Monday, October 7, 2024

जिन्दगीका छालहरू उपन्यासको खण्ड तीन —नजरराम महर्जनको वास्तविकतामा आधारित घटना प्रधान उपन्यासको तेश्रो खण्ड

 जिन्दगीका छालहरू उपन्यासको खण्ड तीन —नजरराम महर्जनको वास्तविकतामा आधारित घटना प्रधान उपन्यासको तेश्रो खण्ड 


यो भन्दा पहिले दोस्रो खण्डमा नायक विक्रमको अतीतको बारेको जानकारी दिएको थियो । उ जेल परेको बारे थाहा पाए पछि के भयो ? जेलबाट निस्केपछि विक्रमको जीवन कसरी अगाडि बढ्यो भन्ने जानकारी लिन यो उपन्यास अवश्य पढ्नु होला ।

सात

विक्रमलाई काठमाडौंको भद्रगोल जेलमा ल्याएर राख्यो । परासीको साँघुरो जेलबाट काठमाण्डौंको भद्रबन्दी गृहमा आउँदा विक्रमलाई रमाइलो लाग्यो । ऊ भर्खर आइपुगेको भएर कुनै कोठामा ठाउँ खाली छैन भनेर उसलाई टि.भी.हलमा बस्न दियो । त्यहाँ पनि तीस पैंतीस जना लाईनले सुत्दारहेछन् । तैपनि उसलाई यस जेलमा रमाइलो लाग्यो । यहाँ सबै कुरो व्यवस्थित रहेछ । वन्दीहरु पनि लगभग छसय जना जति थिए । हूल–हूल मानिसहरू भेटिन्छन् । ओरालो उकालो ठाउँ पनि रहेछ । विहान साँझ घुम्नेहरुको भीड लाग्थ्यो । टि.भी. हलमा टि.भी. पनि राखेको थियो । बेलुका नम्बर नभएसम्म हेर्न पाउँथे । खेलकूदको लागि तल ग्राउण्डमा भलिवल, वास्केटवल र ब्याडमिन्टन कोर्ट थियो । चेस त जहाँ बसेर खेले पनि हुन्थ्यो । नयाँ ठाउँ कोही चिनेको थिएन । ऊ एक्लै एक्लै बसिरह्यो ।

एकदिन विक्रम पीपल बोटमुनि छहारीमा बसिरहेको थियो । एकजना अधवैंशे मानिस उसको नजिक बस्न आयो । एकछिन उसको मुहार हेरेर सोध्यो, “नयाँ आएको जस्तो छ हो ?”

“हो, बा परासी जेलबाट चलान भएर आएको चार दिन भयो ।”

“के मुद्दामा आएको ? मुद्दाको फैसला फैसक्यो ?”

“हातहतियार खरखजाना, डाँका र ज्यानमार्ने उद्योगको अभियोगमा पन्ध्र वर्ष कैद तोकेको छ ।”

“अनि तिमीले डाँका डालेकै हो त ? तिमीसँग हतियार थियो ?”

“हो मेरो नेतृत्वमा साथीहरु मिलेर एक करोड रुपैयाँ लेटेका थियौं । मसँग कटुवा पेस्तोल पनि थियो । प्रहरीले लेखेटेपछि साथीहरुलाई बचाउन हवाई फायर गर्दै उल्टो दिशातिर भागें । प्रहरीले मलाई समात्यो । विक्रमले एक शब्द नढाँटीकन सबै कुरा बतायो । उसले पनि ती मान्छेसित सोेध्यो, “बा को घर कहाँ हो ? के मुद्दामा यहाँ आउनु भएको ?”

“मेरो नाम सूर्यमान हो । घर यहीं काठमाण्डौको कीर्तिपुरमा छ । म एकजना व्यापारी हुँ । मेरो ठूलो किराना पसल थियो । वीरगञ्जबाट चामल दाल ल्याएर थोक व्यापार गर्थे ।” सूर्यमानले पनि आफ्नो बारेमा भन्दै गयो, “माओवादीले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना गर्न जनयुद्ध थालेको त थाहा नै होला । सुरुमा दमन गरेर जनयुद्ध दबाउन खोजेको थियो । जति दमन भयो जनयुद्ध झन चर्किंदै गयो । जनताको सहयोग पनि बढ्दै गयो । माओवादीले मसँग पनि सम्पर्क ग¥यो । जनयुद्धमा सहयोग गर्ने हाम्रो पनि कर्तव्य हो भनेर मैले चामल बोराका बोरा सहयोग गरें । कहिलेकहीं आर्थिक सहयोग पनि गर्थें । युवाहरु धमाधम माओवादी जनसेनामा भर्ना हुन थाले । सरकारका भरौटेहरुको नजरमा युवाहरु जतिलाई जनमिलिसिया देखिन थाल्यो ।  कीर्तिपुरको धेरैजसो घरमा सरकारी सेनाले घर खानतालासी गर्न थाले । त्यसैले मैले सरकारी सेनाबाट बचाउन मेरो छोरालाई पढाउने बहानामा अमेरिका पठाई दिएँ । सरकारले जवरजस्ती स्थनीय निकायको निर्वाचन गरायो । त्यसको विरोध गर्दा मलाई आतङ्वादी समर्थक भनेर गिरफ्तार गरेर ल्यायो । अहिले पुर्पक्षको लागि थुनामा राखेको छ । राजतन्त्र ढल्यो भने छिट्टै बाहिर जान पाउँला नभए यहीं जीवन बिताउनु पर्ला ?”

सूर्यमानले कति आत्मविश्वासका साथ भनेको । आपूm जेलमा बस्नु पर्नाको कारणमा उसलाई कुनै अपशोच थिएन । बाहिर जाने आशा पनि छाडेको छैन । उसको कुराले विक्रमको मनमा हौसला बढ्यो । त्यहीबेला एकजना मानिस आएर सूर्यमानलाई बोलाएर लग्यो ।

अर्को दिन विक्रम एक्लै टिभी हलनिर घुरिएर बसिरहेको थियो । सूर्यमानले उसलाई बोलाएर लग्यो । अङ्गालो मारेर तल खेलकूद ग्राउण्डको डिलमा बसायो ।

“तिमीले कति पढेका छौं ?” सूर्यमानले विक्रमसँग सोध्यो ।

“आठ कक्षासम्म पढेर छाडेको ।”

“हेर बाबु, जीवन अमूल्य छ । यसलाई त्यतिकै खेरस नफाल । जेलमा प¥यो भनेर अपशोच नगर्नु । यहाँ बसेर पनि फाईदा लिन सकिन्छ । यहाँ त्यतिकै बसेर दिन बिताउनु भन्दा पढ्ने गर । यहाँ पनि स्कूल छ । यहाँबाट एसएलसी पास गर्न सक्छौं । आजकल पियनको जागिर खान पनि एसएलसी पास हुनुपर्छ । अहिले आठ कक्षामा भर्ना हुने । तीनवर्षमा एसएलसी पास गर्न सक्छौं । म यहाँ बसुन्जेल तिमीलाई सिकाई दिन्छु ।”

सूर्यमान भेटेको विक्रमलाई देवता भेटे झै भयो । उसले विक्रमलाई टि.भी.हलबाट उठाएर आपूmसँगै कोठामा सुताउन लग्यो । आपूmसँगै प्राइवेट भान्सामा खाना खान दियो । उसलाई किताब, कापी र कलम पनि किनिदियो । आठ कक्षामा भर्ना गरिदियो ।

विक्रम विहान नम्बर खुल्ने बित्तिक्कै उठेर मुख धोएर स्कूल जान्थ्यो । स्कूलबाट आएर खाना खाइसकेपछि पढ्न थाल्थ्यो । आपूmले नबुझेको कुरा सूर्यमानसँग सोध्थ्यो ।

विक्रमको मेहेनत र लगनशीलता देखेर सूर्यमान खुशीभयो । विक्रमले राम्रो अंक ल्याएरस कक्षा आठ पास ग¥यो । कक्षा नौमा पढ्न थाल्यो । स्कूलमा शिक्षकहरुले पनि उसलाई विशेष ध्यान दिन थाले ।

विक्रमले नौ कक्षा पनि पास ग¥यो । ऊ दश कक्षामा पढ्दा देशमा माओवादी र संसदवादी पार्टीहरुको बीच राजतन्त्र फाल्ने कुरामा कार्यगत एकता भयो । जंगलबाट माओवादीले जनयुद्ध चर्कायो । सडकबाट संसदवादी पार्टीहरुले सरकार विरुद्ध आन्दोलन चर्कायो । ठाउँ ठाउँमा गोली चल्यो । जनता मरे । तैपनि जनलहर सरकार विरुद्ध सडकमा उत्रबे । राजाले बाध्य भएर आपूmले लिएको कार्यकारिणी अधिकार आन्दोलनरत पार्टीहरुलाई सुम्पिदियो । आन्दोलनरत पार्टीहरुको संयुक्त अन्तरिम सरकार गठन भयो । जसमा माओवादी पार्टी पनि सामेल भयो । संवैधानिक राजतन्त्रब भएको संविधान खारेज गरेर नयाँ अन्तरिम संविधान बनाउनतिर लागे ।

देशमा राजतन्त्र ढलेर अन्तरिम सरकार बनेपछि राजनैतिक बन्दीहरु रिहा हुन थाल्यो । सार्वजनिक अपराधमा कैद गरिएकाहरु पनि छ्टे । यसै क्रममा सूर्यमान पनि रिहा भएर गयो ।

सूर्यमानले हरेक महिना विक्रमलाई भेट्न आइरह्यो । उसलाई खर्च पनि पु¥याइरह्यो । राजनैतिक परिवर्तनको साथै जेलमा धेरै सुधारहरु भयो । बन्दीको सिधा बढ्यो । विशेष गरेर आफन्तहरुसँग भेटघाट गर्ने व्यवस्था राम्रो भयो ।

विक्रमले एसएलसी परीक्षा पनि दियो । रिजल्ट हुँदा ऊ दोस्रो श्रेणीमा पास भयो । सूर्यमानले उसलाई बधाई दिन आयो ।

