Saturday, October 5, 2024

जिन्दगीका छालहरू– नजरराम महर्जनको वास्तविक घटनामा आधारित उपन्यासको दोस्रो खण्ड


सर्लाहीका पार्वती ढकालले नवलपरासीका विक्रम चौधरीको अतीतको बारेमा जान्न जिद्दि गरे पछि आफ्नो अतीत बताउँदै विक्रम चौधरी

चार

महेन्द्र राजमार्गको नारायणघाट–बुटवल खण्डमा वर्दघाट बजार छ । वर्दघाट बजारबाट दुई किलोमिटर दक्षिणतिर माकर गा.वि.स.को बेतहानी गाउँ छ । जहाँ विश्वनाथ चौधरी र सरस्वती चौधरीको जेठो छोराको रुपमा विक्रम चौधरीको जन्म भएको थियो । तराईको एउटा सामान्य चौधरी परिवारमा विक्रम जन्मेका थिए । उसको बाबु विश्वनाथको आफ्नै एक कट्ठा जमिन छ । त्यही जमिनको वीचमा खरले छाएको एउटा सानो घर छ ।

बिहे गरेको चार वर्षसम्म पनि कुनै सन्तान नजन्मंदा विश्वनाथलाई उसको साथीहरुले नपुङ्सक भनेर जिस्क्याउन थालेका थिए । विक्रम जन्मदा ऊ यति खुशि भएको थियो कि वयान गरेर साध्य थिएन । विक्रमको जन्मले उसको पुरुषत्वको प्रमाण पत्र दिएको थियो । ऊसँगै बिहे गरेका उसका साथीहरु सबैजना बाबु भइसकेका थिए । तर उनीहरु सबैजनाको छोरी नै छोरी जन्मेका थिए । कतिजनाको स्वास्नीले फेरि ेट बोकिसकेका थिए । उसको त पहिलो सन्तान नै छोरा भयो ।

समय बित्दै गयो । विक्रम पाँच वर्षको भयो । उसलाई विद्यालयमा भर्ना गर्न लगियो । विद्यालयका प्रधानाध्यापकले छोरा नाम के हो भनेर सोध्यो । विश्वनाथले जेठा भन्यो । यो त घरमा बोलाउने नाम भयो । विद्यालयमा अर्कै नाम राख्नुपछर्भ भनेर विश्वनाथ चौधरीको छोरा विक्रम चौधरी राखीदियो । विश्वनाथले स्वीकार ग¥यो ।

विक्रम दिनहुँ विद्यालय जान थाल्यो । विद्यालय जाने बेलामा ऊ कहिल्यै रुँदैनथ्यो । विद्यालय भर्ना गरेको पहिलो सालमै उसले कक्षा प्रथममा पास ग¥यो । विक्रम छ वर्षको हुँदा विश्वनाथको अर्को छोरा पनि जन्म्यो । उसको नाम विक्रमको भाइ विवेक राखियो । विश्वनाथको परिवारको सङ्ख्या बढ्यो । खर्च पनि बढ्यो । तर उसको आम्दानी बढेन ।

विश्वनाथका साथीहरु कोही भारतको दिल्ली, कोही गोरखपुर, कोही लखनऊ आदि विभिन्न ठाउँहरुमा काम गरेर पैसा कमाएर ल्याउँथे । ऊमात्र कुवाको भ्यागुतो झै गाउँमा बसिरहन मन लागेन । विश्वनाथका साथीहरु हरेक साल माघ १ गते माघिया मनाउन घर आउँथे । यसपालि पनि माघिया मनाउन उसका साथीहरु आए । उसले आपूm पनि भारतमा आउन चाहेको कुरा बतायो । उसको साथीहरुले फर्कने बेलामा सँगै लैजान्छु भन्यो । उ खुशी भयो ।

“सरस्वती ! हाम्रा दुई जना छोराहरु भइसके ।यिनीहरुको राम्रोसित पालनपोषण गर्नुप¥यो । यहाँ बसेर दिनको कमायो, खायो सकिया । एक रुपैयाँ बचाउन सकेको होइन । जमिन्दारको ऋण पनि तिर्नु छ । यसरी कतिन्जेल चल्छ ? त्यसैले म पनि साथीहरुसँग दिल्लीमा काम गर्न जाने विचार गरेको छु । तिम्रो के विचार छ ?” एकदिन विश्वनाथले सरस्वतीसँग सल्लाह ग¥यो ।

“बच्चाहरु साना–साना छन् । म एक्लैले सम्हाल्न सकूँला र ?” सरस्वतीले अप्ठ्यारो मान्दै भनिन् ।

“विक्रम ठूलो भइसक्यो । उसले कुरा बुझ्ने भइसक्यो । तिमीले हेर्नु पर्ने भनेको विवेक मात्र त हो नि । बिहान बेलुका विक्रमले हेरिहाल्छ । केही काम गर्न जानु पर्दैन । म पैसा पठाईरहन्छु ।”

“तपाईं बिना म एक्लै कसरी बसूँ ? फेरि तपाईं उताको उतै हराउनु भयो भने के गर्ने ? सरस्वतीले मनको दुखेसो पोखिन् ।

“तिमी एक्लै कहाँ छौ र ? दुई दुईजना छोराहरु छन् । हामी भर्खर बिहे गरेका दुुलहा–दुलही त होइनौं नि । केही समयको लागि मात्र त हो नि । हरेक माघे संक्रान्तिमा घर आइहाल्छु ।”

विश्वनाथको कुरा सुनेर सरस्वती चुप भइन् । उनले एकटकले विश्वनाथलाई हेरिरहिन । उनले मौन स्वीकृति दिएको विश्वनाथले ठान्यो ।

विश्वनाथ साथीहरुसँग मुग्लान पस्यो । मुग्लान गएको तीन महिनापछि उसले ज्ञानुरामको हातबाट घरमा पैसा पठायो । सरस्वतीलाई घर चलाउन गाह्रो भएन ।

समय बित्दै गइरह्यो । विश्वनाथले तीन तीन महिनामा पैसा पठाइरह्यो । माघे संक्रान्ति नजिकिंदै गर्दा घरका मान्छेहरु उसको प्रतिक्षामा बसिरहे । तर ऊ आएन । उसले आपूm आउन नसके पनि स्वास्नी र छोराहरुको लागि नयाँ नयाँ लुगाहरु र पैसा पठायो ।

विक्रम दुई कक्षा पास गरेर तीन कक्षा पढ्न जान थाल्यो । विवेक पनि टुकुुटुकु हिंड्ने भयो । विक्रमलाई खेल्न साथी भयो । विश्वनाथले पठाएको पैसा पु¥याउन आउने ज्ञानुरामलाई बच्चाहरुले काका भन्थे । ज्ञानुराम हरेक तीन चार महिनामा पैसा लिएर आइरहन्थ्यो । ऊ आउने दिन उनीहरुको घरमा कहिले कुखुराको मासु, कहिले माछा पाक्न थाल्यो । बच्चाहरुले पनि कहिले जूस, कहिले कोकाकोला पिउन पाउँथे । त्यसैले उनीहरु ज्ञानुराम काका आउने दिनको प्रतिक्षा गरिरहन्थे ।

विश्वनाथले माघे संक्रान्तिमा आउँछु भनेर गएको विक्रमलाई सम्झना छ । त्यसैले हरेक माघेमा ऊ बाबुलाई पर्खिरहन्थ्यो । उसको बाबु आउँदै आएन । बाबुका साथीहरुले हरेक पटक अफिसले विदा दिएन त्यसैले आउन पाएन भन्थ्यो । यसरी वषौंवर्ष बित्यो । विक्रमले कक्षा दुई, तीन, चार र पाँच पास गरेर छ कक्षामा पढ्न थाल्यो । तैपनि विश्वनाथ घर आएन । विक्रमले ज्ञानुरामसँग मेरो बाबा कहिले आउँछ भनेर सोध्यो भने जहिले पनि माघे संक्रान्तिमा आउँछ भन्थ्यो । विवेक पनि स्कूल जाने भइसक्यो ।दुवै छोराहरु स्कूल् गएपछि सरस्वतीलाई बाहिर जान सजिलो भयो । अब उनी ज्ञानुरामसँग कहिले नारायणघाट, कहिले बुटवल घुम्न जान थालिन् ।

विक्रमको घरमा दाउरा बाल्न छाड्यो । अब स्टोभमा खाना बन्न थाल्यो । विक्रमले पनि स्टोभ बालेर खाना बनाउन सक्ने भयो । सरस्वती घर आउन अलि अबेर भयो भने विक्रमले खाना बनाउन थाल्यो । अब उनीहरुको घरमा राम्रा–राम्रा भाँडाकुँडाहरु, थाल, रिकापी र चम्चाले पनि प्रवेश पायो । हरेक हप्ता मासु या माछा पाक्न थाल्यो । सरस्वतीको लवाइ खवाइमा पनि फरक हुन थाल्यो । राम्रा–राम्रा नयाँ डिजाइन्का लुगा लगाएर उनी बजार घुम्न जान थालिन् । ज्ञानुराम र सरस्वतीको हिमचिम बढ्न थाल्यो । राती अबेरसम्म उनीहरु रक्सी खाएर गफ गरिहरन्थे । विक्रम भाइसँग आफ्नो कोठामा सुत्न जान्थ्यो । विहान उठेर आउँदा ज्ञानुराम हुँदैन थियो ।

सँधैझै एकाविहानै विक्रम आँखा मिच्दै उठ्यो । बाहिर गएर नित्य कर्म गरेर आयो । उसले यताउता आमालाई खोज्यो । आमालाई देखेन । खेतमा काम गरिरहेकी छिन् कि भनेर हे¥यो । खेतमा पनि थिएन । पानी थाप्न धारामा गयो कि भनेर पानी भाँडाहरु हे¥यो । सबै भाँडाहरु त्यहीं थिए । उसले आमा बजार गइन होला भन्ठान्यो । विवेक पनि उठेर आयो । उसले पनि आमालाई खोज्न थाल्यो । आमालाई नदेखेपछि ऊ रुँदै विक्रम भए ठाउँमा आएर भन्यो, “दाइ आमा खोइ ? आमा हुनुुहुन्न ।”

“कहीं काममा जानु भयो होला आइहाल्नु हुन्छ ।”

“दाइ मलाई भोक लाग्यो ।”

   विक्रमले भान्सामा खानेकुरा खोज्न गयो । उसको अमाले भात पकाएर गएकी रहिछिन् । विक्रमले आमाको भाग भाँडैमा बाँकी राखेर दुबैजनाले भात पस्र्का खाए । विक्रमले नै थाल माझ्यो । स्कूल जाने समय भयो तैपनि सरस्वती आइनन । विक्रमले नै भाइलाई स्कूल ड्रेस लगाइ दियो । घरमा ताला लगाएर भाइलाई लिएर ऊ स्कूल गयो । 

सँधैझै स्कूल छुट्टी भएपछि भाइ विवेकलाई लिएर विक्रम घर फर्के ।उनीहरुले लगाएर गएको ताला जस्ताको तस्तै ढोकामा झुण्डिरहेको थियो । विक्रमले ताला खोलेर भाइलाई घरभित्र लग्यो । उनीहको आमा अहिलेसम्म पनि आएकी रहेनछ । विवेक भोक लाग्यो भनेर रुन लाग्यो ।विहान आमाको भाग भनेर बाँकी राखेको भात तताएर दुबैजनाले बाँडेर खाए ।

