हामी कस्ता छौं —१
कीर्तिपुर सन्देश साप्ताहिकको पुरानो अंकबाट— अंक १८६ ने.सं.११३५ चिल्लागा षष्ठी बुधवाः २०७१ फागुण २७ गते बुधबार
सुन्दर शान्त विशाल हाम्रो देश नेपाल विश्वको सबभन्दा बढी उचाई भएको हिमाल सगरमाथा भएको देश नेपाल । विश्व शान्तिका अग्रदूत बुद्ध जन्मेको देश हाम्रो नेपाल ।
यही नामले, बुद्ध जन्मेको देश भएको कारणले विश्वमा नेपाल चिनिएको छ । बुद्ध जन्मेको ठाउँ लुम्बिनीमा विश्वका विभिन्न देशहरुले विभिन्न किसिमको सहयोग गरिरहेका छन । तर यही देश नेपालको एउटा भाग सुर्खेतको कांक्रेविहारमा बुद्धको मूर्तिले थाउँ पाएन । ४० लाख पर्नें २० फुटे मूर्ति स्थापना गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरे । स्थापना गर्न ल्याएको मूर्तिलाई प्रहरीले लुटेर लगे । एउटा अपराधीलाई जस्तो सो बुद्धको मूर्तिलाई जिल्ला प्रहरी कार्यालयको खुल्ला ठाउँमा उतानो पारेर राखिएको छ ।
कस्तो देश हाम्रो नेपाल ? बुद्ध जन्मेको देश नेपालमा बुद्धको मूर्ति कांक्रेविहारमा राख्न नपाउने देश नेपाल । धर्म निरपेक्ष देश नेपालमा एउटा धर्मको आस्थाको धरोहरलाई यसरी लुटपट गर्दा पनि चोरलाई जस्तो प्रहरी वृतको चौरमा फालिराखे पनि हामी केही भन्न र गर्न सक्दैनौं । किनकी हामी शान्तिप्रिय नेपाली हौं ।
जन आन्दोलनको बलमा घोषणा भएको धर्मनिरपेक्ष शान्त सुन्दर नेपालमा शिवरात्रीको अवसरमा पशुपति दर्शन गर्न आएका भारतीय एक नेताले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नु पर्ने मांग राखे । एकथरिले त्यसलाई हार्दिक स्वागत गरे । केही धर्मभिरुहरू खुशी भए । विदेशी नेता आएर हाम्रो सार्वभौमसत्ता माथि हस्तक्षेप गर्दा पनि हामी चुपचाप छौं । हिन्दूहरूको नामबाट राखिएको देश हिन्दूस्तानका सत्तापक्षीय नेताले पहिले आफ्नो देशलाई हिन्दूराष्ट्र घोषणा गर्नु पर्ने थियो । तर आफ्नो देशलाई धर्म निरपेक्ष देश कायम राख्ने अनि अर्काको देशलाई हिन्दूराष्ट्र घोषणा गर्ने मांग गर्ने हिम्मत गरे । हामी आपूmलाई सार्वभौम सम्पन्न राष्ट्रका नागरिक ठान्छौं । सार्वभौम देशको आन्तरिक मामिलामा विदेशी नेता आएर यसरी हस्तक्षेप गर्न पाइन्छ ? तर नेपालमा गरिरहेका छन । हामी चुपचाप सहिरहेका छौं । हाम्रो देश कानमा तेल हालेर बसिरहेको छ । किनकी हामी शान्ति चाहन्छौं । हाम्रो देश शान्ति क्षेत्र बनिरहोस भन्ने हामी चाहन्छौं । हाम्रो देशको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप भइरहेको छ । हामी केही बोल्न सक्दैनौं । बुद्ध नेपालमा जन्मेको सत्य हो । तैपनि आज हामी ९द्यगममजब धबक दयचल ष्ल ल्भउब०ि भनेर चिल्लाइरहनु परेको छ । किनकी भारतले अरबौं रुपैयाँ खर्चेर नक्कली तिलौराकोट निर्माण गरिरहेको छ । बुद्ध नेपालमा जन्मेको होइन भारतको तिलौराकोटमा जन्मेको हो भन्न थालेका छन । लुम्बिनीमा उत्खनन् गरेर प्राप्त केही पुरातात्विक बस्तुहरु चोर बाटोबाट लगेर राखिरहेका छन ।
