले फोन गरेर सोध्या सोध्यै छ । तिमीसँग पार्वती छैनभन्दा पनि विश्वास गर्दिनन् ।”

“म पर्सितिर आउँला ।” भन्दै विक्रमले फोन राख्यो ।

विवेक विक्रमको कोठामा आयो । भरत पनि स्वास्नी र बच्चा लिएर आयो । रुक्मिणी भान्सामा गइन् । भरत र बच्चा विक्रमकहाँ आए । तिनैजना बसेर कुराकानी गर्न थाले । त्यतिकैमा ट्रयाक्टरको आवाज आयो । सबैजना तल बैठक कोठामा आए । विवेकले गेट खोल्न गयो ।

ट्रयाक्टर कम्पाउण्डभित्र राखेर विश्वनाथ घरभित्र पसे । आउने बित्तिक्कै ऊ बाथरुमभित्र पस्यो । नुहाएर आफ्नो कोठामा गयो । लुगा फेरेर चिटिक्क परेर विक्रम भएको ठाउँमा आयो । सबैजनालाई देखेर विश्वनाथले सरस्वती आएको अनुमान गरिसकेका थिए । तर कसैसँग सोध्ने हिम्मत गरेनन् । न त कहीं गएर हेर्न जान नै सक्थो ।

“विवेक एक राउण्ड गरमागरम चिया पिउनु प¥यो बुहारीलाई भनेर आऊ ।” विश्वनाथले कोठामा आउने विवेकलाई भन्यो ।

“बुबाले नै भान्सामा अर्डर दिएर आउनु भए हुन्थ्यो । सबैजना उतैछन् ।” विक्रमले भन्यो ।

“ म भनेर आउँछु ।” विक्रमको चाल थाहा नपाएको विवेकले भन्यो ।

“बुबा, चिसो चिया पिउनु हुन्छ कि ! मैले हाफ बोतल ल्याएको छु ।” भन्दै भरतले सिलबन्दी रक्सीको आधा बोतल निकाल्यो ।

विश्वनाथको आँखामा चमक देखियो । उसले विक्रमको मुख हे¥यो । विक्रमले भरतको हातबाट बोतल खोस्दै भन्यो, “रक्सी वियर केही पनि नल्याउनु भनेको होइन ?”

“तिमीले नखाने भए नखाउ न । हामीलाई किन रोक्छौं ?” भरतले भन्यो ।

“ल ठीक छ । अहिले नै खाने होइन । भरे भोज खाने बेलामा खानू ।”

“किन घरमा भोज पनि बनाएको छ ?” विश्वनाथले सोध्यो ।

“हो बा, अहिले अन्टी, चम्पा र रुक्मिणी मिलेर भोज बनाउँदै छन् । यस्तो खुशीयालीको दिन कहिले आउँछ ?” भरतले भन्यो ।

“जति खुशीयाली मनाउनु छ मनाउनु । भोलि विहान मलाई काठमाण्डौं जानु छ । मैले अहिले भर्खर काठमाण्डौंमा घरपतिबालाई फोन गरेको थिएँ ।हाम्रो साहुले नै ठेक्का पाउनुभएको छ रे ? मैले पनि काम पाउने भएँ । एग्रीमेन्ट गर्न जानुपर्छ ।”

“एक दुई दिनपछि गए हुन्न ?” विश्वनाथले भन्यो ।

     “हुँदैन । हाम्रो साहू समयको पक्का मान्छे । पर्सिसम्म मैले सम्झौतामा सही गरिन भने काम पाउँदिन होला ।”

चम्पा एउटा ट्रेमा चिया लिएर आइन् । उनको पछिपछि सरस्वती पनि आइन् । कोठामा पस्ने बित्तिक्कै सरस्वतीले विश्वनाथको खुट्टा ढोग्न गइन् । विश्वनाथले खुट्टा तानेन । सरस्वती निहुरिएर उसको खुट्टामा टाउको राखेर निहुरीरहिन् ।

“शौभाग्यवती भएस् ।” विश्वनाथले सरस्वतीलाई उठाउँदै भन्यो ।

“आमा शौभाग्यवती हुन त सिउँदोमा सिन्दूर चाहियो, गालामा सूनको सिक्री चाहियो । होइन र बुबा ?” विक्रमले आफ्नो खल्तीबाट गहना बट्टा र सिन्दूरको प्याकेट निकालेर विश्वनाथलाई दियो ।

विश्वनाथले सिन्दूरको बट्टा खोलेर सरस्वतीको सिउँदो भरिदियो । विक्रमले गहना बट्टाबाट सूनको सिक्री निकालेर विश्वनाथलाई दियो । विश्वनाथले सरस्वतीलाई सिक्री पनि लगाईदियो । विक्रमले औंठी आमालाई दियो । सरस्वतीले विश्वनाथको औंलामा औंठी लगाइदिइन् । विश्वनाथले सरस्वतीलाई गर्लाम्म अङ्गालोमा हाल्यो । विक्रमको आँखामा आँशु टल्पलायो । कसैको मुखबाट एक शब्द निस्केन । कोठामा शान्त वातावरण छायो । एकैछिनमा उनीहरु अलग्गिए । सायद बच्चाहरु कोठामा भएको अनुभूतिले गर्दा होला । अङ्गालोबाट छुट्टिएर पनि एकले अर्कोलाई आँखै नझिम्काइ हेरिरहे । उनीहरुको आँखाको भावले भनिरहेको छ “अब हामी कहिल्यै छुट्ने छैनौं ।”