साँझ भयो तैपनि सरस्वती आइनन् । अब आमा अबेरमात्र आउनेछिन् । आमाले भात पकाएर खुवाउँदा अबेर हुन्छ । आमा पनि भोकाएर आउने छिन् । आफैले भात पकाउनु प¥यो भनेर विक्रमले स्टोभ बालेर खाना बनायो । खाना पकाएर विक्रमले एकछिन आमालाई पर्खियो । आमा आइनन् । विक्रमले बाहिर हे¥यो । बाहिर निश्तब्ध अँध्यारो भइसक्यो । बाटामा मानिसहरुको हिंडडुल पनि कम भइसक्यो । विक्रमको मनमा कुरा खेल्न थाल्यो । आमा कहाँ गई होलिन् । आज पनि ज्ञानुराम काकासँग बुटवल गएकी होलिन् । आज आमा फर्किनु हुन्नहोला । फर्किनभए फर्की सक्नु हुन्थ्यो । यस्तै विचार गरेर विक्रमले भाग पस्काएर दुबैजनाले खाए ।

भात खाएर विवेक बिछ्योनामा गयो । विक्रमलाई ढोकामा चुकुल लगाउँ कि नलगाउँ भयो केही गरी उनीहरु सुतिसकेपछि आमा आई भने ढोका खोल्न अप्ठ्यारो हुन्छ । यस्तै विचार गरी विक्रम एकछिन टोलाई रह्यो । विवेक फसाफस निदाइ सक्यो । त्यहीबेला पर पर जङ्गलमा स्याल कराएको आवाज आयो । हुँदा हुँदा स्यालको हुईंया नजिक नजिक आयो । विक्रमले हतार हतारमा ढोका थुनेर भित्रबाट चुकुल लगाई दियो । उसको मनमा डर पैदा भयो ।स्याल घरभित्र पसेर टोक्न आयो भने के गर्ने ? उसले भान्साबाट चुलेसी ल्यायो । एउटा बलियो लट्ठी पनि खोजेर ल्यायो । स्याल भित्र पसे त्यही चुलेसी र लट्ठीले हान्ने विचार गरेर सिरानमा राखेर भाइलाई अङ्गालो मारेर ऊ सुत्यो ।

विहान झिसमिसेमा नै विक्रमले आँखा खुल्यो । आँखा खुल्ने बित्तिक्कैै उसले आमालाई खोज्यो । आमाको विछ्यौनातिर हे¥यो । आमाको विछ्यौना खाली देख्यो । आमा कहीं बाहिर गएकी छे कि भनेर चुप लाग्यो । उसको आँखा बन्द ढोकामा प¥यो । हिजो राती उसले लगाएको चुकुल जस्ताको तस्तै लागीराखेको थियो । उसले बुझ्यो आमा फर्किएकी छैनन । पहिले पनि आमा विहान सबेरै बाहिर जान्थिन् । अबेर सबेर घर आउँथिन् । जहाँ गए पनि यसरी रात बिताउँदैन थिइन् । अहिले के भयो होला ? उसलाई आमाको पीर प¥यो ।

अब उसले भात पकाउनु पर्छ । भात खाएर स्कूल जानु पर्छ । भात पकाउन उसले पानी हे¥यो । पानी भाँडो रित्तै देख्यो । ऊ एउटा सानो बाल्टिन र अम्खोरा लिएर धारामा गयो । धारामा तीनजना महिलाहरु पानी थाप्न बसिरहेका थिए । विक्रमले बाल्टिन लिएर गएको देखेर एकजना महिलाले भनिन्, “तिम्रो आमा घरमा छैन कि के हो ?

“हिजो विहान बुटवल जानु भएकी फर्कनु भएको छैन ।”

“कोसँग गएकी थाहा छ ?”

“थाहा छैन । हामी उठ्नुभन्दा पहिले नै जानु भएको थियो ?”

“तिम्रो आमा ज्ञानुरामसँग पोइल गइसकिन् । अब तिम्रो आमा आउँदैनन् । अब तिमीले नै भाइको स्याहार सुसार गर्नुपर्ने भयो ।” अर्की महिलाले भनिन् ।

“तिम्रो आमा ज्ञानुरामसँग पोइल गइसकिन् । अब तिम्रो आमा आउँदैनन् । अब तिमीले नै भाइको स्याहार सुसार गर्नुपर्ने भयो ।” अर्की महिलाले भनिन् ।

“तिम्रो आमालाई हिजो ज्ञानुरामसँग नारायणघाटमा देखेको भन्छन् ।” तेस्रो महिलाले भनिन् ।

“यस्ता दुई–दुईजना छोराहरुलाई बिचल्ली पारेर कसरी जान सकेकी होली । कस्ती लबस्तरी आइमाई रहिछे ।”

“यस्तो कलकलाउँदो जवानीमा पनि लोग्नेले पाँच–पाँचवर्षसम्म छाडेर गएपछि नगएर पनि के गरोस् ?”

“लोग्ने नभए पनि लोग्नेले बेलाबेलामा पैसा पठाईरहेकै थियो नि ? अरु जेसुकै भए पनि बच्चाहरुको मायाले त बसिरहनु पर्ने हो । कस्ती निर्मोही आइमाई ?”

“कसरी बसिरहन्छिन् ? जवानीको जोशमा होस गुमाएर ज्ञानुरामको पेट बोकी सकिन् । अनि ऊसँग नगएर के गर्छे ? नाठोको गर्भ बोकेर लोग्नेको घरमा कसरी बसिरहन्छिन् ?”

पानी थाप्न आएका महिलाहरु पानी थापिसकेर पनि उभिएरै उसको आमाको बारेमा कुरा गरिरहे ।  उनीहरुको कुरा सुनेर विक्रमलाई रिस त उठेको हो । तर आपूmभन्दा ठूला मान्छेहरुसँग के कुरा गर्ने भनेर सुने पनि नसुनेजस्तो गरि बसिरह्यो । उसकोपानी थाप्ने पालो आयो । चुपचाप पानी थापेर ऊ घर आयो ।

उसलाई पूरा विश्वास भयो अब उसको आमा घर फर्कनु हुन्न । उसले आफ्नो काँधमा ठूलो जिममेवारी आएको महसुस ग¥यो । उसलाई आफ्नोभन्दा भाइको चिन्ता भयो । भाइलाई कसरी फकाउने ? भाइ त छिन छिनमा आमालाई खोजिरहन्छ । विक्रम खाना पकाउन लाग्यो । विवेक उठेर आयो । उसलाई हात मुख धुन लगायो । खाना पाकेपछि भात खान दियो आपूmले पनि खायो । भाँडाकुँडा सबै माझेर ठाउँमा राख्यो अनि भाइको हात समातेर स्कूल लग्यो ।

विक्रमको आमा ज्ञानुरामसँग भागेको कुरा वनमा डढेला लागे झै पूरा गाउँमा फैलिसकेको रहेछ । स्कूलमा पनि सबैले थाहा पाइसकेका रहेछन् ।

“विक्रम तिम्रो आमा पोइल गएकी हो ?” उसको एक जना साथीले सोध्यो ।

“थाहा छैन ।” उसले छोटकरीमा जवाफ दियो ।

“मोज गर न । अब त दुई–दुईजना बाबु भयो ।” अर्को साथीले जिस्क्यायो ।

“एकजना लोग्नेमान्छेको दुईटी स्वास्नी भएको त थाहा थियो तर एउटी आइमाईको दुई–दुईजना लोग्ने भएको त अहिले मात्र सुनें ।” फेरि अर्को साथीले व्यङ्ग हान्यो ।

साथीहरुले हेपेको र जिस्क्याएको देख्दा उसलाई रिस त उठेको थियो । झगडा भयो भने उसको भाइलाई पिट्ने डरले विक्रमले जसले जे भने पनि सह्यो । कसैलाई केही जवाफ दिएन केही गर्न पनि गरेन । उसका शिक्षक शिक्षिकाहरुले पनि उसको आमाको बारेमा सोध्न थाले । के भनूँ, के भनूँ भयो । उसलाई स्कुलमा बसिरहन मन लागेन । भाइलाई लिएर घर गयो ।

घरमा पुग्ने बितिक्कै विक्रमले आमाबाबु र आपूm बसेर खिचेको सिसा हालेर फ्रेममा राखेको तस्वीर झिक्यो । उसले एउटा ढुङ्गाले हानेर सिसा फुटाल्यो । फोटो झिक्यो ।उसले कलमले आमाको मुखमा कोर्नसम्म को¥यो । आमाको अनुहारै नचिनिने गरी कोरी दियो । उसलाई आमादेखि साहै्र रिस उठिरहेको थियो । उसको आमालाई कसैले रण्डी भन्थे, कसैले बेश्या भन्थे । उसको आमाको कारण जमिनमा खस्यो । ऊ छक्क भयो । उसले ती नोटहरु टिपेर खल्तीमा राख्यो ।

भोलिपल्ट, उसको आमा नारायणघाटतिर लागेको भन्ने सुनेर विवेकलाई स्कुल पठाएर विक्रम एक्लै नारायणघाट गयो । नारायणघाटमा आमा भेट्टियो भने बेस्सरी गाली गर्छु अनि घर लिएर आउँछु भन्ने विचार गरेर उसले नारायणघाटको चोक–चोक र गल्ली–गल्ली घुमेर हे¥यो । कहीं फेला परेन । घुम्दाघुम्दै उसलाई भोक लाग्यो । दुईटा चाउचाउ किन्यो । एउटा भाइलाई राखेर एउटा खायो । ऊ घर आयो । उसको भाइ घर बाहिर बसेर रोइरहेको थियो । उसले ताला खोलेर भाइलाई भित्र लग्यो । चाउचाउ पकाएर खुवायो ।

मानिसलाई परिस्थितिले जे पनि बनाउन सक्छ । विक्रम तेह्र वर्षको केटो । उसको आमाबाबु भइदिएको भए उसले खेलेर दिन बिताउँथ्यो होला । आज उसले भाइको अभिभावकको भूमिका निभाउनु परिरहेको थियो । स्कूलमा जाँदा कसैले हेप्ने, कसैले जिस्क्याउने गर्न थाले । विक्रमले सहन सकेन । ऊ उनीहरुसँग झगडा गर्न थाले । उसलाई पिट्न नसकेपछि विवेकलाई पिट्न थाले । विक्रमलाई के गरुँ, के गरुँ भयो । उनीहरुले स्कूल जान छाडे । उनीहरु धारामा पानी थाप्न जाँदा पनि उसको आमाकै बारेमा कुरा काटिरहन्थे । उसले सुने पनि नसुनेजस्तो गरेर पानी थापेर आउँथ्यो । उनीहरु घरमा बसिरहँदा पनि कोही न कोही आएर उसको आमाको बारेमा सोध्ने गर्थे । कसैले उसको आमालाई गाली गरेर जान्थे त कसैले उसको बाबुलाई गाली गरेर जान्थे । त्यसैले उनीहरु आमा खोज्न भनेर कहिले नारायणघाट, कहिले बुटवल गए । तर उनीहरुको आमा भेटेनन् ।

आमाको फरियाबाट झरेको रुपैयाँ खर्च हुँदै गइरहेको थियो । त्यो रुपैया सकियो भने के गर्ने ? घरमा त्यतिकै बसेर के गर्ने ? कसले कमाएर खुवाउँछ ? अब उसले काम गर्नुपर्छ । उसले कमाएर भाइलाई पाल्नु पर्छ । तर उसले क काम गर्ने ? भारी बोक्न सक्दैन । ज्यामी काम गर्न सक्दैन । 

एकदिन विहान सबेरै उठेर विक्रमले खाना बनायो । दाजुभाइ दुबैजनाले खाना खाए । विक्रमले घरको लालपुर्जा, आमाबाको लुगाफाटा भएको बाकस र भाँडाकुँडा सबै अगाडि घरको चन्द्रावतीको घरमा राख्न लग्यो ।

“यी सामानहरु यहाँ किन ल्याएको ?” चन्द्रावतीले सोधिन् ।

“मेरो आमालाई खोज्न जान लागेको । हाम्रा बा आउनुभयो भने यी सामानहरु दिनुहोला ।” विक्रमले भन्यो ।

“कति हिम्मतीला रहेछौ तिमी । अनि भाइलाई पनि सँगै लिएर जाने ?”

