Friday, October 18, 2024

जिन्दगीका छालहरु–उपन्यासको अन्तिम खण्ड, नायक विक्रम चौधरीको जिन्दगीका छालहरुको अन्तिम छाल

 जिन्दगीका छालहरु–उपन्यासको अन्तिम खण्ड,  नायक विक्रम चौधरीको जिन्दगीका छालहरुको अन्तिम छाल

तेरह

भोलिपल्ट विहानको खाना खाएर सूर्यमान र विक्रम प्रदीप साहूको अफिसमा गए । पहिलेजस्तै सम्झौता पत्रमा हस्ताक्षर गरे । यसपालि सामानको भाऊ बढेको छ । त्यसैले सामानको विक्री लक्ष्य पनि बढी नै राखेको छ । दुई तीन दिनमा सामान आउँछ । सामान आएपछि फोन गरुँला भन्यो । दुबैजना घरमा आए ।

वित्रबmम कोठामा बसेर कुन पसलमा कति रुपैयाँ उठाउन बाँकी छ हिसाव गरिरह्यो । हिसाव गर्दा गर्दै उसलाई पार्वतीको याद आयो । उसले पार्वतीको मोबाइलमा फोन ग¥यो । मोबाईलको स्वीच अफ गरिएको जानकारी दियो । उसले दुर्गाको मोबाईलमा फोन ग¥यो ।

“हेलो दिदी सञ्चै हुनुहुन्छ ?”

“सञ्चै छु । पार्वती खोई ? पार्वती पनि सँगै आएको हो ?”

“पार्वती कहाँ मसाग छ ? तपाईं जहिले पनि त्यसै भन्नुहुन्छ ।

“तपाईंकहाँ जान्छु भनेर हिंडेकी केटी अहिलेसम्म घर आएकी छैन । सर्लाहीमा फोन गर्दा त्यहाँ पनि पुगेकी छैन । कहाँ गई होली ?” दुर्गालृे रिसाएकी भावमा भनिन्, “अनि तपाईंहरु दुबैजनाको मोबाईल स्वीच अफ को स्वीच अफ नै थियो । कसरी ?”

“अस्ति तपाईंसँग कुरा गर्दागर्दै ब्याटरी लो भएर मेरो मोबाईल स्वीच अफ भयो । मैले चार्जर लिएर जान बिर्सेछु । मेरो मोबाईल नयाँ भएको कारण चार्जर किन्न पाइएन । हिजो काठमाण्डौं आएर चार्ज गरें । आज तपाईंलाई फोन गर्दैछु ।”

“हेर्नुस् विक्रमजी मसँग मजाक नगर्नुहोस् । पार्वतीलाई एकचोटि फोन दिनुस् ।”

“पार्वती मसँग छैन भनें । नपत्याए मेरो कोठामा आएर हेर्नुहोस् । म कीर्तिपुरमै छु ।” यति भनी विक्रमले फोन राख्यो ।

विक्रमले पैसा लिनु पर्नेहरुको लिस्ट तयार पा¥यो । दश लाख रुपैयाँभन्दा बढी उठाउन बाँकी रहेछ । उसले त्यो लिस्ट सूर्यमानलाई देखायो । मनमायाले दुबैजनालाई खाजा बनाएर ल्याइन् ।

खाजा खाएर विक्रम आफ्नो कोठामा बसिरहेको बेला बिरालोको चालमा दुर्गा आइन् । उसको कोठामा यताउता हेरिन् । उनी माथी घरपतिको कोठामा, भान्सा कोठामा पनि हेर्न गइन् । उनले पार्वतीलाई कहीं पनि भेट्टाएन । अनि उनी फेरि विक्रमको कोठामा आइन् ।

“विक्रमजी म अन्तिम पटक सोध्दैछु । मेरो बहिनी कहाँ राखेर आउनुभयो ?”

“मसँग पार्वती गएकी होइन भने म उनलाई कहाँबाट ल्याइदिउँ ? मेरो विश्वास गर्नुहोस् दिदी, पार्वत िमसँग छैन ।” विक्रमले झर्को मानेर जवाफ दियो ।

“तँ ज्यानमारा, डाँकाको के विश्वास ? कहाँ बेचेर आइस मेरो बहिनीलाई ?” दुर्गाको बोलीको लवज फेरियो । उनी सााँच्चिकै दुर्गाजस्तै बनेर च्याँठिइन् ।

दुर्गाले आपूmलाई ज्यानमारा डाँका भनेको सुनेर विक्रमको कन्सिरी तात्यो । उसको रिसको पारा चढ्यो । उसले दुर्गालाई पिट्न हात उठाएको मात्र थियो सूर्यमानले उसको हात समात्दै भन्यो, “फेरि अर्को गल्ती नगर । आफ्नो रिसलाई काबुमा राख ।”

“नानी, आवेशमा आएर जथाभावी मुख नछाड्नुस् ।” सूर्यमानले दुर्गालाई सम्झाउँदै भन्यो, “विक्रम पार्वतीलाई प्रेम गर्छ । आफ्नो प्रेमीलाई पनि बेच्छ र ? पार्वती हरायो भनेर ऊ आफै चिन्तित छ । तपाईंले यसरी मुख छाड्दा उसको दुखेको घाउमा नून चूक हाल्नु जस्तो हुँदैन ?”

“यी छाला व्यापारीलाई छाला काटेर नून चूक हाल्नुपर्छ, भन मेरो बहिनीलाई बेचेर कति रुपैयाँ कमाएर ल्याईस ?” भन्दै दुर्गाले मोबाईलमा फोन गर्दै भनिन्, “बहिनी यहाँ पनि छैन तर अपराधी यहाँ कीर्तिपुर कोठामा नै छ । तपाईं प्रहरीलाई लिएर छिटो आउनुस् ।”

“ए नानी के भनेकी त्यो ? के गर्न लागेकी ?” सूर्यमान आत्तिएर करायो ।

“यो ज्यानमारा, चोर, डाँका, छाला व्यापारीलाई प्रहरीमा बुझाउन लागेको । प्रहरीको डण्डा परेपछि भन्छ होला नि मेरो बहिनीलाई कति रुपैयाँमा कहाँ बेचेर आएको भनेर ।” दुर्गाले आक्रोसित हुँदै भनिन् ।

आपूmमाथि भूmठो आरोप लगाएकोमा विक्रमलाई रिस उठ्यो । दुर्गालाई माडमुड पारुँजस्तो लाग्यो । तर बीचमा सूर्यमान बसिरहेको थियो । आपूmभित्र उठेको रिसलाई महादेवले कालकुट विष पिए झै उसले सह्यो । उसलाई सूर्यमानको त्यो सुझाव याद आयो । एकदिन उसले भनेको थियो, “तिम्रो अतीत कसैलाई नभन्नु ।”

उसले सूर्यमानको त्यो अर्तिलाई वेवास्ता गरेर आफ्नो प्रेमीकालाई भन्यो । घाँटीमा रुद्रकण्ठी नभएकोले आइमाईको मनमा कुरा पच्दैन भने झै पार्वतीले आफ्नो दिदीलाई भनेको होला । त्यसैले त दुर्गाले थाहा पाएकी । नत्र उसले अरु कसैलाई भनेकै थिएन ।

    भ¥याङ्मा बूट बजेको आवाज आयो । एकजना सई सहित चार जना प्रहरीहरु र दुर्गाको लोग्ने आएका रहेछन ।

“यही हो साहेब, मेरो बहिनी बेच्ने छाला व्यापारी । होशियारीपूर्वक लैजानु होला । यो पहिलेको हत्यारा, डकैत पनि हुन् ।” दुर्गाले भनिन् ।

प्रहरीले तुरुन्तै विक्रमको हातमा हतकडी लगाईदियो । यो सबै घटना विक्रमलाई सपना हो कि विपना जस्तो लाग्यो । उसको मुखबाट एक शब्द निस्केन । ऊ निरीह भएर सूर्यमानलाई हेरिरह्यो ।

“सई साहेब । तपाईंले विक्रमलाई हतकडी त लगाउनु भयो । पक्राऊ पूर्जी छ ?” सूर्यमानले सईसँग सोध्यो ।

“ल हेर्नुुस्” भनेर सईले पक्राऊ पूर्जी देखायो ।

सूर्यमानले कागज हे¥यो । कागजमा लेखेको रहेछ– नवलपरासी जिल्ला बेतहानी गा.वि.स. निवासी हाल का.जि. कीर्तिपुर नगरपालिकामा डेरा गरी बस्ने बर्ष ३० को विक्रम चौधरीले सर्लाही जिल्ला ढुंग्रेखोला निवासी हाल काठमाण्डौको सतुङ्गल डेरा गरी बसेकी वर्ष २१ की पार्वती ढकाललाई प्रेमजालमा फसाई भगाएर लगेर भारतमा बेचेर आएको भनी दुर्गा सुवेदी ढकालको किटानी जाहेरी परेकोले सत्यतथ्य बुझ्न निज विक्रम चौधरीलाई यस कार्यालयमा उपस्थित गराई सहयोग गरी दिनु हुन अनुरोध गर्दछु ।” कालीमाटी प्रहरी प्रभाग महिला सेलकोस ईन्स्पेक्टरको हस्ताक्षर रहेको पत्र रहेछ । सूर्यमान चूप लाग्यो । बलिको लागि लैजान लागेको बोकाले आफ्नो मालिकलाई हेरे झै विक्रमले सूर्यमानलाई हेरी रह्यो ।

“जाऊ विक्रम डराउनु पर्दैन । एकछिन पछि म आउँछु ।” सूर्यमानले भन्यो, “बा, यो मोबाईलमा मेरो साथी भरतको मोबाईल नम्बर छ । उसलाई खबर गर्नुहोला । तर घरमा केही पनि नभन्नु भन्नुहोला ।” विक्रमले मोबाईल सूर्यमानलाई दियो ।

विक्रमलाई पहिले प्रहरी प्रभाग कीर्तिपुरमा लग्यो । मानिस उपस्थित गराएको पत्र लेखी त्यहींकै गाडीमा राखेर विक्रमलाई कालीमाटी प्रहरी प्रभाग महिला सेलमा लग्यो । त्यहाँ महिला तथा बालबालिका सम्बन्धी गैरसरकारी संस्थाका महिला प्रतिनिधिहरु र प्रहरी निरीक्षक बसिरहेका थिए । उनीहरुको अगाडि विक्रमलाई उभ्याउन लग्यो ।

“तपाईंले पार्वती ढकाललाई बिहे गर्ने प्रलोभन देखाएर भगाएर लैजानु भयो । भारतको कुनै सहरमा बेचेर आउनुभयो भन्ने आरोप छ । यस बारेमा तपाईंको के भनाई छ ?” ईंन्स्पेक्टरले सोध्यो ।

“ममाथि लगाइएका यी आरोप सरासर भूmठा हुन् । हामी एकले अर्कोलाई प्रेम गर्छौं । हामी सँगै काम गथ्र्यौं । उनी गायब हुनु एकदिन अगाडि मलाई भेट्न आएकी थिइन् । मसँग विवाह गर्न कर गर्दैथिइन् । मैले आफ्नै घर नभइकन विवाह गर्दिन भनेपछि उनी रिसाएर गएकी थिइन् । त्यसको भोलिपल्ट विहान म नवलपरासी गएको थिएँ । हिजोमात्र फर्केको थिएँ ।” विक्रमले भन्यो ।

“अनि पार्वती हराएको दिन दुर्गासँग मोबाईलमा कुरा गर्दागर्दै तपाईंले मोबाईलको स्वीच अफ गर्नुभयो । हिजो मात्र तपाईंको मोबाईल चालूभयो । यसको मतलब आफ्नो काम सकिएपछि मात्र तपाईंले मोबाईल स्वीच अन गरेको किन नभन्ने ?”

“कुरा गर्दागर्दै ब्याटरी सकियो । काठमाण्डौ पुगेर ब्याटरी चार्ज गरेपछि मात्र मेरो मोबाईल चलेको थियो ।”

“तपाईंको विगतको रिकर्ड त साह्रै नराम्रो रहेछ । तपाईं त हातहतियार, डकैत र लुटपाटको अभियोगमा आठ वर्ष जेल सजाय काटेर आउनु भएको रहेछ । तपाईंजस्तो आपराधीक रेकर्ड भएको मान्छेको कुरामा कसरी विश्वास गर्ने ?”