भारतले किन यस्तो गरिरहेका छन त ? भारतलाई थाहा छ विश्वमा बुद्ध धर्म मान्नेहरुको जनसंख्या २ अर्बभन्दा बढी छ । हरेक ती जनसंख्याको एक प्रतिशतले मात्र पनि पर्यटक भएर घुम्न आए वर्षको अरबौं रुपैयाँ आम्दानी हुनसक्छ । हामी नेपालीहरू भने बीनाको महत्व नबुझेका कस्तुरी मृगजस्तै भौतारिरहेका छौं । हामीमा कहिले चेतना आउने होला ।
हामीमा केही बोल्ने क्षमता नै छैनन् । हामीमा सहने क्षमता भने अद्भूत रुपमा कायम छ । हाम्रो देशमा हवाई यातायात सुरु भएको ६५ वर्ष भैसक्यो । तर हामीसँग अन्तर्राष्ट्रिय हवाई मैदान एउटै मात्र छ । हुन त अन्तर्राष्ट्रिय हवाईमैदान बाराको नीजगढ, पोखरा र लुम्बिनीमा बनाउने भनेर कुरा चलेको पनि धेरै वर्ष भइसक्यो । तर काम भने भएको छैन । हामी नेपालीहरूको बानी कामभन्दा कुरा बढी गर्नु रहेको छ । चियाको दोकानमा, मान्छे जम्मा हुने चौतारा र चोकमा हामी राष्ट्र, राज्य र राजनीतिको बारेमा चर्का गफ गछौं तर चाहिने ठाउँमा चूँ सम्म पनि गर्न सक्दैनौं । हाम्रो देश नेपालका नेताहरूले हाम्रो यही कमजोरीको फाईदा उठाउँदै लाभ लिइरहेका छन । आपूmलाई कमिशन नआउने कुनै काम गर्न तयार छैन । यही कमिशनको चक्करमा परेर अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण नभएको हो । देश र जनताभन्दा पनि पार्टीको हित र कमिशनको बढी ख्याल राख्छौं ।
गत फागुण २० गते बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्कटिस एयर वेजको एउटा विमान प्राविधिक कारणले रन वे छुने गरी ग्राउण्डेड भयो । देशमा चार दिनसम्म अन्तर्राष्ट्रिय हवाई उडान भएन । हजारौं हजार यात्रुहरुले समस्या भोग्नु प¥यो । देशले आठ अर्ब रुपैया घाटा बेहोर्नु परेको खबर छ । अनि बल्ल बैकल्पिक अन्तर्राष्ट्रिय हवाई मैदानको खाँचो महसुस गरियो । खुबै चर्चा परिचर्चा भयो । चारदिनपछि अन्तर्राष्ट्रिय हवाई सेवा संचालन सुरु भए सँगै ती चर्चाहरु सेलाउँदै गएको छ । नपरेसम्म नचेट्ने हामी नेपालीको बानी हो । समस्या समाधान भए सँगसँगै त्यो चेतना पनि हराएर जान्छ । कारण खोला त¥यो लौरो बिर्सने. हामी नेपालीको महान बानी नै हो । चुनावको बेला नेताहरुले जनतालाई अनेकों आश्वासन दिन्छ । त्यही आश्वासन भरमा जनताले नेतालाई भोत दिएर जिताएर पठाउँछ । राजधानीमा पुगेपछि ती आश्वासन र जनतालाई बिर्सिदिन्छ । जनता निरिह भएर अर्को चुनावको प्रतिक्षामा बसिरहन्छ ।
हामी सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्रका नागरिक हौं । फसेको हवाईजहाज हटाउन पनि छिमेही देशको सहयोग लिनु पर्ने हामी कति सक्षम छौं भन्ने यसले छर्लंग पारि दिएको छ । हवाई सेवा संचालन भएको यत्रो वर्षमा पनि एउटा हवाईजहाज हटाउने उपकरण राख्ने ह्याउँ नभएको, उपकरण तयार गर्न नसकेको देश नेपालका हामी नागरिक हौं । सोझा सिधा नेपाली हौं । नेताहरुको पछि लागि हिंड्ने जनता हौं । नेताहरुको आश्वासनमा बाच्न मन पराउने हामी नेपाली जनता हौं । नेताहरुको आश्वासनमा बाँच्न मन पराउने हामी नेपाली जनता हौं । हामी परजीवि हौं । जुनसुकै काम पनि सरकार या विदेशी आएर गरि दिनुपर्ने । आफ्नो योग्यता र क्षमता भैकन पनि अर्काको मखु ताक्ने परिसकेका हामी नेपालीमा जाँगर कहाँबाट आउँछ ?