“हो, म जहाँ जान्छु भाइलाई पनि सँगै लिएर जान्छु। यहाँ कसले हेर्छ मेरो भाइलाई ?” चन्द्रावतीले यहाँ राखेर जाऊ म हेर्छु भन्छिन् कि भनेर विक्रमले ठान्यो । तर अहँ उनले त्यसो भनिनन् ।

विक्रम र विवेकले आ–आफ्नो लुगाहरु स्कूल झोलामा राखे । घरको ढोकामा ताला लगाएर साँचो चन्द्रावतीलाई दिएर गए । विक्रम भाइको हात समातेर वर्दघाटतिर लाग्यो ।पैदल हिंड्रदै गर्दा आँखाले भ्याउन्जेल फर्की फर्की हेरेर गए । वर्दघाटतिर लाग्यो ।पैदलै हिड्दै गर्दा आँखाले भ्याउन्जेल फर्की फर्की हेरेर गए । वर्दघाट पुगेपछि बुटवलबाट आएको बसमा बसेर उनीहरु नारायणघाटतिर लागे ।

नारायणघाट पुगेपछि उनीहरु एउटा होटलको अगाडि उभिन गए । त्यो होटल भात खाने होटल होइन । सेकुवा र तास खाने होटल रहेछ । त्यस होटलभित्र कोही खसीको मासु काट्दै थिए । कोही मसला पिसिरहेका थिए । चुल्होमा आगो बालेको थिएन । काउन्टरमा पनि कोही देखिंदैनथ्यो ।

“ए केटाहरु ! किन उभिरहेका ? बोहन त भएको छैन तिमीहरुलाई के दिने ?” भित्रबाट एकजना मानिस बाहिर आएर भन्यो । सायद ऊ होटलको साहु होला । 

“हामी माग्न आएका होइनौं ।” विक्रमले भन्यो ।

“अनि के खान आएको ? तास खान आएको ? अहिलेदेखि यहाँ केही पनि पाईंदैन । एक बजेतिर आउनु ।”

“हामी माग्न आएका होइनौ साहुजी ।” विक्रमले भन्यो ।

“अनि के गर्न आएको भनन त ?” साहुले झर्केर सोध्यो । 

“हामी काम खोज्न आएका हौ ।”

“के काम गर्न सक्छौं ? यस्ता फुच्चेहरुले के काम गर्न सक्छ ? आमाको दूध चुस्न त पुगेको छैन जस्तो छ । तिमीहरुको घरमा आमाबाबु कोही पनि छैन ?”

“बाबा मुग्लान जानु भएको धेरै वर्ष भइसक्यो । बाबालाई खोज्न जानु भएको आमा पनि फर्कनु भएन ।”

“घर कहाँ हो ?”

“नवलपरासीको बेटहानी गाउँमा ।”

“ए ! तिम्रो आमाबाबु नआउञ्जेल बस्ने हाला होइन ?”

“हो”, विक्रमले टाउको हल्लाएर समर्थन ग¥यो ।

“के काम गर्छौं ?”

“मैले गर्न सक्ने जे काम पनि गर्न तयार छु ।”विक्रमले सहजरुपमा भन्यो ।

“ल, अहिलेलाई भाँडा माझ्ने, टेबुल सफ ागर्ने । अरु पछि भनूँला । यो केटो को हो ?”

“मेरो भाइ विवेक ।”

“यसले के काम गर्छ ?”

“यसले काम गर्न सक्दैन । म काम गर्छु । मसँगै बस्छ ।”

“अनि तलब कति लिने ?”

“हामीलाई खान र बस्न दिनुस् । मेरो भाइलाई स्कूलमा पढाई दिनुस् ।”

“ल ठीक छ भित्र आउनु ।” साहुले भन्यो । 

विक्रम भाइको हात समातेर होटलभित्र गयो ।

“ए कान्छा ! यिनीहरुलाई स्टोर रुममा बस्ने व्यवस्था मिलाइदिनु ।” होटल साहुले मसला पिसिरहेको केटोलाई भन्यो ।

मसला पिसिरहेको केटा उठ्यो । उसले उनीहरुलाई सँगै लिएर गयो । एउटा ठूलो पुरानो कोठा, कोठामा प्लास्टर गरेको सिमेन्ट ठाउँ ठाउँमा उप्किसकेको थियो । कोठाको एक कुनामा एउा पुरानो खाट थियो । त्यो खाटमाथि एउटा गुन्टा गुटमुटाएर राखेको थियो । विक्रमले ल्याएको झोला त्यही खाटमाथि राख्यो । विवेकलाई त्यहाँ राखेर विक्रम बाहिर गयो ।

उसले होटलमा चारैतिर आँखा दौडायो । सटरनिर एउटा काउण्टर थियो । त्यसैको नजिक सेतो प्लेन पाता ठोकेको एउटा टेबुल थियो । त्यसको माथि एउटा पाँच लिटरको फलामको ठूलो स्टोभ राखिएको थियो । स्टोभमाथि फलामको मोटो ताप्के राखिएको थियो । हलमा तीनवटा टेबुलहरु थिए । टेबुलको अगाडि पछाडि दुई–दुईटा मेचहरु राखिएका थिए । होटलको पूर्वतिर चारवटा क्याबिनहरु थिए । प्रत्येक क्याबिनमा एउटा टेबुल र चारवटा कुर्सिहरु थिए । प्रत्येक क्याबिनको ढोकामा पर्दा राखिएका थिए । अहिले पर्दा गुटमुटाएर माथि सारिएको थियो । त्यो होटलमा मासु पकाउने कूक एकजना, मसला पिस्ने मसलची एकजना, टेबुल ब्वाइ दुईजना गरेर विक्रम सहित पाँचजना काम गर्नेहरु थिए ।

दिनको बाह्रबजे सबैले खाना खाए । विक्रम र विवेकलाई पनि खाना खान दिए । खाना खाएर मिस्त्रीले मासुमा तेल र मसला हालेर खुबसित मुछ्यो । एकजना केटाले सलादको लागि प्याज, मुला र कागती काट्न थाल्यो । एउटा कागतीको चार टुक्रा पा¥यो । अरुहरुले के के गरे विक्रमले गौर गरेर हेरिरह्यो । दिनको एक बजेदेखि नै होटलमा फाट्टफुट्ट मानिसहरु आउन थाले । दिउँसो तास खानेहरु बढी आउँदा रहेछन् । सेकुवा त कोही कोहीले मात्र खाँदा रहेछन् । कोही कोही क्याबिनमा पनि जाँदा रहेछन् । मानिसहरु क्याबिनमा पस्ने बितिक्कै माथि उठाई राखेको पर्दा तल झार्थे । मान्छे बाहिर निस्कने बितिक्कै पर्दा उठाएर माथि राख्थे ताकि क्याबिल खाली भनेर देखाउनका लागि होला ।

मानिसहरु खाजा खान आउन सुरु भएपछि विक्रमको काम पनि सुरु भयो । तास खाएको थाल उठाएर टेबल सफा गर्ने र भित्र धारामा गएर थाल माझ्न लाग्यो । जति जति साँझ पर्दै गयो । ग्राहकहरु बढ्न थाल्यो । विक्रमलाई थाल माझ्न भ्याइ नभ्याई भयो । बोसो लागेको थाल पखाल्नै गाह्रो । उसले साबुन पानीले थाल मस्काउन थाल्यो । विवेकले खेलेजस्तै गरेर थाल पखाली दियो । थाल नभएर ग्राहकलाई पर्खाई राख्नु परेन । राती एघार बजेसम्ममा पसल बन्द भयो । अनि बल्ल भात खान पायो । विवेकले भोक लाग्यो पनि भनेने ।

राती अबेरसम्म काम गर्नु परे पनि बिहान अबेरसम्म सुत्न पाईंदो रहेछ । विहान आठ बजे पसलको एउटा सटर खुल्यो । साहुले विक्रमलाई उठायो । होटलमा बढार्न लगायो । हरेक टेबुल सावुन पानीले धुन लगायो ।विक्रमले अलिकति पनि झर्को नमानीकन आफ्नो काम ठानी ग¥यो । उसको हरेक क्रियाकलापलाई साहुले ध्यान दिएर हेरिरहेको थियो ।

विक्रमले त्यो होटलमा काम गरेको एक हप्ता भयो । उसको काम देखेर साहु खुशी भयो । अब ऊ पनि नयाँ केटा रहेन । ऊ साह्रै मेहेनती र लगनशील थियो । उसले आफ्नो भाइ विवेकलाई नारायणघाटको एउटा सरकारी स्कूलमा भर्ना गरिदियो ।

एकदिन त्यस होटलका एकजना टेबुल ब्वाईलाई उसको घरका मानिसहरुले लिएर गयो । विक्रमको कामबाट सन्तुष्ट होटलसाहुले उसलाई टेबल ब्वाईको जिम्मा दियो । विशेष गरेर क्याबिन हेर्ने जिम्मा उसलाई दियो ।

क्याबिनमा धेरैजसो केटी लिएर आउनेहरु र ठूला साहुजस्ता देखिने मानिसहरु आउँथे । उनीहरुले खाएको अरुले नदेखोस भनेर होला क्याबिनभित्र पस्ने बित्तिक्कै पर्दा झारिहाल्थ्यो । उनीहरु मध्ये कोही वियर, कोही रक्सी पिउँछन् । त्यस होटलमा बियर–रक्सी केही पनि बेचिंदैन । कसैलाई पिउनु छ भने बाहिरबाटै किनेर ल्याउनुपर्छ । ग्राहकले पैसा दिन्छ । विक्रमले बाहिरबाट किनेर ल्याइदिन्थ्यो । यसरी सामान किनेर ल्याउँदा हरेक पटक दश बीस रुपैया ज्याला भनेर विक्रमलाई दिन्थे । यसरी दिनको एक सयदेखि दुई सय रुपैयाँसम्म जम्मा हुन्थ्यो । ग्राहकले होटलमा अडैर दिएको लिस्ट र मोलसमेत एउटा कापी पानामा लेखेर राख्थ्यो । ग्राहकले कति भयो भनेर सोध्ने बित्तिक्कै उसले फटाफट भनी दिन्थ्यो । कसैले किन कसरी भनेर कहिल्यै सवाल उठायो भने उसले कापी पाना देखाई दिन्थ्यो । यसरी प्रत्येक ग्राहक ऊदेखि सन्तुष्ट थिए । यसरी एक पैसा गोलमाल नभएको र ग्राहकहरु पनि खुशी भएको देखेर साहु पनि खुशी भयो ।

क्याबिनमा कहिलेकहिं केटाकेटी दुईजना मात्र बस्न जान्छन् । क्याबिनभित्र अरुलाई नपठाउनु भनेर वियर मगाएर पिउँछन् । तास माग्छन् । सेकुवा माग्छन् । ऊ सामान दिन जाँदा उनीहरु अङ्गालो मारेर बसिरहेका हुन्थे । विक्रम बच्चा भनेर उनीहरुले परवाह गर्दैनथिए । कहिले त मुख मुख पनि जोडेर बसिरहेका हुन्थे । उनीहरु क्याविनमा धेरैबेर बस्नको लागि केही न केही सामान मागिरहन्थे । विक्रमलाई सानो बच्चा ठानेर उसको अगाडि उनीहरु जे गर्न पनि धक मान्दैनथे । उनीहरुको कुरा उसलाई रमाइलो लाग्दथियो । उनीहरु बाहिर काउन्टरमा आएर पैसा तिदैनथे । विक्रमले बिल बनाएर लैजान्थ्यो । बिल हेरेर पैसा दिन्थे । फिर्ता आएको पैसा विक्रमलाई नै दिएर जान्थे । यसरी पाएको पैसा बचाएर उसले एउटा सुटकेश किन्यो । आपूmलाई र भाइलाई नयाँ लुगा किन्यो ।