“त्यो मेरो विगतको भूल थियो । त्यसको सजाय पनि भोगेर आइसकें । त्यसबाट पाठ सिकेर म राम्रो मान्छे बन्न खोज्दैछु । अहिले म सेल्सम्यान भएर काम गरिरहेको छु । एक वर्षमा म सात लाख रुपैयाँ कमाउँछु ।”

“लातको मान्छे बातले मान्दैन । केरकार शाखामा पठाउनुहोस् । प्रहरीको डण्डा खाएपछि सत्यतथ्य कुरो ओकल्छ होला नि ।” एउटी नेता टाइपकी महिलाले भनिन् । 

“तपाईंहरु मलाई प्रहरीको डण्डामात्र होइन बन्दुकैले हाने पनि सत्यतथ्य कुरा यही हो । मैले गर्दै नगरेको अपराध म कसरी स्वीकारुँ ?” विक्रमले अलि जोशीलो भएर भन्यो ।

“यो त साह्रै महशुर रहेछ । ल ल यसलाई केरकार शाखामा पठाउनु प¥यो ।” महिला नेतृले भनिन् ।

“माफ गर्नुस् । हाम्रो शाखामा यस्तो अमानवीय व्यवहार हुँदैन । विक्रमले कहाँ कति रुपैयाँमा पार्वतीलाई बेच्यो भन्ने तपाईंहरुसँग के प्रमाण छ ?” ईंन्स्पेटरले भन्यो ।

“म विक्रमकहाँ जाँदैछु । मलाई खोज्ने प्रयास नगर्नु” भनेर पार्वतीले नोट छाडेर गएकी थिइन् । यही प्रमाण काफी छैन ?” महिला नेतृ जंगियो ।

“यो प्रमाण काफी छैन । तपाईंले भन्दैमा हुन्छ ? केटी अन्त पनि गएकी हुनसक्छे । जब उहाँसँग पार्वती छैन भनेपछि छैन नि । तपाईहरुले जाहेरी दिनुभयो हामीले उहाँलाई गिरफ्तार गरेर ल्याएँ । यही काफी भएन ? अब तपाईंहरुले ठोस प्रमाण ल्याउनु प¥यो ।”

“कसैले जाहेरी दिने बित्तिक्कै गिरफ्तार पनि त गर्नु भएन ।” विक्रमले भन्यो ।

“ल भइगो, बढता बोल्ने होइन । हामी अनुसन्धान गर्छु । यदि तपाईं निर्दोष ठहरिए छाडिदिन्छु । अहिले यहाँ ठाउँ छैन । हनुमान ढोका पठाईदिन्छु ।” इन्स्पेक्टरले भन्यो, “ल हनुमान ढोका प्रहरी प्रभागको लागि पत्र तयार गर्नु ।”

एकजना सादा पोशाकको महिला प्रहरीले पत्र टाईप गरेर प्रिन्ट निकाल्यो । निरीक्षकले सही ग¥यो । एकजना महिला र एकजना पुरुष प्रहरीको साथमा विक्रमलाई पठायो । प्रहरी प्रभागको बाहिर एउटा ट्याक्सी बोलायो । त्यसैमा बसेर गयो । 

प्रहरी प्रभाग हनुमान ढोका पुग्ने बित्तिक्कै उसको शरीरको खान तलाशी लियो । उसको हातमा रहेको औंठी, घडी फुकाल्न लगायो । कम्मरमा बाँधेको पेटी, जुत्ताको फित्ता पनि निकाल्न लगायो । उसको खल्तीमा रहेको सवारी चालक अनुमति पत्र, बैंकको एटीएम कार्ड र पैसा समेत निकाल्न लगायो । पैसा मात्र फिर्ता दियो अरु सबै सामान एउटा झोलामा राख्यो । झोलामा उसको नाम लेखेको कागज टाँस्यो । त्यसपछि दर्ता कापीमा उसको तीन पुस्ते नाम लेखियो । उसलाई बाजेको नाम नै थाहा छैन । रजिष्टरमा उसलाई सहि गरायो । त्यसपछि उसलाई ७ नं.कोठामा राख्न लग्यो । जहाँ ऊ भन्दा अगाडि नै आठ जना अरु थुनुवाहरु बसिरहेका थिए ।

साँझको पाँचबजेतिर प्रहरीले ‘विक्रम चौधरी’ भनेर बोलायो । ऊ बरण्डामा गयो । उसको हातमा हतकडी लगाएर एउटा कागज थम्याएर भन्यो, “भेटघाट आएको छ तल जानु ।” ऊ तल गयो । सूर्यमान आएको रहेछ । एकजना प्रहरीले उसलाई एउटा सानो कोठामा लग्यो । ऊ बेञ्चमा बस्यो । सूर्यमान उठेरै कुरा ग¥यो ।

“चिन्ता नलिनु । मैले हाम्रो नेताहरुसँग कुरा गरिसकेको छु । भोलि बाह्र बजेसम्म हामी आउँछौं । सके भोलि नै छुडाएर लैजान्छौं । आज एक राता जसरी भए पनि सहनु ।”

“मेरो साथी भरतलाई फोन गर्नुभयो ?”

     “फोन त गरें । तर तिमी गिरफ्तार भएको कुरा भनेको छैन । जरुरी काम छ तिमीले बोलाएको आउनू भनें ।”

उनीहरुलाई धेरै बेरसम्म कुरा गर्न दिएन । तुरुन्तै विक्रमलाई फर्काएर ल्यायो । सूर्यमानले ल्याएको टिफिन क्यारियर लिएर आयो ।

विक्रमलाई राखेको कोठामा ऊसमेत नौ जना बस्नु पर्ने रहेछ । कोही बाहिर बाटोमा बसिरहेका थिए । कोही त्यतिकै पल्टिरहेका थिए । न सुत्ने ठाउँ, न बस्ने ठाउँ, कुकुर गुल्टिएर बसे झै खुम्चिएर बस्नु पर्दोरहेछ ।

रातको साढे नौ बजे नम्बर लाग्यो । सबै आ–आफ्नो कोठामा गए । कोठामा नअटेकाहरु बाटोमा सुत्न थाले । प्रहरीहरु आएर गन्ती गर्न थाले । कोठामा कसैको न ओछ्याउने थियो, न ओढ्ने नै थियो । ओछ्याउने नाममा पातलो केही फोमका टुक्राहरु थिए । त्यसैमा पल्टिनु परेको थियो । आज एक रात त हो नि भनेर उसले सहेर बस्यो ।

भोलिपल्ट विहान नौ बजेतिर सूर्यमान टिफिन क्यारियरमा खाना राखेर पु¥याउन आयो । विक्रमले खाना खायो । जुठो भाँडा माझ्यो । उसले त्यही रहेको भित्ते घडी हे¥यो । विहानको दश बजिसकेछ । उसलाई छुटाउन आउँछु भनेर गएको सूर्यमान अहिलेसम्म आएको छैन ।

त्यतिकैका प्रहरीले उसलाई बोलायो । ऊ पालो बसिरहेको प्रहरीकोमा गयो । प्रहरीले उसको दुईटै हातमा हतकडी लगाई दियो । महिला सेलको कागज थम्याएर उसलाई तल पठायो । उसले गेटमा कागज दियो । कागज हेरेर गेटमा बस्नेले गेट खोलि दियो । कालीमाटी महिला सेलका दुई जना महिला प्रहरीहरु र एक जना पुरुष प्रहरी सादा ड्रेसमा आएका रहेछन् । प्रहरी कार्यालय बाहिर एउटा ट्याक्सी रोकी राखेको थियो । त्यही ट्याक्सीमा राखेर उसलाई जिल्ला अदालत लगे । ट्याक्सी भाडा उसैले दियो । उसलाई एउटा बेञ्चमा बसायो । एकजना महिला प्रहरी फाईल लिएर गयो । एकछिन पछि उसलाई न्यायाधीशको इजलासमा लिएर गए ।

उसको फाईल न्यायाधीशको अगाडि राखिदियो । न्यायाधीशले फाईल हेरेर सोध्यो, “के तपार्ईले पार्वती नामको केटी बेचेको हो ?”

“होइन श्रीमान, उनी मेरी प्रेमीका हुन् । मैले पार्वतीलाई भेटेकै छैन । उनलाई नभेटेर म आफै चिन्तित छु ।”

“प्रहरी कस्टडीमा तपाईंमाथि कुनै दुव्र्यवहार भयो कि ?” न्यायाधीशले फेरि सोध्यो ।

“छैन श्रीमान । कुनै दुव्र्यवहार भएको छैन । केवल सोधपुछ मात्र गर्नु भएको थियो ।”

प्रहरीले पन्ध्र दिनको म्याद थप्न माग गरेको थियो । न्यायाधीशले सात दिनको मात्र म्याद दियो । विक्रमलाई हनुमान ढोका फर्काएर ल्यायो । उसको हतकडी फुकाली दियो । ऊ आफ्नो कोठामा गयो । पानी पियो । कोठाका साथीहरुले कति दिनको म्याद थप्यो भनेर सोध्यो । सात दिनको भन्यो ।

विक्रमलाई पालोमा बसिरहेको प्रहरीले बोलायो । एकजना असईले उसलाई हतकडी नलगाईकन बाहिर लग्यो । कहाँ लैजान लागेको होला भन्ठानेको त दुईटा भ¥याङ् चढाएर माथि डीएसपीको कोठामा लग्यो । त्यहाँ सूर्यमानसहित अरु चार जना मानिसहरु बसिरहेका थिए ।

“कति दिनको म्याद थप्यो ?” डीएसपीले सोध्यो ।

“एक हप्ताको विक्रमले जवाफ दियो ।

“अब के गर्ने डीएसपी साहेब ?” सूर्यमानले सोध्यो ।

“अब हामी केही गर्न सक्दैनौं । यो जिऊ मास्ने बेच्ने, जवरजस्ती करणी, अपहरण र वन मुद्दामा हाम्रो केही जोड चल्दैन ।” डीएसपीले भन्यो, “हामीले गर्ने भनेको छिटो अनसन्धान गरेर छिटो अभियोग पत्र तयार गरेर अदालतमा पेश गर्ने हो ।”

“गर्दै नगरेको अपराधमा पनि कैदमा राख्नुहुन्छ र ?” एकजना नेताले सोध्यो ।

“अदालत लानु अगाडि भएको भए हामी जाहेरवालालाई बोलाएर कुराकानी गराएर मिलाउन सकेको भए हुन्थ्यो । उहाँले केटी बेचेको हो होइन हामी एकैचोटि कसरी भन्न सक्छौं ? विवाह गरेर त बम्बई घुम्न जाउँ भनेर लोग्नेले स्वास्नी बेचेर आएको धेरै उदाहरणहरु छन् । त्यसैले अहिले तुरुन्तै यसै हो भन्न सक्दैनौं । मुख्य कुरो त छिट्टै केटी खोज्नु प¥यो । केटी फेला प¥यो र अदालतमा पेश गर्न सकियो भने तुरुन्तै सफाई पाउन सकिन्छ ।”डीएसपीले भन्यो ।

“यो त साह्रै अन्याय भयो ।” सूर्यमानले भन्यो ।

“के गर्ने देशको कानूनले नै यस्तै छ । जाहेरी पर्ने बितिक्कै गिरफ्तार गर्नुपर्छ । अपराधी भाग्यो भने हामीले भगाएको भन्ने आरोप लाग्नसक्छ । आजकल त यस्तो केसमा महिलावादीदरुले बबाल मच्चाउँछन् ।”

यतिकैमा त्यहाँ चिया ल्यायो । विक्रमलाई पनि चिया खुवायो ।

“बा, दुर्गासँग एकचोटि कुरा गर्नुहोस् उनले यस्तो किन गरेको भनेर सोध्नुहोस् ।” विक्रमले भन्यो ।

“तिमीलाई यहाँ ल्याएदेखि उनको मोबाईल नै स्वीच अफ छ । मैले कति फोन गरिसकें ।”

चिया खाइसके पछि विक्रमलाई फेरि थुनामा पठायो । त्यसदिन छुट्ने विक्रमको आशा काँचको चुरा फुटेजस्तै टुक्राटुक्रा भयो । कागजको टुक्रा हावामा उडेर गए झै उड्यो । उसले रातदिन छटपटाउँदै बितायो । 

नवलपरासीबाट भरत काठमाण्डौं आयो । विक्रम प्रहरी खोरमा परेको थाहा पाएर ऊ साह्रै दुःखी भयो । ऊ विक्रमको कोठामा बस्यो । सूर्यमानले आफ्नै भान्सामा खाना खुवायो । विहान साँझ उसैले विक्रमलाई खाना पु¥याउन जान लाग्यो ।