काठमाण्डौंमा खानेपानीको हाहाकार छ । सरकारले मेलम्चीको पानी आउँछ भनेर आश्वासन दिएको भरमा हामी काकाकुल भएर मेलम्चीको पानीको प्रतिक्षामा छौं । हाम्रै काठमाडौंमै भएको पानीको स्रोत खोज्ने हामीमा जाँगर चलेको छैन । घरको धाराबाट पानी नआए मिनरल वाटर किनेर पिइरहेका छौं । अरु पानी ट्यांकरमा ओसारेको किनेर काम चलाईरहेका छौं ।
मिनरल वाटर कम्पनी खोलेर महंगोमा पानी बेच्न पल्केका व्यापारीहरुलाई पानीको अभाव छैन । ट्यांकरमा पानखी बोक्ने ड्राइभरहरुलाई पानीको अभाव छैन । हामी जनतालाई मात्र पानीको अभाव छ । जनताको समस्याप्रति सरकार कहिल्यै गम्भिर भएन । न त जनताले नै कुनै प्रश्न गर्न सके । ट्यांकरमा पानी बोकेर बेच्ने व्यापारीलाई पानीको अभाव भएन, मिनिरल वाटर वाटर बनाउने कम्पनीलाई कहिल्यै पानीको अभाव भएन किन ? यो कहिल्यै जनताले सोचेका छन ? यो कहिल्यै सरकारले सोचेका छन ? सोचेको भए पानीको अभाव नै हुने थिएन । हामी जनताले सरकारलाई दवाव दिन सकेको भए पो सरकारले सोच्न बाध्य हुन्थ्यो ।
हाम्रो कीर्तिपुरकै खानेपानीको कुरा गरौं । पानीको मुहान सिमझवाःहिटी नजिक एकजना व्यक्तिले जमिन किनी प्लटिंग गरेर जमिन बेच्न थालेको छन । उक्त जमिनमा प्लटिंग गरी घर निर्माण गरेपछि पानीको मुहान सुक्ने पक्कै छ । यसको लागि कीर्तिपुरको जनस्तरबाट निर्माण गरिएको सिमझवाःहिटी खानेपानी उपभोक्ता समितिको पहलमा विभिन्न सम्बन्धित निकायमा सम्पर्क राखी सो को जानकारी गराइयो । उक्त ठाउँमा सार्वजनिक जग्गा भएको भन्ने आधारमा जमिन नापी गर्न नापी टोली लिएर जाँदा सो जग्गा प्लटिंग गरिरहेको व्यक्तिले केही व्यक्तिहरुको सहयोगमा नापीसम्म गर्न दिएन । उपभोक्ता समितिलाई धम्क्याएर खाली हात फिर्ता पठाइयो । सम्बन्धित निकाय मौन छ । कीर्तिपुरवासी मौन छन । यो बारेमा कसैले चुँसम्म बोलेका छैनन् । एकजना व्यक्तिको कारण कीर्तिपुरका ६५ हजार जनताको खानेपानीको आधार गुम्न लागेको छ । तैपनि मेलम्चीको आसमा चुपचाप बसिरहेका छन । किनकी हामी शान्तिप्रिय नेपाली जनता हौं । अन्याय गर्नेको विरुद्ध उठ्दा त्यहाँ संघर्ष हुन्छ । संघर्ष भएपछि अशान्ति हुन्छ ।
क्रमश....
No comments:
Post a Comment