दिन बित्यो, महिना बित्यो । विक्रमले रमाइलैसित दिन बिताइरहेको थियो । फुर्सदको बेला ऊ नारायणघाट बजार, भरतपुर, बसपार्क हरेक ठाउँमा घुम्न जान्थ्यो । यसरी घुम्दा घुम्दै सहर बजारका युवाहरुसँग पनि उसको चिनजान भयो । उनीहरु उसको होटलमा खान आउँथे । उनीहरुको कुरा सुनेर विक्रम छक्क पर्दथियो । उनीहरु हजारको होइन, लाख रुपैयाँभन्दा कमको त कुरै गर्दैनथे । उनीहरु चार पाँचजनाले नै तीन चार हजार रुपैयाँ खर्च गरेर जान्थे । उनीहरुको त्यस्तो आम्दानी हुने के काम होला भनेर ऊ सोच्थ्यो । उनीहरु हरेक दिन नयाँ नयाँ जिन्स पाईन्ट, नयाँ डिजाइनका जुत्ता लगाएर आउँथे । उनीहरु कुरा गर्थे–नारायणघाटमा आजमात्र आएको यो जुत्ता पाँच हजार रुपैयाँ प¥यो । यो पाइन्ट दुई हजार रुपैयाँ प¥यो ।” 

उनीहरु आउँदा होटल नै मग मगाउने सेन्ट छरेर आउँथे । विक्रमलाई पनि उनीहरुजस्ते बन्न मन लाग्यो । उनीहरुकोजस्तै आम्दानी हुने काम गर्न मन लाग्यो । त्यसैले उनीहरुको कुरा ध्यान दिएर सुन्न थाल्यो ।

एक वर्ष बित्यो ।होटलको मिठो चिल्लो खाना खाएर विक्रमको जीउ फुल्यो । आफ्नो उमेर भन्दा चार–पाँच वर्ष जेठो जस्तो देखिन थाल्यो । विवेक तीन कक्षा पास गरेर चार कक्षामा पढ्न थालेको थियो । अब त्यो होटेलको सबैभन्दा पुरानो स्टाफ विक्रम नै भइसक्यो । ऊभन्दा अगाडि काम गरिरहेकाहरु सबैले छाडेर गइसकेका थिए । त्यहाँ विक्रमजस्तै कहीं जाने ठाउँ नभएकाहरु, घर जान बेखर्चि भएकाहरु काम गर्न आउँथे । दुई चार महिना काम गरेर बाटो खर्च भएपछि छाडेर जान्थे । त्यसैले त्यहाँ काम खोज्न आउनेहरुको कमि थिएन ।

त्यो होटलको मेरुदण्ड नै विक्रम भइसकेको थियो । विहानदेखि मसला पिस्ने, मासु काट्ने सबै काम विक्रमले नै गर्दथियो । तत्कालको लागि उसले काम छाडेर गयो भने त्यो होटल चलाउने मुस्किल हुने भइसक्यो । साहुले उसलाई महिनाको दुई हजार रुपैयाँ तलब दियो । बस्नको लागि एउटा राम्रो कोठा पनि दियो । विक्रम आफ्नो स्थितिमा खुशी नै थियो । ऊ नारायणघाट आएदेखि एकचोटि पनि आफ्नो घर गएको थिएन । अब उसलाई घरको सम्झना आउन पनि छाडिसकेको थियो ।


पाँच

सँधैझै एक बजेदेखि मानिसहरु तास खान आए ।विक्रमको काम सुरु भयो ।एक जना मानिसले एक प्लेट तासको अर्डर दियो । तास लिएर विक्रम उसको टेबुलमा गयो । थाल टेबुलमा राखेर त्यो मान्छेलाई हे¥यो । उसलाई त्यो मान्छे चिने चिने जस्तो लाग्यो । उसले त्यो मान्छेलाई एकटकले हेरिरह्यो । त्यो मानिसले पनि उसलाई हे¥यो । कहीं चिने चिनेजस्तो लाग्यो । तर यही हो भनेर ठम्याउन सकेन ।

“बाबा। म तपाईको छोरा विक्रम हुँ ।” विक्रमले आफ्नो बाबालाई चिनेर अङ्गालो मा¥यो ।

विक्रमको बुबा विशवनाथ बसेको ठाउँबाट जुरुक्क उठ्यो । “मेरो छोरा” भनेर बिक्रमलाई अङ्गालो मा¥यो ।

धेरैबेरसम्म बाबु–छोरा एकले अर्कोलाई अङ्गालो मारेर रोइरहे । विश्वनाथको आँखाले कान्छो छोरालाई यताउता खोजिरह्यो । चारैतिर आँखा घुमाएर हेर्दा पनि कान्छो छारालाई कहीं नदेखेपछि विश्वनाथको मन सशंकित भयो । उसले विक्रमसँग सोध्यो, “विवेक खोई ?”

“भाइ स्कूल गएको छ ।”

“कति कक्षामा पढ्छ ?“

“अहिले यहीं सरकारी स्कूलमा कक्षा पाँचामा पढिरहेको छ ।”

“तिमीहरुलाई कस्तो छ ?”

“बाबा, हामीलाई यहाँ राम्रै छ । यहाँको बाले पनि हामीलाई तपाईंले जस्तै माया गर्नु भएको छ ।” विक्रमले होटल साहुलाई आफ्नो बुबाको परिचय दिंदै भन्यो, “बा, उहाँ मेरो बाबा ।”

“नमस्कार साहुजी, तपाईले मेरो छोराहरुलाई विचलित हुनबाट जोगाई दिनुभयो । त्यसको लागि तपाईलाई धेरै धेरै धन्यवाद ।” विश्वनाथले भन्यो ।

“मैले के नै गरेको छु र ? दुई भाइ काम माग्न आए । काम दिएर राखें । बरु विक्रमले मलाई गुण लगाएको छ । अहिले मेरो होटल नै उसले चलाइरहेको छ भने पनि हुन्छ ।

विश्वनाथले आफ्नो थालबाट एकटुक्रा तास विक्रमको मुखमा हाल्न खोज्यो । विक्रमले पनि मुख आँ गरेर खायो । यो देखेर साहुले अर्को एक प्लेट तास विक्रमको अगाडि राखिदियो । विक्रमले दुईटै थाल उठाएर क्याविनतिर लग्यो । विश्वनाथ पनि उसको पछि लाग्यो । क्याविनमा बसेर तास खाँदै बाबु छोरा दुःख सुखका कुरा गर्न थाले ।

“बाबा, हाम्रो घर कस्तो छ ? घर छाडेर आएदेखि म एकचोटि पनि गएको छैन ।”

“हाम्रो घर उजाडिएको छ छोरा । म पनि घरभित्र पसेकै छैन । हाम्रो घर त गाई भैंसीको गोठभन्दा पनि गए गुज्रेको छ ।”

“तपाईं कहाँ बस्नु भएको छ ?”

“म चन्द्रावती भाउजूको घरमा बसिरहेको छु । आज तिमीहरु पनि मसँग आउने होइन ?”

   “होइन बाबा, अहिले विवेकको परीक्षा चलिरहेको छ । उसको परीक्षा सकिएपछि आउँला, अनि हामी सँगै बसूँला ।

“तिमीले कति पढेका छौं ?”

“मैले छ कक्षा पास गरेको छु । आमा गायब हुनुभयो । हामीलाई सबैले हेल ागर्न थाले अनि गाउँमा नबसी यहाँ काम गरेर बसिरहेको छु ।”

“ठीक छ, आज विवेकलाई लिएर जान्छु । भोलि स्कूल समयमा पु¥याउन आउँला ।”

होटलमा खाजा खान आउनेहरुको भिड बढ्न थाले । विक्रम काम गर्न जानुप¥यो । उसले एउटा कुर्सी होटलबाहिर आँगनमा राखिदियो । विश्वनाथ त्यही कुर्सीमा बसेर कान्छो छोराको प्रतिक्षा गर्न थाल्यो । विक्रम आफ्नो काममा लाग्यो ।

स्कूल गएर आएका बच्चाहरु धमाधम आउन थाले । विश्वनाथको आँखा उतैतिर गईरह्यो । बच्चाहरुको भीडमा उसले आफ्नो छोरालाई खोज्न थाल्यो । उसको कान्छो छोरा आाज कत्रो भयो होला ? उनले चिन्न सक्छ कि सक्दैन ? ऊ सानो छँदा नै छाडेर गएको कसरी चिन्छ ? नीलो आकाशे रङ्गको सर्ट र गाढा नीलो रङ्गको पाइन्ट र कालो जुत्ता लगाएको एकजना केटा सरासर होटलभित्र पस्यो । उसले विश्वनाथलाई वास्ता पनि गरेन । ऊ भित्र पस्ने बितिक्कै विक्रमले उसको हात समातेर विश्वनाथको अगाडि उभ्याउँदै भन्यो, “बाबा, भाइ विवेक । तपाईले चिन्नु भएन ?” फेरि विवेकतिर हेरेर भन्यो, “भाइ, उहाँ हाम्रो बाबा ।”

विवेकले विश्वनाथलाई आश्चर्यचकित भएर हेरिरह्यो । केहीबेरसम्म केही पनि नबोली ट्वाल्ल हेरिमात्र रह्यो । अलिकति पनि हलचल गरेन ।

“यता आउ छोरा ।” विश्वनाथले विवेकको हात समातेर तान्यो । विवेक विस्तारै अगाडि बढ्यो । विश्वनाथले उसलाई एक प्याकेट चाउचाउ र एउटा पू्रmटी पिउन लाग्यो ।

“छोरा आज हामी हाम्रो घर जाने है ?” विश्वनाथले विवेकलाई भन्यो ।

“घरमा आमा आउनुभयो ?” विवेकले हँसिलो मुहार बनाएर सोध्यो ।

“घरमा तिम्रो आमा आएको छैन । अब आउँदैन पनि होला । तिमी र ममात्र जाने ।”

“नाईं, दाइ पनि आउने भए मात्र म पनि आउँछु । नत्र म पनि दाइसँग यही बस्छु ।”

“दाइको यहाँ काम छ ।”

“मेरो पनि स्कूल जानुपर्छ ।” यति भनि विवेक उठेर होटलभित्र गयो ।

बच्चाहरुलाई जसले माया गर्छ उनीहरु उसैसँग बस्न रुचाउँछन् । विश्वनाथ बाबु भएर के गर्ने ? विवेकले उसलाई बल्ल चिनेको छ । बाबुको माया कस्तो छ उसलाई के थाहा ? अनि ऊ बाबुसँग जाने किन भन्छ ? विवेकले बाबुले भनेको कुरा विक्रमलाई भन्न गयो ।

“बाबा, विवेक तपाईंसँग जान मानेन । मसँग भएमात्र जाने रे । अहिले म पनि आउँ भने यहाँ काम गर्ने कोही पनि छैन । छिट्टै हाम्रो घर बनाउनुस् अनि हामी तिनैजना सँगै बसूँला ।” विक्रमले भन्यो ।

विक्रमको कुरा सुनेर विश्वनाथ हक्का न बक्का भयो । उसले केही भन्न सकेन । विक्रमको शरीर मात्र हलक्क बढेको होइन । बुद्धि पनि बढेकै रहेछ । उसमा कति जिम्मेवारी बोध भइसकेको छ । यो छोराले जिन्दगीमा केही गर्छ भन्ने सोचेर ऊ एक्लै घर फक्र्यो ।

सरस्वती ज्ञानुरामसँग भागेकी कुरा यकिन भएपछि विश्वनाथ ज्ञानुरामको घर डण्डामा गयो । सरस्वतीाई ज्ञानुरामले राखे पनि उसको कमाई त फिर्ता लिनुप¥यो । ऊ ज्ञानुरामको घरमा पुग्दा ज्ञानुराम घरमा थिएन । उसको आमा र स्वास्नीमात्र थिए ।

“ज्ञानुराम कहाँ छ ?”विश्वनाथले ज्ञानुरामको आमासँग सोध्यो ।

“गोरखपुरमा गएको छ ।” ज्ञानुरामको आमाले भनिन् ।

“ऊ गोरखपुरमा छैनन् । ऊ गोरखपुर नआएको दुई वर्ष भइसक्यो ।”

“खोइ हामीलाई त्यसै भन्छन् । ऊ हरेक तीन चार महिनामा घर आएर हामीलाई खर्च दिएर जान्छ । अरु केही थाहा छैन । बाबु के कामले आउनु भएको होला ?”