“यो के भएको विक्रम ?”भरतले दुःखीत हुँदै सोध्यो ।

“के भनूँ भरत ! तिमीलाई थाहा भएकै कुरा हो । नवलपरासी म एक्लै गएको थिएँ । म जति दिन त्यहाँ बसें । हामसँगै बसेको बसेका थियौं । मलाई झुठो आरोपमा थुनेको छ ।”

“पार्वतीको मोबाईल नम्बर देऊ । उनको घरमा लुकाई राखेको छ कि म खोज्न जान्छु ।”

विक्रमले पार्वतीको मोबाईल नम्बर र ठेगाना दियो ।

विक्रम थुनामा परेको आठौं दिन उसलाई हतकडी लगाएर सरकारी वकिल कार्यालयमा बयान दिनको लागि लगियो । सरकारी वकिल कार्यालयको सुब्बाले उसको अगाडि सत्रवटा प्रश्नहरु तेर्सायो । उसको आफ्नो नाम ठेगाना आमाबाबु परिवार संख्या रोजगार आदिको बारेमा सोधिएको रहेछ । त्यसबाहेक अरु प्रश्नहरु पनि सोध्यो ।

“तपाईंलाई पार्वती ढकाल भन्ने केटीलाई भारतको वेश्यालयमा बेचेर आएको भन्ने आरोप छ । यस बारेमा तपाई)को के भनाई छ ?” सुब्बाले सोध्यो ।

“यो आरोप सरासर भूmठा हो । मैले उनलाई कहीं बेच्न लगेको छैन ।”

“उनी घरबाट तपाईकहाँ जान्छु भनेर गएकी आजसम्म फर्कनु भएकी छैन । त्यही दिन तपाईंले पनि काठमाण्डौ छाड्न भएको थियो । त्यसैले तपाईंले नै पार्वतीलाई लिएर गएको भन्ने आरोप छ ।”

   म एक्लै मोटरसाईकलबाट फर्पिङ्ग हुँदै नवलपरासी गएको थिएँ । त्यसैले उनी कोसँग कहाँ गइन मलाई के थाहा ?

“अनि पार्वतको दिदी दुर्गाले तपाईंमाथि यस्तो जघन्य आरोप किन लगाएको होला ?”

“पार्वती र मेरो प्रेम सम्बन्ध छ । म चौधरी उनी बाहुनी । हाम्रो जात मिल्दैन । त्यसैले उनको परिवार हाम्रो बिहे गराउन चाहँदिनन् । पार्वतीको इच्छा विपरीत घरका मान्छेहरुले अन्तै विवाह गरी दिन लागेका थिए । त्यसैले उनी घरबाट भागेर मकहाँ आएकी थिइन् । मैले आफ्नो घर नबनाइकन बिहे नगर्ने निर्णय सुनाएँ । उनी रिसाएर गइन् । त्यसपछि उनी कहाँ गइन् मलाई थाहा छैन । मैले उनको मोबाईलमा फोन गर्दा जहिले पनि स्वीच अफको जानकारी पाउँछु ।”

“तपाईंले पनि त काठमाण्डौंबाट गएको बेलुकादेखि मोबाईलको स्वीच अफ गरी राख्नुभएको थियो रे नि ? भारतमा भएर टावरले नटिपेको हो कि ?”

“होइन दुर्गासँग कुरा गर्दागर्दै मेरो मोबाईलको ब्याट्री सकियो । मैले चार्जर लिएर जान बिसेंको थिएँ । त्यसैले मेरो मोबाईलको स्वीच अफको स्वीच अफ नै भयो ।”

“तपाईं नवरपरासीमै हुनुहुन्थ्यो ?”

“हो म नवलपरासीमै थिएँ ।”

“यसको प्रमाण जुटाउन सक्नुहुन्छ ?”

“सक्छु ।”

“थुनछेकको बहस हुँदा ती प्रमाणहरु सबै अदालतमा पेश गर्नुहोला ।”

उसले दिएको बयान सुब्बाले लेख्दै गयो । लेख्न सकिएपछि उसलाई पढ्न लगायो । लेखेको ठिक छ भनेर सहि पनि गरायो । त्यसपछि उसलाई फेरि अदालत लगेर म्याद थप गरी ल्यायो ।

समय बित्दै गयो । विक्रमलाई थपेको म्याद सकियो । उसलाई फेरि अदालत लगियो ।

“अहिलेसम्म अभियोग पत्र किन तयार नगरेको ?” फाईल हेरेर न्यायाधीशले सोध्यो । 

“केटीको घरमा खोज्न पठाएको छु । प्रहरी रिपोर्ट आएको छैन ।” महिला प्रहरीले भनिन् ।

“अब सात दिनको समय दिन्छु । त्यतिबेला पनि अभियोग पत्र तयार गरेर ल्याउनु भएन भने म उहाँलाई यर्हीबाट रिहा गरिदिन्छु ।” न्यायाधीशले भन्यो ।

प्रहरी लुरुक्क भयो । उसलाई हनुमान ढोका फर्काएर ल्यायो । 

विक्रम हप्ताभर नवलपरासीमै थियो भन्ने प्रमाण ल्याउन भरत नारायणघाट गयो । पहिले ऊ सरस्वतीको प्रेस्क्रिप्सन लिएर भरतपुर अस्पतालमा गयो । त्यस अस्पतालमा सरस्वतीलाई भर्ना गर्दाखेरीको फाराम फोटोकपी गराई प्रमाणीत गरिदिन अनुरोध ग¥यो । त्यहाँका कर्मचारीहरुले आनाकानी गर्न थाले । भरतले एकजना कर्मचारीलाई खुसुक्क एक हजार रुपैयाँ खल्तीमा राखी दियो । अनि बल्ल फारामको खोजी भयो । फोटोकपी गराएर मेडिकल सुपरिटेन्डेन्टले हस्ताक्षर गराएर ल्यायो ।

विक्रमले विवेकको बारेमा सोध्छ भनेर ऊ विवेकको कोठामा गयो । ऊसँग कुशलमंगलको कुरा भयो । बेतहानी जानेभन्दा विवेक पनि आउँछु भनेर जिद्दी ग¥यो । उसको जिद्दीको अगाडि भरतको केही लागेन । विवेकलाई लिएर भरत आफ्नो घर कावासोती गयो ।

“काठमाडौंमा काम सकियो ?” भरतलाई देखेर रुक्मिणीले खुशी हुँदै सोधिन् ।

“सकिएको छैन । विक्रमले अस्ति यहाँ कागज छाडेर गएको थियो । त्यही लिन आएको ।”

“आजै जाने कि ?” उत्सुक भएर रुक्मिणीले सोधिन् ।

“आज यहीं बस्ने भोलि विहान सबेरै जाने । अहिले म बेतहानी जान्छु भरे खाना खान आउँला ।”

भरत र विवेक बेतहानी गए । उनीहरु घर पुग्दा विश्वनाथ पनि घरमै रहेछ ।

“विक्रमले किन बोलाएको ? ऊ कहाँ छ ? यहाँबाट गएदेखि उसले त्यहाँ पुगेको दिन एकचोटि फोन ग¥यो । त्यसपछि एकचोटि पनि फोन गरेको छैन । मैले फोन गर्दा पनि सँधै घरपतिले मात्र उठाउँछ ।” विश्वनाथले दुखेसो पोख्यो ।

“हो त नि, यहाँ सासै पिच्छे आमा बा भनेर नथाक्ने केटो काठमाण्डौं पुगेपछि हामीलाई बिस्र्यो कि क्या हो ?” सरस्वतीले पनि शिकायत गरिन् ।

भरतलाई के भनूँ, के गरुँ भयो । अहिले विक्रमको बारेमा केही नभनूँ पछि थाहा पायो भने उसलाई कति नराम्रो हुन्छ । बरु अहिले नै भन्दा आपूmले सम्झाउन बुझाउन सकिन्छ । यस्तै विचार गरेर भरतले विक्रमको बारेमा सबै सत्यतथ्य कुरा बतायो । आपूm आउनाको कारण पनि बतायो ।

यो कुरा सुन्ने बित्तिक्कै सरस्वती डाँको छाडेर रोइन् ।  रुँदै उनले भन्दै गइन् , “म नै अभागीनी रहिछु । म नहुँदा सबैलाई राम्रै थियो । म आएपछि अहिले फेरि दुःखको पहाडले थिच्यो ।”

“नरुनु आमा ! विक्रमलाई केही हुँदैन । उसले गर्दै नगरेको अपराधमा पनि सजाय हुन्छ र ? घरपतिबाले पूरा मद्दत गरिरहनु भएको छ । दुईचार दिनमै ऊ छुटिहाल्छ ।” भरतले सम्झायो ।

“दाइलाई भेट्न म पनि काठमाण्डौं आउँछु ।” विवेकले भन्यो ।

“हुँदैन, तिम्रो पढाई बिग्रन्छ । विक्रम रिसाउँछ ।”

“नाईं म दुई तीन दिनमात्र बस्छु ।”

“म पनि छोरालाई भेट्न काठमाण्डौं आउँछु ।” सरस्वतीले पनि जिद्दी गरिन् ।

“अहिले यिनीहरुलाई लैजानु । यहाँ काम गर्न कसैलाई जिम्मा दिएर दुई चार दिनमा म आउँछु ।” विश्वनाथले भन्यो ।

“विक्रमले त घरमा कसैलाई नभन्नु भनेको थियो । मैले भनें । अब मलाई गाली गर्छ होला । भरतले भन्यो, “अहिले म जान्छु । भोलि विहान सबेरै आमालाई लिएर विवेक कावासोती आउनु हाी सँगै जाउँला ।”

भरत आफ्नो घर गयो ।

त्यसरात विश्वनाथको घरमा कसैले पनि पेटभरि खाना खाएन । विश्वनाथले सूर्यमानसँग फोनमा कुरा ग¥यो । सूर्यमानले धन्दा नमान दुई चार दिनमा विक्रम छुट्छ भनेपछि उसको मन अलि हलुका भयो ।

चौध

विहान नौबजेतिर पालोमा बसिरहेको प्रहरीले विक्रमलाई बोलायो । ऊ बरण्डामा गयो । प्रहरीले उसलाई हतकडी लगाएर एउटा कागज थमाएर तल पठायो । गेट खोलेर उसलाई बाहिर पठायो । उसले बाहिर हेर्दा उसको आमा, भाइ, भरत र सूर्यमानलाई देख्यो । उसको हातमा हतकडी लगाएर ल्याएको देखेर सरस्वती डाँको छाडेर रोइन् । प्रहरीले उनलाई चूप लाग नत्र भेट्न दिन्न भन्यो । छोरा भेट्ने आशाले उनले रुवाइ बन्द गरिन् तर आँखाबाट बलिन्द्र आँशुका धारा बगाइरहिन् । भेटघाट स्थलमा सरस्वतीले विक्रमलाई अङ्गालोमा हाल्न खोज्दा प्रहरीले छुन दिएन । उनले रुँदारुँदै केही कुरा गर्न सकिनन् । विवेकले पनि गहभरि आँशु राखेर टुलुटुलु हेरिरह्यो ।

“हाम्रो काम के भइरहेको छ बा ?” विक्रमले सूर्यमानसँग सोध्यो ।

“हाम्रो काम चालू छ । सबै काम हर्केले गरिरहेको छ । हर्केले पुरानो पैसा पनि उठाइरहेको छ । तिमी चिन्ता नलिनू ।” सूर्यमानले भन्यो ।

“समय सकियो जाऊ जाऊ’ भनेर राम्ररी कुरै गर्न नपाईकन प्रहरीले उसलाई उठाएर ल्यायो । एकछिनको रमाइलो भेटघाट पछि विक्रमलाई फेरि उही खोरमा ल्यायो । जहाँ केही लेख्न न कलम न त कापी नै राख्न दिएको छ  । टेलिफोन, रेडियो केही हेर्न र सुन्न पाइएको होइन । अनकण्टार घनघोर जङगलभित्र हराएको मानिस झै सम्पूर्ण बाहिरी दुनियाबाट सम्पर्क विहिन भएर बस्नु परिरहेको छ ।

विक्रमको अदालतमा पेशीको दिन आयो । कुनै प्रमाण थिएन । उसलाई धरौटीमा छोडेछ भनेर सबैले भनिरहेका थिए । त्यसैले विक्रम पेशीको दिन पर्खिरहेको थियो ।

थुनछेक वहसको दिन उसलाई एघार बजे नै जिल्ला अदालत लग्यो । न्यायाधीशको इजलासमा पु¥यायो । जहाँ सुब्बाले विक्रमसँग फेरि बयान लियो । धेरैजसो प्रश्न त सरकारी वकिल कार्यालयमा सोधेकै प्रश्नहरु रहेछन् । उसले पनि एक अक्षर फरक नपर्ने गरी जवाफ दियो ।

“तपाईं नवलपरासीमै हुनुहुन्छ भन्ने तपाईंसँग के प्रमाण छ ?” सुब्बाले सोध्यो ।

“मेरो आमा विरामी भएर भरतपुर अस्पतालमा भर्ना गराएर चारदिनसम्म औषधोपचार गराएको प्रमाण छ । नारायणघाटमा सून किनेको बिल छ ।”

“तपाईको नातेदार बाहेकको को को साक्षी राख्न चाहनुहुन्छ ?”

