Friday, October 4, 2024

नेपालको वर्तमान राजनीति

 नेपालको वर्तमान राजनीति

—संगीता उप्रेती श्रेष्ठ

इतिहासका विभिन्न कालखण्डमा शासक वर्गले जनतामाथी गरेका अत्याचारको विषयमा पढ्नर सुन्न पाइन्छ । अमेरिकामा गोराजातिले कालाजातिलाई गरेका अमानवीय व्यवहार होस वा हिटलर र मुसोलिनी जस्ता शासकहरुले जनतामाथी गरेका अत्याचारका कुरा हुन । नेपालकै इतिहासमा पनि राणाशासनको उदय पछि जनतामाथी गरिएका दमनका विषयमा पढ्न र सुन्न पाइन्छ । 

२००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि राणाशासनको अन्त्य त भयो । तर शासकको रुपमा जहाँनिया व्यवस्थाअनुरुप राजाले शासन गरे र त्यो पनि धेरै वर्ष टिक्न सकेन । २०१७ सालमै राजाले कू गरेर फेरि निरंकुश लाड्ने काम गरे त्यो निरंकुशतालाई पनि जनताले २०४७ सालमा परास्त गरे राजाको प्रत्यक्ष शासन भए पनि दलबाटनै प्रधानमन्त्री हुने व्यवस्था थियो तर पनि २०५२ सालमा तत्कालीन माओवादीले जनजिविका, गणतन्त्र, समानुपातिक प्रतिनिधित्व जस्ता माग राखेर प्रचण्डको नेतृत्वमा जनयुद्धको उद्घोष ग¥यो । १० वर्ष लामो शसस्त्र युद्ध देशले खेपेपछि अन्ततः २०६२÷६३ को जनआन्दोलनले देशमा गणतन्त्र स्थापना भयो । जनताकै छोराछोरीले शासनको बागडोर सम्हाल्न मिल्ने व्यवस्थाको स्थापना भयो । मैले माथिको कुरा किन जोड्न खोजेको हो भने, इतिहासको विभिन्न कालखण्डमा धेरै निरंकुश शासक संग जुध्दै लड्दै आएका नेपाली जनता अहिले के आपूmले सोचेजस्तो व्यवस्थामा खुशी छन् त व्यवहार पहिलेका शासकको जस्तो नभए पनि जनता शासित छैनन् त ? यो प्रश्न अब प्रत्येक नागरिकले आपूmले आपूmलाई गर्नुपर्ने देखिन्छ । संसारकै उत्कृष्ट शासन व्यवस्था भए पनि किन जनताले परिवर्तनको प्रत्यक्ष लाभ लिन सकिरहेका छैनन । अझै पनि जनता किन शासित हुनु परेको आभास गरिरहेका छन् ? यो कुरा आजकै दिनबाट खबरदारिको रुपमा देशको बागडोर सम्हाल्नेहरुको कानको जालिसम्मै राम्रोसंग पु¥याउन आवश्यक छ । देशले विभिन्न कालखण्डमा अवरोधहरु हटाउँदै उत्कृष्ट व्यवस्थासम्म आउँदा पनि किन केही मुठ्ठीभर मान्छेले मात्र राजाइँ गरिहेका छन ? यस विषयमा खोज नगर्ने हो भने स्थिति झन बिग्रने खतरा पनि छ । आजको यो राजनीतिक व्यवस्थासम्म ल्याउन देशलाई विभिन्न कालखण्डमा योगदान गर्नुहुने सबैलाई सम्मान गर्नुपर्छ । तर उत्कृष्ट राजनैतिक व्यवस्था हुँदा पनि देश विकाशको मामिलामा हामी कहाँनिर चुकिरहेका छौ यो कुरा अति नै सोचनिय छ ।

देशमा अहिले राजनैतिक शक्तिको रुपमा मुलतः दुई शक्ति छन । कम्युनिष्ट र कांग्रेस । आपूmलाई देशको सबैभन्दा पुरानो भनेर गर्व गर्ने कांग्रेसको तर्फबाट देशले धेरै पटक प्रधानमन्त्री पायो । अनगिन्ती नेताहरु मन्त्री बने तर किन देश बनेन ? भनेर हामिले कहिले समिक्षा गर्ने ? त्यस्तै अहिले देशको विभिन्न पार्टीबाट पनि धेरै जना प्रधानमन्त्री र मन्त्रीहरु बने तर देश किन बनेन भनेर कहिले समिक्षा गर्ने ? एउटा सत्य के देखियो भने पात्र र प्रवृती उही हुंदासम्म देशले विकाशको मोड लिन सक्दैन । आजभन्दा झण्डै ३० वर्ष अगाडीनै प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नै आज पनि राजनीतिको केन्द्रमा छ । आजभन्दा २५ वर्ष अगाडी गृहमन्त्री बनेका केपी ओलीनै अहिले प्रधानमन्त्री छ । अव भन्नुस के यी पात्रहरुबाट देशले आर्थिक सम्बृद्धि हासिल गर्न सक्छ त ? हुन त देश बनाउनको लागि उमेरले नछेक्ने कुरा विश्वका कतिपय लिडर देश र जनताप्रति उत्तरदायी हुने हो भने देशले काँचुली फेर्ने कुरा सिंगापुरका लि क्वान यु र मलेशियाका महाथिर जस्ता लिडरहरुलाइ उदाहरणको रुपमा लिन सकिन्छ ।

