Thursday, January 16, 2025

नजरराम महर्जनको “थुनुवाको डायरी पढ्दा

 नजरराम महर्जनको “थुनुवाको डायरी पढ्दा


मन्दिरा महर्जन

टौडह, कीर्तिपुर–६


सर्वप्रथम यस “थुनुवाको डायरी” नामक सत्य घटना प्रकाशित गर्नु हुने लेखक पाँगा हाल कीर्तिपुर बसोबास गरिरहनु भएका उपन्यासकार एवं बरिष्ठ पत्रकार नजरराम महर्जनलाई मेरो व्यक्तिगत तर्फबाट हृदयदेखिनै नमस्कार, नमन, ज्वजलपा व्यक्त गर्दछु ।

यस डायरीको लेखक एक साधारण व्यक्ति नभएर उहाँ राष्ट्रको गहना र हाम्रो कीर्तिपुरको चिनारीको रुपमा हुनुहुन्छ । उहाँको धेरै नै पुस्तकहरु, लेख, उपन्यास आदि प्रकाशित भइसकेका छन । जुन उहाँले आफ्नो अमूल्य शब्दहरु कोरी साहित्यिक जगतमा धेरै नै योगदान पु¥याउँदै आइरहनु भएको छ । साहित्यिक क्षेत्रमा मात्र होइन उहाँ धेरै नै प्रसिद्धि कमाउनु भएको एक बरिष्ठ पत्रकारको रुपमा हाम्रा अग्रज व्यक्तिको रुपमा रहनु भएको हामीले स्वीकार्नु पर्छ । जुन म आफ्नो हृदयदेखिनै उहाँलाई सम्मान प्रकट गर्दछु ।

हुन त यस “थुनुवाको डायरी’को लेखक बुद्धिजिवी र नाम कमाउनु भएको अनि संघर्षशिल जीवन बिताउनु भएको जेष्ठ नागरिक पनि हुनुहुन्छ । त्यसैले हामीले उहाँको जीवनबाट पनि केही अनुसरणिय पाठ सिक्नु आवश्यक छ । अनि आफ्नो जीवनमा लागू गर्नु पर्ने देखिन्छ । उहाँलाई हाम्रो देशको होनहार अनि योग्य पत्रकारको रुपमा सम्मान दिनु पर्ने व्यक्तित्वको रुपमा लिन सकिन्छ । यो राज्यले नदिएतापनि कीर्तिपुर नगरले भए पनि सम्मान दिनु पर्दछ ।

अब सान्दर्भिक विषयतिर ध्यान पु¥याउने हो भने यो “थुनुवाको डायरी” सन्दर्भमा मैले सिंगो किताव नै अध्ययन गर्ने मौका पाएँ । जस्मा उहाँले आफ्नो जेल जीवनको बारेमा यथार्थ चित्रण गरि देखाउनु भएको छ । जेल जीवनको चर्चा परिचर्चा गर्ने क्रममा आफ्नो सम्पूर्ण जीवनमा भोग्नु भएको राम्रा नराम्रा घटनाहरु पनि सार्वजनिक गर्ने हिम्मत गर्नु भएको छ । जस्को लागि फेरि एक पटक म उहाँको संघर्षशिल जीवनलाई सम्मान गर्दछु ।

हामीले आफ्नो जीवन व्यतित गर्ने क्रमसंगै धेरै उकाली–ओराली, दुःख–सुख, घाम–पानी, दिन–रात जस्ता परिस्थिति पनि सहजतापुर्वक स्वीकार गर्नु नै पर्ने छ । यो मानविय बाध्यता हो । जून चाहेर वा नचाहेर पनि स्वीकार गर्नु पर्दछ । जस्तोसुकै नाम दाम इज्जत कमाएतापनि समयको अगाडी हामी झुक्नु नै पर्दा रहेछ । लेखकले लेख्नु भएको छ कि नखाएको विष पनि लाग्दो रहेछ । जीवनमा दुःख सुख केहि नभनीकन समाज सेवामा निरन्तर लागेर गरीब निसहाय सडक बालबालिकाहरुलाई आफ्नो सन्तान सरह पालन पोषण गरि शिक्षा दिक्षा दिएर अगाडी बढिरहेको व्यक्तिलाई त यस्तो घिन लाग्दो आरोप लगाएर जेल जीवन बिताउन बाध्य बनाउने यी महिलाहरुप्रति म आफै महिला भएतापनि महिला भन्न लाज लागेको छ । शिर उठाउन पनि हिनताबोध भइरहेको छ ।