“नवलपरासी जिल्ला कावासोतीको भरत चौधरी र काठमाण्डौं कीर्तिपुरको सूर्यमान डंगोललाई साक्षी राख्न चाहन्छु ।”

त्यतिकैमा बाहिर नारा जुलुस गरेको आवाज आयो । “चेली बेचुवालाई फाँसी दे” महिलाहरु नारा लगाईरहेका थिए ।

न्यायाधीशको कान पनि ठाडो ठाडो भयो । विक्रमको बकपत्र सिद्धियो । त्यसपछि दुबै पक्षको वकिलहरुको बहस शुरु भयो । विक्रमको वकिलले बहसमा भन्यो, “बिना प्रमाण कसैले आरोप लगाएको भरमा त्यतिकै ल्याएर थुन्न मिल्दैन । उहाँ व्यापारी मान्छे यसरी थुनुवामा राख्दा उहाँको सामाजिक जीवन र व्यापार बिग्रन्छ । त्यसैले पछि मुद्दाको फैसलामा जे ठहरिन्छ त्यहीअनुसार गर्ने, अहिलेको लागि सामान्य तारिखमा छोड्नु हुन अनुरोध गर्दछु ।”

त्यही बेला एक हूल महिलाहरु इजलाशभित्र प्रवेश गरे । जसमा दुर्गा पनि रहिछिन् । न्यायाधीशले उनीहरुलाई सरसरती हे¥यो ।

“पछि प्रमाण बुझेर जे फैसला गर्नु परे पनि प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश जारी गर्नुहुन अनुरोध गर्दछु ।” सरकारी वकिलले भन्यो ।

वकिलहरुको बहस सकियो । न्यायाधीशले खाजा समयपछि फैसला सुनाउनु हुन्छ । विक्रमलाई प्रहरीले इजलास बाहिर ल्यायो । सूर्यमानले विक्रमसहित प्रहरीहरुलाई खाजा खुवाउन लग्यो ।

“मेरो आमा र भाइ घर गइसक्यो कि ?” विक्रमले सूर्यमानसँग सोध्यो ।

“उनीहरु तिमीसँगै जान्छु भनेर बसिरहेका थिए । मैले सम्झाएर घर पठाई दिएँ । तिमीलाई धरौटीमा छोड्न सक्छ भनेकोले पैसा लिएर आएको छु ।” सूर्यमानले भन्यो ।

एकजना महिला हवल्दार अदालतमा के फैसला भयो बुझ्न गयो ।

“मैले तिमीलाई पहिल्यै भनेको थिएँ । महिला आगो हो । राम्ररी चलाउन जान्नुपर्छ नत्र यसले सबैथोक स्वाहा गरिदिन्छ । गाउँकी केटी सोझी र इमान्दार हुन्छ भनेर सङ्गत ग¥यौं । आज त्यसको फल भोग्दैछौं । मैले तिमीलाई तिम्रो अतीत कसैलाई नभन्नु भनेको थिएँ । तिमीले पार्वतीलाई भन्यौं । पार्वतीले उनको दिदीलाई भनिन् । तिम्रो अतीतको कारण तिमीलाई आज धरौटीमा छोड्दैन होला ।” सूर्यमानले भन्यो ।

“यस्तो मुद्दामा धरौटी या तारिखमा छोड्दैन । बरु पछि प्रमाण भएन भने सफाई पाउन सक्नुहुन्छ । अझ त अहिले यी महिलाहरुले नारा जुलुस गरिरहेका छन । त्यसैले पनि पुर्पक्षमा पठाउँछ होला । यी डलरधारी महिलाहरुको कामै यही हो ।” महिला प्रहरीले भनिन् ।

प्रहरी हवल्दार उनीहरु भएको ठाउँमा आइन् ।

“श्रीमानले फैसला गरी सक्नु भएछ । फाँटमा गएर सहि गर्नुप¥यो ।” हवल्दारले भनिन् । विक्रमलाई फाँटवालाको झ्यालतिर लग्यो ।

“के फैसला भयो ?” सूर्यमानले सोध्यो ।

“पुर्पक्षको लागि थुनामा राख्ने आदेश भयो ।” फाँटवालाले भन्यो ।

विक्रम त छानाबाट खसेको जस्तो भयो । उसलाई फैसला कागजमा सही गरायो । त्यसपछि प्रहरीले ल जाउँ भनेर विक्रमलाई फर्र्काएर ल्यायो । उसले सूर्यमानलाई हे¥यो । भरतलाई हे¥यो । दुबै जना निरीह भएर उसलाई हेरिरहे ।

प्रहरीले विक्रमलाई भद्रवन्दी गृह त्रिपुरेश्वरमा पु¥यायो । जहाँबाट ऊ चारवर्ष पहिले मात्र छुटेर गएको थियो ।

विक्रमलाई जेल चलान गरेपछि भरत र सूर्यमान निराश भएर घर फर्के । घरमा आएर दुवैजना चिया पिउँदै सरसल्लाह गर्न थाले ।

“भरत, कानूनको चपेटामा विक्रम फस्यो । निर्दोष भइकन पनि उसले जेल सजाय भोग्नु प¥यो । अहिलेसम्म त मैले प्रदीप साहूलाई ऊ गाउँमा गएको छ भनेको छु । उसलाई धेरै वर्ष सजाय भयो भने के गर्ने ? उसको बस्न लागेको घर पनि टुट्ने भयो ।” सूर्यमानले भन्यो ।

“ठूल–ठूला वकिलहरु राख्नुप¥यो । घुस खुवाएर हुने भए जति घुस दिनु परे पनि दिन्छु अङ्कल पैसाको सुर्ता नगर्नुहोस् ।” भरतले भन्यो ।

“पैसाको कुरै छैन । उसको लागि करोड रुपैयाँ खर्च गर्नु परे पनि गर्छु । त्यो भन्दा पनि हामीले पार्वतीको बारेमा पत्ता लगाउनु प¥यो । एकचोटि तिमी उनको घर सर्लाही गएर आऊ । घरमा राखेर हरायो भनेर उजुरी दिएको पनि हुनुसक्छ ।” सूर्यमानले भन्यो ।

“ठीक भन्नुभयो अङ्कल, म भोलि नै विक्रमको बाईक लिएर सर्लाही जान्छु । त्यहाँ गएपछि केही कुरो खुल्छ कि । नत्र विक्रमले पार्वतीलाई लिएर आएकै थिएन । यो सरासर भूmठो हो । हामीले यति प्रयास त गर्नै पर्छ ।”

यसरी छलफल गरेर भोलिपल्ट विहान सबेरै भरत विक्रमको बाईक लिएर सर्लाही गयो ।

भरत बागमती पुलपारी पुग्यो । त्यहाँ एउटा औषधी पसल देख्यो । ऊ औषधी पसलमा गएर पसलेसँग सोध्यो, “ढुंग्रेखोला कहाँ पर्छ ?”

“किन कसलाई भेट्नु पर्ने ?” औषधी पसलेले सोध्यो ।

“ढुंग्रेखोलाको हरिकृष्ण ढकाल बाजेलाई भेट्न आएको ।”

पसलले एकजना केटालाई बोलाएर भन्यो, “जाऊ त उहाँलाई हरिकृष्ण बाजेको घर देखाई देउ ।”

मोटरसाईकलमा बसेर जान पाउने भएर केटा खुशी हुँदै भरतको पछाडि बस्यो । त्यो केटाले देखाएको बाटोमा भरतले मोटरसाईकल चलाएर लग्यो । बागमतीको पूर्वतिर एक किलोमिटर जति गए पछि उत्तरतिर एउटा शाखा बाटो आयो । ऊ त्यो बाटोबाट उत्तरतिर लाग्यो । बाटोमा जथाभावी ढुङ्गा बिछ्याइराखेको थियो । अलिपर पुगेपछि बाटो पश्चिमतिर मोडियो । त्यहाँबाट केही पर गए पछि मोटरसाईकल रोक्न लगायो । केटा एउटा घरमा पस्यो ।

भरतले यताउता हे¥यो । बाटोबाट पचास फुटभित्र दायाँ बायाँ एक एक ओटा काठले बनाएको घर थियो । बीचमा मोटरै लैजान हुने बाटो थियो । घरभित्र जाने बाटोमा बाँसको तगारो हालेर बाटो छेकीराखेको थियो । बाटोको दायाँपट्टि एउटा घर छ । घरको मुनी घाँस दाउरा राख्ने ठाउँ रहेछ । माथिल्लो तल्लामा सुत्ने कोठाहरु रहेछन् । बायाँतिर पनि काठै काठले बनाएको एउटा घर छ । घर काठको भए पनि छाना टायलको रहेछ । एकैछिनमा केटोसँग एकजना अधबैंशे मानिस आयो । बाँसको छेकवार हटाएर भरतलाई भित्र लग्यो ।

“बाबु कहाँबाट के कामले आउनु भएको होला ?” अधबैंशे मानिसले सोध्यो ।

“म भरत चौधरी । काठमाडौंमा पार्वतीसँगै काम गर्छु । अस्ति बजेट भाषण हुनुभन्दा अगाडि पन्ध्र दिनको विदा हुँदा पार्वती घर आएकी थिइन् । अहिलेसम्म नआएर अफिसबाट खोज्न पठाएको ।”

“यहाँ त आएकी छैनन् । उनको मोबाईलमा फोन गर्नु भएन ? आजकल त मान्छे भेट्न मोबाईले सजिलो बनाई दिएको छ ।”

“उनको मोबाईलको स्वीच अफ गरिराखेकी छिन् । उनको मोबाईल हरायो कि ?”

“अस्ति भर्खर त यहाँ फोन गरेर ल्याएकी ।”

“ल हेर्नुस्, म अहिले नै उनलाई फोन गर्छु ।” भनेर भारतले पार्वतीको मोबाईलमा फोन ग¥यो । उही स्वीच अफ भएको जानकारी आयो । उसले पार्वतीको बुबालाई सुनायो ।

पार्वती त्यहाँ छैन भन्ने पक्का भयो । अन्त कहीं गएको सुराकी पत्ता लाग्न सक्छ । हरिकृष्णको व्यवहार कस्तो होला थाहा पाउन भरतले भन्यो, “पार्वती छैन भने म पनि जान्छु ।”

“यतिबेला कहाँ जानुहुन्छ ? आज यहीं बस्नुस् । यहाँसम्म आएर एकरात पनि नबसी जान पाउनु हुन्न ।”

“आज भइगो । बोलाउनु भयो भने पार्वतीको बिहेमा आउँला ।”

“उनको बिहे हामीले गरिदिनु पर्लाजस्तो छैन ।”

“किन ? उनले नै केटो रोजेकी छिन् कि ?”

“छ रे विक्रम चौधरी भन्ने केटासँग लागेकी छे रे ।”

“चौधरी केटा पनि हुन्छ र ?”

“आजको जमानामा जातपातको त मतलब छैन । तर केटो पहिले डकैती र हातहतियार बोकेको अभियोगमा आठ वर्ष जेल सजाय भोगेर आइसकेको रे । फेरि उसको पहिले बिहे गरेको स्वास्नी पनि छ रे ।”

“बुबाले त सबैकुरो थाहा पाउनु भएको रहेछ । कसले भनेको ?”

“मेरो जेठी छोरी दुर्गाले भनेकी । पार्वती उनैसँग त बस्छिन् ।”

“अनि दुर्गाले त्यो केटोलाई मन पराउनु भएको छ ?”