देशमा राजनैतिक परिवर्तन पछि नयाँ अन्तारिम संविधान बन्यो । गणतान्त्रिक नेपालको नयाँ संविधान बनाउन संविधानसभाको चुनाव भयो । संविधानसभाको चुनावमा माओवादी पार्टीले सबैभन्दा बढी सीट जित्यो । माओवादीको नेर्तत्वमा सरकार गठन भयो ।

एकदिन सूर्यमानले विक्रमलाई भेट्न आयो । उसको मुद्दाको फैसला कागज छ कि भनेर सोध्यो । विक्रमसँग त्यस्तो कुनै कागज थिएन । जेलको आन्तरिक प्रशासनमा त्यो कागज नबुझाएसम्म आधा सजाय माफीको लागि सिफारिस हुँदैन । विक्रमसँग उसलाई पुर्पक्षमा पठाउँदाको कागज सिवाय अरु केही थिएन । सूर्यमानले त्यही कागज लिएर गयो ।

सूर्यमानले नवलपरासी जिल्ला अदालत परासीमा गएर विक्रमको मुद्दा फैसलाको मिशिल नक्कल लिएर आयो । आन्तरिक जेल प्रशासनमा बुझाई दियो ।

त्यो कागजअनुसार त विक्रम छुट्ने बेला भइसकेको रहेछ । एकजनालाई एकैपटक दुई तीनवटा मुद्दा लगायो भने अर्को मुद्दाको कैद हद भएरस जाँदो रहेछ । विजया दशमीको उपलक्ष्यमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, हातहतियार–खरखजाना, चोरी, डकैती आरोपमा थुनामा रहेका जसले आधा सजाय भुक्तानी गरिसकेकालाई आधा सजाय माफी दिएर जेल मुक्त गरियो । जेल मुक्त हुनेहरुमा विक्रमको नाम पनि आयो ।

आपूm रिहा हुने खबर सुनेर पहिले त उसको हर्षको सीमा रहेन । तर त्यो खुशी धेरैबेरसम्म रहन सकेन । उसलाई जिम्मा लिन कोही न कोही आउनुपर्छ । उसको जिम्मा लिन को आउँछ ? ऊ यहाँ आएदेखि उसलाई कसैले भेट्न आएको छैन । उसको बाबु, भाइ र स्वास्नी कहाँ छ ? जिउँदो छ कि मरिसकेको छ उसलाई केही थाहा छैन । उसलाई भेट्न कोही आएन भने उसको घरको ठेगानामा पत्र पठाउँछ । तैपनि कोही आएन भने उसलाई उसको जिल्लाको जिल्ला प्रशासन कार्यालयमा कागज पठाउँछ । जिल्ला प्रशासन कार्यालयले उसको गाउँमा लगेर गाउँहरुको रोहबरमा मात्र उसलाई छोड्ने छ ।

 रिहाइ हुनेहरुको नाम माईकबाट बोलाउने क्रम सुरु भइसक्यो । माईकबाट जसको नाम बोलाउँछ । त्यो मान्छे ढोकामा जान्थ्यो । एकछिन पछि त्यो मानिसको सामान ढोकामा पु¥याईदिन्थ्यो । यसरी धमाधम गइरहेका छन् । माईकबाट नबोलाएकाहरु आफ्ना मान्छे आयो कि आएन भनेर छटपटाइरहेका थिए । विक्रमको मन छटपटिन थाल्यो । उसलाई एउटैमात्र आशा थियो सूर्यमान आउँछ कि । यदि आज ऊ जान पाएन भने दशैं पछिमात्र बाहिर जान पाउने छ । 

जेलमा जतिसुकै सुविधा भए पनि, जतिसुकै स्वतन्त्रता छ भने पनि जेल जेल नै हो । चारैतिरको अग्ला–अग्ला पर्खालबाट बाहिर जान पाउने होइन । मानिस स्वतन्त्रता पे्रमी प्राणी हो । ऊ स्वतन्त्र भएर बाँच्न चाहन्छ । सूर्यमान अमाउने भएदेखि त अघि नै आइसक्नु पर्ने थियो । पहिले सूर्यमानले विक्रमलाई भेट्न आउँदा बाह्रबजेदेखि साढे बाह्रबजेसम्म आइपुग्थ्यो ।

विक्रम यस्तै सोचिरहेको बेला अचानक माईकबाट उसको नाम तीनचोटि बोलायो । माईकबाट तीनचोटि नाम बोलाउनुको अर्थ भेटघाट आएको छ । को आएको होला भनेर विक्रम उत्सकतापूर्वक ढोकामा गयो । ढोकाबाट बाहिर हे¥यो । सूर्यमान आएको रहेछ । उसको हर्षको सीमा रहेन ।

“विक्रम चौधरीको मान्छे” गेटकिपरले भनेपछि सूर्यमान भेटघाटस्थलमा बस्न गयो । विक्रमलाई ढोका बाहिर पठायो । सूर्यमानसँग भेटघाट ग¥यो ।

“म तिमीलाई जिम्मा लिन आएको ।” सूर्यमानले भन्यो ।

“आज म छुट्दै छु भन्ने तपाईंले कसरी थाहा पाउनुभयो ?”

“तिमीलाई छुडाउने सबै प्रबन्ध त मैले गरेको थिएँ । मलाई थाहा हुँदैन र ? ल सामान सबै ठीक पार ।”

“मैले बिहानै सबै सामान मिलाईसकें ।”

“ल भइगो जाऊ  । म कागज मिलाएर तिमीलाई बोलाउन लगाउँछु ।”

विक्रम कोठामा आएर साथीहरुसँग भेटघाट गर्न थाल्यो । एकैछिनमा उसलाई माईकबाट दुईचोटि बोलायो । दुईचोटि बोलाउनुको अर्थ हो ढोकामा सामेल हुने । ऊ ढोकामा गयो । उसलाई ढोकाबाट बिना हतकडी बाहिर पठायो । सूर्यमानसँग जेलरको अफिसमा गयो । त्यहाँ ऊ रिहा भएको भन्ने फाराममा सहि गरायो । त्यसपछि प्रहरी कार्यालयमा गएर पनि सहि ग¥यो । अनि बल्ल उसलाई सामान लिन पठायो । तर ढोकानिरको सिक्रीभन्दा अगाडि जान दिएन । उसको सामान ल्याउन उसको नम्बरको सहनाईकेलाई माईकबाट अर्डर दियो । एकैछिनमा उसको सामान ल्यायो । उसलाई सूर्यमानको जिम्मा दिएर पठायो ।

अब सूर्यमानले उसलाई कहाँ लैजान्छ ? के गर्छ भनेर विक्रम सोच्दै गयो । सूर्यमानले एउटा ट्याक्सीमा उसको सामान राखेर उसलाई सिधै आफ्नो घर लग्यो ।

  सूर्यमानको श्रीमतीले उसलाई रातो टिका लगाएर स्वागत गरिन् । सूर्यमानको घरको चौथो तल्लामा विक्रमलाई कोठा दियो । पाँचौं तल्लामा सूर्यमान बस्थ्यो । त्यसदिन विक्रमलाई सूर्यमानकै भान्सामा खाना खान दिइयो ।

भोलिपल्ट सूर्यमानले विक्रमलाई खाना बनाएर खाना भाँडाकुँडा स्टोभ सबै सामान किनी दियो । उसले आपूm बस्ने कोठामै खाना बनाएर खायो । विक्रमलाई थाहा छ सूर्यमानले उसलाई स्वाबलम्बी बन्न प्रेरणा दिंदै छ । उसको स्वाभिमानको परीक्षा लिंदैछ ।

     एक दुई दिन विक्रमले कीर्तिपुर बजार घुमेर बितायो । अब कहाँ जाउँ ? के गरुँ भयो । काम नगरीकन त्यतिकै बसिरहन पनि मिलेन । ऊ कामको खोजीमा गयो । तर के काम पाउँछ ? सूर्यमानले दिएको चामल सकिन लागिसक्यो । अब फेरि किनी दिन कसरी भन्ने ? उसलाई घर जाउँ कि जस्तो पनि लाग्यो । घरमा गएर के गर्ने ? उसको बाबु आफ्नो आफ्नो घर बेचेर अन्त बसाई सर्ने भनेको सुनेको थियो । यदि साँच्चिकै गइसकेको भए के गर्ने ?

एकदिन विहान ऊ कीर्तिपुरको नयाँबजार घुम्न गयो । एउटा घरको अगाडि एक ट्रिप वालुवा खसाली राखेको थियो । एकजना मानिस त्यो वालुवाको थुप्रोको चारैतिर ईट्टा टुक्रा राखेर घेरीरहेको थियो ।

“यो बालुवा बोक्नु पर्ने हो ?” विक्रमले त्यो मानिससित सोध्यो ।

“हो, तिमीले बोक्ने हो ?”

“कहाँ पु¥याउनु पर्ने ?”

“चार तल्ला माथि तीन सय रुपैयाँ ज्याला दिन्छु ।”

“चार सय दिने भए बोक्छु ।” विक्रमले अन्दाजमा भन्यो ।

साहूले मान्यो । विक्रमले डोकोमा राखेर वालुवा बोक्न थाल्यो । सुरुमा त उसलाई निकै गाह्रो भएको थियो । मानिसको मनमा एउटा दृढ सङ्कल्प हुनुपर्छ ।उसले कुनै पनि काम गर्न सक्छ । विक्रमलाई पैसाको खाँचो थियो । पैसाको लागि उसले कुनै पनि काम गर्न सक्छ । उसले आधा ट्रिप वालुवा बोकी सकेपछि अरु ज्यामीहरु काम गर्न आए । ती ज्यामीहरु वालुवा बोक्न नपाएर साहुसँग कचकत गर्न थाले ।

“तिमीहरु समयमा आउनु पर्छ । एक ट्रिप वालुवा बोकाउन पाँच सय रुपैयाँ दिएर पनि तिमीहरुलाई खुशामद गर्नुपर्छ । यो भाइले चार सय रुपैयाँमा बोक्यो ।”

ती ज्यामीहरुले विक्रमलाई खाउँला झै हेरेर गए । डकर्मी आयो तर ज्यामी छैन । विक्रमलाई ज्यामी काम पनि गर्ने हो कि भनेर सोध्यो । उसले सहर्ष स्वीकार ग¥यो ।

त्यस दिनदेखि विक्रमले ज्यामी काम गर्न थाल्यो । अन्त काम नपाएसम्म यो काम गरे पनि हुन्छ भनेर सूर्यमानले पनि ज्यामी काम गर्न स्वीकृति दियो ।

विक्रमले ज्यामी काम गर्दागर्दै डकर्मी काम पनि सिक्न थाल्यो । काम नभएको बेला यताउता घुमेर बिताउँथ्यो । सूर्यमानको घरको हरेक काम उसले गरिदिन्थ्यो । त्यसैले सूर्यमानको परिवारले उसलाई मन पराइ राखेको थियो । उसले दैनिक पत्रिकाको वर्गीकृत विज्ञापन हेरेर काम गर्न दरखास्त राखेर अन्तर्वार्ता दिन जान्थ्यो । कहिल्यै पास भएन बेकार दरखास्त फारामको पैसा मात्र खेर जान्थ्यो । उसले ज्यामी काम गर्दै छ सात महिना बिताइसकेको थियो ।

विक्रमले आफ्नो अतीतको कुरा बताएर पार्वतीसँग सोध्यो, “भन पारु, अझ पनि तिमी मलाई प्रेम गछौं ?”