चम्पा चियाको ट्रे लिएर उभिएको उभियै भइन् । कोठाको निष्तब्धतालाई चिर्दै भरतले भन्यो, “बुहारी चिया ल्याऊ न ।” बल्ला चम्पाले सबैलाई चिया दिइन् । सबैजना सँगै बसेर चिया पिए ।

साँझ भयो । खाने पिउने दौर चल्यो । भरतले विक्रमलाई रक्सी खाने कि वियर खाने भनेर सोध्यो ।

“तपाईंहरुलाई जे खान मन लाग्छ खानु । मलाई त कोका कोला भए पुग्छ ।” विक्रमले भन्यो ।

“किन तिमीले रक्सी खान छाडिसक्यौं ?” भरतले सोध्यो ।

“जेल परेदेखि छोएको छैन ।”

विश्वनाथ र भरत रक्सी पिइरहे । अरुहरु कोका कोला पिएर रमाइरहे । विक्रम आफ्नो कोठामा सुत्न गयो । त्यस राति अबेर भएकोले भरत पनि त्यहीं बास बस्यो ।

भोलिपल्ट विक्रमलाई काठमाण्डौं जानु थियो । त्यसैले ऊ सँधैभन्दा अलि चाँडै उठ्यो । ट्वाइलेट गरेर नुहाएर आयो । उसले आफ्नो सामान मिलाउन लाग्यो । तैपनि घरमा कोही उठेका थिएनन् । ऊ काठमाण्डौं जान तयार भयो । तर कसैसँग बिदा नै नलिइकन कसरी जाने ? सबैजना सुतिरहेका थिए । सुतिरहेकाहरुलाई उठाउँ भने कसलाई उठाउँ ? आमालाई उठाउँ कि बुहारीलाई उठाउँ भयो ।

विक्रम बाहिर गयो । आफ्नो मोटरसाईकल निकाल्यो । मोटरसाईकल पुछपाछ ग¥यो । उसले सुतिरहेका मान्छेहरुलाई उठाउन एउटा जुक्ति निकाल्यो । मोटरसाईकल स्टार्ट गरेर प्वाँ प्वाँ हर्न बजाई दियो । हर्न सुनेर एक एक जना गरेर सबै जना उठेर आए । आफ्नो योजना सफल भएकोमा विक्रम मुसुक्क हाँस्यो ।

चम्पा हत्तपत्त घर बढार्न थालिन् । विश्वनाथ ट्वाईलेट भित्र गयो । विवेक हाई काट्दै बाहिर आयो । रुक्मिणी पनि ओढ्ने मिलाउँदै आइन् । सरस्वती चिया पकाउन भान्सामा गइन् ।

“हिजो तिमी चाँडै सुत्यौं । त्यसैले आज चाँडै उठ्यौं । हामी ड्रिंक्स गरेर अलि अबेर सुतेकोले उठ्न अबेर भयो ।” भरतले भन्यो ।

“ल ल स्पष्टीकरण दिनु पर्र्दैन । म काठमाडौं जाँदैछु । मेरो अनुपस्थितिमा यो घरको जिम्मेवारी तिमीले उठाउनुपर्छ ।”

“अब आउँदा एक्लै आउने होइन । मोटरसाईकल पछाडि पनि राखेर ल्याउनु पर्छ ।”

“आज्ञा शिरोपर, मोटरसाईकलमा होइन मोटरमै राखेर ल्याउँला ।” भरतलाई जवाफ दिंदै विवेकतिर हेरेर विक्रमले भन्यो, “ल बीबीएस पास गरेर एमबीएस पढ्न काठमाण्डौं आउनुपर्छ ।”

सरस्वती चिया लिएर आइन् । विश्वनाथ पनि मुख पुछ्दै त्यहीं आयो । सबैजनाले आँगनमै बसेर चिया पिए ।

“ल अब म काठमाण्डौं जान्छु । आजै पुग्नुपर्छ । ” झोला पछाडि बोक्दै विक्रमले भन्यो ।

“आज कुन बाटो भएर जाने ?” भरतले सोध्यो ।

“मुगलिङ भएर जाने । नयाँ बाटोमा अब त उकालै उकालो चढ्नुपर्छ । मोड काट्नै गाह्रो ।”

विक्रमले आमाबुबाको खुट्टा ढोग्यो । दुबै जनाले सुमंगलपूर्वक काठमाण्डौं पुगोस्, गरेको काम सफल होस् भनेर आशिर्वाद दिए । विवेक र चम्पाले विक्रमको खुट्टा ढोग्न आए । दुवै जनालाई आशिर्वाद दियो ।