“दुर्गाले त पटक्कै मन पराउँदिन । उनले अर्कै केटो मिलाई दिएकी थिइन् । त्यो केटोलाई पार्वतीले पटक्कै मन पराइनन् । त्यसैले दुई दिदी बहिनी बीच झगडा भएर पार्वती घरबाट निस्किन् । उनले मन पराएकी केटा कहाँ गइ कि अन्तै ग इखबर छैन भनेर दुर्गाले फोन गरेकी थिई ।”

“कहाँ कहाँ खोज्नु भयो त ?”

“मामाघरमा पनि हेर्न पठाइसकें । त्यहाँ पनि छैन । दुर्गाले त त्यो केटोले नै इन्डियामा बेच्न लग्यो कि भन्ने शङ्का गरेकी छिन् ।”

पार्वतीको आमाले चिया ल्याइन् ।

“आज घरमा पाहुना आउनुभएको छ । कान्छोलाई भनेर त्यो रातो भाले कुखुरा काट्न लगाउनु ।” हरिकृष्णले चिया दिन आएकी स्वास्नीलाई भन्यो ।

“बुबा, लोकल कुखुराको मासुको साथमा घाँटी भिजाउने पनि छ कि ?” भरतले सोध्यो ।

“यहाँ घरमा त छैन बजारबाट ल्याउनुपर्छ ।”

“हुन्छ, म बजार गएर ल्याउँछु ।” भरतले खुशी हुँदै भन्यो ।

भरत मोटरसाईकलमा जान लाग्दा पार्वतीको भाइ राधाकृष्ण म पनि आउँछु भन्दै बाईकमा बस्न गयो । नयाँरोडमा सिलवन्दी रक्सी दुई क्वार्टर लिएर भरत फक्र्यो ।

भरत र हरिकृष्ण गोठघरको माथि कोठामा गए । पार्वतीको आमाले एक कचौरा मासु भुटेर ल्याइन् । मासु उनीहरुको अगाडि राख्दै भनिन्, “ल यो मासु सितनको लागि भुटेर ल्याएको । अरु झोल राखेर पकाएको छु । चाहिन्छ भने पछि ल्याइदिन्छु ।”

 भरत र हरिकृष्ण कुखुराको मासुसँगै रक्सी पिउन थाले ।

पार्वती यो घरमा छैनन् । मामाघरमा पनि छैनन् । कहीं साथीहरुकोमा गएकी पनि त हुनसक्छ । नभए साथीहरुलाई थाहा छ कि ? यस्तै विचार गरेर भरतले पार्वतीको साथीहरु बारे सोधखोज गर्न सोध्यो, “बुबा, पार्वतीको यहाँ मिल्ने साथीहरु को को छन ?”

“स्कुल पढ्ने बेलामा त थुप्रै साथीहरु थिए । अहिले प्रायः सबैको बिहे भइसक्यो । तैपनि पार्वतीले बिहे नगरेर त हामीलाई चिन्तामा पारेकी छिन ।”

“बिहे भइसकेका साथीहरुमा पनि दशैंमा माइती आउँदा मिल्ने साथीहरु त घरमा लिएर आएका होलान् अथवा पार्वतीलाई भेट्न आउँछ होलान् । त्यस्तो मिल्ने साथीहरु कति जना छन् ।

“पार्वतीको मिल्ने साथीहरु मध्ये जनपुरमा बिहे भएकी गंगा, सिन्धुलीमा बिहे गरेकी सावित्री र नवलपरासीमा बिहे भएकी राधा छिन् ।”

यति कुरा सुनेपछि भरतले सन्तोषको सास फे¥यो । अहिले त राती भइसक्यो । जाने कुरै भएन । भोलि विहान उनीहरुको माईतीमा गएर फोनबाट सोधपुछ गर्ने भरतले सोच्यो ।

खाना खाएर भरत राधाकृष्णसँगै एउटै कोठामा सुत्यो । उसलाई भोलि विहान कहिले होला जस्तो लागिरह्यो । तर रक्सीको नशाले गर्दा उसलाई निद्रा लाग्यो ।

भोलिपल्ट विहान चिया खाईसकेपछि भरतले पार्वतीको बहिनी उमालाई बोलायो । उमा आइन् ।

“तिम्रो पार्वती दिदीका साथीहरु सावित्री, गंगा र राधाको घर थाहा छ ?” भरतले उमासँग सोध्यो ।

“मलाई थाहा छ । जाने हो ?” उमाले सोधिन् ।

“जाने मोटरसाईकल लिएर जाने कि हिंडेर जाने ?” भरतले सोध्यो । 

“मोटरसाईकलमा जाने । राधा दिदीको घर त नयाँरोडमा छ ।” उमाले भनिन् ।

उमालाई मोटरसाईकलमा राखेर भरत सबैभन्दा पहिले गंगाको माईती गयो । गंगाको बुबासँग भेट भयो । के कामले आएको भनेर सोध्यो । पार्वती गंगाको ससुरालीमा गएको छ कि एकचोटि फोन गरेर सोध्न अनुरोध ग¥यो ।

गंगाको बुबाले फोन गरेर सोध्यो । पार्वती त्यहाँ नआएको जानकारी दियो ।

त्यहाँबाट उनीहरु सावित्रीको माईतीमा गए । सावित्रीको दाइसँग भेटभयो । ऊसँग एकछिन कुरा गरेर सावित्रीको घरमा फोन गर्न लगायो । त्यहाँ पनि पार्वत िनभएको जानकारी पायो ।

त्यसपछि अलि पर नयाँरोडमा राधाको माईतीमा उमालाई लिएर गयो । त्यहाँ पनि राधाको दाइ भेट्यो । भरतले आपूm आउनाको कारण बताउँदै राधासँग सम्पर्क गराई दिन अनुरोध ग¥यो ।

“राधा अहिले तिमी कहाँ छौं ?” राधाको दाइले फोनमा सोध्यो ।

“म अरुण खोलामा छु । घरमा सबैलाई सञ्चै छ ?”

“सञ्चै छ । तिमीलाई कस्तो छ ?”

“मलाई पनि सञ्चै छ । किन फोन गर्नु भएको ?”

“पार्वती बहिनी तिमीसँग आएकी छिन् ?”

“किन के भयो ? के उनको खोजी भइरहेछ ?”

“उनी पोइला गइ कि, अपहरणमा परी कि, कहाँ गई भनेर यहाँ सबैजना चिन्तित छन् ।”

“अरु कसैलाई नभन्नुहोला । उनी एक महिनादेखि मसँगै छिन् ।”

“अब तिमी काठमाण्डौं कहिले जाने ?”

“एक हप्तापछि जाने ।”

“ल ठीक छ उताबाट फर्कंदा यहाँ आउनु है ? अहिले फोन राख्छु ।” भन्दै राधाको दाइले फोन राख्यो ।

राधाको  दाइले भरतको हात समातेर अलि पर लग्यो । उमा आँगनमै उभिरहन् ि। राधाको दाइले राधाको मोबाईल नम्बर दिंदै भन्यो, “अरु कसैलाई नभन्नु । पार्वती एक महिनादेखि राधासँगै अरुण खोलामा बसिरहेकी छिन् ।” उसले राधाको ससुराली घरको लोकेसन पनि बतायो ।

भरतले बल्ल सन्तोषको सास फे¥यो । ऊ खुशी हुँदै उमालाई लिएर पार्वतीको घरमा गयो । उसलाई अब त्यहाँबाट छिट्टै भागूँजस्तो भयो । तर पार्वतीको आमाले खाना नखाईकन नपठाउने भनेर कर गर्न थालिन् । बाध्यतावश उसले त्यहाँ बस्नै प¥यो । खाना खाइसकेपछि ऊ हिंड्न लाग्दा उमा पनि चन्द्रनिगाहपुरसम्म आउँछु भन्न थालिन् । फेरि एकछिन पर्खनै प¥यो ।

उमा लुगा लगाएर आइन् । भरतले घडी हे¥यो । एघार बजिसकेछ । उमालाई पछाडि राखेर भरत अगाडि बढ्यो । उमा उसको जिउ छुन्छ कि जस्तो गरेर एकदम पछाडि बसिन् र मोटरसाईकलको पछाडि क्यारियर समातिन् । जसले गर्दा भरतलाई मोटरसाईकल चलाउने अप्ठ्यारो भयो । अगाडि च्यापेर बस, आपूmलाई राम्ररी समात भनूँ भने नराम्रो सोच्छि कि भन्ने पीर । त्यसैले उसले विस्तारै मोटरसाईकल चलाउँदै गइरह्यो । कति बस, कति ट्रक र मोटरसाईकलले उसलाई ओभरटेक गर्दै गए । बीस मिनेटमा पुग्ने ठाउँमा चालीस मिनेट लाग्यो ।

उमालाई चन्द्रनिगाहपुरमा उतारेर भरतले हावासरी मोटरसाईकल कुदाएर लग्यो । ऊ नीजगढ हुँदै पथलैया पुग्यो । उसले घडी हे¥यो एक बजिसकेछ । उसलाई छिटोभन्दा छिटो अरुण खोला पुग्नु छ । ऊ अमलेखगञ्ज हुँदै तीन नम्बर पुल पुग्यो । त्यहाँ गाडी जाम रहेछ । उसले बाईक साइडमा राख्यो । के भएको हेर्न गयो । पुलमै एउटा गाठी बिग्रेर रोकिराखेको थियो । बिग्रेको गाडी मिस्त्रीले बनाईरहेको थियो । उसले चिया पिएर समय बितायो । तीनबजे बल्ला बाटो खुल्यो ।

आज सूर्य डुब्नुभन्दा अगाडि अरुण खोला पुग्न नसक्ने भयो । भरतले आज पार्वती भेट्ने विचार त्याग्यो । अर्काको ससुरालीमा साँझको बेला जान ठीक हुँदैन । ऊ विस्तारै गइरह्यो । ऊ कावासोती पुग्दा रातको आठ बजिसकेछ । त्यतिबेला उसलाई देखेर रुक्मिणी दङ्ग परिन् ।

“यतिबेला कहाँबाट आउनु भएको ? विक्रम छुट्यो ?” रुक्मिणीले सोधिन् ।

भरतले सबै कुरो बतायो । दुबै जना खाना खाएर निकैबेर गफ गरिरहे ।

भोलिपल्ट विहान सबेरै भरतको निद्रा खुल्यो । ऊ वाथरुम गएर नित्यकर्म गरी नुहाएर आयो । ऊ लुगा लगाएर बाहिर जान लागेकै बेला रुक्मिणीले नास्ता बनाएर ल्याइन् । दुबैजनासँगै बसेर नास्ता गरी ऊ बाहिर निस्क्यो ।

अरुण खोला पुल पुग्नै लाग्दा भरतले बाईक रोक्यो । राधाको दाइले दिएको लोकेसनअनुसार बायाँपट्टि एउटा कच्ची बाटो देख्यो । ऊ त्यहाँबाट भित्र लग्यो । बायाँतिर जंगल तलतिर खेती गर्ने खेत रहेछ । त्यही खेतको बगलमा घर बनाएर बसोबास गरिराखेका रहेछन् । ऊ अलि अगाडि गएपछि राधाको घर देख्यो । एक्कासी त्यो घरमा जाउँ कि नजाउँ भयो । उसले मोबाईलबाट राधालाई फोन ग¥यो ।

“हेलो को बोल्नु भएको ? कसलाई खोज्नु भएको ?” नारी स्वर आयो ।

“तपाईंको अपरिचित साथी । जरुरी कामले तपाईंलाई भेट्न आएको । अहिले म तपाईंको आँगनमा छु । कृपया मोबाईल लिंदै बाहिर आउनुहोला ।”

दुईती दौंतरी केटीहरु ढोकामा आए । एउटी मोटोघाटो खाइलाग्दी गोरी केटीको हातमा मोबाईल लिएकी थिइन् । उनको सिउँदोमा सिन्दूर हालेकी छिन । अर्की ठिक्क जिउकी सिउँदोमा सिन्दूर नभएकी केटी पार्वती होलीन् । भरतले दुवै जनालाई नमस्कार गरेर भन्यो, “हिजो विहान सर्लाहीबाट मैले नै फोन गराएको थिएँ । म भरत चौधरी, तपाईहरु मध्ये राधा को हुनुहुन्छ ? पार्वती को हुनुहुन्छ मलाई थाहा छैन ।”

“म राधा हुँ । उनी पार्वती हुन् । हामीले तपाईंलाई चिनेनौं । के काम छ भन्नुस ।” राधाले भनिन् ।

