प्रा.डा.शिवशरण महर्जन नगर प्रमुखमा माओवादी केन्द्रको उम्मेदवार
आउने मंसिर १६ गते हुनलागेको कीर्तिपुरका नगरप्रमुखको उपनिर्वाचनको लागि उम्मेदवार घोषणा गर्ने होड चलेको छ । यहि सन्दर्भमा गत कार्तिक १९ गते नेकपा माओवादी केन्द्र कीर्तिपुर नगर कमिटी, प्रदेश ईन्चार्ज अग्नि सापकोटाको प्रमुख आतिथ्यमा बसेको बैठकले प्रा.डा.शिवशरण महर्जनलाई सर्वसहमतिबाट कीर्तिपुर नगर प्रमुखको उम्मेदवारको रुपमा चयन गरिएको छ । त्यस्तै वडा नं.१ को वडा अध्यक्ष उम्मेदवारमा अष्टमान महर्जन र वडा नं. ४ को वडा अध्यक्षमा नारायण विष्टलाई उम्मेदवार छनौट गरिएको छ ।
प्रा.डा.शिवशरण महर्जनको कीर्तिपुरको सामाजिक, आर्थिक हरेक क्षेत्रमा ठूलो योगदान रहँदै आएको छ । कीर्तिपुर डाँडा खानेपानी व्यवस्थापन समितिको संयोजक भई सिमदेखि कीर्तिपुर डाँडासम्म खानेपानी पाईप लाइन बिछाएर पानीको सुविधा उपलब्ध गराउनु भएको थियो । त्यतिबेला पाईप बिछ्याउन कीर्तिपुरका टोललाई यति मिटर पाईप बिछ्याउन खाल्डो खन्ने भनेर जिम्मा दिइन्थ्यो । साराले हाँसी खुसी श्रमदान गरेको थियो । त्यस कामको लागि चाहिने कीर्तिपुरका ४ वटा पंचायत र प्लान इन्टरनेशनलले आर्थिक सहयोग गरेको थियो । कीर्तिपुरमा चल्ने मिनीबसहरुले यात्रुलाई दुःख दिन थालेपछि आफ्नै ठाउँका मानिसहरुको सहभागितामा कीर्तिपुर यातायात सेवा कम्पनी लिमिटेड गठन गरी कीर्तिपुरवासीलाई यातायात सुविधा दिएको थियो । त्यसपछि कीर्तिपुरमा बाहिरका मानिसहरुले सहकारी खोल्न आएपछि कीर्तिपुरको धन बाहिर नजाओस भनेर कीर्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड गठन गरियो । जुन आज कीर्तिपुरको नम्बर १ सहकारी कीर्तिपुर बहुउद्देश्यीय सहकारीको रुपमा संचालनमा छन ।
शिक्षा क्षेत्रमा उहाँको योगदान भन्ने हो भने मंगल स्कूल, सहिद स्मारक कलेजमा पनि ठूलो योगदान रहेको छ । यसरी कीर्तिपुरको शालिन बुद्धिजीवि, कीर्तिपुरको सामाजिक,शिक्षा, स्वास्थ्य खानेपानी हरेक क्षेत्रमा योगदान पु¥याउँदै आउनु भएका प्रा.डा.शिव शरणको उम्मेदवार छनौटले कीर्तिपुरवासी उत्साहित भएका छन । स्थानीय तहको विकासको लागि राजनीतिक पार्टीभन्दा बुद्धिजीवि शिक्षीत व्यक्ति चाहिन्छ ।
No comments:
Post a Comment