“ज्ञानुराम भइदिएको भए यो काम भनेर देखाई दिन्थें । दुई वर्ष पहिले ज्ञानुरामले मेरो स्वास्नीलाई पेट बोकाएर भगाएर ल्यायो । मैले गोरखपुरबाट कमाएर पठाएको पाँच लाख रुपैयाँ पनि लिएर आयो । कस्तौ अधर्मी पापीहरु दुईजना बच्चाहरुलाई बिचल्लीमा पारेर आए ।” विश्वनाथले ज्ञानुरामको आमा र स्वास्नीतिर हे¥यो ।

ज्ञानुरामको आमाको अनुहारमा खासै परिवर्तन भएन । उसको स्वास्नीको मुहारमा आश्चर्यको भाव देखियो ।

“हेर्नुस्, ज्ञानुरामको विश्वासमा मैले उसको हातबाट पैसा पठाई रहें । उसले मेरो घरमा पैसा दिने त के कुरा मेरै स्वास्नी उडाएर ल्यायो । अब म प्रहरीमा उजुरी हाल्छु । ज्ञानुराम आउने बितिक्कै प्रहरीले गिरफ्तार गर्नेछ ।”

ज्ञानुरामको स्वास्नीको आँखाबाट बर्रर आँशु झ¥यो । महिलाले खान लाउन नपाए पनि सहन सक्छ तर अरु कसैले आफ्नो लोग्ने खोसेको उनी कहिल्यै सहन सक्दैनन् । उनले कहिले सासुको मुख, कहिले विश्वनाथको मुख हेर्न थालिन् । ज्ञानुरामको आमाले पनि केही बोल्न सकिनन् । धेरैबेरसम्म वातावरण शान्त बनिरह्यो ।

“बुहारी, तिमी भित्र जाऊ ।” ज्ञानुरामको आमाले बुहारीलाई भनिन् ।

ज्ञानुरामको स्वास्नी गहभरि आँशु राखेर भित्र गइन् ।

“बाबु जे नहुनु पर्ने भइसक्यो । अब सरस्वती तपाईलाई फर्काउँदैमा तपाईंको स्वास्नी हुँदैन । अब उनी मेरी नातीको आमा भइसकिन् । तपाईंको पैसा खाएको छ भने म फिर्ता गर्न लगाई दिन्छु । प्रहरीमा नजानु होला ।”

“ठीक छ, म तीन महिना पखिन्छु । मेरो स्वास्नी मलाई चाहिंदैन ।मेरो पैसा भए पुग्छ ।” यति भनि विश्वनाथ फक्र्यो ।

विश्वनाथले आपूmसँग भएको पैसाले सस्तो खातको ईट्टा किनेर घर बनाउन सुरु ग¥यो । छिटो घर बनाएर छोराहरुलाई घरमा ल्याउने उसको विचार थियो । चारवटा कोठा बनाएर खरको छाना हाल्यो । घरको पछाडि सेफ्टी ट्यांकी बनाएर चर्पी बनायो । त्यति घर बनाउन उसलाई तीन महिना लाग्यो । घर तयार भयो ।उसँग भएको पैसापनि सकियो ।

घर बनाउन सकिएपछि विश्वनाथले छोराहरु लिन गयो । विवेकले पाँच कक्षा पास गरिसक्यो । होटलसाहूले पनि विक्रमको सट्टा अर्को केटा राखेर काम सिकाइ सकेको रहेछ ।

विक्रम, विवेक दुबैजना आफ्ना बाबुसँग घर जान सामान ठीक पारेर आए । यो देखेर होटल साहुले भन्यो, “विक्रम फुर्सदको बेला आउँदै गर्नु है ? कुनैबेला मैले केही कटुवचन बोलेको छु भने मलाई माफ गर्नु ।”

मान्छ जहाँ बस्छ,त्यही उसलाई रमाइलो लाग्छ ।विक्रमलाई नारायणघाट छाडेर जान मन लागेको थिएन । तैपनि के गर्ने ? बाबुले लिन आएपछि जानैपर्छ ।

विक्रम भाइलाई लिएर आफ्नो गाउँ, आफ्नो घर आए। आफ्नो घर पहिलेको भन्दा राम्रो भएको देखेर उसको मन खशी भयो । तर सहरमा पक्की घरमा बसेर आएको अहिले माटो भूमिमा बस्नुपर्दा उसलाई अलिकति नरमाइलो लाग्यो । घरमा सुत्नको लागि एउटा पनि खाट थिएन । मेच टेबुल केही पनि थिएन । भाइले कसरी पढ्छ ? विक्रमको मनमा यही चिन्ताले सतायो ।

“बाबा, हामी सुत्नको लागि एउटा पनि खाट थिएन । मेच टेबुल केही पनि थिएन । भाइले कसरी पढ्छ ? विक्रमको मनमा यही चिन्ताले सतयो ।

“बाबा, हामी सुत्नको लागि खाट छैन । कमसेकम तीनवटा खाट चाहियो । भाइलाई पढाउनको लागि एउटा मेच र एउटा टेबुल चाहियो ।” विक्रमले भन्यो

“छोरा, मैले कमाएर ल्याएको पैसा सकियो ।यी सामानहरु किन्न मैले फेरि कमाउनु पर्छ ।” विश्वनाथले आफ्नो दुखेसो पोख्दै भन्यो, “बाबु, केही दिन दुःख सुख गरेर काटुँ ।”

“बाबा, यी सबै सामान किन्न कति रुपैयाँ चाहिन्छ ?”

“केही नभए पनि कम से कम पाँच हजार रुपैया चाहिन्छ ।”

विक्रम आफ्नो कोठामा गयो । सुटकेश खोलेर पाँच हजार रुपैयाँ निकालेर ल्यायो । आफ्नो बाबालाई रुपैयाँ दिंदै भन्यो, “लिनुस बाबा, मैले केही पैसा बचाएर ल्याएको छु ।”

विश्वनाथ छक्क प¥यो । यस्तो सानो बच्चामा पनि यत्रो बुद्धि । आफ्नो गर्जाे तार्न पाएकोमा ऊ खुशी भयो । सिकर्मीलाई काम अह्राउन गयो ।

विवेकलाई स्कूल भर्ना गराउन पनि विश्वनाथसँग पैसा थिएन । उसले विवेकलाई स्कूल भर्ना गराउनुतिर वास्ता गरेन ।

“बाबा, भाइलाई स्कूल भर्ना गराउनु प¥यो ।” विक्रमले आफ्नो बाबुलाई भन्यो ।

“विक्रम विवेकलाई स्कूल भर्ना गराउन कति रुपैयाँ चाहिने होला ।मसाग त अहिले सय रुपैयाँ पनि छैन ।” विश्वनाथले आफ्नो लाचारी प्रकट ग¥यो ।

“ठीक छ बाबा, भाइलाई म स्कूल भर्ना गर्न लैजान्छु ।” विक्रमले भन्यो ।

“अनि तिमी नपढ्ने ? तिमीले पनि त पढ्नु पर्ला ।”

“पहिले भाइलाई भर्ना गराउँला अनि मेरो बारेमा सोचूँला ।”

विक्रम विवेकलाई लिएर स्कूल गयो । विवेकलाई कक्षा छ मा भर्ना ग¥यो । स्कूलका शिक्षकहरुले उसलाई पनि स्कूलमा भर्ना हुन कर गरे । ऊ पनि कक्षा सातमा भर्ना भयो ।

दुबैजना दाजु–भाइ सँगै स्कूलमा पढ्न जान थाल्यो । स्कूलमा विक्रमको कक्षामा सबैभन्दा अग्लो र जेठो विक्रम नै भयो । उसलाई सबैले लम्बु लम्बु भनेर जिस्क्याउन थाले । मुख बिगारेर जिस्क्याउने एक दुईजनालाई उसले पिटी दियो । शिक्षकहरुले उसलाई त्यसरी झगडा नगर्न सल्लाह दियो । उसलाई नजिस्क्याउन अरुहरुलाई पनि सम्झायो ।

दुबै छोराहरुलाई खाना खुवाएर स्कूल पठाउनु प¥यो । उनीहरुको लुगा धुनु प¥यो । विश्वनाथलाई भ्याइ नभ्याइ भयो । बच्चाहरु स्कूल गएपछि ऊ काममा जान थाल्यो । साँझको खाना कहिले विक्रमले, कहिले विवेकले पकाउँछ । शुक्रवार भयो कि विक्रम नारायणघाट जान्छ । शनिवार पनि दिनभरि ऊ त्यहीं बस्छ अनि आइतवार विहान स्कूल जाने समयमा मात्र घर आउँछ । यसरी नारायणघाटको त्यो तास होटलमा दुई रात काम गर्दा उसले सय दुई सय रुपैयाँ कमाएर ल्याउँछ ।

विश्वनाथले बच्चाहरुको बाबुको मात्र होइन आमाको भूमिका पनि निभाउनु परिरहेको थियो । उसले दुःख पाएको देखेर उसका छिमेकीहरुले अर्को विवाह गर्न सल्लाह दिए । केटी खोजी दिन पनि तयार भए । तर उसले विवाह गर्न मानेन । एउटी केटी विवाह गरेर ल्याएर दुईटा छोराहरु जन्माइन । दुई चारवर्ष ऊ घरमा नहुँदा क्षणिक यौन आवेग शान्त पार्न बच्चाहरुलाई अनाथ बनाएर अर्कैसँग भागिन । बच्चाहरुको, घर समाजको वास्ता नगरिकन गइन् । त्यत्रो मायाप्रितिको कुरा गर्ने आइमाई, बच्चाहरुलाई भुईंमा नराखुँजस्तो माया गर्ने आइमाईले सबैलाई चटक्कै बिर्सेर गइन् । अब आउने केटी कस्ती होलिन् ? ती केटीले उसको बच्चाहरुलाई माया गर्छिन भनेर कसरी विश्वास गर्ने ?