“घरमा आएको पाहुनालाई घर भित्र लैजानु हुन्न ?” भरतले भन्यो ।

“आउनुहोस्” भनेर दुबैजना घरभित्र पसे । उनीहरुको पछि पछि भरत गयो । उसलाई एउटा कोठामा लगेर कुर्सीमा बसायो । दुबैजना ढोका छेउमा उभिएर उत्सुकताका साथ भरतलाई हेरिरहे ।

“म भरत चौधरी, घर यहीं कावासोती । म विक्रम चौधरीको साथी हुँ ।” भरतले आफ्नो परिचय दिंदै दुबैजनाको मुहारमा हे¥यो । राधाको मुहारमा कुनै परिवर्तन आएन । तर पार्वतीले ठूलठूलो आँखा पारिन् । उनको आँखामा उत्सुकता झल्कियो । उसले राधालाई हेरेर फेरि भन्यो, “राधाजी, हिजो म सर्लाहीमा तपाईंको माईती गएको थिएँ । मैले नै तपाईको दाइलाई भनेर फोन गर्न लगाएको थिएँ । उहाँले नै तपाईंको घरको लोकेसन दिनु भएको थियो ।”

“कति भूमिका बाँधिरहनु भएको ? के भन्न आउनु भएको हो छिटो भन्नुहोस् न ?” भरत आएको काण थाहा पाउन हतारिएर पार्वतीले भनिन् ।

“पार्वतीजी, वास्तवमा म तपाईंलाई नै खोज्दै आएको हूँ । तपाईं मोबाईलको स्वीच अफ गरेर आरामले यहाँ बसिरहनु भएको छ । उता मेरो साथी विक्रम जेलमा सडिरहेको छ ।” भरतले पार्वतीको आँखामा आँखा जुधाएर भन्यो ।

“किन, विक्रमले फेरि के अपराध गर्नुभयो ?” पार्वतीले हडबडाएर सोधिन् ।

“विक्रमले त केही अपराध गरेको छैन । तपाईको दिदी दुर्गाले विक्रमले तपाईंलाई भारतको बेश्यालयमा लगेर बेच्यो भन्ने आरोप लगाएर प्रहरीमा जाहेरी दिइन् । प्रहरीले विक्रमलाई गिरफ्तार गरेर मुद्दा चलायो ।”

“कहिले कति दिन भयो ?” पार्वतीले आँतिएर सोधिन् ।

“भयो नि एक महिना । एक्काईस दिन त प्रहरीको खोरमा राख्यो । अहिले पुर्पक्षको लागि भद्रगोल जेलमा राखेको छ ।”

“लौ न नि अब के गर्ने ? मैले के गर्नुप¥यो भन्नुस् ।” पार्वतीले गहभरी आँशु राख्दै रुन्चे स्वरमा भनिन् ।

“तपाईं मसँग काठमाण्डौं हिंड्नुस् । तपाईलाई कसैले बेचेको होइन भनेर प्रहरीमा बयान दिनु प¥यो ।”

“ल हिंड्नुस् म अहिले नै आउँछु ।” पार्वती भरतसँग जान तयार भइन् ।

“कहाँ अहिले नै जाने । घरमा कोही पनि हुनुहुन्न । आमा बा आइसकेपछि हामसँगै जाउँला ।” राधाले भनिन् ।

“आमा बा कहाँ जानुभएको ?” भरतले सोध्यो ।

“मामाघरमा भोजमा जानु भएको छ । भरेसम्म आउनु हुन्छ होला ।”

“पार्वती तपाईंकोमा बसिरहेकी भन्ने साक्षी बक्न तपाईं पनि काठमाण्डौं आउनु पर्नेछ । हाम्रो फोन आउने बित्तिक्कै आउनुहोला ।” भरतले भन्यो ।

“होइन भरतजी, हामी अहिले नै जाउँ । राधा एक दुई दिन पछि आउँछिन् ।” पार्वतीले रुन्चे स्वरमा भनिन् ।

“कति हतारिएकी यो मोरी । जाऊ, जाऊ, अहिल्यै जाऊ । ल तिमी तयार होऊ । म चिया बनाएर ल्याउँछु ।” यति भनी राधा भान्सातिर लागिन् । पार्वती लुगा लगाउन गइन् ।

राधाले चिया बनाएर ल्याइन् । पार्वती पनि तुरुन्तै तयार भएर झोला बोकेर आइन् ।

“तपाईं यहाँ किन लुकेर बस्नु भएको ?” भएको चिया पिउँदै पार्वतीसँग सोधिन् ।

“म विक्रमलाई मन पराउँछु । घरबाट मलाई अन्तै बिहे गरिदिन लागेका थिए । मैले विक्रमसँग विवाह गरुँ भन्दा अहिले नगर्ने भन्यो । म दिदीकोमा या घरमा गएँ भने अरुसँग मेरो विवाह गराई दिनसक्छन् । त्यहीबेला राधाकहाँ गएँ । राधा काठमाण्डौंबाट यहाँ आउन लागेकी थिइन् । उनीसित म पनि आउँछु भन्दा हुन्छ मलाई साथी पनि हुन्छ भनेर यहाँ आएकी हूँ ।”

“तपाईंको बुबाले त विक्रमसँग विवाह गरेर गए पनि हुन्छ । हामीले घरबाट पो दिन मिल्दैन भन्नुहुन्छ ।”

“दिदीले त विक्रमसँग जाने भए अहिल्यै जाऊ, नभए हामीले भनेको ठाउँमा विवाह गर्नुपर्छ भनेर कर गरिरहनु भएको थियो ।”

“यो सबै तपाईंको दिदीको चाल हो । विक्रमसँग तपाईंको विवाह भएको उनी हेर्न चाहँदिनन् ।”

चिया खाएर राधासँग विदा भएर भरत र पार्वती मोटरसाईकलबाट राजमार्गतिर आए । राजमार्ग पुगेपछि भरत पूर्वतिर नलागिकन पश्चिमतिर लाग्यो ।

“हामी कहाँ जान लागेको ?” भरत उल्टो बाटोतिर लागेकोले पार्वतीले शंका गरिन् ।

“विक्रमको घर जान लागेको ।” भरतले पार्वतीलाई सिधा विक्रमको घर लिएर गयो ।

मोटरसाईकल विक्रमको घर अगाडि रोक्यो । गेटमा रहेको बेल थिच्यो । सरस्वतीले ढोका खोल्न आइन् । भरतलाई देख्ने बित्तिक्कै उनले सोधिन्, “विक्रम पनि आएको हो ?”

“अब आउँछ । यिनै हुन् पार्वती । यिनैलाई बेच्यो भनेर भूmठो आरोपमा विक्रमलाई थुनिएको थियो । पार्वती काठमाण्डौं पुगेपछि विक्रम छुट्छ ।” भरले पार्वतीलाई आमाको परिचय दिंदै भन्यो, “उहाँ विक्रमको आमा । उहाँ भाइ बुहारी चम्पा ।”

पार्वतीले दुवैजनालाई नमस्कार गरिन् । भरतले पार्वतीलाई घरको सबै कोठाहरु घुमायो ।

“म खाना बनाउँछु । खाना खाएर मात्र जानुहोला ।” चम्पाले भनिन् ।

“हुन्छ, पहिले चिया खाउँ । अनि पार्वतीलाई कृषि फार्म घुमाएर ल्याउँछु । अनि खाना खाउँला ।” भरतले भन्यो ।

चिया खाएर भरत पार्वतीलाई लिएर कृषि फार्म गयो । कृषि फार्म देखेर विक्रमप्रति पार्वतीको मनमा जुन धारणा बनाएकी थिइन् । आज उनलाई सपना हो कि विपना लागिरहेको छ । विक्रमले त आमा हराइन् । बाबु भाइ कहाँ छ थाहा छैन भनेको थियो ।

“विक्रमको बुबा जमिन्दार हो ?” कृषि फार्म हेरिसकेपछि पार्वतीले सोधिन् ।

“जमिन्दार नभए यत्रो सम्पत्ति कहाँबाट आउँछ ?” भरतले साँचो कुरा लुकाएर भन्यो ।

“विक्रमको बुबा खोइ ?”

“उहाँ विहान सबेरै दूध र तरकारी ट्रयाक्टरमा राखेर वर्दघाटमा बेच्न जानुहुन्छ । उहाँ आफै ट्रयाक्टर चलाउनु हुन्छ । साह्रै मेहेनती हुनुहुन्छ ।”

पार्वती निरुत्तर भइन् । कृषि फार्म घुमेर उनीहरु विक्रमको घरमा आए । त्यतिबेलासम्म विश्वनाथ पनि घर आइसकेको रहेछ । भरतले पार्वती र विश्वनाथको परिचय गराई दियो । पार्वतीले विश्वनाथलाई नमस्कार गरिन् ।

सरस्वतीले पार्वतीलाई बोलाएर भान्सा कोठामा लगिन् । भान्सा कोठा देखेर त पार्वती झन छक्क परिन् । उनको कारण विक्रम जेलमा परिरहेको छ । घरका मानिसहरुले उनी प्रति कस्तो व्यवहार गर्ने होला भनेर उनी डराईरहेकी थिइन् । कसैले केही भनेनन् । उनलाई अब डर होइन लाज लाग्न थाल्यो ।

“धेरै वर्ष पछि मेरो छोरा विक्रमसँग भेट भएर जति खुशि भएको थिएँ । त्यो खुशीयाली सेलाउन नपाउँदै दुःखको पहाडले थिच्यो हामीलाई ।” सरस्वतीले बर्रर आँशु झार्दै भनिन्, “काठमाण्डौं गएर तिमीलाई बिहे गरेर ल्याउँछु भनेर गएको छोरालाई काठमाण्डौं पुग्ने बित्तिक्कै तिम्रो दिदीले जेल पठाई दियो ।

पार्वतीले आपूm घरबाट राधाकोमा गएको कारण बताउँदै माफी मागिन् ।

“अब छिटो काठमाडौं जानू । मेरो छोरालाई छिटो छुडाएर ल्याऊ ।” सरस्वतीले भनिन् ।

पार्वतीले केही जवाफ दिन सकिनन् । उनले के जवाफ दिन्थिन् ? उनले विक्रमलाई रिस देखाएर गायब हुँदा विक्रमलले जेल यात्रा गर्नु परिरहेको छ ।

विक्रमको घरमा विहानको खाना खाएर भरत र पार्वती कावासोतीमा भरतको घरमा आए । भरतले रुक्मिणी र पार्वतीको परिचय गराई दियो ।

“काठमाण्डौं जाने होइन ?” पार्वतीले सोधिन् ।

“आव यहीं बस्ने भोलि विहान मात्र काठमाण्डौं जाने । अहिले गएर के गर्ने ? राती मात्र पुगिन्छ । मैले घरपतिबालाई तपाईं भेटेको कुरा भनिसकें । नहडबडाइकन विस्तारै आउनु । बाटोमा अर्को दुर्घटना नहोस् भन्नु भएको छ ।” भरतले भन्यो, “म एकछिन बाहिर गएर आउँछु ।”

“म पनि बहिनीलाई बजार घुमाएर ल्याउँछु ।” रुक्मिणीले भनिन् ।

भरत बाहिर गएको एकछिनमा रुक्मिणी र पार्वती पनि बजार गए । रुक्मिणी चञ्चल मन गरेर बजारमा यताउता सामानको भाउ सोध्दै किनमेल गर्न लागिन् । पार्वती भने उदास उदास थिइन् । उनले एक शब्द बोलेकी होइनन् । कुनै चीज किन्ने चाहना गरको पनि छैन । मुखमा बुझो लगाई राखेकोजस्तो छ । रुक्मिणीले चटपटे बनाउन लगाइन् । पार्वतीले पिरो नखाने भनिन् । चटपटेवालालाई पिरो नराख्नु भनिन् । दुबैजना चटपटे खाँदै घर आए ।

“बहिनी, किन उदास भएकी ?” चिन्ता लिनु पर्दैन । तपाईं काठमाडौं पुगेपछि विक्रम छुटिहाल्छ नि ।” रुक्मिनीले पार्वतीलाई सम्झाइन् ।

“म विक्रमसँग रिसाएर यहाँ किन आएँ भन्ने कुरामा मलाई अपशोच लागिरहेको छ । मेरो कारण विक्रमले जेल जीवन बिताउनु परिरहेको छ । विक्रमले के सोच्यो होला ?”