“विक्रम अब त म तिमीलाई प्रेममात्र होइन । पूजा गर्छु विक्रम तिमी महान छौं ।” पार्वतीले आफ्नो दुईटै हातको माला बनाएर विक्रमको घाँटीमा राख्दै उसको छाती चुमिन् ।

दुवैजना मिलेर माछा बनाएर खाए । राती आठ बजेमात्र विक्रम घर पुग्यो । उसले खाना पनि खाएन । माछा र चिउरा खाएर उसको पेट भरेको छ ।

विक्रम आज चाँडै सुत्न विछ्यौनामा गयो । विछ्यौनामा पल्टेर छतमा ट्वाल्ल हेरेर मनमा सोच्न लाग्यो । आज उसबाट भयङ्कर भूल हुन लागेको थियो । उसको आमाले पनि पतिको अनुपस्थितिमा आफ्नो क्षणिक यौन आवेग थाम्न नसकेर ठूलो भूल गरिन् । जसले गर्दा उनीहरुको जीवन वर्वाद भयो । आज बाबु कहाँ छ ? आमा कहाँ छ ? भाइ कहाँ छ ? ऊ आपै कहाँबाट कहाँ आउनु परेको छ । उसको जिन्दगीले भर्खर बामे सर्न लागेको थियो । हिंड्ने बेला नै नभइकन खुट्टा भाँचियो भने के गर्ने ? उसले आफ्नो यौन आवेगलाई थाम्नै पर्छ ।

यस्तै सोच्दा सोच्दै उसको दिमाग शुन्य भयो । ऊ भुसुक्कै निदायो ।

आठ

दशैं सकियो । तिहार आयो । तिहार सकियो । माघे संक्रान्ति आयो । एवम रीतले समय बित्दै गयो । विक्रमको व्यापार राम्रो हुँदै गइरहेको थियो । लक्ष्यभन्दा बढी सामान बिक्री भइरहेको थियो ।

एकदिन दक्षिणकालीमा सामान पु¥याएर आउँदा चोभारमा पुग्दा गाडीको पछाडिको पाँग्रा पन्चर भयो । जगेडा पाँग्रा थिएन । त्यसैले गाडी रोकेर पाँग्रा निकाल्यो । पन्चर तालेर हावा भर्ने बेलामा लोडसेडिङ्ग भयो । हावा भर्न पाएन । आठ बजे बत्ती आयो । पार्वतीको सतुङ्गल जाने बस चल्न बन्द भइसक्यो होला । हावा भरेर पार्वतीलाई सतुङ्गल पु¥याएर पैसा बुझाउन कालीमाटी अफिस गयो । अफिस बन्द भइसकेको थियो । विक्रमले प्रदीप साहुलाई फोन ग¥यो ।

“आज अफिस–गोदाम सबै बन्द भइसकेको छ । भोलिमात्र पैसा बुझाउन ल्याउनु ।” प्रदीप साहुले भन्यो ।

विक्रम गाडी लिएर फर्कियो । बल्खुबाट रिङ्गरोड काटेर कीर्तिपुरतिर लाग्यो । कीर्तिपुको त्रिभुवन विश्वविद्यालय गेट नाघेर जाने बित्तिक्कै दुईटा मोटरसाईकलले उनीहरुको बाटो छेक्न आए । ड्राइभरले गाडी रोक्यो । दुईजना केटाहरु ड्राइभरतिर लागे । दुई केटाहरु विक्रमतिर आए । उनीहरुले के खोजेका हुन विक्रमले थाहा पाईहाल्यो । अघि टायर बनाउन झिकेको टायर लिभर विक्रमको खुट्टा मुनि नै थियो । उसले त्यो टायर लिभर दायाँ हातले समात्यो । बायाँ हातले विस्तारै ढोका खोलेर बाहिर निस्क्यो ।

विक्रम गाडीबाट बाहिर निस्कने बित्तिक्कै केटाहरुले उसलाई समात्न खोज्यो । उसको दायाँ हातमा रहेको टायर लिभरले उनीहरुको शरीरको विभिन्न भागमा बजार्न थाल्यो । ती दुबैजना केटाहरु ढले । ड्राइभरतिका दुबैजना केटाहरु खुकुरी नचाउँदै विक्रमतिर आए । दश वर्ष पहिलेको विक्रम अहिले मस्त जवान भइसकेको थियो । दश वर्ष पहिलेको विक्रममा रहेको दानवीय प्रवृति हावी भयो । विक्रमले चारैजनालाई टायर लिभरले हानेर ढाल्यो । चारैजना जमिनमा ढलेपछि विक्रमले प्रहरीलाई फोन गरेर बोलायो । प्रहरीले चारैजना गुण्डाहरुलाई गिरफ्तार गरेर लगे । ती चारजना मध्ये दुईजना त प्रहरीको सर्वाधिक खोजीमा परेकाहरु थिए । प्रहरीले विक्रमको जाहेरी लियो । तुरुन्त घटनास्थलको मुचुल्का उठाएर लग्यो ।

विक्रम घर पुग्यो । उनीहरु यति अवेरसम्म नआएर सूर्यमान चिन्तित भएर घर बाहिरै बसिरहेको थियो ।

“किन यतिबेलासम्म कहाँ गएर आएको ?” सूर्यमानले सोध्यो ।

“टायर पन्चर भएर अबेर भयो । कालीमाटीमा जाँदा अफिस पनि बन्द भइसकेछ । सामान पैसा सबै फिर्ता ल्याएको छु । सामान के गर्ने ?” विक्रमले सोध्यो ।

“गाडीलाई ट्रिपालले छोपेर ताला लगाई राख । हर्के ताला लिन माथि आऊ ” सूर्यमानले भन्यो ।

विक्रम आफ्नो कोठामा गयो । हर्के साहूसँगै माथि गयो । माथि पुग्ने बित्तिक्कै हर्केले अघि गेटनिर भएको घटना सूर्यमानलाई सुनायो । त्यो घटना सुनेर सूर्यमान मुसुक्क हाँस्यो । हर्के छक्क प¥यो । विक्रमको अतीत हर्केलाई थाहा थिएन । सूर्यमानलाई थाहा थियो । परी आएको बेला जे पनि गर्न सक्ने क्षमता विक्रममा छ भन्ने सूर्यमानलाई विश्वास थियो ।

अघिल्लो रातिको खबर अफिसमा पनि पुग्यो । प्रहरीले पत्रिकामा समेत समाचार छाप्न लगायो । विक्रम एक्लैले चारजना गुण्डाहरुलाई ढालेको खूब चर्चा भयो ।

“अबदेखि साँझ छ बजेपछि पैसा बुझाउन आउनु पर्दैन । भोलिपल्ट मात्र बुझाउ ल्याए पनि हुन्छ ।” प्रदीप साहुले भन्यो ।

यो कुरा थाहा पाएर पार्वती आतिइन् । गुण्डाहरुले केही गरेको भए भनेर चिन्ता लिइन् ।

“गुण्डाहरुलाई ढालेर नाम कमाएँ भनेर नफुर्किनु । अब तिमी माथि झन खतरा भयो ।” सूर्यमानले विक्रमलाई सम्झायो, “ती गुण्डाहरु धेरैजनाको समूहमा हुन्छ । उनीहरुमध्ये कसैले पनि कुनैबेला तिमीलाई हमला गर्न सक्छ । होशियार रहनु ।”

विक्रम सतर्क भयो । अब उसले चारबजेसम्म मात्र सामान बेच्न थाल्यो । नत्र पैसा घरमै राखेर भोलिपल्ट मात्र बुझाउन थाल्यो ।

समय बित्दै गयो । विक्रमलाई हिजो अस्तिदेखि मात्र काम गरेको जस्तो लागेको थियो । विक्रमले काम गरेको एक वर्ष पूरा भइसक्यो । बजेट भाषण हुनुभन्दा एक हप्ता अगाडिदेखि कम्पनीलेस सामान दिन बन्द ग¥यो । बजेट भाषण पछि सामानको मुल्य निश्चित हुन्छ अनिमात्र दिने भन्यो । यस अवधिमा एक वर्षको बिक्री र कमिसनको हिसाब भयो ।

प्रदीप साहुसँग विक्रमको एक वर्षको हिसाव किताव भयो । उसले सामान बेचेको मोलको एक प्रतिशत कमिसन र बोनर गरेर प्रदीप साहुले उसलाई पाँचलाख रुपैयाँको चेक दियो । दशवटा क्षेत्रमध्ये सबैभन्दा बढी सामान बिक्री गरेकोले विक्रमलाई एउटा मोटरसाईकल पनि उपहार दियो । प्रदीप साहुले दिएको चेकबाट रुपैयाँ निकालेर विक्रम घर आयो । ऊ सरासर सूर्यमानको कोठामा गयो । सूर्यमान पलङ्मा बसेर किताब पढिरहेको थियो । विक्रमले काँधबाट झोला निकाल्यो । झोलाबाट एक एक हजारको पाँचवटा बिटा निकालेर सूर्यमानलाई दिंदै भन्यो, “बा, आज कम्पनीमा एक वर्षको हिसाव गरेर पैसा ल्याएको । लिनुस् यो पाँच लाख रुपैयाँ ।” 