अहिले देशमा जनताले खोजेनस्तो शासन व्यवस्था हुँदा पनि किन देशले विकाशको फड्को मार्न सकिरहेको छैन त ?के अहिलेका लिडरहरुको प्रवृतिमा परिवर्तन नहुने हो भने जुन व्यवस्था आए पनि काम नगर्ने रहेछ भन्ने कुरा नेताहरुले आफै प्रमाणित गर्दै गइरहेको भान हुन्छ । जब लिडरहरु देश र जनताको समस्या भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त हुँदै जान्छन त्यो देशले कसरी विकाश गर्न सक्छ ? नेपालमा ठ्याक्कै यही समस्या देखिएको छ ।

कुनै पनि नेताले आफ्नो आयआर्जनको स्रोत राजनीतिलाई बनाउँछ । ऊ भ्रष्टाचार लिप्त भएकै हुन्छ । किनकी राजनीति त एउटा सेवा हो । यो कुनै पेशा होइन । अहिलेको नेपाली राजनीतिमा अधिकांश नेताहरुले राजनीतिलाई नै आफ्नो पेशा बनाएका छन । राजनीतिबाट नै उनीहरुको जीवन शैली चलेको छ भने कसरी उनिहरु भ्रष्टाचार नगरी बस्न सक्छन । नेपालको सबैभन्दा ठुलो समस्या र चुनौति भ्रष्टाचार हो भन्ने करा जान्दाजान्दै पनि भ्रष्टाचार सम्बन्धि ढाकछोप गर्नुले कालेकाले मिलेर खाउँ भाले भन्ने उखानलाई चरितार्थ गरेको छ । अहिलेका अधिकांश नेता मन्त्रीहरुले ठाउँ ठाउँमा घर घर घडेरी गाडी जोडिसकेका छन जबकि तिनीहरुको पेशा व्यवसाय केही पनि देखिंदैन यो कसरी सम्भव भयो ? के १÷२ पल्ट, प्रधानमन्त्री, मन्त्री, सांसद हुँदैमा घर घडेरी गाडि जोडन सकिन्छ । कमिसन नखाईकन र भ्रष्टाचार नगरिकन कदापी सकिंदैन । यति खुलेआम भ्रष्टाचार हुँदा पनि हामी नेपाली किन चुपचाप छौ त । किनकी हामी नेपाल हुन कहिले पनि जनेनौ, जन्यो त केबल कांग्रेस हुन जाज्यो त केवल कम्युनिष्ट हुन वा अरु दलका कार्यकर्ता हुन । हामीहरु जबसम्म नेपाली हुन जान्दैनौ तबसम्म यी अहिलेका नेताहरुले देश र जनतामाथि गद्दार गरिरहन्छन । यिनीहरुलाई कसैको डर, माया एक रति पनि छैन । केवल यिनीहरुको मनमा आफ्नो सत्तालाई कसरी टिकाउने र आपूm कसरी धनि हुने भन्ने सोच्दासोच्दै देश र जनताको बारेमा सोच्ने भुलिसकेका छन ।