“यसमा तपाईंको कुनै दोष छैन । दोष त तपाईंको दिदीको हो । तपाईंको दिदीले तपाईंको चिनेको भरमा त्यसरी जाहेरी दिनुहुन्थ्यो त ? तपाईहरुको बिहे भएको उनलाई मन पर्दैन कि के हो ?”

“मन पराउँदैन । उहाँ हाम्रो बिहेको विरोधी हुनुहुन्थ्यो ।”

यस्तै गफ गर्दै उनीहरु घर पुगे । एकछिन पछि भरतको बच्चालाई स्कूल बसबाट पु¥याउन घरमा पु¥याउन ल्यायो । दुबैजना मिलेर खाजा बनाउन लागे । खाजा पाकेपछि भरतलाई फोन गरेर बोलाए ।

त्यसरात उनीहरु कावासोत्रीमै बसे । भोलिपल्ट विहान सबेरै भरत र पार्वती मोटरसाईकलबाट काठमाण्डौं आए ।

दिनको एक बजे भरत काठमाण्डौं पुग्यो । उसले थानकोटबाट सूर्यमानलाई फोन गरेर कालीमाटी प्रहरी प्रभाग महिला सेलमा बोलायो । सूर्यमान प्रदीपको अफिसमै आइरहेको रहेछ । भरत पुग्नुभन्दा अगाडि ऊ प्रहरी प्रभाग पुगिसकेको रहेछ । तीनैजना महिला सेलमा गयो ।

“ल इन्स्पेक्टर साहेव, उनी नै हुन पार्वती ढकाल । जसलाई बेचेको अभियोगमा तपाईंहरुले विक्रम चौधरीलाई जेल पठाउनु भएको थियो ।” सूर्यमानले भन्यो, “ल पार्वती भन तिमी कहाँ गएकी थियौं ?”

पार्वतीले आपूm कहाँ किन गएको सबै कुरा बताइन् ।

महिला सेलको इन्स्पेक्टरले दुर्गालाई फोन गरेर तुरुन्त अफिसमा बोलाईन । आधाघण्टा भित्रमा दुर्गा पनि आइ पुगिन ।

“यिनी तपाईंको बहिनी पार्वती ढकाल हो ?” इन्स्पेक्टरले दुर्गासँग सोधिन् ।

“हो ।” दुर्गाले भनिन्, “तँ हामीलाई थाहा नदिई कहाँ गएकी थियौं ? अहिले कहाँबाट आएको ?”

“म आफ्नो मर्जीले राधासँग गएकी थिएँ । अहिले त्यहींबाट आएकी । विक्रमलाई किन थुनाउनु भएको ? ल अब म आइपुगें विक्रमलाई छुटाउनुहोस् ।” पार्वतीले भनिन् ।

दुर्गाको मुख कालो नीलो भयो । उनले लरबराएको स्वरमा भनिन्, “मैले त तिमीलाई खोज्नु प¥यो भनेर संस्थामा भन्न गएकी उनीहरुले प्रहरीमा जाहेरी दिनुपर्छ भनेर जाहेरी दिन लगाए ।”

“जे भए पनि केस अब हाम्रो हातमा छैन । अदालतमा गइसकेको छ । अब अदालतमा साक्षी वकपत्र हुने बेलामा पार्वतीलाई अदालतमा उपस्थित गराउनु प¥यो । विक्रमले सफाईं पाइहाल्नु हुन्छ ।” महिला इन्स्पेक्टरले सूर्यमानतिर हेरेर भनिन्, “अब पार्वतीलाई यताउता जान नदिनुहोस् ।”

“पार्वती मेरो बहिनी हो । मैले पालीराखेको थिएँ । मसँगै लैजान्छु ।”दुर्गाले भनिन् ।

“तपाईंले मलाई पालीराखेको होइन, मैले तपाईंलाई पालीराखेको छु । अब म तपाईंसँग आउँदिन । तपाईं मेरो दिदी होइन । दुस्मन रहेछौं । म कीर्तिपुरमा सूर्यमान बाको घरमा बस्छु ।”पार्वतीले भनिन् ।

“हुन्छ । विक्रमको काम पनि चालू भइसकेको छ । पार्वती भयो भने सजिलो पनि हुन्छ ।” सूर्यमानले भन्यो ।

दुर्गाले जिद्दी गर्न सकिनन् । पार्वती, भरत र सूर्यमान कीर्तिपुर तिर लागे ।

 पन्ध्र

भद्रवन्दी गृह त्रिपुरेश्वरमा विक्रमलाई चिन्ने पुराना कैदीहरु अझै थुप्रै रहेछन । लागु औषध,जवरजस्ती करणी, वन र जिउ मास्ने बेच्ने अभियोग लागेकाहरु अझै त्यहाँ बाँकी रहेछन् । अरुहरु कोही अवधि पुरा गरेर गइसकेका थिए । कोही मन्त्रिपरिषदको निर्णयले आधा सजाय माफी पाएर गएका थिए । कोही मन्त्रिपरिषदको निर्णयले आधा सजाय माफी पाएर गएका थिए । ती पुराना साथीहरुले के मुद्दामा आएको भनेर सोध्यो । उसले आफ्नो मद्दाको बारेमा बतायो ।

“ल अब तपाईंको जीवन यही जेलमा बित्नेभयो । यो मुद्दामा अलिकति पनि कैद मिनाहा पाउँदैन । धरौटी पनि खुल्दैन । हत्तपत्ती मुद्दाको फैसला पनि हुँदैन ।” एकजना कैदीले भन्यो ।

यो चार वर्षको अवधिमा भद्रवन्दी गृहमा कति परिवर्तन भइसकेको रहेछ । यो जेल पनि एउटा विश्वविद्यालय भने पनि हुन्छ । जसरी विश्वविद्यालयमा विभिन्न विषय लिएर विद्यार्थीहरु पढ्न आउँछन् । निश्चित विषयको कोर्ष सकिए पछि घर जान्छन् । यो जेलमा पनि विभिन्न ठाउँबाट विभिन्न अभियोगमा निश्चित अवधिको लागि बन्दी भएर आउँछन् । आफ्नो अवधि सकिए पछि डिग्री पाएकोजस्तो खुशी भएर घर जान्छन् । उनीहरुले यहींबाट धेरै कुरा सिकेर जान्छन् ।

विक्रम पनि पहिले एउटा अभियोगमा सजाय काटेर गएको मान्छे । अहिले डबल डिग्री गर्न आएको जस्तो फेरि जेल परेको थियो । पहिले उसलाई कसैले भेट्नै आउँदैनथ्यो । माईकले उसको नामै लिईंदैनथ्यो । अहिले हरेक दिन एघार बजेदेखि बाह्र बजेसम्म माईकबाट तीनचोटि उसको नाम बोलाउँछ । कहिले सूर्यमान, कहिले भरत दिनहूँ आउँथे । सूर्यमानलाई शनिवार मात्र आउनु दिन का दिन आइरहनु पर्दैन भन्यो । उसको साथी भरत यता कति दिनदेखि उसलाई भेट्न आएको छैन । सायद ऊ पनि घर गयो होला ।

जतिसुके मानिसहरु भेटघाटमा आए पनि, मानिसहरुले जतिसुकै सहानुभूति दर्शाए पनि उसको मनमा चैन छैन, शान्ति छैन । पहिले ऊ यो जेलमा आउँदा मन त्यति छटपटिएको थिएन । अशान्त पनि थिएन । किनकि पहिले त उसले अपराध गरेकै कारण जेल पठाइएको थियो । उसले डाँका डालेकै थियो, पेस्तोल देखाएर लूटपाट गरेकै थियो । गर्न नहुने काम कहिले रहरले त कहिले बाध्यताले गरेको थियो । त्यसैले जेल परें भनेर उसले मन राख्थ्यो ।

अहिले उसले गर्दै नगरेको अपराधमा सजाय भोगिरहनु परेको छ । उसको मन दुखेको कारण पनि यहि हो । अभियोग पनि कसतो लगाएको ? आफ्नो प्रेमीकालाई भारतको वेश्यालयमा बेचेर आयो रे । जुन सरासर भूmठ र कपोलकल्पित छ । ऊ पार्वतीलाई प्रेम गर्छ । त्यसैले उसले पार्वतीलाई काम दियो । माया दियो । आज उनकै कारण ऊ जेलमा बस्नु परिरहेको छ ।

आज उसलाई पार्वतीको साह्रै याद आइरहेको छ । उनी साँच्चीकै आपतमा परेकी छिन् कि ? के भयो ? कसरी थाहा पाउने ? उनलाई खोज्न गएको भरत अहिलेसम्म आएको छैन । केही खबर पनि छैन ।

विहान सबेरै उसको निद्रा खुल्यो । कोठामा कोही उठेका छैनन् । बल्ल कुखुरा बास्यो । पालोमा बसिरहेकाहरु छिनछिनमा ‘खबरदार खबरदार’ भनेर कराईरहेका छन । उसलाई पार्वतीको सम्झना आइरहेको छ । पार्वतीलाई खोज्न गएका भरतले पार्वती फेला पा¥यो कि पारेन केही खबर आएको छैन । उसलाई पार्वतीको नाममा एउटा पत्र लेख्न मन लाग्यो । उसले कापी र कलम निकालेर एउटा पत्र लेख्यो ।

मेरी प्रियसी पारु,

पहिलो नजरमै मैले तिमीलाई मन पराएँ । तिमीसँग जनिक रहन सूर्यमान बाले महिलाहरुसँग बच्नु, धेरै सङ्गत नगर्नु भन्दा भन्दै मैले तिमीलाई काम दिएँ । दिनभरी तिमीसँगै हिंड्थें । रातभर तिमी मेरो सपनामा आउँथ्यौं । तिमीसँग जिउने, तिमीसँग मर्ने मेरो विचार थियो । आज मेरा ती सारा सपना र कल्पना हावाको महल झै भताभुङ्ग भयो । मबाट तिमी टाढा भयौं । तिमी कहाँ गयौं । कहाँ छौं ? मलाई थाहा छैन । तैपनि तिमी हराएकै कारण कानूनले मलाई बन्दी बनायो । मलाई तिम्रो दिदीले आरोप लगाईन — मैले तिमीलाई बेचें रे । भन प्रिय तिमी नै के मैले तिमीलाई बेचेको हो ? प्रिय तिमी आईदेऊ संसारलाई बताउन कि तिम्रो विक्रम निर्दोष छ ।

पारु, तिम्रै सम्झनामा बाँचिरहेको यो जीवन, आज तिमी बिना बाँच्नु परिरहेको छ । तिमीसँगको विगतका ती दिनहअरु सम्झँदै यो कठिन समलाई सहज बनाएर बाँचिरहेको छु । तिमी आउने बाटोमा पर्खी बसेको छु । आँशु पिएर पनि जिन्दगी जिउन सिक्दैछु । हाम्रो जीवन तिम्रो दिदीको खेलौना होइन । हाम्रो जीवन हाम्रै मर्जीमा बाँच्न पाउनुपर्छ । प्रेम गर्नु भूल होइन न त धोका नै हो । दुई आत्माको मिलन हो ।

मेरो आत्माले तिमीलाई सम्झिरहेको छ । मेरो आँखाले तिमीलाई नै चाहिरहेको छ । आई देउ प्रिय तिमी चाँडै यो बन्धनबाट छुटकारा दिलाउन ।

तिम्रै बाटो पर्खिबस्ने

विक्रम चौधरी

पत्र लेखेर उसले पट्यायो । आफ्नो खल्तीमा राख्यो । पत्र पार्वतीकहााँ पुगोस् वा नपुगोस् उसको मनमा सन्तुष्टि भयो । नम्बर खुल्यो । ऊ बाहिर घुम्न गयो । आज उसको पाईलामा बल थियो । ऊ छिटो छिटो हिंडिरहेको छ । उसको पाईला लम्किरहेको छ निरन्तर । आधाघण्टासम्म निरन्तर हिंडेपछि ऊ एक ठाउँमा थचक्क बस्यो । अनि होटलमा गएर चिया पियो ।

आज उसले समयमा नै खाना खायो । खाना खाएर आफ्नो बेडमा पल्टिरह्यो । भेटघाटमा आउनेहरुको नाम माईकबाट बोलाईरहेको थियो । उसको नाम पनि बोलाउन सक्छ । ऊ निदायो भने थाहा पाउँदैन । उसलाई भेट्न आउनेहरुलाई एघार बजेपछि मात्र आउनु भनीराखेको थियो । अहिले एघार बजिसकेको थियो । उसको कान माईकतिरै तानिएको थियो ।