“बुहारी ! आमा भर्खर घरमा आउनु भएको छ । उहाँले नजानेको कुरा सिकाई दिनु । उहाँले केही गल्ती गर्नु भए सम्झाई दिनू । झगडा नगरी मिलेर बस्नू ।” विक्रमले चम्पालाई भन्यो ।

विक्रम मोटरसाईकलतिर लाग्यो । भरत उसलाई अङ्गालो मार्न आयो । उसले पनि अङ्गालो मा¥यो । उनीहरु दुई जना छुट्नै मन लागेन । छुट्न मन नलागेर के गर्ने ? आफ्नो गन्तव्यमा पुग्नैपर्छ । गन्तव्यमा पुग्नको लागि कदम अगाडि बढाउनै प¥यो । उनीहरु अलग्गिए ।

विवेकले गेट खोलिदियो । विक्रमले मोटरसाईकल चढ्दै सबै जनालाई हात हल्लाएर “बाई” गरेर गयो ।

मोटरसाईकलबाट काठमाण्डौं गइरहेको विक्रमको मन साह्रै हर्षित थियो । उसले के सोचेर नवलपरासी आएको थियो । आज के भयो । चुँडिएको मालाको गेडाझै छताछुल्ल पोखिएका उसका परिवारका सदस्यहरुको हालखबर बुझ्न आएको थियो । आज उसले चुँडिएको त्यो मालालाई फेरि गाँसी दिएको थियो । लावारिसजस्तो उसको जिन्दगीमा आज उसले सबैथोक पाएको छ । अब फेरि त्यो माला कहिल्यै नटुटोस् भन्ने कामना गर्दै ऊ मोटरसाईकल कुदाइरहेको थियो ।

उसले मलेखुमा मोटरसाईकल रोक्यो । एकछिन आराम ग¥यो । अनि मलेखुको माछासँग भात खायो । आज उसलाई यो बाटोबाट आएकोमा अपशोच लागिरहेको छ । यो बाटोमा कति ट्रक, कति बस, कति माइक्रोबस चल्दो रहेछ । ती गाडीहरु यति कुदाएर ल्यायो कि उसको मनै थर्कमान भयो । अरुले जति कुदाए पनि आपूmले नकुदाउने भन्ने सोच्दै ऊ आइरह्यो ।

विक्रम साँझमात्र काठमाण्डौं पुग्यो । ऊ साँचो लिन सूर्यमानको कोठातिर गयो । सूर्यमान घरमै रहेछ । ऊ आएको देखेर सूर्यमान खुशी भयो । घरको हालखबर सोध्यो । उसले आफ्नो घरको सबै खुशीयाली खबर सुनायो । आमालाई फेरि घरमा राखेर आएको कुरा सुनाउँदा सूर्यमान छक्क प¥यो ।

“साह्रै राम्रो कुरा सुनायौं तिमीले । मैले भनेको होइन ? जिन्दगी एक संघर्ष हो । डटेर मुकाविला गर्नुपर्छ । समस्यादेखि डराएर भाग्नु हुँदैन । समयले सबै ठीक गर्छ ।”

“बा, पार्वती छैन भन्छन् । कहाँ गयो होला । हाम्रो कामको लागि पार्वतीको बदला अर्का केटी राख्नुप¥यो । धेरैजसो पसलहरुमा दिउँसो महिलाहरु नै बसिरहेका हुन्छन् । उनीहरुसँग कुराकानी गर्न केटी नै चाहिन्छ ।”

“मैले व्यवस्था गरिसकें । हाम्रो ड्राइभर हर्केको मामाको छोरी शकुनतलालाई राख्छु भनिसकें । उनलाई हर्कैले सबै काम सिकाई दिन्छु भनेको छ ।”

विक्रम घरपति आमा भेट्न माथि भान्सामा गयो ।

“भोक लाग्यो कि ! खाजा खो हो ?” घरपति आमाले सोधिन् ।

“अहिले भोक लागेको छैन । भरे एकैचोटि भात खाउँला ।” यति भनि विक्रमले आमाको खुट्टा ढोग्यो । आमाले आशिर्वाद दिइन् । स्वास्नीले लोग्नेको खल्ती छाम्छन् । आमाले छोराको पेट छाम्छ भनेको यही हो । आमाले उसलाई कति माया गर्छिन् ।

विक्रमले हातमुख धोएर लुगा फे¥यो । मोबाईलको चार्जर खोजेर मोबाईल चार्जमा राख्यो । बिछ्यौनाका तन्ना फे¥यो । कोठामा कुचो लगायो । अनि फेरि ऊ माथि गयो । उसले सूर्यमानको मोबाईलबाट आपूm काठमाण्डौं आईपुगेको खवर दिन घरमा र भरतलाई फोन ग¥यो । खाना खाने बेला भयो । तीनैजना सँगै बसेर खाना खाए । विक्रमलाई आज थकाई लागेको थियो । त्यसैले ऊ चाँडै सुत्न आफ्नो कोठामा गयो ।


No comments:

Post a Comment