“मलाई किन दिन ल्याएको ? तिम्रो खातामा जम्मा गरेर आए त भइहाल्थ्यो ।”

“बा, तपाईंले मलाई पुनर्जन्म दिनुभयो । तपाईं मेरो कर्मं दिने. बाबु हुनुहुन्छ । मेरो जिन्दगीको पहिलो कमाइ हो यो । छोराको कमाइमा पहिलो हकदार आमाबाबु नै हुनुहुन्छ ।”

विक्रमको कुरा र व्यवहार देखेर सूर्यमान भावविभोर भयो । उसको आफ्नो छोराले अहिलेसम्म आफ्नो कमाइ भनेर एक पैसा दिएको छैन । छोरा–बुहारी अमेरिकामा बसेर मस्ति गरिरहेका छन् । घर कहिले आउने भन्दा ग्रीन कार्ड पाएपछि मात्र घर आउँछौं भन्छन् । महिनाको एकचोटि फोन आउँछ । सुरक्षाको लागि दुई–चार वर्ष बसेर आउ भनेर पठाएको थियो । अब त त्यहींको बासिन्दा होला जस्तो भइसक्यो । विक्रम नोटको बिटा हातमा लिएर उभिरहेको थियो । सूर्यमानले हात थापेर नोटको बिटा लियो । दराज खोल्यो । दराज भित्र रहेको सेपमा नोटको बिटा राख्यो ।

“विक्रम ! यदि तिमी हामीलाई बुबा आमा मान्छौ ने अबदेखि एउटै भान्सामा खान खानु पर्छ ।”

“होइन बुबा ! म आमालाई दुःख दिन चाहन्न । म तलै पकाएर खान्छु ।”

“छोरा–छोरीलाई खाना खुवाउँदा पनि आमालाई दुःख हुन्छ ?” सूर्यमानको स्वास्नी मनमायाले भनिन् ।

“उसो भए थाल, भाँडा माझ्ने काम मेरो हुनेछ । भान्सामा मैले पनि काम गर्न पाउनु पर्छ ।”

“हुन्छ, फुर्सदको बेला जसले जे गरे पनि हुन्छ ।” मनमायाले भनिन् ।

त्यस बेलादेखि विक्रमले माथि भान्सामा खाना खान थाल्यो । ऊ भान्सामा आमाको सहयोगी बन्यो । उसले घर फर्कने बेलामा कालीमाटी तरकारी बजारबाट तरकारी किनेर ल्याउन थाल्यो । तेल मसलाहरु पनि होलसेलबाटै सस्तोमा किनेर ल्याउँथ्यो । अब सूर्यमान र मनमायालाई बजार धाइरहनु परेन । पहिले ग्याँस सकियो भने सूर्यमानले बजारभरि घुम्नु पथ्र्यो । कहिलेकाहीं ग्यास नपाएर स्टोभ बाल्नुपथ्र्यो । अब भान्साको हेरचाह विक्रमले गर्ने भयो । ग्याँस सकिनु अगाडि नै विक्रमले ग्यास सिलिन्डर गाडीमा राखेर लैजान्थ्यो । साँझ घर आउँदा भरेर ल्याउँथ्यो ।

   विक्रमको व्यवहारले सूर्यमान र मनमायाको मन जित्यो । दुबैजना वीच उसको बारेमा बराबर कुरा भइरह्यो ।

“हाम्रो छोराले घरको चासो कहिल्यै लिएन । यो केटालाई हाम्रो भान्सामा खाना खुवाएदेखि हामीले केही हेर्नु परेन ।” एकदिन मनमायाले आफ्नो मनको कुरसा सूर्यमानलाई बताइन् ।

“हाम्रो छोरा सुखमा हुर्केको त्यसमा पनि एक्लो छोरा पुलपुल्याएर पालेको उसलाई घर व्यवहार के थाहा ? यो केटा दुःखमा हुर्केको, आमाबाबुको माया नपाएको केटो यसलाई सुख दुःख सबै थाहा छ ।”

“विचरा केटा ! भान्सामा जे सामान चाहिन्छ सबै ल्याइदिन्छ । हामीसँग कहिल्यै पैसा पनि लिईंदैन । हामीले उसको मात्र कति खाने ?”

“ऊ हामीले नजन्माएको छोरा हो । उसले हामीलाई आफ्नै आमाबाबु ठानेको छ । हामीले पनि उसलाई आफ्नै छोरा मान्नुपर्छ । उसको कमाइ खान किन हिच्किचाउने ? उसले आफ्नो कर्तव्य निभाइरहेको छ । एकदिन हामीले पनि हाम्रो कर्तव्य निभाउनु पर्छ ।”

“कसरी ?”मनमायाले उत्सुक भएर सोधिन् ।

“समय आएपछि भनूँला ।” सूर्यमानले भन्यो ।

विक्रमले माथि भान्सामा खाना खान थालेदेखि पार्वती विक्रमकहाँ आउँदा उसको समय पनि माथि भान्सामै बित्न थाल्यो । शनिवार एकदिन छुट्टी हुँदा पनि पार्वती बिहानै आउँथिन् । सबैलाई खाना बनाएर खुवाउँछिन् । आपूm पनि खान्थिन् । भाँडा माझ्ने, भान्सा सफा गर्ने, लुगा धोइदिने सबै काम गर्थिन् । एकछिन फुर्सद लिंदैनन् । साँझ खाना खाएर मात्र आफ्नो कोठामा जान्थिन् । बेलुका विक्रमले उनलाई मोटरसाईकलमा राखेर पु¥याउन जान्थ्यो । उसको मोटरसाईकलमा बसेर जान पाएपछि पार्वती मख्ख पर्थिन् ।

पार्वती र विक्रमको हेमचेम देखेर घरपतिबा आमा दुबैजना खुशी थिए । अब पार्वती पनि आफ्नै घरको सदस्य जस्तै भइसकिन् । उनीहरु दुईजनाको विवाह गरिदिन पाए हुन्थ्यो भन्ने सल्लाह भयो । तर योभन्दा पहिले उनीहरुको विचार जान्नु पर्छ । एकदिन सूर्यमानलेस विक्रमलाई भन्यो, “विक्रम ! पार्वती र तिम्रो सम्बन्ध के हो ?”

“......” विक्रमले केही जवाफ दिएन ।

“तिमी मलाई नढाँटीकन भन त पार्वती तिमीलाई मन पर्छ ?”

“मन पर्छ ।” विक्रमले नढाँटीकन भन्यो ।

“पार्वती हामीलाई पनि मन पर्छ । उनी साह्रै भलादमी, मेहेनती छिन् । उनीसित लिमीले बिहे गरे पनि हुन्छ । तिमीहरुको बिहे गर्ने उमेर पनि त भइसक्यो ।”

“होइन बुबा, मन पराउनु एउटा कुरा हो । बिहे गर्ने अर्को कुरा हो । बिहेजस्तो कुरामा हत्तार गर्नु हुँदैन । एकजनासँग विहे गरेर छुट्टिनु प¥यो । मेरो आफ्नै घर नभइकन म विवाह गर्दिन ।” विक्रमले आफ्नो निर्णय सुनायो । 

सूर्यमानले अरु केही बोलेन ।

विक्रमले काम गरेको दुईटा आर्थिक वर्ष सकियो । यसपालि अघिल्लो वर्षमा भन्दा बढी सामान बिक्री भयो । यसपालि उसले बोनस र कमिसन गरेर सात लाख रुपैयाँ पायो । लक्ष्यभन्दा बढी सामान बिक्री गरेकोले कम्पनीले उसलाई यसपालि पनि एउटा मोटरसाईकल उपहार दियो । उसले कम्पनीबाट पाएको सात लाख रुपैयाँ र मोटरसाईकलको साँचो सूर्यमानलाई दियो ।

“मलाई मोटरसाईकलको साँचो किन दिएको ?” सूर्यमानले सोध्यो ।

“मेरो तर्फबाट तपाईंलाई उपहार ।”

“अब पनि तेरो मेरो भन्ने छ ?”

विक्रम चुप लाग्यो ।

विक्रमले काम गरेपछि सूर्यमानलाई पनि फाईदै भएको छ । कम्पनीमा गाडी राखेपछि उसलाई कुनै टेन्सन रहेन । महिना महिनामा गाडी भाडा आइरहेकै छ । सूर्यमानको लोग्नेस्वास्नीको सुनसान जिन्दगीमा विक्रम र पार्वती आएर हराभरा बनाई दिएको छ । त्यसैले उनीहरुको मन प्रफुल्लित भएको थियो । माया भनेको मनको कुरा हो । माया भनेको जति ग¥यो उति बढ्दै जाने हो । विक्रमप्रति सूर्यमानको मनमा यति माया बढ्यो । आफ्नो शरीरको मासु नै काटेर दिउँ कि जस्तो लाग्न थाल्यो । विक्रमको लागि केही गरिदिने विचार ग¥यो ।

“मनमाया, विक्रम हामीले नजन्माएको भए पनि छोराजस्तै भइसकेको छ । दुई वर्षदेखि हामीले उसको कमाई खाएर आएका छौं । अब उसलाई हामीबाट अलग्ग नराख्ने विचार गरेको छु ।” एकदिन सूर्यमानले आफ्नो स्वास्नीसँग सल्लाह ग¥यो ।

“हामीले मात्र चाहेर के गर्ने ? उसको कमाई भएपछि अन्तै घर बनाएर बस्न जान्छ ।”

“उसलाई हामीबाट टाढा हुन नदिन यहीं नजिकैको हाम्रो घडेरीबाट उसलाई घर बनाउन पाँच आना जग्गा दिने विचार गरेको छु । तिम्रो के विचार छ ?”

“राम्रै कुरा हो । अनि कति पैसा लिने नि ?”

“छोरा भनेपछि पनि पैसा लिने कुरा हुन्छ र ? पैसा लिएपछि त बेचेको भइहाल्यो नि ।”

मैले त्यतिकै भनेकी हुँ । बरु छिट्टै एक तल्ला मात्र भए पनि घर बनाई दिएर पार्वती र उसको बिहे गरिदिन पाए पनि हुन्थ्यो ।”

“किन उनीहरु दुई जनामा प्रेम छ भन्ने तिमीलाई पनि थाहा छ ?”

