नाम नभएको सम्बन्ध
संगीता उप्रेती
कस्तो राम्रो पो लखिरहेछौं त तिमी, लेख कहिल्यै नछोड है । मैले लेखेको एउटा लेख पढेर तिमीले यही भनेका थियौं । त्यसो त प्रायः लेख्दिन तर कहिलेकाहीं आफ्नो मनमा कल्पिएका केही कुराहरु शब्दमा उतार्ने प्रयास गर्छु तर सानोमा भने मेरो धेरै वटा डायरी भरेको याद छ । मेरो डायरीको स(सानो कलेक्सन नै थियो तर एकदिन आमाले मेरो डायरी पढ्नु भयो र के लेखेको भनेर च्याति दिनुभयो । धेरै रोएको थिएँ म त्यो दिन, मेरो थुप्रै सपना च्यातिएका थिए । डायरीको अस्तित्व मात्रै होइन, मेरो लेख्ने रहर रुचि पनि सकियो त्यो दिनबाट । अचेल कहिलेकाहीं लेख्ने गर्छु म तर पुरा गर्दिन । लेखेर आधामै च्यातेर फालिदिन्छु । कि त मोबाइलमा टाइप गरेका शब्द मेटिदिन्छु ।
आजभोलि लेखे नै भने नि मनको शान्ति होस भनेर लेख्छु आफ्नो मनलाई रितै पार्न लेख्छु । सायद यी थुप्रै कुरा तिमीलाई थाहा नहोला, उसो त तिमीलाई धेरै कुरा थाहा छैन । तिमी जहिल्यै हतारमा हुने भएकोले मैले मेरो मनको कुरा भित्रै राख्थें तर तिमीलाई सुनाउने आँट गर्न सकिन, तिमीलाई हस् भनिरहँदा मलाई विगतमा मेरो लेख प्रकाशित भएपछि म्यासेजर्मै आएको प्रतिक्रियाहरुको याद आयो । एउटा लेखबाटै मलाई थुप्रै जनाले म्यासेज गरेर म्याम म हजुरको फ्यान हुँ भन्नु भएको थियो । मैले कमाएका ति मान्छेहरु मलाई अहिलेसम्म पनि प्यारो लाग्दछन । तर मैले उनीहरुको त्यो प्रतिक्रियाको कदर गरिन कि समय मिलेन त्यसपछिको दिनमा मैले कहिल्यै लेखिनँ । आज फेरि तिमीले राम्रो लेख्दिरहेछौं भनेपछि मन हौसिया केही लेख्नको लागि तर के लेखौं ?
तिमीले लेखिराख है भनेको शब्द मेरो मनभित्र नै गडेको छ । त्यसैले मलाई तिम्रो बारेमा नै केही लेखेर तिमीलाई नै पढाउन मन लाग्यो । म कथाको खोजिमा थिएँ तर बारम्बार मलाई तिम्रो त्यो राम्रो लेख्दिरहेछौं भन्ने शब्द मात्रै याद आयो । तिमीलाई नै बारम्बार सम्झिएँ, यस्तो लाग्यो तिमीले दिएको उर्जा तिम्रै बारेमा लेखौं अनि तिमीलाई नै उपहार दिउँ यो बस लेखिरहँदा मलाई कता(कता डर लागिरहेको छ । तिम्रो बारेमा लेख्दा तिमीले आफुलाई जोड्न सकेनौ भने मेरो उपहारको महत्व नहुन सक्छ । त्यसैले डर नै डरमा तिम्रो लागि उपहार स्वरुप शब्दहरु लेख्न गईरहेको छु ।
तिमीलाई सम्बोधन गर्न मसँग सम्बोधनको शब्द नै छैन रहेछ भनेर बल्ल थाहा पाएँ । अझै यो लेखनको दौरानमा अरु के के कुरा थाहा पाउँछु, मलाई नै पतो छैन । यति धेरै सोचिरहेको मान्छेको सम्बन्ध के हो त्यो पनि मलाई थाहा छैन ।
तर सम्बन्ध नै नभए पनि तिमी मेरो उत्साह हो, उर्जा हो, उत्सव हो । तिम्रो र हाम्रो मिठो सम्बन्धको नाम नै छैन पतो नपाई वसन्तको हरियाली झै मनमा छाएको विशेष मान्छेसँगको सम्बन्ध के हौ भन्ने बारे कहिंकहिं अन्जान नै बन्नुपर्दो रहेछ ।
यसरी अन्जान सम्बन्ध निभाउन पनि छुट्टै आनन्द आउँदो रहेछ । हामीसँग हाम्रो सम्बन्धको नाम के हो भन्ने प्रश्नको उत्तर समेत छैन तर कुनै सदस्यभन्दा हामी एक अर्कोमा कम पनि छैनौं ।
सम्बन्ध खास बनाउन न नामको जरुरत पर्दोरहेछ न त अनुहारको बिना नाम नभेटी अनि नदेखी केही भावना साटिएकै भरमा केही केही मान्छे एकदमै नजिकका अनि प्यारो लाग्ने रहेछन । यी सबै कुरा थाहा पाउन मैले तिमीलाई नै भेट्नु प¥यो । त्यही प्यारो मध्येको प्यारो हो मैरो लागि तिमी । यसो त मान्छे एक्लै ने यो धर्तीमा जन्मन्छ र एक्लै नै यो धर्ती छोड्ने गर्दछ । तर ऊ नजन्मिदै उसको धेरै सम्बन्धहरु जन्मिएका हुन्छन् । ऊ मर्दा पनि उसले अनेकन सम्बन्ध मारेर गएको हुन्छ । समाजमा भोग्नु पर्ने अनेकौं अप्ठ्यारो परिस्थितिमा ऊ जेलिन्छ तर एक्लै निस्किन्छ । समाजका धेरै नाता अनि सम्बन्ध जसमा ऊ जेलिएको हुन्छ । ऊ नमरुन्जेल त्यो नाता अनि सम्बन्धबाट निस्किन सक्दैन । जन्मजात आमा बाबाको सम्बन्धमा जेलिन पुगेको मान्छ । त्यसपछि आफन्त इष्टमित्रको सम्बन्धको दरिलो घेरा गाँसिन पुग्छ ।