हरेक महिलाको आमा बन्ने चाहना हुन्छ । उनी आमा भइन् भने आफ्ना सन्तानलाई माया गर्न छाडेर अरुलाई त्यति माया गर्दैनन् । यदि उनी आमा बन्न पाइनन् भने अवश्य पनि उसलाई छाडेर जानेछिन् । यस्तै विचार गरेर विश्वनाथले अर्को विवाह नगर्ने विचार ग¥यो ।

विक्रम सात कक्षा पास गरेर आठ कक्षामा पढ्न जान थाल्यो । ऊ सोह्र वर्ष पूरा भएर सत्र वर्ष लाग्यो । विश्वनाथले उसलाई नागरिकताको प्रमाण पत्र लिइदियो । नागरिकता लिएपछि विक्रमले आपूm जवान भएको महसुस ग¥यो । उसले आफुसँग भएको पैसा बैंकमा खाता खोलेर राख्यो ।

घरमा काम भ्याइ नभ्याइ भएकोले विश्वनाथले अब विक्रमको विवाह गरिदिने विचार ग¥यो । यो कुरा उसले विक्रमको अगाडि राख्यो ।विक्रमले हुन्छ पनि भन्न सकेन, हुँदैन पनि भन्न सकेन । केवल मुसु मुसु हाँसी मात्र रह्यो । बाबुको निर्णयमा कुनै विरोध गरेन । 

विक्रम भरखरको केटा भए पनि लोग्ने स्वास्नी भनेको के हो ? उनीहरु बीच कस्तो सम्बन्ध रहन्छ भन्ने कुरो उसलाई थाहा थियो । ऊ नारायपणघाटको होटलमा काम गर्दा युवा–युवतीहरुको कुराकानी उसले सुनेको थियो । अनि उनीहरुको चालढाल सबै आफ्नै आँखाले देखेको थियो ।

विश्वनाथले रजहरका लाजवन्तीलाई आफ्नो घरको जेठी बुहारी बनाएर भित्रायो । भर्खर यौवनको खुड्किलामा टकेकी लाजवन्ती विक्रमको जीवन संगिनीको रुपमा प्रवेश गरिन् । घरमा स्वास्नी ल्याएपछि उसलाई स्कूलमा साथीहरुले जिस्क्याएर हैरान पारे । खाली स्वास्नीको बारे मात्र सोध्न थाले । उसलाई लाज पनि लाग्न थाल्यो । उसलाई स्कूल जान मन लागेन ।

घरमा स्वास्नी ल्याएपछि उसले आपूmलाई ठूलो भएको महसुस ग¥यो । आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको अनुभूति ग¥यो । घर तीनजनाबाट चारजना सदस्य भए । उसको बाबुको एक्लो कमाईले घर खर्च नचल्ने ठान्यो । उसले आफ्नो खाताबाट पैसा निकालेर विश्वनाथलाई दियो ।

विक्रमलाई स्कूल जान मन लागेन । धेरै पढेरमात्र के गर्ने ? सरकारी नोकरी पाउने होइन ।पाँच छ हजार रुपैयाँ कमाउन महिना दिन काम गर्नुपर्छ । धेरै धन कमाएर मोजमस्तीले जीवन गुजार्ने लोभ उसको मनमा पलायो । त्यस्तो काम त नारायणघाटका ती दाइहरुले गर्छन् । उसलाई पनि उनीहरुको समूहमा बसेर काम गर्न मन लाग्यो । विक्रम उनीहरुको खोजिमा नारायणघाट गयो ।

ऊ पहिले काम गर्ने तास होटलमा गयो । त्यो होटलका साहु उसलाई देखेर खुशी हुन्थ्यो । ऊ जहिले गए पनि चूप लागेर बस्दैनथ्यो । त्यहाँ भित्र के काम गर्नुपर्ने हो काम गथ्र्यो । आज पनि ऊ होटलमा जाने बितिक्कै तास र सेकुवा बनाउने मासु छेट्याएर टुक्रा पार्न लाग्यो । त्यसपछि अरु केटाहरुलाई प्याज कसरी, कत्रो टुक्रा पर्ने भनेर सिकायो । यसरी गर्दागर्दै तास पकाउने समया भयो । ऊ आफैले तास बनाउन लाग्यो । उसको काम हेरेर साहु खुशी भयो ।

“हेर कसरी काम गर्नु पर्छ भनेर विक्रमबाट सिक्नु पर्छ तिमीहरुले ।” साहुले भन्यो ।

ठीक समयमा ती दादाहरु सेकुवा खान आयो । सेकुवा पु¥याउन जाँदा विक्रमले तिनीहरुको नाईकेलाई नमस्कार ग¥यो ।

“ओहो ! तिमी फेरि यहाँ काम गर्न आएको हो ?” नाईकेले सोध्यो ।

“होइन दाइ ! तपाईंहरुसँग भेटघाट गर्न आएको ।”

“हामीसँग के काम छ ?”

“नभेटेको धेरै दिन भयो । यहाँ आए तपाईंहरुसँग भेट हुन्छ कि भनेर आएको ।”

“ल ल ठीक छ । दुई बोटल बियर ल्याऊ ।”

उसले दुई बोटल वियर ल्याइदियो । वियर दिएर पनि ऊ त्यहीं ठिंग उभिरह्यो ।

“बस, यहाँ कति दिन बस्ने विचार छ ? अस्ति अस्तिजस्तै भोलि नै जाने कि ?”

“तपाईंहरुले बस भन्नु भयो भने बस्ने । म पनि तपाईंहरुसँगै काम गर्न चाहन्छु ।” विक्रमले भन्यो ।

उनीहरुले एक अर्काको मुख हे¥यो । अनि नाईकेले भन्यो, “हामीसँग काम गर्न मुटु चाहिन्छ मुटु । छ तिमीसँग मुटु ?”

“परीक्षा लिएर हेर्नुस्, अनि थाहा पाउनु हुनेछ ।”

“ल उसोभए भोलि विहान साढे नौ बजे जिल्ला विकास समितिमा आउनु ।”

विक्रमले हुन्छ भनेर टाउको हल्लायो । ती युवाहरुको नाईकेले उसलाई कुर्सीमा बसाए । उसलाई पनि एक गिलास वियर राखिदिए । जसले पियक्कडले झै घुटु घुटु पियो ।

“खुकुरी चलाउन आउँछ ?” नाईकेले सोध्यो ।

“आउँछ ।”

“कहिले चलाएको ?”

“दशैंमा बोका काट्दा एकैमारमा घाँटी छिनालेको थिएँ ।”

विक्रमको कुराले उनीहरु प्रभावित भए । उसलाई पनि उनीहरुसँगै गेस्टहाउसमा लगे । गेस्टहाउस पुगेपछि उसलाई कामको बारेमा सम्झाउन थाले ।

“हाम्रो काममा सबभन्दा ठूलो कुरा इमान्दारिता हो । हामीसँग काम गर्दा कुनै किसिमको धोका दिनुहुँदैन । धोका दिनेको ज्यान पनि जान सक्छ । प्रहरीको फण्डामा प¥यो भने जतिसुकै यातना दिए पनि साथीहरुको नाम पोल्न पाईंदैन । यो धन्दामा आएपछि ज्यानको बाजी लगाउनु पर्छ । ज्यानको माया हुनेले यो धन्दामा नलागे पनि हुन्छ ।” उनीहरुको कुरा सुनेर एकचोटि त विक्रमको मुटु नै थर्कियो। तर आफ्नो आर्थिक अवस्था बलियो पार्न उसले मुटु दह्रो पा¥यो । त्यो दिन विक्रम त्यहीं बास बस्यो ।

भोलिपल्टदेखि उनीहरुले  विक्रमलाई सुराकीको काम दियो । ऊ नयाँ मान्छे, नयाँ केटो भएर अरुले त्यति वास्ता गर्दैनथे ।त्यसैले  उसलाई सुराकी गर्न सजिलो भएको थियो । उसको सुराकीको आधारमा  कारवाही   चलाउँदा कहिल्यै धोका भएन । पछि उसलाई अरु काममा पनि लग्यो । उनीहरुको काम भनेको कसैको उठाउन नसकेको पैसा उठाईदिने, साझेदारीमा नमिलेको जग्गा डर, धाँक दिएर मिलाई दिने । कुनै ठेकेदारको टेण्डर पास  गराउन अरुलाई टेण्डर हाल्न नदिने । होटेल रेष्टुराँमा कसैले गुण्डागर्दीं गर्न खोजे भने उनीहरुलाई तह लगाउने काम गर्थे । यसरी सहयोग गरे वापत उनीहरुले निश्चित रकम पाउँथे । यसरी पाएको रकम उनीहरु तह अनुसार बाँडेर लिन्थे । विक्रम नयाँ  मान्छे, सबभन्दा कम पैसा उसले पाउँथ्यो ।

यसरी पैसा पाएपछि विक्रमका साथीहरुस् कोही पोखरा, कोही हेटौंडा,कोही वीरगंज घुम्न जान्थे । विक्रम आफ्नो घर आउँथ्यो । विश्वनाथले कहाँ गएर आएको भनेर सोध्दा काम गरेर आएको भन्थ्यो । घर खर्च चलाउन भनेर पाँच दस हजार रुपैयाँ दिन्थ्यो ।

घुमेर आएपछि  विक्रमका साथीहरु कोही रक्सी खाएको, कोही नयाँ नयाँ तरुनी केटी लिएर घुम्न गएको यति खर्च भयो, उति खर्च भयो भनेर गर्वका साथ कुरा गर्न आउँथे । विक्रम मीठो मीठो खानेकुरा लिएर घर आउँथे । सबैजना सँगै बसेर खाएर  रमाउँथे ।

कहिले स्वास्नीलाई लिएर बुटवल, कहिले पाल्पा घुम्न जान्थे । लाजवन्तीलाई नयाँ–नयाँ लुगाहरु किनिदिन्थ्यो । लोग्नेसँग विभिन्न ठाउँमा घुम्न पाउँदा लाजवन्ती खुशी हुन्थिन् । उनले विक्रमलार्य हदैसम्मको माया गर्न थालिन् । उनको समर्पणको भावले विक्रम पनि उनीदेखि धेरै प्रभावित भए । विक्रमले कमाएर ल्याएको पैसा मध्येबाट लाजवन्तीलाई कहिले सुनको औंठी, कहिले सुनको सिक्री बनाई दियो । यसरी सामान पाएपछि सामान देखाउन लाजवन्ती माईत जान्थिन् । सबैलाई आफुले पाएको सामान देखाउँथिन् । सबैजनाले उनलाई भाग्यमानी भन्थे ।

विक्रम महिनामा एक दुईचोटि घर आउँथ्यो । त्यो पनि कुन दिन कुन समय भन्ने ठेगान हुँदैनथ्यो । विक्रम घरबाट गएको एक हप्तादेखि नै लाजवन्ती हरेक दिन सिङ्गार–पटार गरेर व्यग्रताका साथ विक्रमको बाटो हेरिरहन्थिन् । विक्रम घर आएपछि रात रातभर नसुतीकान उसँग जिस्किएर मस्किएर उसलाई खशी पार्थिन् । स्वास्नीको यस्तो समर्पित भाव देखेर विक्रम पनि मोहित भएर रात बिताउन मात्र भए पनि घर आउन थाल्यो ।

विक्रमले आपूmले ल्याएको पैसा विश्वनाथलाई घर खर्च गर्न मात्र होइन जम्मा गर्न  पनि दिन थाल्यो । विक्रम राम्रो काममा लागेको छैन भनेर विश्वनाथले थाहा पायो । उसले विक्रमलाई सम्झाउन थाल्यो । तर विक्रम मानेन । विक्रमलाई केही भन्यो भने महिना दिनसम्म घरमै  आउँदैनथ्यो । त्यसैले विश्वनाथले केही भन्न पनि छाड्यो ।

नारायणघाटमा विक्रमको समूहले गर्नेजस्तै काम गर्ने अर्को समूह पनि पैदा भयो । जसले गर्दा कहिलेकहीं दुई समूह वीच भिडन्त पनि हुन थाल्यो । खुकुरी हानाहान हुन थाल्यो । कति पटक त विक्रमको खुकुरी हनाईबाट विपक्षीहरु घाइते भए । अरुलाई घाइते बनाएपछि विक्रम एक दुई महिना नारायणघाट नै जाँदैनथ्यो ।यसरी बराबर झगडा हुन थालेपछि नारायणघाटको शान्ति सुरक्षामाथि सवाल उठ्न थाल्यो । उनीहरुमाथि प्रहरीले निगरानी बढाउन थाले । एकदिन विक्रमको समूहले सुराकीको आधारमा एउटा घरमा लुट्न गयो । घर लुटेर बाहिर निस्कंदा प्रहरीले देखेर लखेट्यो । उनीहरु सबैजना यताउता दौडिए । विक्रम पनि भाग्न सफल भयो । प्रहरीले उनीहरुको नाईके र अरु दुईजनालाई समाते । त्यसपछि उनीहरुको समूह भताभुंग भयो ।विक्रमले नारायणघाट जान छाड्यो ।