“किन थाहा नहुने । अस्ति मैले पार्वतीसँग सोधी पनि सकें । उनी त विवाह गर्न तयारै छिन् । तर विक्रमले आफ्नै घर नभइकन बिहे नगर्ने भनेको छ रे ।”

स्वास्नीले पनि आफ्नो प्रस्तावमा सहमतिा जनाएपछि सूर्यमानको मन प्रफुल्लित भयो ।

एकदिन विक्रम काममा जान लागेको बेला सूर्यमान उसको कोठामा आयो । 

“विक्रम आज एकदिन तिमी काममा नजानू ।”सूर्यमानले विक्रमलाई भन्यो ।

“किन ?” विक्रमले सशंकीत भएर सोध्यो ।

“आज मसँग मालपोत कार्यालय जाने ?”

“किन बा, के काम छ ?” विक्रमले उत्सुक भएर सोध्यो ।

“तिमीलाई घर बनाउन यहीं नजिकको घडेरी जग्गा पाँच आना दिन लागेको छु । मैले नापी गराएर नक्सा पनि बनाउन लगाएको छु । आज तिम्रो नाममा त्यो जग्गा पास गरीदिने विचार गरेको छु ।”

“त्यत्रो जग्गा किन्न मसँग पैसा कहाँ छ र ?”

“तिमी मलाई बा भन्छौं होइन ? बाको जमिन लिन पनि पैसा चाहिन्छ ?”

“तपाईंकै नाममा भए पनि के भयो र ?”

“हुँदैन । सबैकुरा भावनाले मात्र हुँदैन । तिम्रो र मेरो बाबु–छोराको नाता भनेको भावनात्मक सम्बन्ध मात्र हो । सामाजिक र कानूनी रुपमा तिम्रो ममाथि कुनै अधिकार छैन । मैले तिमीलाई जग्गा पास गरेर नदिइकन तिमीले घर बनाए पनि त्यो घर तिम्रो हुनेछैन । मेरो शेषपछि मेरो छोराले आफ्नो कब्जामा लिन सक्छ ।”

सूर्यमानको कुरा सुनेर विक्रम चूप लाग्यो । दुबैजना विक्रमको मोटरसाईकलमा बसेर मालपोत कार्यालय गए । सूर्यमानले जग्गाको मोल पचास लाख राखेर विक्रमको नाममा जग्गा पास गरिदियो । विक्रम दुई घण्टा कुरेर भए पनि आफ्नो लालपूर्जा लिएर आयो । विक्रमले लालपूर्जा सूर्यमानलाई नै राख्न दियो ।

यी सबै घटनाहरुस विक्रमलाई सपना हो कि विपनाजस्तो लागिरहेको छ । उसको दुई वर्षको कमाइ बाह्र लाख रुपैयाँ सूर्यमानलाई बुझाएको थियो । सूर्यमानले पचास लाखको सम्पत्ति उसको नाममा पास गरिदियो । यतिका मोल राखेर जग्गा पास गराउनुमा पनि रहस्य छ । भोलि सूर्यमानको छोरा बुहारीले त्यो जग्गा फिर्ता लिन चाहेमा पनि पूरा मोल तिरेर लिनु पर्नेछ ।

विक्रमले यो कुरा पार्वतीलाई बतायो । यो सुनेर पार्वती खुशी भइन् । एउटा सानो छाप्रो भए पनि बनाएर विवाह गरुँ भनेर पार्वती कराइन् । विक्रमले हाँसेर टारीदियो ।

समय बित्दै गयो । असार महिना आयो । विक्रमले प्रदीप साहूको सामान बेच्न सुरु गरेको तीन वर्ष पूरा भयो । प्रदीप साहूले बहुराष्ट्रिय कम्पनीको सामाना बेच्न तीन वर्षको लागि सम्झौता गरेको थियो । त्यो अवधि पूरा भयो । अब फेरि नयाँ सम्झौता गर्नुपर्छ । फेरि काम पाउँछ कि पाउँदैन ठेगान छैन । सामानको स्टक रित्तो गर्नुप¥यो । हरेक विश्वाशिला पसलहरुमा उधारै सामान दिएर स्टक रित्तो ग¥यो ।

   उता पार्वतीलाई पनि घरबाट विवाह गर्न दवाव पर्न थाल्यो । उमेर जान लागी सक्यो छिटो विवाह गर्नुप¥यो । उनका दौतरी साथीहरुको विवाह भएर आमा बनी सके । उनको बहिनी पनि विवाह गर्ने उमेर भइसक्यो । पार्वतीको विवाह नभएर बहिनीको विवाहको कुरा उठाउन अप्ठ्यारो भइरहेको थियो । उनको आमाबाबुले कर गर्न लागे । उनले मानिरहेकी थिइनन् । उनी विक्रमसँग वाहेक अरु कसैसँग विवाह गर्न चाहँदिनथी । उनको आमाबाबु र दिदी भने विक्रमसँग विवाह गराउन चाहँदैनथे । पार्वतीले दुर्गालाई विक्रमको विगतको कुरा बताएपछि त झन दुर्गा विरोधी भइन् । उनको विक्रमसँग विवाह नभएसम्म यो कुरा उठिरहन्छ ।

पार्वती विक्रमलाई भेट्न आइन ।

“विक्रम घरबाट स्वीकृति दियो भने हाम्रो बिहे गर्ने भनेको होइन ? हाम्रो बिहेलाई मेरो घरबाट स्वीकृति दियो । अब बिहे गर्ने होइन ?” पार्वतीले विक्रमलाई भनी ।

“हेर पारु ! घरपति बाले मलाई जग्गा त दिनुभयो । अब एक दुई वर्षमा हामी हाम्रै घर बनाउँछौं अनि बिहे गरौंला । बिहे नभए पनि हामी दिन का दिन भेटिरहेकै छौं । किन हतारिएकी ?”

“विक्रम ! तिमी मेरो बाध्यता किन बुझ्दैनौं ? अहिले मैले तिमीसँग विवाह गरिन भने घरबाट मिलाएको केटासँग विवाह गर्नुपर्छ ।”

“तिमीलाई बिहेको यति हतार छ भने विवाह गरेर जाउ । मचाहिं अहिले विवाह गर्दिन ।” विक्रमले झर्केर भन्यो ।

“उसोभए अहिलेसम्मको तिम्रो मप्रतिको मायाप्रीति सबै नक्कली र देखावटी मात्र हो ?”

“तिमी जे ठान । मसँग विवाह गर्ने भए कमसेकम दुई वर्ष पर्खनुपर्छ ।”

विक्रमको कुरा सुनेर पार्वती रिसाइन् । उनी फनक्क फर्केर गइन् । विक्रम छक्क प¥यो । पार्वतीलाई रोकूँ कि के गरुँ भयो । रोकूँ भनेर हेर्दा उनी माइक्रोबस चढेर गइसकेकी थिइन् ।


नौ

पार्वती रिसाएर गएकीले उनको मन खिन्न भयो ।

विक्रमको पन्ध्र वीस दिनसम्म काम नहुने भयो । खाली दिमाग शैतानको घर भने झै उसलाई आफ्नो घरको याद आयो । आफ्नो गाउँ जान मन लाग्यो । उसलाई आफ्ना बाबु, भाइ र स्वास्नीको याद आयो । उनीहरु कहाँ होला । घरमा छ कि छैन । के गर्दै होलान भन्ने जान्न उत्सुकता भयो । आफ्नो गाउँ गए पछि केही न केही अवश्य थाहा पाउन सकिन्थ्यो । आफ्नो गाउँ जानको लागि सूर्यमानसँग सल्लाह ग¥यो ।

“फुर्सदको बेला एकचोटि जाने भए गएर आउनू । तर त्यहाँ पुगेर पुराना साथीहरु भेटेर फेरि पुरानै धन्दामा नलाग्नु । नजानीकन गरेको गल्तीलाई एकचोटि माफी दिन सकिन्छ । तर जानी जानी गरेको गल्तीलार्य कहिले पनि माफी दिन सकिदैन ।” सूर्यमानले भन्यो ।

“मेरो बाबा–भाइको साह्रै याद आइरहेको छ । अहिले काम नभएको बेला भएर जान लागेको हूँ ।”

“ठीक छ, छिट्टै फर्केर आउनू ।” सूर्यमानले विक्रमलाई विदा दियो ।

सूर्यमानले चेतावनी दिएको उसलाई थाहा छ । उसले त्यो चेतावनीलाई मनन गर्ने विचार गर्दै तल आफ्ना कोठामा आयो ।

एउटा ब्यागमा आपूmलाई चाहिने कपडा राख्यो । ब्याग पिठ्यूँमा बोक्यो । हेलमेट लगायो । मोटरसाईकल निकाल्यो । मोटरसाइकल स्टार्ट ग¥यो । आज मोटरसाईकल लिएर जाने विचारले उसले हिजो नै मोटरसाईकल सर्भिसिङ्ग गरेर ल्याएको थियो । हिजो मोटरसाईकल सर्भिसिङ्ग गर्ने ठाउँमा आजकल फर्पिङ्गबाट हेटौंडा चल्ने बाटोमा जाम हुँदैन जसरी गए पनि तीनघण्टामा हेटौंडा पुगिन्छ भनेको थियो । विक्रमलाई त्यो बाटो थाहा थिएन । अहिलेसम्म एकचोटि पनि गएको थिएन । सुमो गाडीहरु उता गएको त उसले देखेको थियो । तर त्यो बाटो कस्तो छ थाहा थिएन ।

उसले आज त्यही बाटो भएर जाने विचारले चोभारको बाटो हुँदै फर्पिङ्ग पुग्यो । कताबाट जाने हो थाहा नपाएरस एकछिन चोकमा रोकियो । काठमाण्डौं–हेटौंडा लेखेको बोर्ड भएको एउटा माइक्रोबस आयो । ऊ त्यही गाडीको पछि लाग्यो । कच्ची बाटो–पक्की बाटो, हरियाली डाँडाकाँडा उकालो–ओरालो बाटो हुँदै विस्तारै अगाडी बढीरह्यो । असार महिनाको समय भए पनि बाटोमा पानी परेको छैन । घाम पनि लागेको छैन । त्यसैले गर्मी पनि छैन । कुलेखानी पुग्यो । एकछिन मोटरसाईकल रोकेर कुलेखानी ड्याम हे¥यो । त्यहाँबाट अगाडी बढ्यो । भीमफेदीमा पुग्यो । त्यहाँ एकछिन रोकियो । त्यहाँ एउटा पुरानो हाइस्कूल छ । हाइस्कूल अगाडि नै भातखाने दुईटा होटलहरु छन । उसलाई भोक पनि लागिसकेको थियो । त्यहीं एउटा होटलमा खाना खायो ।