“विक्रम चौधरी ! विक्रम चौधरी !! विक्रम चौधरी !!!” माईकबाट तीनचोटि नाम बोलायो । तीनचोटि नाम बोलाउनुको अर्थ हो कोही उसलाई भेट्न आएको छ । को आएको होला भनेर ऊ गेटमा गयो । उसले गेट बाहिर हे¥यो । गेट बाहिर उसलाई भेट्न आएकाहरुलाई देखेर उसको मनरुपी बगैंचामा बसन्त बहार आयो । उसको मन चङ्गासरी आकाशमा उड्न लाग्यो । जाडोको याममा न्यानो घाम लागेकोजस्तो भयो । गेटबाहिर भरत र पार्वती उसलाई भेट्न व्यग्रताकासाथ प्रतिक्षा गरिरहेका थिए । उसको मनमा खुशीको लहर दौडियो । उसको शरीरमा एक किसिमको मिठास तरङ्गित भयो । भेटघाट गर्ने ठाउँमा एकदम प्याक रहेछ । अरु उठेर नगएसम्म उसको मान्छेलाई त्यहाँ बसाउँदैन । उनीहरु ठाउँमा नबसेसम्म उसलाई बाहिर पठाउँदैन ।

एकछिन पछि भेटघाटमा रहेको एकजना मानिस उठेर गयो । गेटमा बसिरहेको मान्छेले “विक्रम चौधरीको मान्छे राख्नु” भन्यो । बाहिर सिक्रीमा बसिरहेको मान्छेले ‘विक्रम चौधरी’ भनेपछि भरत र पार्वती भेटघाटस्थलमा बस्न गए । सिक्रीमा बस्ने मान्छेले ‘ल विक्रम चौधरीलाई पठाउनु” भन्यो । अनि बल्ल ढोका खुल्यो । ऊ भेटघाटस्थलमा गयो ।

“ओहो मैया ! के छ हालखबर ? कहाँ गायब भएको थियो ?” विक्रमले हाँस्दै पार्वतीसँग सोध्यो । पार्वती एक टकले विक्रमलाई हेरिरहिन् । उनको मनमा कति कुरा खेलिरहेको होला । विक्रमले फेरि ठट्टा गरे झै पार्वतीलाई भन्यो, “किन बोली पनि उतै बन्धक राखेर आयौं कि के हो ?”

“मलाई माफ गर्नुहोस् मैले गरेर तपाईंले दुःख पाउनु भयो ।” पार्वतीले भनिन् ।

“तिमीले के गल्ती गरेकी छौ र ? मैले माफी दिनुप¥यो ?”

“मैले आफ्नो स्वार्थ पूरा नहुँदा कसैलाई खबरै नगरी गायब भएँ । मेरै कारणले तपाईले जेलको यात्रा गर्नुप¥यो ।” यति भनि पार्वतीले बर्रर आँशु झारिन् ।

“हेर, हेर रोएकी । तिमी मलाई सान्त्वना दिन आएकी कि रुवाउन आएकी ?” विक्रमले भन्यो, “म कसैलाई दोष दिन्न । यो हाम्रो कर्मको भोग हो । नरोउ अब तिमी आयौं सबै ठीक हुन्छ । तिमीलाई मैले बेचेको होइन । तिमी आफै गायब भएको भने पछि म छुटिहाल्छु नि ।”

“घरपति बा र म पार्वतीलाई लिएर महिला सेल कालीमाटीमा गएका थियौं । तिमीलाई छुडाउनु प¥यो भन्दा अब मुद्द चलिसक्यो । अब उहाँहरुको हातमा केही छैन । जे हुन्छ अदालतबाटै हुन्छ भन्यो । अबको पेशीमा जाहेरवाली र साक्षीहरुको बकपत्र हुन्छ । त्यहीबेला पार्वतीलार्य अदालतमा उपस्थित गराए पछि मात्र तिमीले सफाइ पाउने छौं ।” भरतले भन्यो ।

“अब अर्को पेशी कहिले हुन्छ ?” विक्रमले सोध्यो ।

“तिमी कहाँ पत्र आउनु पर्ने हो । अहिलेसम्म पत्र आएको छैन ?”

“यहाँ त केही खबर आएको छैन । यो मैंयालाई कहाँबाबट समातेर ल्याएको ?”

भरतले पार्वतीलाई कसरी खोजेको सबै कुरो बतायो ।

भरतको कुरा सुनेपछि विक्रमले भन्यो, “अब अदालतमा छिटो पेशी राख्न लगाउनु प¥यो । दुई चार हजार रुपैयाँ खर्च भए होस् ।”

“सुर्यमान बा र म भोलि अदालतमा गएर बुझ्छौं ।” भरतले भन्यो ।

“पार्वती तिमी मेरो कोठामा बस्नु । घरपतिबा आमाको सेवा गर्नु । म बाहिर आएपछि झ्याईकुटी बाजा बजाउँला । मेरो अनुपस्थितिमा व्यापारको सबै काम तिमीले गर्नुपर्छ ।

  “हुन्छ” भनेर पार्वतीले टाउको हल्लाइन् ।

भेटघाटमा धेरै हूल भयो अब उठ्नुस् भनेर उनीहरुलाई उठायो । विक्रम उनीहरुसँग छुट्टिएर आयो ।

भरत र सूर्यमान काठमाडौं जिल्ला अदालत गयो । विक्रमको मुद्दा परेको फाँटवालालाई भेट्न गए । पेशी कहिले छ भने बुझ्यो । पेशी त अझ एक महिना पछिमात्र राख्ने भनयो । पार्वती घर आइसकेको र बेकारमा विक्रमले जेल जीवन गुजार्नु परेको सबै कुरा भनेर छिटो पेशी राखिदिन अनुरोध गरे । त्योभन्दा अगाडि सम्भव छैन भनेर मान्दै मानेन ।

सूर्यमानले आफ्नो एकजना नेतालाई फोन गरेर छिटो पेशी राख्न लगाउन अनुरोध ग¥यो । एकछिन पछि फाँटवालाले सूर्यमानलाई बोलायो । अबको पन्ध्र दिनमा विक्रमको बकपत्रको पेशी राखिदियो । त्योभन्दा अगाडि राख्न  अनुरोध गरे । हुँदै हुँदैन भनेर फाँटवालाले मानेन । अनि उनीहरु लुरुक्क परेर आए ।

दुबैजना विक्रमलाई भेट्न गए । पन्ध्रदिन जसरी भए पनि मन राख्नु भनेर विक्रमलाई सम्झाए । विक्रमले पनि हुन्छ भनेर मन राख्यो ।

पन्ध्रौं दिनको दिन समयमा विक्रमको वकिललाई लिएर सूर्यमान र पार्वती अदालतमा पुगे । फाँटवालालाई भनेर विक्रमको फाईल न्यायाधीशको टेबलमा राख्न लगाए । न्यायाधीश इजलाशमा आएर आफ्नो ठाउँमा बस्ने बित्तिक्कै विक्रमको वकिलले विक्रमको कारवाही अगाडि बढाउन अनुरोध प¥यो ।

“खोई त सरकारी वकिल आउनु भएको छैन । उहाँ आउनु भए पछि मात्र कारवाही अगाडि बढ्छ ।” न्यायाधीशले भन्यो ।

वकिललाई लिएर सूर्यमान सरकारी वकिल कार्यालयमा गए । सरकारी वकिल भेटेर छिटो इजलाशमा पुग्न अनुरोध ग¥यो । सरकारी वकिललाई लिएर सूर्यमान इजलाशमा पुग्यो ।

इजलाशभित्रको सुब्बाले पहिले सूर्यमानको बयान लियो । उसले यथार्थ कुरो बताउँदै विक्रमको हिजोको जुनसुकै चरित्र भए पनि अहिले सुध्रीसकेको र उसलाई सुध्रने मौका दिनुपर्छ भनेर अनुरोध ग¥यो ।

दुर्गा पनि अदालतमा आइपुगिन् । उनीसित पनि बयान लिने काम भयो ।

“बहिनाीले घरमा विक्रमकहाँ जाने भनेर पत्र लेखेर गएकी थिइन् । त्यसैले विक्रमले नै लग्यो होला भन्ठानें । तर विक्रमसँग सोध्दा ऊसँग पार्वती छैन भन्यो । बहिनी कहाँ गइ होली बहिनीको खोजबिन गर्न एउटा महिलावादी संस्थामा मद्दत माग्न गएको थिएँ । संस्थाले विक्रमले पार्वतीलाई बेचेको होला भनेर प्रहरी महिला सेल कालीमाटीमा जाहेरी दिन लगाएको थियो । अहिले मेरी बहिनी पार्वती घरमा आइसकिन् । त्यसैले अब मलाई विक्रम प्रति शंका छैन । उहाँलाई सफाई दिनु भए पनि हुन्छ ।” दुर्गाले बयानमा भनिन् ।

त्यतिकैमा राधालाई लिएर भरत पनि आइपुग्यो । भरतसँग पनि बयान लियो । भरतले पनि यथार्थ कुरा बताउँदै नारायणघाटमा सून किनेको सून पसलको बील, विक्रमको आमालाई अस्पताल भर्ना गराएको कागज सबै अदालतमा पेश ग¥यो ।

त्यसपछि पार्वतीसँग बयान लियो ।

“मलाई कसैले पनि अपहरण गरेको होइन श्रीमान । म विक्रमलाई मन पराउँछु । तर मेरो घर पविारले उसलाई मन पराउँदैन । मलाई जवरजस्ती घरबाट अन्तै बिहे गरी दिन लागेको थियो । त्यसैले म विक्रमकहाँ गएर बिहे गरुँ भनें । उसले मानेन । त्यसैले मलाई कहाँ जाऊँ, के गरुँ भयो । त्यहीबेला मेरो साथी राधा काठमाडौंबाट ससुराली घर अरुण खोला जान लागेकी थिइन् । अनि म पनि आउँछु भनेर ऊसँगै गएँ । मलाई कसैसँग कुरा गर्न मन लागेन । अरुले मलाई खोज्छ भनेर मैले मोबाईलको स्वीच अफ गरीराखेको थिएँ । त्यसैले श्रीमान अब विक्रमलाई रिहा गरिदिनुहोला ।” पार्वतीले भनिन् ।

सरकारी वकिलसँग पनि केही भन्नु छ कि भनेर न्यायाधीशले सोध्यो ।

“जुन केटी हरायो र बेच्यो भन्ने मुद्दा परेको थियो । अहिले उनी स्वयं अदालतमा उपस्थित भएर उनलाई कसैले बेचेको होइन । आपूm खुशी साथीको घरमा बसिरहेकी भनी सके पछि अब यो मुद्दा चलाइरहन आवश्यक ठान्दिन अरु श्रीमानको जो आदेश ।” सरकारी वकिलले भन्यो ।

न्यायाधीशले सबैलाई बाहिर बस्न भन्यो ।

सबैजना बाहिर आएर बसिरहे । दुर्गाको मुख कालो नीलो भइसकेको छ । उनलाई के गरुँ, के गरुँ भइरहेको छ । उनलाई कसैले पनि वास्ता गरेन । पार्वती र विक्रम हाँसी हाँसी कुरा गरिरहेका छन । विक्रमको चेहरा प्रफुल्लित छ । सबैजना खुशी छन ।

खाजा खाने समयमा न्यायाधीश बाहिर गयो । मुद्दाको फैसला गरेर गएको हो कि होइन भनेर विक्रमको वकिलले फाँटवालासँग सोध्यो । विक्रमलmे सफाई पाएको जानकारी दियो । त्यो कागजको कम्प्युटर टाइप गरियो । एक प्रति विक्रमलाई दिइयो । अर्को दुईप्रति प्रहरीलाई दिइयो ।

प्रहरीहरु विक्रमलाई लिएर ट्याक्सीमा बसेर तुरुन्तै भद्रवन्दी गृहमा गए । अर्को ट्याक्सीमा सूर्यमान, भरत, राधा र पार्वती गए । विक्रमलाई जेलभित्र सामान मिलाउन पठाइयो । सुर्यमानले जेलर अफिसमा गएर चाहिने कागजमा सहीछाप गरीदिए । त्यसपछि विक्रमको सामान लिएर उनीहरु घर आए । एउटा निर्दोष व्यक्तिको जेल यात्रा यसरी टुङ्गियो ।


No comments:

Post a Comment