जिन्दगी व्यतित गर्ने क्रममा यी बाहेकका थुप्रै सम्बन्ध गाँसिन्छन । त्यही सम्बन्ध मध्ये कुनै सम्बन्ध अल्पकालिन हुन्छ त कुनै दिर्घकालीन धेरै भेटिएका मान्छे मध्ये सम्बन्धमा कायम हुने मान्छे कम नै हुन्छन । सबै सम्बन्ध आफु खुशी जोडिएको हुँ भन्ने पनि हुँदैन । जिन्दगीमा भाग्यले भेटिएको मान्छे समेट्न अनि जिन्दगी अलिक सहज बनाउनलाई बन्ने सम्बन्धहरु खास हुन्छन् । केही मान्छेहरु भाग्यले भेटिन्छन अनि केही चाहनाले । बाहनाले भेट भएकाहरुलाई चाहनाले आफ्नो जिन्दगीमा राख्नको लागि सम्बन्ध गाँसिने गर्दछन । मानिस नमोरुन्जेल आफुले इच्छाएको व्यक्तिलाई एउटा सम्बन्धको मालामा जोड्दै जान्छ तिमी पनि मेरो लागि त्यही इच्छाले जोडिएको मालाको एउटा अनमोल मोती हो जुन मोतीलाई म मालाका अन्य मोतीसँग तुलना गर्न सक्दिनँ ।
एउटा नाम बिना सम्बन्धको अर्थ मुस्किल हुँदो रहेछ । त्यसो त बेनामका सम्बन्ध झनै खास हुँदो हो, तिमी र म बेअर्थ जोडिएको केलाउँदै नै जाने होस भने तिम्रो र मेरो सम्बन्धको अनेक नाम हुन्छन् होला । म सानी तिमीभन्दा बहिनी भन्ने उपमा दिन तिमीलाई सजिलो नै होला तर बहिनी भनेपछि बहिनी उपमा सँगसँगै जोडिएका जिम्मेवारी तिमीले पुरा गर्न सक्दैनौं अनि तिमीलाई अप्ठ्यारो हुनसक्छ । त्यसैले बहिनी बन्न म सकिन । तिमीलाई मात्र भन्न खोजेकी होइन, म पनि दाइ भनसँगै आउने जिम्मेवारी निभाउन नसक्न सक्छु । साथी भन्ने उपनाम दिन हाम्रो समाजले उठाउने प्रश्नको उतर दिन नसकौला । सम्बन्ध जोड्नु भनेको एउटा बन्धनले बाँधिनु मात्र होइन त्यो सम्बन्धको पनि जिम्मेवारीले पनि बाँधिनु पर्छ । हामीले बुझेको सम्बन्ध र हामीले भोगेको सम्बन्ध फरक छ । सम्बन्ध भनेको त साहस र उर्जा दिने प्रेरणा र हौसला दिने हुनुपर्छ तर सम्बन्धले डर सृजना गरेको हामी आफैलाई थाहा छ । सम्बन्ध गास्नु भनेको जोडिनु हो । जोडिनु आफैमा राम्रो कुरा सुन्दर कुरा हो । जोडिएको सम्बन्धमा सम्बन्ध मात्र हैन हरेक पक्ष् जोडिएको हुन्छ, मान्छे सम्बन्धमा झन दरिलो बन्छ । तर वास्तवमा त्यस्तो हुँदैन । सम्बन्धले हामीलाई झन कमजोर बनाएको छ । गुम्छ कि भन्ने डरले हामीलाई टाढा बनाएको छ ।
जीन्दगीको उतारचढावमा जोडिने सबै सम्बन्धहरु आफ्ना हुन्छन् भन्ने हुँदैन तर मानिस जोडिएको सबै सम्बन्ध आफ्नै हो भन्ने भ्रममा बाँचिरहेको हुन्छ । सायद सम्बन्धको परिधिभित्र पनि स्वतन्त्रताको आभास दिने रुपमा रहिरहन्छ । सम्बन्धले दुई मुटु मात्र होइन दुई इच्छा शक्ति समेत जोड्ने काम गर्दछ । त्यसैले भनिन्छ सम्बन्धमा ठूलो शक्ति हुन्छ । साईनो अनि सम्बन्ध जोडिएको आधारमा कोही मान्छे आफ्नो जिन्दगीको अभिन्न अंग बनिदिन्छ । तिमी मेरो लागि त्यही अभिन्न अंग हौ, नाम दिएको सम्बन्धले आश दिनेहरुको जमातमा तिमीले मलाई बेलामा साथ दिने मान्छे बनिदिनु ल । सम्बन्धमा भएको बेलाका याद अनि सम्झनाहरु निकै मिठा हुन्छन रे । किनकी सम्बन्धमा रहेका व्यक्ति सँधै साथै हुँदैनन् रे ! तिमी त सम्बन्धमा भएर पनि सम्बन्धको नाम नभएको व्यक्ति तिमी र म साथै बसेर त्यो मिठो पल याद गरेर बाँचौ ल जिन्दगी भर ल !
No comments:
Post a Comment