खाना खाएर भैंसे हुँदै विक्रम हेटौंडा पुग्यो । हेटौंडाबाट मनहरी, लोथर, पर्सा, टाँडी हुँदै नारायणघाट पुग्यो । नारायणघाट पुगेपछि उसलाई त्यो तास होटल हेर्न मनलाग्यो । जहाँ उसले दुई वर्ष बिताएको थियो । उसले विस्तारै मोटरसाईकल मोड्यो । अब त्यहाँ त्यो होटल थिएन । त्यसको ठाउँमा लाइनले सटर भएको ठूलो घर बनी सकेको रहेछ । नारायणघाटको पुलचोकको पेट्रोल पम्पमा ट्यांकीभरी पेट्रोल भ¥यो ।  उसलाई नारायणघाटमा एक मिनेट पनि बस्न मन लागेन ।

उसले मोटरसाईकल स्टार्ट गरेर अगाडि बढायो । नारायणी पुलको बीचमा एकछिन बाईक रोक्यो । उसले दायाँतिर हे¥यो । नारायणी नदीको किनारमा मानिसहरु लुगा धोइरहेका छन । लुम्बिनी ग्याँस उद्योगको नीलो साईनबोर्ड देखिन्छ । उसले बायाँ साइडमा अगाडि हे¥यो । भृकुटी कागज कारखानाको चिम्नीबाट कालो धुवांको मुस्लो निस्किरहेको थियो । यो त्यही ठाउँ हो जहाँ ऊ नारायणघाटमा बस्दा दिउँसो मन खिन्न हुँदा यही नारायणीपुलको रेसिलंगनिर उभिएर नारायणी बगेको हेरिरहन्थ्यो । ऊ त्यहाँबाट अगाडि गयो । ऊ गैंडाकोटको त्यो ठाउँमा पुग्यो । जहाँबाट उसलाई प्रहरीले गिरफ्तार गरेको थियो । अब त त्यो बाटोमा खाली जग्गा नै रहेन । दायाँ बायाँ दुबैतिर घरै घर भइसकेका छन । ऊ अगाडि बढ्दै गयो । भेडावारी पनि नाघ्यो । अब रजहर आउन लाग्यो ।

रजहर त्यो ठाउँ हो, जहाँकी केटी लाजवन्तीसँग उसको विवाह भएको थियो । ऊ परासी जेलमा छँदा लाजवन्तीले उसलाई भेट्न आएकी थिइन । त्यसबेला लाजवन्तीले ऊसँग सोधेकी थिइन्, “म तपाईंलाई पर्खीरहूँ कि अन्तै बिहे गरेर जाऊँ ।”

“जे गर्न मनलाग्छ गर ।” उसले जवाफ दिएको थियो । लाजवन्ती गहभरी आँशु राख्दै गएकी थिइन् । टाढा पुग्दाखेरी पनि फर्की फर्की हेर्दै गएकी थिइन् ।

लाजवन्तीले उसलाई पर्खिरहेकी छिन् कि छैनन् या अन्तै गइसकिन् थाहा पाउन उनको माइतीघरतिर लाग्यो । बुबाले उनीहरुको साथमा नराख्ने भनेको भनेर विक्रमलाई सुनाएको थियो । उसले मोटरसाईकल हाइवेबाट दक्षिणतिर मोड्यो । ससुराली घर जाने बाटोको चोकमा पुग्यो । ऊ टक्क रोक्यो । उसले सोच्न थाल्यो । यदि लाजवन्तीले उसलाई अहिलेसम्म पर्खीरहेकी भए के गर्ने ? उसले पार्वतीलाई पनि बिहे गर्ने वचन दिएको थियो । लाजवन्ती त बिहे गरेर ल्याएकी स्वास्नी । पार्वतीसँग बिहे भएको छैन । उसको पहिलो कर्तव्य लाजवन्तीलाई अङ्गाल्नु हो । लाजवन्ती उसको जीवनको पहिलो प्रेम हो । अरुहरु प्रेम गरेर विवाह गर्छन् । उसले विवाह पछि लाजवन्तीलाई प्रेम गरेको थियो । उसका अरु साथीहरु बजारका केटीहरु लिएर घुम्न जान्थे । ऊ लाजवन्तीलाई लिएर घुम्न जान्थ्यो । यी अतीतका कुरा सम्झँदा उसलाई लाजवन्ती बारे थाहा पाउन मन लाग्यो । ऊ अगाडि बढ्यो ।

उसको मोटरसाईकल ससुरालीको ढोकानिरै रोकियो । मोटरसाईकल स्टायण्डमा राख्यो । हेलमेट फुकालेर बाईकको ऐनामा झुण्ड्यायो । उसले लगाएर आएको कालो चश्मा पनि फुकालेर खल्तीमा राख्यो । उसको वरिपरि बच्चाहरु झुम्मिन आए । उसले ससुराली घरमा हे¥यो । घरको ढोका खुल्लै छ । तर कोही पनि देखिंदैन । घरमा मानिस छ कि छैन ? कसलाई के भनेर बोलाउँ ? ऊ यस्तै सोचिरहेको बेला उसको ससुराली घरबाट एकजना बच्चा टुकु टुकु बाहिर आयो । ऊ विक्रमनिर आइपुग्यो । ती बच्चाले मोटरसाईकल चढ्न खोजेको उसले थाहा पायो । उसले बच्चालाई उठाएर मोटरसाईकलको ट्यांकी माथि राख्यो । बच्चा खुशी भयो । उसले दुईटै हातले ट्यांकीमा प्याट्ट प्याट्ट हिर्काउन थाल्यो । विक्रमले त्यो घरमा हे¥यो । अझ पनि त्यो घरबाट कोही बाहिर निस्केन । विक्रमले मोटरसाईकलको हर्न बजायो, “ट्वाँ ट्वाँ” । हर्नको चर्को आवाज सुनेर बच्चा तस्र्यो । बच्चा रोयो । विक्रमले नरोऊ भनेर फकाउन खोज्यो । बच्चाले रुन छाडेन ।

त्यो घरबाट एउटी आइमाई सारीको सप्कोले टाउको छोपेर बाहिर आइन् । ओहो ! उनी त लाजवन्ती नै रहिछिन् । लाजवन्तीले पनि उसलाई देखिन् । दुबैजनाको आँखा जुध्यो । लाजवन्ती टक्क रोकिइन् । दुबैजनाको मुखबाट एक शब्द पनि निस्केन । केवल आँखाले हेराहेर मात्र भयो । दुबैजनाको आँखामा आश्चर्यको भाव झल्किरहेका छन् । लाजवन्तीलाई देखेर बच्चा झन रोयो । लाजवन्ती दौडेर आइन् । उनले बच्चा लिन खोजिन् ।

“यो बच्चा तिम्रो हो ?” विक्रमले बच्चा रोए पनि नदिइकन सोध्यो ।

“हो ।” लाजवन्तीले सानो स्वरमा भनिन् ।

“कहिले बिहे गरेको ?”

“तीन वर्ष भयो ।”

अब विक्रमलाई योभन्दा बढी सोध्न मन लागेन । सोधिरहने जरुरत पनि रहेन । बच्चालाई उचालेर लाजवन्तीको हातमा दियो । हेलमेट लगायो । मोटरसाईकलको स्टायण्ड हटायो । मोटरसाईकल स्टार्ट गरेर फनक्क फर्केर आयो ।

लाजवन्तीले विवाह गरी सकिन । उनी बच्चाको आमा पनि भइसकिन् । अब त्यो घर उसको ससुराली घर रहेन । अब त्यो घरमा जाने कुरै भएन । लाजवन्तीले तीन वर्ष पहिले मात्र विवाह गरेको भन्दा उसको मन दुख्यो । ऊ जेलबाट निस्कने बित्तिक्कै लाजवन्तीलाई भेट्न आएको भए अहिले उनीहरुको यो अवस्था हुने थिएन । तर बच्चाको आमा भइसकेकी माइतीमा किन बसिरहेकी छिन ? त्यहाँका अरु मानिसहरुले विक्रमलाई चिनेन होला । कोही पनि उसको नजिक आएर कुरा गर्न आएनन् । विक्रम रजहरबाट फर्केर दलदले हुँदै कावासोती पुग्यो । समयले मानिसको जिन्दगीमा ठूलो परिवर्तन ल्याइदिन्छ । त्यस्तै सहर, गाउँ बजारमा पनि परिवर्तन ल्याइदिंदो रहेछ । उसको जिन्दगीमा परिवर्तन आएजस्तै कावासोतीमा पनि निकै परिवर्तन भइसकेको छ । पहिले उनीहरु जमघट हुने त्यो सानो चिया पसल अहिले रेष्टुराँ एण्ड बारको साईनबोर्ड झुण्ड्याइएको छ । उसलाई कावासोतीमा ओर्लूँ कि जस्तो लाग्यो । उसले सूर्यमानको वचन झट्ट सम्झ्यो । कावासोतीमा उसका साथीहरु मात्र छैनन् शत्रुहरु पनि त छन । जसले देखे पनि उसलाई रोक्नेछ । ऊ घर जान पाउने छैनन् । उसले बिर्सीसकेको पुरानो बाटो पहिल्याउन बाध्य पनि हुनसक्छ । उसको कदम डगमगाउन पनि सक्छ । ऊ त्यहाँ रोकिएन । ऊ अगाडि बढ्यो । डण्डा नाघेर चोरमारा आयो । त्यहाँ एकछिन रोकेर चिया पियो ।

त्यसपछि अरुणखोला, दुम्कीबास, दाउन्ने हुँदै वर्दघाट पुग्यो । ऊ त्यहाँ पुग्दा साँझ परिसक्यो । ऊ एकछिन त्यहाँ रोकियो । उसले चारैतिर हे¥यो । समयले सबै ठाउँमा परिवर्तन ल्याई सकेको छ । उसले त्यहाँ एक कप चिया पियो । आपूmले चिनेका कोही मान्छे भेटिन्छ कि भनेर यताउता हे¥यो । कोही पनि देखेन । अपरिचित नयाँ अनुहारमात्र देख्यो ।