विक्रम घरमा बस्न थाल्यो । बजारमा घुमेर दादागिरी गरेर खान पल्केका विक्रमलाई घरमा बसिरहन मन लागेन । ऊ कावासोतितिर लाग्यो । कावासोतीमा दिनभर यताउता गरी चिया पसल, खाजा खाने पसलहरुमा बसेर गफ गर्दै दिन बिताउन थाल्यो । त्यहाँका एक दुईजना गुण्डा किसिमका केटाहरुसँग उसको चिनजान भयो । उसले दिनहुँ ती केटाहरुलाई चिया खुवाउने, खाजा खुवाउने गर्न थाल्यो । जसले गर्दा ती दुईजना केटाहरु उसको पछि लाग्न थाल्यो । एक हप्तामा अरु दुईजना केटाहरु पनि उसको पछि लाग्न थाले । जोसँग दुई चारजना केटाहरु हरदम पछि लाग्छन् । बजारमा उसको पूmर्तिफार्ती बढ्ने त भइहाल्यो ।

कावासोती नवलपरासी जिल्लाको एउटा इलाका प्रशासनिक केन्द्र थियो । जिल्ला प्रशासन कार्यालय परासीबाट हुने काम कावासोतीबाट नै हुन्थ्यो । त्यहाँबाट उत्तरी भेगमा पनि थुप्रै बस्तीहरु भएको हुँदा कावासोती व्यापारिक ल्यायो । पेस्तोल भएपछि ठूूला ठूला व्यापारीहरुलाई धम्क्याएर पैसा असुल्न थाल्यो । पैसा नदिए दिनदहाडै पसल लुट्न बेर लगाउँदैनथ्यो । उनीहरुले आफ्नो पहिचान लुकाउन जहिले पनि मुकुण्डो लगाउँथे । त्यसैले कसैले पनि उनीहरुलाई चिन्दैनन् । एकचोटि लुटेको पैसा बाँडेर लिएपछि उनीहरु पन्ध्र बीस दिन चूप लागेर बस्थे । कोही कावासोतीबाट अन्तै मोजमस्ती गर्न जान्थे । विक्रम भने घरमा गएर स्वास्नीसँग दिन बिताउँथ्यो । यसरी घरमा जाँदा जहिले पनि विश्वनाथले उसलाई यस्तो काम नगर भनेर बराबर सम्झाउँथ्यो । तर उसले बाबुको कुरा कहिल्यै मानेन ।

विक्रमको समूहले पूर्व पश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डमा नाईटबस,ट्रक र कारहरु लुट्न थाले । एकचोटि लुटेको ठाउँमा  अर्को पटक लुट्दैनथ्यो । एक दुई महिनापछि अर्को ठाउँमा गएर लुटपाट गर्थे । यसरी ठाउँ–ठाउँमा गाडीहरु लुटपाट हुन थालेपछि प्रशासनले राजमार्गमा प्रहरी गस्ती बढाई दियो । प्रहरी गस्ती बढ्न थालेपछि उनीहरुले गाडी लुट्ने धन्दा बन्द गरे ।

एकैचोटि हजारौं लाखौं रुपैयाँ आउने धन्दा गरिसकेका उनीहरुलाई अरु काम गर्नै मन लाग्थेन । लूटको धन फुपूको श्राद्ध भनेझै मीठो–मीठो खाएर राम्रा–राम्रा लुगा लगाएर हिंडने बानी भइसकेकाहरु त्यसै कहाँ बस्न सक्थे र ? विक्रमका साथीहरुले उनलाई सम्पर्क गर्न खोजे तर सकेनन् । उसले आफ्नो सक्कली नाम र ठेगाना कसैलाई बताएको थिएन । न त कसैलाई ल्याएको थियो । यस्तो काममा आफ्नो सही ठेगाना बताउनु हुँदैन भनेर उसले नारायणघाटबाट नै सिकेको थियो । त्यसैले नारायणघाटमा उसका साथीहरु गिरफ्तार हुँदा पनि उसलाई पक्रन सकेन । विक्रमले आपूmले कमाएको पैसा मध्ये केही विश्वनाथको खातामा, केही आफ्नो खातामा जम्मा गरिरहेको थियो । केही रुपैयाँ पक्की घर बनाउन ईट्टा र सिमेन्टको लागि पेश्की दिएको थियो ।

केही महिनापछि विक्रम फेरि कावासोती जान थाल्यो । उसका पहिलेका साथीहरु मध्ये चारजना भेट्यो । अरु विदेश गइसकेका रहेछन् । उनीहरुले फेरि आफ्नो पुराना धन्दा सुरु गर्ने निधो गरे । अब उनीहरुको त्यहाँ दादागिरी सम्भब रहेन । त्यहाँ अरु नै ठूलो समूह तयार भइसकेको रहेछ । अब उनीहरु कावासोतीको मालपोत वरिपरी बस्न थाले । कसले कति रुपैयाँमा जग्गा बेच्यो । जग्गा बेतेर आएको पैसा उसले कहाँ राखेको छ पत्ता लगाउन थाले । नगद घरमा लैजानेहरुकहाँ राती डाँका डालेर लुट्ने गर्न थाले । कति ठाउँमा लुट्न सफल भए । कति ठाउँमा असफल भएर भागेर ज्यान बचाउनु प¥यो । उनीहरुको सुराकी राम्रो भएकोले अहिलेसम्म प्रहरी फण्दामा परेका थिएनन् ।

एकदिन एकजना लाहुरे कावासोतीमा जग्गा किन्न आयो । जग्गा किनेर प्लटिङ्ग गरेर बेच्ने उसको योजना रहेछ । लाहुरेले जग्गा पास गराउन मालपोत कार्यालयमा लेखापढी गराउन थाल्यो । जग्गा पास गर्ने अन्तिम समयमा जग्गा धनीको जेठो छोराले आफ्ना भाग जग्गा नबेच्ने भनेर खिचलो निकाल्यो । त्यहाँ कचकच भयो । जग्गा पास गर्नेसमय सकियो । जग्गा पास भएन । जग्गा पास गराउन ल्याएको एक करोड रुपैयाँ बैंकमा राख्न पनि भ्याएन । लाहुरेले त्यो पैसा आपूmसँगै लिएर गयो । यी सबैकुरा विक्रमको सुराकीले ल्यायो । उनीहरुले त्यही रात त्यो पैसा लुट्ने योजना बनायो । उज्यालोमा दुई तीनचोटि घुमेर त्यो घरको निरीक्षण गरे । त्यो घरको निरीक्षणपछि कसले के गर्ने भन्ने कामकाृ बाँडफाँड भयो । एकजना ढोका लगाउनुभन्दा अगाडि त्यो घरमा गएर लुक्ने । एघारबजे उनीहरु गएपछि ढोका खोलिदिने । एकजना ढोकामै बस्ने अरु चारजना माथि जाने भन्ने निधो गरे ।

राती भयो । बजारमा मानिसहरुको चहलपहल कम हुँदै गयो । राजमार्गमा पनि गाडी गुड्न कम भयो । रातको एघार बजे ठीक समयमा योजनाअनुसार उनीहरु त्यो घरमा गए । पहिलेदेखि घरभित्र बसेको मान्छेले ढोका खोली दियो । एकजना ढोकामै बस्यो । अरु चारजना माथि गए । त्यो घरका मान्छेहरुलाई नियन्त्रणमा लिएर लाहुरे सुतिरहेको कोठामा गए । विक्रमले लाहुरेकोकञ्चटमा पेस्तोल राखेर रुपैयाँ माग्यो ।

“मलाई नमार्नुस । म पैसा दिन्छु ।” लाहुरेले खाट मुनिबाट रुपैयाँ भएको ब्याग निकालेर दियो ।

विक्रमले ब्याग खोलेर हे¥यो । ब्यागभित्र टन्न नोटका बिटा थिए ।विना सङ्घर्ष त्यत्रो रुपैयाँ पाएर उनहरु दङ्ग परे । घरका मान्छेहरुलाई एउटै कोठामा थुनेर उनीहरु तल ओर्ले । विक्रमले ब्याग उसको साथी भरतलाई दियो ।

उनीहरु त्यो घरबाट अलि पर पुगेका मात्र थिए ।अगाडिबाट एउटा प्रहरी भ्यान आइरहेको देखे । प्रहरी भ्यान देख्ने बितिक्कै उनीहरु तितरबितर भए । कोही उत्तरतिर भागे । कोही दक्षिणतिर भागे । विक्रमले प्रहरीलाई रोक्न र साथीहरुलाई बचाउनको लागि आफ्नो पेस्तोलबाट दुई राउण्ड हवाई फायर ग¥यो । प्रहरी भ्यान रोकियो । प्रहरीहरु पोजिशनमा बस्यो । त्यतिञ्जेल अँध्यारोको फाईदा उठाउँदै विक्रम राजमार्गतिर लाग्यो ।त्यहीबेला राजमार्गमा एउटा कार आइरहेको देख्यो। विक्रमले पेस्तोल तेर्साएर कार रोक्न लगायो । त्यही कारमा बसेर ऊ भाग्यो । भाग्दा भाग्दै गैंंडाकोट पुग्नै लाग्दा बीच बाटोमा प्रहरी भ्यान रोकिराखेको देख्यो । उसको कार रोक्न लगायो । कारबाट ओर्लेर भाग्न लाग्दा बाटोमा ढुकेर बसेका प्रहरीहरुले उसलाई घेरे । अब आपूm बच्न नसक्ने देखेर उसले दुईटै हात उठाएर आत्मसमर्पण ग¥यो । प्रहरीले उसलाई हतकडी लगायो । उसँग रहेको पेस्तोल खोस्यो  । ऊ बसेर आएको कारको खानतलाशी लियो । कारभित्र केही पनि पाइएन । कारलाई छाडेर उसलाई प्रहरीले भ्यानमा राखेर लगे ।

इलाका प्रहरी कार्यालय कावासोतीमा विक्रमलाई लग्यो । उसको शरीर छामेर हे¥यो । उसको शरीरबाट पाँच हजार रुपैयाँमात्र बरामद भयो ।

“तिम्रो साथीहरु खोइ ?” इलाका प्रहरी कार्यालयका इञ् चार्जले सोध्यो ।

“उनीहरु कोही दक्षिणतिर भागे । कोही उत्तरतिर भागे ।”

“लुटेको पैसा कोसँग छ ?”

