Tuesday, October 22, 2024

सकारात्मक सोच सफल जिन्दगी

 सकारात्मक सोच सफल जिन्दगी


—संगीता उप्रेती श्रेष्ठ

मानिस यस्तो प्राणी हो जसको बास्तविक पहिचान उसको बिचारबाट हुन्छ । मानिसको सोचाई जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ । त्यसैले असल मानि हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नु पर्दछ । भनिन्छ सकारात्मक सोच नै मानिसको जीवनको उर्जा हो । बन्दुकको नालमा भन्दा पनि सकारात्मक सोचमा हजारौं गुना बढी शक्ति हुन्छ । हरेक व्यक्तिको मस्ता शक्तियुक्त सकारात्मक सोचाई लाई सही ठाउँमा, सही समयमा, सही तरिकाले प्रयोग गर्न सकियो भने जीवन र जगतको स्वरुपनै अकल्पनीय सुन्दर बन्दछ । तर बिडम्बना हामी सकारात्मक सोच प्रतिदिन गरीब हुँदै गईरहेका छौं । नकारात्मक सोचले भने हामी निकै भरिपुर्ण छौं । यही कारण हाम्रो देशले आसातीत प्रगति गर्न सकिरहेको छैन । तर यसको अर्थ यो पनि होइन कि हाम्रो देशमा केही भएको छैन ।

मानिसको सकारात्मक सोचले कति उपलब्धि हासिल गर्छ भन्ने कुरा कोही सकारात्मक सोचकर्ताको भनाइले पुष्टि गर्दछ । हेनरी मेत्से भन्छन— उसको लागि पूmल सधै अगाडी हाजिर हुन्छ, जो पूmल देख्न चाहन्छ । तर चाहाना पूmल देख्ने नै हुनुपर्छ । विष्लन चर्चिल भन्छन— निराशावादी व्यक्ति हरेक अवसरमा समस्या देख्छ, तर आसाबादी व्यक्ति भने हरेक समस्यामा अवसर देख्छ ।” चर्चिलको यो भनाईले समस्या र अवसर भन्ने कुरा पनि अरु केह िनभएर मानिसको सोचाई मात्र हो भन्ने कुरा देखिन्छ । भनिन्छ नि समस्या मान्छेलाई लडाउन होईन, बरु उठाउन आउँछ । त्यसैले समस्या आउँछ खुट्टा लुलो होईन, दह्रो बनाउनुपर्छ ।

भागवत गीतमा भनिएको—तपाई जस्तो सोच्नुहुन्छ, अन्त्यमा त्यस्तै हुनुहुन्छ । पूर्वजन्म र पनर्जन्ममा समेत विश्वास राख्ने गीतामा कृष्णले अर्जुनलाई भन्छन—प्राण त्याग गर्ने बेला जे सोचिन्छ अर्को जन्ममा सोही भएर जन्मिन्छ । त्यसैले सकारात्मक सोच विश्वले नै महान दार्शनिक ग्रज्थ मानेको गीता दर्शनलाई मान्ने हो भने मानिसले यो जन्ममा सोचेको कुराको प्रभाव अर्को जन्ममा समेत पर्ने देखिएको छ भने यो जन्ममा त नपर्ने कुरै भएन ।

सोचाई सकारात्मक भए पानीले समेत औषधीको काम गर्दछ भन्ने एउटा उदाहरणीय प्रयोग भएको छ । अमेरिकामा सन १९६० तिर मेडिकल अनुसन्धानमा संलग्न अनुसन्धदाताहरुले २ जना पुडकाहरुलाई अग्लो बनाउने दबाई दिएको भनी एउटालाई असली दबाई र अर्कोलाई चाहिं पानी मात्र दिईयो । तर जसलाई पानी दिइएको थियो उसलाई पानी भनेर दबाई नै दिइएको भनिएको थियो । र उसले पानी दबाई नै सोचेर नियमित सेवन गरिरहेको थियो । अन्त्यमा दुबैको उचाइ बढ्यो । सकारात्मक सोच्दा दुबै जनामा सकारात्मक असर परी उचाई बढेको भन्ने अनुसन्धानबाट प्रमाणित भयो । औषधी सोचेर खाँदा पानीले समेत औषधीको काम गरेको सकारात्मक सोचको यो ज्वलन्त उदाहरण हो । जोसंग सकारात्मक सोच छ । ऊ नै सफलताको शिखर चुम्दछ । जोसँग सकारात्मक सोच छैन, ऊ भाग्यलाई दोष दिएर टाउकोमा हात लगाएर दिन गुजार्छ ।

एउटै विद्यालयमा एउटै कक्षामा पढेका सकारात्मक सोच भएका विद्यार्थीहरु भविष्यमा नेतृत्वको चुलीमा पुगेका र नकारात्मक सोच भएकाहरु परिवारको बोझ बनेका उदाहरणहरु धेरै छन । खेलकुदमा पनि खेलाडिहरुलार्य सकारात्मक हौसला दिंदा सोचेभन्दा राम्रो परिणाम ल्याएको उदाहरण प्रसस्तै छन । व्यापार व्यवसायमा त झन सकारात्मक सोचको ज्यादै महत्व छ । जति सकारात्मक सोच उति उच्च आर्थिक प्रगति हुन्छ नकारात्मक सोच भएका व्यक्तिभन्दा सकारात्मक सोच भएका व्यक्तिहरु कयौं गुणा छिटो आफ्नो लक्षित गन्तव्यमा पुग्दछन । 