ऊ आफ्नो गाउँतिर लाग्यो । बाटोमा हिलो छ । विहानतिर पानी परेको होला । बाटो कहीं गिट्टी रोड थियो । कहीं पीच उप्केर खाल्डाखुल्डी भएको थियो । जे होस् पहिलेजस्तो अहिले बाटो चिप्लो छैन । अँध्यारो भइसकेको थियो । उसले मोटरसाईकलको हेडलाईट बाल्यो । बाटोमा फाट्टफुट्ट रिक्सा चलिरहेको छ । बजारबाट फर्केका वयल गाडाहरु पनि आफ्नो घरतिर लागिरहेका छन । बाटो सबै आफ्नै हो भने झै बीचबाटोबाटै वयल गाडा चलाईरहेको छ । उसले हर्न बजाएर साईड माग्यो । वयल गाडाले साईड दिएन । अरु सबैमा परिवर्तन आइसकेका छन तर वयल गाडा र बयल गाडा चलाउने गाडावालको मानसिकतामा परिवर्तन भएको छैन । विपरीत दिशाबाट एउटा गाडी आयो । उसको अगाडिको बयल गाडा साईड लाग्यो । यही मौका छोपेर उसले ओभर टेक गर्ने बाटो पायो । ऊ अगाडि बढ्यो ।

उसले आफ्नो घर कुन हो भनेर ठम्याउन सकेन । चन्द्रावतीको घर देखेर उसले त्यो ठाउँ थाहा पायो । त्यहीं मोटरसाईकल रोक्यो । पहिले जहाँ उसको घर थियो । अहिले त्यो घरमा ६ फुटे पर्खाल लगाएर अगाडि फलामको गेट लगाइएको छ । जमिनको बीच भागमा एउटा तीनतले पक्की घर छ । घरमा बत्ती बालीराखेको छ । यो उसको घर हो कि होइन ? उसको बाबुले जग्गा बेच्ने भनेको भनेर लाजवन्तीले बताएकी थिइन् । कहीं उसको बाबुले जग्गा बेचेर अरुले घर बनाएर बसेको हो कि ? यो कसको घर हो सोधूँ भनेर उसले वरिपरि कोही छ कि भनेर हे¥यो । कोही पनि देखेन । सबै घरहरु पक्की घर भइसकेका छन । सबै घरको ढोका बन्द छ । पहिले पूmसको घर हुँदा मानिसहरु गाई–गोरु स्याहारेर बाहिर बसेर गफ गरिरहेका हुन्थे । अब त्यो वातावरण रहेन । उसले मोटरसाईकलको हर्न बजायो ।

त्यो घरबाट एकजना मानिस सानो गेट खोलेर ढोका बाहिर आयो । उसले त्यो मान्छेलाई हेडलाईट बालेर हे¥यो । ओहो ! ऊ त उसको बाबु विश्वनाथ रहेछ । ऊ मोटरसाईकलबाट ओर्लियो । हेलमेट फुकाल्यो । उसले विश्वनाथको खुट्टा छुन खोज्यो । विश्वनाथ एक कदम पछाडि सरेर ऊसँग सोध्यो, “तिमी को हौ ?”

“म विक्रम तपाईंको जेठो छोरा ।” विक्रमले आफ्नो परिचय दिंदै भन्यो ।

विश्वनाथले एकै झट्कामा ‘मेरो छोरा’ भनेर अङ्गालो अङ्गालो मा¥यो मानौं अब उनीहरु दुईजना कहिल्यै छुट्टिन नपरोस् । एकछिन वातावरण शान्त भयो । एकछिन पछि दुबैजना छुट्टिए ।

विश्वनाथले गेट खोलि दियो । विक्रमले मोटरसाईकल भित्र राख्यो । दुवैजना घरभित्र गए । विक्रमलाई बैठक कोठामा लग्यो । सोफामा बस्यो । विश्वनाथ पनि उसको नजिक बस्न आयो । धेरैवर्षपछि बाबु–छोरा भेट भएको कुरा कहाँबाट शुरु गर्ने जस्तो भइरह्यो । एकले अर्कोलाई ट्वाल्ल हेरिरह्यो ।

“तिमी कहाँबाट आएको ?”

“म आजै काठमाडौंबाट आएको ।”

“तिमी जेलबाट कहिले छुट्यौं ?”

“चार वर्ष पहिले छुटेको थिएँ ।”

विश्वनाथ एकछिन वक्का न बक्का भयो । उसले भन्यो,“बुहारीले तिमीलाई पर्खिरहेकी थिइन् । चार वर्ष पहिले सडक दुर्घटनामा उनको बाबुको देहान्त भयो । भाउजूको घुर्की सहन नसकेर उनले अरुसँग विवाह गरेर गइन् । अहिले एउटा छोरा पनि भइसक्यो भन्ने सुनेको छु ।”

“अहिले यहाँ आउँदा म रजहर गएर आएको थिएँ । मैले लाजवन्तीलाई भेटेर आइसकें । उनको त छोरा पनि भइसकेछ ।”

“विवाह गरेर उनले साह्रै दुःख पाएकी छिन् भन्ने सुनेको छु । उनको लोग्ने जँड्याहा प¥यो रे । तिमीले दिएको गरगहना हामीले फिर्ता नलिएकोले त्यही गहनाको लोभमा उनको लोग्नेले उनीसित विवाह गरेको रहेछ । उनको लोग्नेले सबै गहना बेचेर खाइसक्यो रे ।”

“भइगो बुबा अब उनको कुरा नगर्नुहोस् । समयले हामीलाई विछोड गराई दियो । यो हाम्रो भाग्यको खेल हो ।”

“तिमीलाई पन्ध्र वर्षको जेल सजाय भएको होइन र ?” विश्वनाथले उत्सुक भएर सोध्यो ।

“मलाई तेह्र वर्षको सजाय भएको थियो । पाँच वर्ष हदमा गयो । देशमा राजनैतिक परिवर्तन भएको लगतै सरकारले कैद माफी दिएकाहरुसँग मलाई पनि छोडेको थियो ।”

“जेलबाट छुटेपछि घरमा आउनु पर्दैन ?”

“तपाईंहरुले मलाई जेलमा एकचोटि भेट्न आउनु भएको होइन । तपाईंहरु कहाँ हुनुहुन्छ मलाई के थाहा ?”

“एकचोटि म परासी गएको थिएँ । तिमी काठमाण्डौं चलान भएर गयो भन्ने सुनेको थिएँ । त्यसपछि काठमाडौं जाने फुर्सदै भएन । तिमी काठमाण्डौंमा के काम गरेर बसेका छौं ?”

“एउटा बहुराष्ट्रिय कम्पनीको सामान बेच्ने काम गर्दैछु । अहिले एक हप्ता काम नभएर घरको हालचाल बुभूmँ भनेर आएको ।”

“यो मोटरसाईकल कसको हो ?”

“मेरो आफ्नै हो ।”

“तिमीले विवाह ग¥यौं ?”

“गरेको छैन । अब गर्नुपर्ला ।” यति भनी विक्रमले आफ्नो काठमाण्डौंको कुरा सबै सुनाएर भन्यो, मसँगै काम गर्ने पार्वती ढकालसँग विवाह गर्ने विचार गरेको छु ।”

“बाहुनकी छोरी तिमीलाई दिन्छ ?”

“नदिए भगाएर ल्याउँला । केटी आउन तयार छ । भाइ खोई ?”

“नारायणघाटमा बसेर पढिरहेको छ ।”

त्यसैबेला एउटी केटी एउटा ट्रेमा पानीको गिलास र चिया दुई कप लिएर आइन् । चियाको ट्रे टी टेबुलमा राखेर गइन् । ती केटी को हुन ? थाहा पाउन विक्रमले सोध्यो, “यिनी को हुन ?”

“विवेककी जहान, हाम्री बुहारी चम्पा । लाजवन्त िमाईती गए पछि घरमा काम गर्ने, घर हेर्ने कोही भएन । सबैजनाले मलाई विह गर भन्न थाले । छोराहरुको बिहे गर्ने बेलामा कहाँ आपूmले विवाह गर्ने भनेर विवेकको विवाह गरिदिएँ । उसले पढाई सकिएको छैन । विवाह गर्दिन भनेर मानीरहेको थिएन । मैले जवरजस्ती विवाह गराई दिएको हुँ ।”

“बुहारी” विश्वनाथले बुहारीलाई बोलायो । बुहारी आइन् । ‘यो तिम्रो जेठाजु विक्रम’ विश्वनाथले बुहारीलाई विक्रम चिनाइ दियो । बुहारीले विक्रमलाई ढोग्यो । विक्रमले शुभाशिर्वाद दियो ।

विक्रमलाई काठमाण्डौंको सूर्यमान बाको याद आयो । उसले सूर्यमानलाई फोन ग¥यो ।

“के हो भर्खर घर पुगेको हो ?”

“होइन अघि साँझ नै पुगेको थिएँ । बाबासँग कुरा गरेर फुर्सदै पाइन । त्यसैले अहिले भर्खर फोन गरेको ।”

“घरको के छ हालखबर ? सबैलाई सञ्चै छ ?”

“सबैलाई सञ्चै छ । बाबासँग भेटें । भाइको विहे भइसकेको छ ।”

“पार्वतीलाई पनि सँगै लगेको हो ?”

“होइन बुबा, म एक्लै आएको थिएँ ।”

“ल अहिले भर्खर पार्वतीको दिदी दुर्गाको फोन आएको थियो । तिमीकहाँ जान्छु भनेर विहान सबेरै ब्याग लिएर निस्केकी पार्वती यतिबेलासम्म घर आएकी छैनन् रे ।”

“उनी पनि सर्लाही घर गइहोली । दुई चार दिन बसेर आउँली नि ।”

“तिमी कति दिन घर बसेर आउने ?”

“दुई चारदिन बसेर आउँछु ।”

“हुन्छ । मेरो कुरा याद गर्नु । नचाहिने ठाउँमा नहिड्नु ।”

विक्रमले फोन राख्यो । ऊ फेरि आफ्नो बाबुसँग कुरा गर्न लाग्यो ।

“बुबाले त निकै आर्थिक प्रगति गर्नु भएको छ । यस्तो राम्रो पक्की घर बनाउनु भएको छ । के काम गरेर कमाउनु भएको ?”