“साथीहरुसँगै छ ।”

“तिम्रो साथीहरुको नाम ठेगाना बताऊ ।”

उसले साथीहरुको नाम ठेगाना बतायो । भोलिपल्ट प्रहरीले उसलाई अदालतमा हाजिर गर्न लगे । थप अनुसन्धानको लागि भनेर पन्ध्र दिनको म्याद थपिदियो । प्रहरी अनुसन्धानतिर लागे । उसले दिएको नाम र ठेगाना सबै नक्कली थियो । यो थाहा पाएर प्रहरीहरु ऊदेखि रिसाए ।उसँग केरकार गर्न लागे । केरकारको नाममा प्रहरीले उसलाई चरम यातना दिए । यातनाको कारण ऊ कतिचोटि बेहोस भयो । तर उसले मुख खोलेन । उसलाई यातन दिंदादिंदा प्रहरीहरु नै आजित भए ।प्रहरीले अनुसन्धानको लागि जिल्ला अदालतबाट तीनचोटि म्याद थपेर ल्याए । विक्रमलाई समातेको पच्चिसौं दिनमा उसमाथि जिल्ला अदालतमा मुद्दा दायर ग¥यो । उसमाथि एकैचोटि तीनवटा अभियोग लाग्यो । एक करोड रुपैयाँ डकैती गर्न सहयोग गरेको, प्रहरीमाथि पेस्तोलबाट गोली चलाएको र अवैध हातहतियार राखेकोले हातहतियार खरखजाना मुद्धा लाग्यो । न्यायाधिशले पुर्पक्षको लागि भनेर उसलाई थुनामा राख्नृे आदेश दियो । उसलाई परासी जेल चलान ग¥यो ।

विक्रमको जीवनको इच्छा र आकांक्षा सबैमा तुषारापात भयो । अदालतमा मुद्दा चल्यो । उसको पक्षमा बोल्ने वकिल समेत उसले राख्न सकेन । ऊ प्रहरी हिरासतमा हुँदा पनि उसलाई भेट्न कोही पनि आएन । उसको साथीहरु गिरफ्तार भयो कि भएन उसलाई केही थाहा थिएन । प्रहरीहरुले त कसैलाई गिरफ्तार गर्न सकेको छैन भन्थे ।

विक्रम जेल आएपछि पनि उसलाई कसैले भेट्न आएन । ऊ जिउँदो लाश झै बसिरह्यो । एकदिन अचानक उसको बाबु लाजवन्तीलाई लिएर उसलाई भेट्न आयो । अर्ति दिए झै गरेर उसलाई बाबुले गाली गरेर गयो । लाजवन्तीले उसलाई एकटकले हेरिरहिन् । सायद ससुरोको अगाडि भएर होला केही बोलिनन् । उनको आँखाबाट बलिन्द्र आँशुका धारा बगिरहेको थियो । त्यो आँशुले उनको आँखाको गाजल बगाइरहेको थियो । विश्वनाथले उसलाई खर्च गर्न भनेर दश हजार रुपैयाँ दिएर गयो ।

विक्रमको मुद्दाको अदालतमा पेशी भयो । उसले एकजना वकिल पनि राखेन । दुई वर्षसम्म मुद्दा चलेपछि बल्ल फैसला भयो । उसलाई डकैतीमा पाँच वर्ष, ज्यानमार्ने उद्योगमा पाँच वर्ष र अवैध हातहतियार खरखजानामा तीन वर्ष कैद सजाय सुनायो । ऊ तेह्र वर्षको जेल सजाय भोग्ने मनस्थिति बनाएर बसिरह्यो ।

विक्रम जेल परेको दोस्रो वर्ष पछि एकदिन अचानक माईकबाट तीनचोटि उसको नाम बोलायो । उसलाई भेट्न को आएको होला भनेर उत्सुक भएर ढोकामा गयो । बाहिर उसको स्वास्नी लाजवन्ती आएकी रहिछिन् । एकछिन एकले अर्कोलाई ट्वाल्ल हेरिरहे । दुबैजनाको मुखबाट एक शब्द निस्केन । विक्रमले तीन वर्ष पहिलेको लाजवन्ती । अहिलेको लाजवन्तीको तुलना ग¥यो ।

लाजवन्ती अहिले मस्त जवानीमा पुगिसकेकी थिइन् । गुलाव पूmल भर्खर फक्रेको जस्तै । कसैको हात पर्नासाथ बोटबाट झरी हाल्लाजस्ती भइछिन् । विक्रमले योभन्दा पहिले आफ्नो स्वास्नीलाई यति गहिरिएर हेरेकै थिएन । पहिले त लाजवन्तीलाई उसको एकलौटी हकवाला उपभोग्य सामान ठान्थ्यो । उसको मन लागेको बेला घर जान्थ्यो । बजारबाट किनेर ल्याएको लुगा झै मन लागेको बेला लगाउँथ्यो, मन अघाएपछि फुकालेर हिंडेझै गथ्र्यो । लाजवन्तीलाई त उसलाई मन परेको खेलौना झै गथ्र्यो ।

धेरैदिनको बिछोडपछि आज बल्ल उसले लाजवन्तीको रुप यौवनलाई नियालेर हे¥यो । सावला रङ्गको हिस्सी परेको गोलो अनुहार, स्याउजस्तो रातो गाला, अलि मसिनो आँखा भए पनि कालो गाजल लगाएर ठूलो बनाउने प्रयास गरेकी थिइन् । सिउँदोभरि रातो सिन्दुर हालेर कसैको अर्धाङ्गीनी भनेर जनाएकी होलिन् । उनको ओंठमा रातो लाली थियो । उनको घाँटीमा सुनको सिक्री, कानमा सुनको झुम्का लगाएकी थिइन् । उसले दिएको सामान बिगारेको छैन भनेर देखाउन आएकी होलिन् । विक्रमको आँखा लाजवन्तीको टाउकोबाट चिप्लिंदै छातीमा पुयो । छाती सलले छोपिराखेको भए पनि पुस्ट गोलो आफ्नो आकार देखाइरहेको थियो । उनको जीउडाल पनि बान्की परेको छ । दुई वर्षको अन्तरालमा यत्रो परिवर्तन भइसकेको रहेछ । आज पहिलो पटक उसलाई स्वास्नी राम्रो लाग्यो । यो उसको आँखाको भ्रम हो कि जस्तो पनि लाग्यो । उसले आँखा मिचेर हे¥यो । यो उसको भ्रम होइन वास्तविकता नै रहेछ । लाजवन्तीलाई अङ्गालोमा हालेर धेरैधेरै माया गर्न मन लाग्यो । तर ऊ विवश छ । लाजवन्ती ऊभन्दा टाढा थिइ । उसले छुन पाउँदैन किनकी ऊ एकजना कैदी हो । लाजवन्ती अहिले उसको लागि आकाशको तारा झै भएकी थिइन् ।

विक्रमको मनमा आमाको याद आयो । उसको बाबु दुईचार वर्ष परदेश जाँदा उसको आमाले आफ्नो यौन उन्माद थाम्न नसकेर परिवार, बालबच्चा र समाजलाई तिलाञ्जली दिएर गइन् । दुई दुईजना छोराहरुको माया मोह छिनालेर गइन् । आज जवानीले मस्त उसको स्वास्नी उसको अगाडि उभिरहेकी थिइन् । ऊ उनीबाट अलग्ग जेलमा बन्दी जीवन बिताइरहेको थियो । के लाजवन्तीले उसलाई पर्खिरहन्छिन् र ? उनी के आशामा बस्लिन् ।

“के छ हालखबर ? किन नबोलेकी ?” धेरैबेरपछि विक्रमले लाजवन्तीसँग सोध्यो ।

“के बोल्ने ? केही बोल्ने ठाउँ छ ? तपाई्र यहाँ भित्र बस्नुभएको छ । तपाईंले कसैको कुरा सुन्नु पर्दैन । हामीले त बाहिर अरुको कुरा सुन्दासुन्दा कानै पाकी सक्यो । कसलाई के भन्ने ?” बाँध बाँधेर थुनी राखेको पानीको बाँध फुटेर बाहिर निस्के झै लाजवन्तीले गहभरी आँशु पार्दै भनिन्, “मलाई डाँकाको स्वास्नी भनेर सबैले जिस्काउँछन्, हेला गर्छन् । धारामा पानी थाप्न गयो भने हतपत्ती पानी थाप्नै दिंदैनन् । बुबा र भाइ पनि गाउँको घर बेचेर अन्तै बसाईं सर्ने भनिरहनु भएको छ ।”

“किन ?”

“तपाईंले गरेर बुबा भाइको पनि इज्जत रहेन । गाउँभरिका मानिसहरुको ताना कति सहने भनेर अन्तै जाने रे, जहाँ तपाईंको बारेमा कसैले थाहा नपाएको होस ।”

“अनि तिम्रो के विचार छ ? तिमी कहाँ बस्छौं ।”

“त्यही सल्लाह गर्न म यहाँ आएकी । म पनि बुबाभाइसँगै जान्छु भन्दा बुबाले मान्नु भएन । सासु हुनुहुन्न । लोग्ने छैन । दुईजना लोग्नेमान्छेहरुको बीचमा म तरुनी केटी बस्दा समाजले शङ्का गर्छ रे ! कुरा काट्छ रे ! मलाई बुबासँग जोडेर हेर्न सक्छ रे ! हाम्रो नैतिकताको सवाल छ । त्यसैले माईतीमा बस्न जानु भन्नुहुन्छ ।”

“हुन्छ नि म ननिस्केसम्म माईतीमा गएर बसे भइहाल्छ नि ?”

“मलाई माईती जान पनि मन छैन । तपाईं्र पन्ध्र वर्षपछि मात्र निस्कनु हुन्छ । त्यतिबेलासम्म कहाँ के गरेर बस्ने ? अर्को केटासँग विवाह गरेर जाऊ भन्छन् ।” लाजवन्तीको स्वरमा पीडा झल्किन्थ्यो ।

“त्यो त हो । मलाई पन्ध्र वर्षको जेल सजाय भएको छ । तिमी मलाई पर्खिरहन सक्दैनौं भने जहाँ जान चाहन्छौं जाऊ । मेरो लागि आफ्नो जीवन वर्वाद नगर ।”

“म तपाईंलाई छाडेर जान चाहन्न तर म बस्ने कहाँ ? लाजवन्तीले गहभरि आँशु पार्दै भनिन्, “म मर्न पनि सक्दिन,बाँच्न पनि सक्दिन ।”

मानिस परिस्थितिको दास हो । परिस्थितिले गर्दा केही नबोल्ने लाजवन्तीलाई बोल्न सिकायो । एक्लै कहीं नहिंड्नेलाई,हि.ड्न नजान्नेलाई आज सदरमुकाम आउने हिम्मत दियो ।

“लजु, तिमीले मेरो चिन्ता नलिनु। म जेलभित्रै त मर्दिन होला । एकदिन अवश्य बाहिर निस्कन्छु । तिमीलाई अप्ठ्यारो परे आमाबाबुले भनेको कुरा मान्नु ।” विक्रमले भन्यो ।

लाजवन्ती रुँदै बसेको ठाउँबाट जुरुक्क उठेर गइन् । उनले पछाडि फर्केर पनि हेरिनन् ।

विक्रमको बाबुले पनि उसलाई भेट्न आएन । आउने आशा पनि रहेन । अब स्वास्नी अब स्वास्नी पनि आउने छैनन् । अब उसलाई परासी जेलमा बस्न मन लागेन । काठमाडौं जेलमा सरुवा भएर जान पाउँ भनेर उसले आन्तरिक प्रशासनमा निवेदन हाल्यो । त्यतिबेला माओवादीले देशमा राजतन्त्र विरुद्ध जनयुद्ध गरिरहेको थियो । जनसेनाहरु बन्दुक लिएर ठाउँठाउँमा सरकारसँग भिडन्त गरिरहेका थिए । माओवादी समर्थक जनतालाई सरकारले अनेकौं बहानामा जेलमा थुपार्न थाले । नवलपरासीमा पनि माओवादी आन्दोलन चर्किंदै गयो । आन्दोलन चर्किंदै गए पछि माओवादी कार्यकर्ता र समर्थकहरुको गिरफ्तारी पनि बढ्दै गयो । जेलमा ठाउँको अभाव भयो । मुद्दाको फैसला भइसकेका र अर्को ठाउँमा चलान जान चाहनेहरुलाई चलान पठाउने भयो । विक्रमको निवेदनको आधारमा उसलाई काठमाडौ चलान ग¥यो ।


No comments:

Post a Comment