हरेक कुरालाई सकारात्मक नजरले हेर्नु नै सकारात्मक सोच हो । सकारात्मक सोचले हरेक व्यक्तिमा क्षमता र उर्जा सिर्जना गर्दछ । त्यसैले आजकाल सकारात्मक सोच सम्बन्धी तालिमहरु पनि दिइएको छ । मानिसको स्वाभिमानमा वृद्धि नेतृत्वको विकास व्यवसायमा वृद्धि सङ्गठनको प्रगति सबै सकारात्मक सोचका उपज हुन । सफलताको मुलसुत्र नै सकारात्मक सोच हो । त्यसैले सफलताको लागि सकरात्मक कुरा खोज्नु आवश्यक छ । जीवनका बाटाहरुमा समस्यादेखि समस्या नै समस्याको पाहाड भेटिन्छ । समाधान र सफलता देखे जताततै सफलता नै सफलता हात लाग्छ । हरेक व्यक्तिको सफलता अरुको हातमा छैन । आफ्नै हातमा छ । मात्र मन र मष्तिष्क सकारात्मक हुनुपर्छ । सकारात्मक सोच कसैबाट मागेर लिनु पर्दैन, न त यसलाई पैसा हालेर किन्न नै पर्छ । यो त जति सकारात्मक सोच्दै गइन्छ त्यति नै बढदै जान्छ । दिन दोगुना रात चौगुना सकारात्मक सोचको मुहान हामी आफै हो । मात्र आफै । त्यसैले हरेक व्यक्तिले आफुलाई सकारात्मक सोचको महान समुन्द्र बनाउँ ।

नेपाली समाजमा हिजोआज जतासुकै पनि नकरात्मक देख्न र सुन्न पाइन्छ । कहिं कतै समुहमा बसेर छलफल गरिरहेका मानिस हुन वा दुईजना बिचको काराकानीमा होस, सञ्चार माध्यममा होस वा अन्य क्षेत्रमा होस, सबैतिर केवल नकारात्मक कुराकै चर्चा बढी हुने गरेको छ । यस्तो भएन, त्यस्तो भएन भन्ने गुनासा, असन्तुष्टि एवं निराशाले वातावरणलाई दुषित तुल्याएको छ । यसरी वातावरण नै दुषित भएपछि मानिसको मनस्थितिमा समेत स्वाभाविक तवरले नकारात्मक असर पर्छ । समाज नकारात्मक सोचको सिकार बन्दै गईरहेको छ भने त्यो समाजभित्रका पात्र हामी चाहीं सकारात्मक कसरी हुन सकौला ?समाज नकारात्मक सोचले अगाडि बढ्दैन भन्ने पनि थाहा छ, तर पनि नकारात्मक विचारको ओइरो छ ।

नकारात्मक भावनाको विकास हुनुमा केही मात्रमा नेपालको संक्रमणकालीन राजनीतिक अवस्था जिम्मेवारी भए पनि सम्पुर्ण दोष यसैमाथि थुपारेर पन्छिन मिल्दैन । जिम्मेवार नागरिकले अरुलाई दोष दिनुभन्दा आफ्नो तर्फबाट के गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । त्यसो भयो भने केही मात्रमै भए पनि सकारात्मक वातावरण सिर्जना हुन्छ ।

समाजमा विद्यमान सकारात्मक कुराको खोजी एवं पहिचान गरेर सकारात्मक विचार अपनाउनु नै आजको आवश्यकता हो जो व्यक्ति जीवनप्रति सकारात्मक सोचाई राख्छ त्यही व्यक्तिले जीवनमा सफलता पाउन सक्छ । नकारात्मक सोचाई र विचारलाई सकारात्मकमा परिवर्तन गर्न सके हामीले हाम्रो व्यक्तिगत र व्यावसायिक जीवन दुवै ठाउँमा सफलता पाउन सक्छौं ।

सकारात्मक सोचमा ठुलो शक्ति छ । यसको ठिक विपरीत नकारात्मक सोचले शक्ति क्षय गरिदिन्छ । हाम्रा वरिपरि पनि सकारात्मक आँखाले हेरे धेरै उपलब्धिमुलक उदाहरणहरु छन । अशक्त झमक घिमिरे सकारात्मक सोचको उपजले साहित्याकाशमा चम्किन । यदि उनीमा आत्मबल नभएको भए अहिले पनि ओछ्यानमा नै खुम्चिएकी हुन्थिन । अपांगता भएकाहरु सगरमाथा चढिसकेका छन । त्यसैले सफल जीवन जिउन हरेक मानिसमा सकारात्मक सोचको आवश्यकता छ सकारात्मक सोच ।

डा. योगी विकाशानन्द भन्छन— संसारलाई बदल्नु छ भने सुरुवात आफैबाट गर्नुपर्छ । हामीमा पछिल्लो समय सबैकाम अरुले नै गरिदिनु पर्ने र आलोचना खेती चाहिं आपूmले गर्न पाउनुपर्ने दाबी बढ्दो छ । यो विलकुल गलत हो । अरुले यो गरेन त्यो गरेन भनिरहँदा मैले चाहिं के गरे त भन्ने ठाउँबाट प्रश्न सुरु गर्नुपर्छ ।

डा. म्याक ओडेलकाको अनुसार “एउटा महान कार्यको थालनी गर्ने दिन आजै हो रतिभर ढिला नगर्नुस अरुको आलोचना गरेर समय बर्बाद गर्न होइन, आफ्नो काम गरेर समय सदुपयोग गर्नुहोस । सबैप्रति सकारात्मक धारणा बनाउनुस जीवन र जगतलाई सुन्दर देख्नुस । सकारात्मक सोच घर, संस्था, सगठन कार्यालय, समाज सबैमा प्रयोग गर्नुस । याद राख्नुस सकारात्मक सोचको सुरुवात आफैबाट गर्नुस, अहिले नै गर्नुहोस, अनि मात्र अरुमा पनि सकारात्मक सोच आउने छ ।


No comments:

Post a Comment