कुनै पनि देश सम्पन्न हुनको लागि त्यो देशमा शुसासन र विधिको शासन हुनु पर्दछ । तर नेपालको परिपेक्षमा संविधानमा विधिको शासन उल्लेख भए पनि व्यवहारमा त्यो देख्न पाइएको छैन । वालुवाटर जग्गा काण्डमा कांग्रेसका नेता विजयकुमार गच्छदारलाई मुद्धा चलाउँदा कांग्रेसले सांसद अबरुद्ध गर्नु र २०५२ सालमा आपूm सुकुम्बासी हुँ भन्दै बुटवलमा सरकारी जग्गा प्राप्त गरेका नेकपाका महासचिव विष्णु पौडेल कुनै व्यापार व्यवसाय नगरिकनै काठमाडौंमा आलिशान महल अनि वालुवाटार भित्रै सरकारी जग्गा खरिद गर्नु पनि फोहोरी राजनीतिको पराकाष्ठा हो । गच्छेदार र पौडेलजस्ता राजनीतिज्ञहरु त प्रत्येक पार्टीभित्र असंख्य छन । अनि यिनैको हालिमुहाली चलेको देख्दा लाग्छ यो देश केवल भगवानको कृपाले मात्र चलिरहेको छ । पछिल्लो उदाहरणकोरुपमा गोकुल बास्कोटा काण्डलाई पनि लिन सकिन्छ । एउटा देशको मन्त्री पदमा बसेर जाबो एउटा मेशिन खरिद गर्दा अर्बको कमिशनका कुरा गर्छन भने यिनीहरुले देश बनाउँछन त ? ५० लाख देशका होनहार युवाहरु पसिना बेच्न खाडि गएका छन । तिनै युवाले पसिना बेचेर पठाएको रेमिट्यान्समा देशको मन्त्री  पदमा बसेर एक जनाले एउटा मेशिन खरिदमा अरबौं रुपैया बार्गेनिङ गर्छ । अनि तपाईं हामीहरु चुपचाप सहेर बस्छौ भने तपाई हामीले पनि यि नेताहरुलाई भ्रष्टाचार गर्न हौसला दिइरहेका छौ भन्दा फरक नपर्ला । हामीले जुनसुकै पार्टि भित्रका अधिकांश नेताहरुलाई हेरौं त के तिनीहरु सेतो धनले नै अहिलेको जीवनस्तरसम्म पुगेका हुन त ? त्यस्तो हुनै सक्दैन ।यिनीहरुको विगतर अहिलेको स्थितिको तुलना गर्ने हो भने नेपालका ९९% नेताहरु भ्रष्टाचारी नै छन । तर हामीहरु यिनीहरुलाई किन खबरदारी गर्दैनौं ? तिम्रो आम्दानीको स्रोत के हो भनेर किन सोच्दैनौं ? यदि आजैबाट यिनीहरुलाई जनताले खबरदारी निगरानी नगरीकन पशुपतिमा डामेर छाडेको साँढेजस्तो छोडिदिने हो भन अब आउने पुस्ताको जीवन पनि खाडिमै बित्ने कुरामा दुईमत छैन । देश विकास हुनको लागि स्थायी सरकार भएर मात्र नहुने रहेछ भन्ने कुरा वर्तमान सरकारको काम गराईको स्प्रिडले पनि बुझ्न सकिन्छ । त्यसो त १०४ वर्षसम्म पनि स्थायी रुपमा नै राणाशासन थियो र झण्डै ३० वर्ष प्रत्यक्ष पञ्चायतकालमा स्थिर नै थियो । तर पनि नेपाल किन विकसित हुन सकेन ? कुरा फेरी पनि नियतकै आउँछ । जुन खालको शासन व्यवस्था आए पनि सरकार स्थिर भए पनि शासकको देश विकाशको स्पष्ट खाका र भिजन भएन भने जुन जोगि आए पनि कानै चिरेको भनेझै हुन्छ । हामी राजनीतिक रुपमा यति विभाजित छौ कि हरेक क्षेत्रमा मेरो दल र तेरो दल भन्ने कुरा आउँछ । यहाँ पढाउने शिक्षकहरु राजनीतिक भागवन्डामा छन । वकिलहरु राजनीतिक भागबन्डामा छन । अरु त मरु पिडीतलाई न्याय दिलाउने न्याय दिलाउने न्यायाधिश पनि राजनीतिक भागबन्डाबाट नियुक्ति हुन्छ भने देशको हालत के होला ? राज्यको चौथो अंग भनेर चिनिने पत्रकारिता भित्र पनि पत्रकारहरु आ–आफ्नो दलबाट छन भने भन्नुस जनताले सहि र सत्यतथ्य समाचार पाएका छौ त ? पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको केसमा एक जना आपूmलाई बरिष्ठ पत्रकार बताउने मान्छेले मलाई यो टेप प्रकरणको बारेमा पहिलानै थाहा थियो के छुच्चो हुनु भनेर मात्र बाहिर नल्याएको हो भनेर भन्न भ्याए । यसरी हामी कुन नियतका साथ आफ्नो कर्म गरिरहेका छौ र आपूmले गरेको काम प्रति कति जिम्मेवारी छौ भन्ने कुरा स्पष्ट हुन्छ । देशमा रोजगारिको वातावरण नभएर विदेशिनु पर्दा समेत विदेशमा बसेर हामी यो पार्टी र त्यो पार्टी भन्दै झगडा गर्न पछाडी पर्दैनौ । कुनै पनि आफ्नो पार्टीको नेताले बाटो बिराएमा उसलाई खबरदादी गर्नुको सट्टा, उसको भरौटे बनेर स्वस्थानी ब्रत कथामा गणेशले शिव पार्वतीको वरिपरि घुमेजसरी देवत्वकरण गर्छौं । अनि उही नेता आपूmलाई महान सम्झेर देश र जनतामाथि गद्दार गरिरहन्छ । हामीले अब पनि जो सुकै होस र जुनसुकै पार्टीको होस सहीलाई सही र गलतलाई गलत भन्न सक्ने हिम्मत राख्दैनौ भने हामी पनि देश विकाश नहुनुको भागिदार हुनुपर्छ ।


No comments:

Post a Comment