Wednesday, January 1, 2025

कीर्तिपुर नगरका नवनिर्वाचित नगरप्रमुख कृष्णमान डंगोललाई पहिलो गाँसमै ढुङ्गा परेछ

 कीर्तिपुर नगरका नवनिर्वाचित नगरप्रमुख कृष्णमान डंगोललाई पहिलो गाँसमै ढुङ्गा परेछ

सर्वसाधारणले पूर्व मेयर रमेश महर्जनलाई सम्झन थालेको छ ।

मंसिर १६ गते भएको उपनिर्वाचनबाट निर्वाचित कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोल निर्वाचित भएको पनि एक महिना पूरा भइसक्यो । अब पदभार सम्हालेको पनि एक महिना हुनै लागेको छ । उहाँलाई सम्मान ग्रहण गर्न र सभा समारोहमा जाँदा जाँदै आफ्नो कार्यालय भित्र के भइरहेको छ थाहा नै छैन जस्तो लाग्छ । नगरपालिकाभित्र सुशासनको नारा दिएर आउनु भएका नगरप्रमुखले सुशासन कायम गर्न सकेको छैन ।


कुरा हो, नगरपालिकाले आफ्नो जेष्ठ नागरिकहरुलाई सुगर रोग र प्रेशररोगको औषधी वितरण गर्दै आइरहेको छ । यता केही महिनादेखि समयमा औषधी वितरण गर्न सकेको थिएन । गत महिना पनि मंसिर १५ गतेमात्र औषधी वितरण गरिएको थियो । त्यतिबेला किन यसरी ढिला भएको भनेर स्वास्थ्य शाखा प्रमुख शन्तमान मानन्धरसँग सोध्दा औषधी सप्लायर्सले औषधी नपाएर पसल पसलमा गएर किनेर ल्याएको दिएको हो अब अर्को पटक त्यस्तो हुँदैन भन्नु भएको थियो । 

अहिले आज पौषको १६ गते भइसक्यो तैपनि जेष्ठ नागरिकहरुले औषधी पाउन सकेको छैन । पौष १२ गते प्रशासकीय अधिकृत माधव प्रसाद ढकाल र स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धर समक्ष समयमा औषधी वितरण हुन नसकेको कारण सोध्दा उही पुरानै जवाफ दिनु भयो । यदि त्यो औषधी सप्लायरले समयमा औषधी सप्लाई गर्न नसके अर्को सप्लायर राख्नुस भनेर मैले अनुरोध गर्दा आउँछ भन्नुभयो । मैले भनें पौष १६ गतेसम्म औषधी वितरण भएन भने १७ गते कीर्तिपुर सन्देशमा समाचार राख्छु भनेर आएँ । 

आज १७ गते नगरपालिका जाँदा औषधी लिन आएका धेरै जनासँग भेट भयो । उहाँहरुले मेरै अगाडि भन्यो “पहिले रमेशको पालामा हरेक महिनाको २ गतेसम्म वडामा औषधी आउँथ्यो । लिन गएन भने महिला वडा सदस्यहरुले घरमा औषधी पु¥याउन आउँथ्यो ।”

अर्कोले भन्यो, “आधा महिना बितिसक्यो यिनीहरुले अहिलेसम्म औषधी दिन सकेको छैन । नयाँ मेयर कमिशन नमिलेर औषधी नआएको हो कि ?”

फेरि अर्कोले भन्यो, “औषधी कहिले आउँछ भनेर वडामा सोध्न जाँदा जहिले नगरपालिकाले पठाउँछ त्यतिबेला पाउँछ भन्छ, यहाँ आएर सोध्दा पनि जहिले औषधी आउँछ त्यसबेला दिन्छु भन्छ । कहिलेसम्म पाउने ठेगान त दिनु पर्छ । यो रुखमा भोट दिएको अपशोच लाग्यो ।”

“सूर्यवाला जितेको भए यस्तो हुँदैनथ्यो होला हगि ?” यसरी मन लाग्दो किसिमले कुरा काट्न थाल्यो ।

नगरप्रमुखलाई भेटेर यो कुरा गर्छु भनेर नगरप्रमुखकहाँ जाँदा ढोकामा नगरप्रहरी बसिरहेको छ । भित्र अरुहरु भेट्न आइरहेको छ भनेर मलाई भित्र पस्न दिएन । एकछिन बसेर नभेटीकन आएँ । पहिले पूर्व मेयर रमेशको पालामा केही कुरा भन्नु परे स्वाराक्क कोठामा पस्यो, आफ्नो कुरा राखेर आयो । स्व.राजकुमार नकर्मीको पालामा पनि यस्तो थिएन । स्वकिय सचिव राजकपुर श्रेष्ठ भनेपछि उहाँले भेट्न मिलाई दिन्थ्यो ।

कीर्तिपुर नगरपालिकाको यस्तो बेथितिको समाचार तपाईं किन दिनु हुन्न ? भनेर मलाई प्रश्न गर्न थालेको छ । स्व.राजकुमार नकर्मीको देहवसान पछि यस्तो बेथिति भएको थियो । यदि यो कुरा मैले चुनाव अगाडि लेखेको भए सायद अहिलेको मेयरले चुनाव हार्न पनि सक्थ्यो । मनमोहन अधिकारीले जेष्ठ नागरिकलाई रु.१०० दिएर सुरु गरेको सामाजिक सुरक्षा भत्ताको ब्याज एमाले पार्टीले अहिलेसम्म खाइरहेको छ । यदि पछि पनि यस्तै भयो अथवा औषधी दिन सकेन भने ८४ मा नेपाली कांग्रेस पार्टीको पता साफ हुन बेर लाग्दैन ।

नवनिर्वाचित नगर प्रमुखले यस्तो कुरामा ध्यान दिन सक्नु प¥यो । के हारणले समयमा औषधी उपलब्ध गराउन सकेन त्यसको खोजबिन गरेर समयमा औषधी उपलब्ध गराउन नसकेको औषधी आपुर्तिकर्तालाई फेर्नु प¥यो । सर्वसाधारणले शंका गर्ने ठाउँ दिनु भएन ।

नत्र पहिलो गाँसमै ढुङ्गा परेको भन्नुपर्ने छ 


No comments:

Post a Comment