“कहाँ मेरो कमाईले बनाएको हो र ? यी सबै तिम्रै देन हो ।”

“कसरी ? बाह्र वर्षदेखि म यहाँ आएकै छैन ।” उसले आश्चर्यचकित भएर भन्यो ।

“प्रहरीले समातेपछि तिमी जेल प¥यौं । तिम्रो मुद्दा फैसला भयो । तिमीलाई पन्ध्र वर्षको जेल सजाय भयो । लाजवन्तीले तिमीलाई भेटेर आइ । तिमीले उनलाई पन्ध्र वर्षसम्म पर्खीरहनु पर्दैन अन्तै विवाह गरेर जाऊ भने । हामी पनि यो गाउँ नै छाडेर जाँदैछौं भनें । लाजवन्ती हामीलाई छाडेर जान मानिरहेकी थिइनन् । जवान केटी हामीसँगै लिएर हिंड्दा नैतिक संकट आउन सक्छ । त्यसैले माइती जान कर गरिरहें । एकदिन उनी माईती गएकी फर्केर आइनन् । तिमी नै छैन किन बोलाउन जाने भनेर हामी पनि उनलाई बोलाउन गएनौं ।”

विश्वनाथ एकछिन चुप लाग्यो । सुरुपसुरुप चिया तान्दै विश्वनाथले फेरि भन्यो, “हामीले पनि यो जग्गा बेचेर अन्तै बसाई सर्ने विचार गरेर जग्गा बेच्न दलालहरुलाई भनें । हाम्रो घर जग्गा विक्री हुँदैछ भन्ने हल्ला वर्दघाटदोखि कावासोतीसम्म पुग्यो । कावासोतीको तिम्रो साथी भरतले थाहा पाये । ऊ कावासोतीको ठूलो जग्गा दलाल रहेछ । उसले मलाई भेट्न आयो । जग्गा किन बेच्न लागेको भनेर सोध्यो । यो जग्गा बेचेर अन्तै सस्तो जग्गा खोजेर पक्की घर बनाएर बस्ने भनें ।

“तपाईं अन्त कहीं जानु पर्दैन, यहिं बस्नुस । म सक्दो सहयोग गर्छु ।” भरतले भन्यो ।

“हामीलाई सहयोग गर्नें तपाईं हाम्रो को हो ?”

“म विक्रमको अभिन्न मित्र हुँ । तपाईं विक्रमको बुबा, मेरो पनि बुबा हुनुभयो । त्यसैले तपाईंलाई सहयोग गर्नु मेरो कर्तव्य हो । तपाईंको घर पक्की बनाईदिन्छु । भन्नुस तपाईंलाई अरु के सहयोग गरुँ ? तपाई के काम गर्न चाहनु हुन्छ ?”

उसको कुरा सुनेर म छक्क परें । उसले मसँग ठट्टा मात्र गरेको हो कि थाहा पाउन मैले भनें, “म त खेतीपाती गरेर आइरहेको हूँ । मलाई त खेती नै गर्न पाए राम्रो हुन्छ ।”

भरतले ममलाई यहाँभन्दा दुई किलोमिटर पर दश कट्ठा जमिन मेरो नाममा किनीदियो । सिंचाईको लागि चार ईञ्चको बोरिंग हालीदियो । पानी तान्न पम्प किनीदियो । अहिले हामी त्यहाँ तरकारी खेतै गर्र्दछौं । त्यो दश कट्ठा मात्र होइन अरु तीन बिघा जमिन पनि भाडामा लिएको छु । हाम्रो जग्गामा त भैंसीगोठ, गाईगोठको लागि एउटा टहरा बनाएको छु । तरकारीको बिउ ब्याड हाल्न प्लास्टिकको तनेल बनाएको छु । अहिले हामीसँग दश वटा भैंसी र छ वटा गाई छन् । एउटा ट्याक्टर पनि छ ।”

विश्वनाथले चिया खान सिध्याउँदै भन्यो, अहिलेसम्म कति रुपैयाँ भयो भन्दा कहिल्यै यति उति भन्दैनन् । एकदिन भनूँला भन्छ । मैले उसलाई तिर्न पैसा बैंकमा जम्मा गरी राखेको छु । तिमीले यस्तो सहयोगी साथी पायौं । मेरो त साथीले कमाएको पैसा मात्र होइन स्वास्नी पनि लग्यो ।”

विक्रमले विश्वनाथसँग भरतको मोबाईल नम्बर लिएर फोन डायल ग¥यो ।

“हेलो” उताबाट स्वर आयो ।

“हेलो भरत हो ?”

“हो म भरत हूँ । तपाईं को बोल्नु भएको ?”

“मलाई चिनिनस् म को हूँ ?” विक्रमले अलि रोब झारेर भन्यो ।

“यो मोबाइल नम्बर र स्वर मेरो लागि नौलो हो । भन्नुस न तपाईं को बोल्नु भएको ?”

“आजकल खूब पैसा कमाउँदैछस् होइन । ल भोलि खुरुक्क दश लाख रुपैयाँ लिएर वर्दघाट आउनु ।”

“तपाईं को बोल्नु भएको ?” भरतको डर मिश्रित स्वर आयो ।

“यमराज ! तेरो काल ! तँलाई ज्यानको माया छ कि छैन ?”

“होइन हजूर, वर्दघाटमा कहाँ कतिबजे आउने ?”

“ए डरछेरुवा ! मैले यति भन्ने बित्तिक्कै तँ डराइस् ?”

“होइन हजूर ! भन्नुस न वर्दघाट कहाँ आउने ?” भरतको लरबराएको स्वर आयो ।

“विश्वनाथ चौधरीको घरमा आउनू । म विक्रम बोल्दैछु ।”

“ए गधा ! तैंले त मेरो सातोपुत्लो उडाइस् ?”

“धन भएपछि मान्छे कति डरछेरुवा हुँदोरहेछ । पहिले हामी पनि यस्तै अरुलाई डराउँथ्यौ हगि ?”

“तँ अहिले कहाँ छस् ? कहिले छुटिस् ?”

“अहिले म तैंले बनाई दिएको मेरै घरमा छु । चार वर्ष पहिल्यै छुटेको थिएँ । तैंले कहिल्यै मेरो खोजखबर गरिनस् ।”

“किन तँलाई पन्ध्र वर्षको कैद हानेको होइन ? कसरी छिट्टै छुटिस नि ।”

“चालचलन राम्रो भएकोले चाँडै छुटेर आएँ ।”

“अनि तँ यतिका वर्ष कहाँ थिइस् ?”

“काठमाडौंमा नि । तैले कहिल्यै खोज्ने प्रयत्न गरिस ?”

“यहाँ कहिले आएको नि ?”

“आजै भर्खर आएको ।”

“ल म अहिले नै तेरो घर आउँदैछु । वियर लिएर आउँ कि ह्विस्की ?”

“पदैन, केही पनि ल्याउनु पर्दैन । मैले यी सबै पिउन छाडीसकें । हामी आज भेटेने होइन । भोलि विहान मात्र आउनू । आज बाईक चलाएर आएको थाकीसकें । ल बाई ।” यति भनी विक्रमले फोन राख्यो ।

चम्पाले खाना खान बोलाईन् । बाबु–छोरा खाना खान भान्सामा गए । भान्साको सजावट देखेर विक्रम छक्क प¥यो । भान्सामा आधुनिक डिजाइनको डानिंग टेबुल थियो । टेबुलको बीचको भाग रिबोल्बिंग थियो । टेबुलको चारैतिर छ वटा गद्दादार कुर्सीहरु पनि थिए । यस्तो डाइनिंग टेबुल त करोडौं सम्पत्तिको मालिक सूर्यमान कहाँ पनि छैन । विक्रमले उत्सुकतापूर्वक बाबुको मुख हे¥यो ।

“यो सबै भरतले ल्याइदिएको हो । ऊ त्यो फ्रिज पनि उसैले ल्याई दिएको हो ।” विश्वनाथले कुनामा राखेको फ्रिज देखायो । एक सय नब्बे लिटर क्षमताको फ्रिज रहेछ ।

चम्पाले त्यही फ्रिजबाट पानी र दही निकालेर डाइनिंग टेबुलमा राखिन् । विक्रमले दही खायो । साह्रै स्वादिलो रहेछ । यस्तो दही काठमाण्डौंमा कहाँ पाउने ? पैसा भए पछि शौख गर्न नजान्ने को होला ?

विक्रमले खाना खाएर हातमुख धोयो । हात पुछिरहेको बेला उसको मोबाईलको घण्टी बज्यो । उसले हतपत फोन उठायो ।

“हेलो विक्रम हो ?” दुर्गाको स्वर आयो ।

“हो, म विक्रम बोल्दै छु । यतिबेला किन फोन गर्नु भएको ?”

“पार्वती तपाईंसँग छ ?”

“मसँग पार्वती छैन । अहिले म नवलपरासी घरमा छु ।”

“बिहानै तपाईकहाँ जान्छु भनेर हिंडेकी अहिलेसम्म घर आएकी छैनन् । नढाँट्नसु पार्वती ....।” विक्रमको मोबाईल ट्वाँक करायो । मोबाईल स्वीच अफ भयो । मोबाईल अन गर्न खोज्दा लो ब्याटरी भनेर देखायो । अघिल्लो दिन रिसाएर गएकी पार्वतभी आज रिस कम भयो होला अनि उसलाई भेट्न आई होली । उसलाई नभेटेर कहीं साथीकहाँ गइ होली । यस्तै सोचेर विक्रमले मोबाईलको ब्याटरी चार्ज गर्न चार्जर खोज्यो । चार्जर नै छैन । उसले हतारमा ब्यागमा चार्जर राख्नै भुलेछ । अब के गर्ने ? उसले बुबाको मोबाईलबाट पार्वतीलाई फोन ग¥यो । उनको मोबाईलको स्वीच अफ भएको जानकारी पायो । रातको दश बज्यो । विक्रमलाई निद्रा लाग्यो । उसलाई पाहुना कोठामा सुताउन लगियो ।


No comments:

Post a Comment