हुन त लेखक यी हाम्रो देश सतीले सरापेको देश भनिन्छ सत्य र राम्रो काम गर्नेको भलो हुँदैन भन्छन । तपाईंको जीवनमा पनि त्यो उखान लागू भयो तर भन्छन्नि भगवानको घर ढिलो हुन्छ अँध्यारो हुँदैन जेजस्तो भए पनि अन्त्यमा सत्य र साँचोको नै जय भयो । तर पनि लेखक यो साठी वर्षको उमेरमा पनि जुन आरोप खेप्नु भयो । जुन जेल जीवनमा अनेकौं दुःख कष्टमय सहनु भयो । यो अत्यन्तै सहन नसक्ने दिनहरुलाई पनि हजूरले सहजै निर्वाह गर्नुभयो । लाखौं लाख नमन छ हजूरप्रति । यस डायरी अध्ययन गर्दै जाँदा हजूरले भोग्नु भएको शारीरिक कष्ट भन्दा पनि मानसिक कष्ट अत्यन्तै हृदयविदारक छ । प्रत्येक दिनको लेखाईमा मेरा यी दुई नयनबाट आँशुको धारा बगिरहेको छ । म लेखकलाई यी आँसुले भएतापनि सम्मान गर्दछु । आफ्नो जीवनको बिर्सन नसक्ने पललाई पनि एक मिनेट पनि खेर जान दिनु भएन । ओम शान्तिमा गएर भगवानको अमूल्य वचन सुनेर, हजूर जस्तै बिना गल्तिको सजायँ भोग्नु भएको व्यक्तिको साथमा बसेर उनीहरुबाट पनि केहि न केहि सिक्ने र सवैजनालाई आफ्नै दाजु भाई, परिवार, परिवार साथी जस्तै व्यवहार गरि भद्र जेलमा पनि सबैको हाई–हाई हुने व्यक्ति सायद यो संसारमा नगन्य मात्रले भेटाउँछ होला । एक सूगर रोगी भएर पनि यस्ता विना प्रमाणको आरोप खेपेर यति धेरै करिब नौ महिनाको जेल जीवन बिताउनु भयो साधारण कुरा थिएन तैपनि उहाँले सहर्षरुपमा बिताउनु भयो ती संघर्षमय क्षणहरुलाई पनि कति धैर्यतापूर्वक सहनु भयो ।

हुन त अब उहाँलाई म बुबा भनेर पनि सम्बोधन गर्दछु बुबा होस त हाम्रो यस थुनुवाको डायरीको लेखक जस्तो । जस्ले जस्तोसुकै परिस्थितीलाई पनि सहजरुपमा लिने । सबैजनालाई उतिकै माया ममता दिने, दुःख सुखको समयलाई पनि एकै रुपमा लिने, सबैलाई समान व्यवहार गर्ने, सत्रु र मित्रलाई पनि कहिल्यै फरक व्यवहार नगर्ने ब्यक्तिलाई कुन शब्दले उहाँलाई सम्मान गरुँ खै ? हजूरको जेल जीवनको बारेमा यति धेरै अनूभव र भोगाइको क्रम यी मेरा प्रतिकृयामा अताउदैन जति लेखे पनि सकिंदैन । लेखक हजूरले विना गल्तिको आरोप खेपेर जेल (बन्दि) जीवन बिताउनु भए पनि कीर्तिपुर बासीले जति पनि राम्रा नराम्रा टिकाटिप्पणी गरेता पनि आखिर नखाएको विष कहाँ लाग्छ र ? तपाईंले आफ्नो पक्षमा सफाई पाएर जीतेर नै आउनु भएको छ । तपाईंले न्याय निसाफ नै पाउनु भएको छ । असत्य र अशिक्षित व्यक्तिहरु विपक्षीको पक्षमा भएता पनि भगवान त हजूरको नै पक्षमा थियो । तपाईं एक सत्यवादी, समाजवादी, निस्वार्थ व्यक्ति हुनुभएकोले न्याय निसाफ हजूरको पक्षमा नै भयो नि । यस्को लागि हाम्रो कानून न्यायिक अदालतहरुमा अझसम्म पनि न्याय मरेको छैन भन्ने प्रमाणित भयो ।

लेखकले जेल जीवनको क्रममा एक वास्तविक घटना पनि उल्लेख गर्नु भएको छ । समाजको सेवा निस्वार्थ रुपमा आफ्नो तन मन धन सबै लगाएर गर्दा पनि बिना गल्तिको सजायँ भोग्न बाध्य बनाउँदो रहेछ । जसमा एक विदेशी नागरिक जोन ज्याकको वास्तविकतालाई पनि वर्णन गर्नु भएको छ । हुन म कीर्तिपुर पाँगाको एक बुहारी हुँ यहाँको छोरी चेली होइन म काठमाडौं वडा नं.१५ की हुँ । त्यसैले लेखकले जेल जीवन बिताउनु हुँदा उहाँसँग परिचित भएकी थिइनँ तर जोन ज्याकजीसँग राम्रै परिचित थिएँ । मेरो माइती घर र उहाँको सेल्टर होम (संस्था) धेरै नजिक छ । जस्को कारण उहाँको सामाजिक सेवा मलाई धेरै नै अवगत छ । उहाँ पनि धेरै नै मिजासिलो, इमान्दार नेपाली भाषा बोल्न सक्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँले आपूmले पालन पोषण र शिक्षा दिक्षा दिइरहेको बच्चाहरुलाई मात्र होइन बाहिर छरछिमेकीका बच्चाहरुलाई पनि जसलाई खेलकूदमा चाहना भएकाहरुलाई सहयोग गर्नु हुन्थ्यो । मेरो माइला भाइलाई पनि उहाँको संस्थामा ताइक्वान्दो गेममा अवसर दिनु भएको थियो । यस गेममा भाइलाई निलो बेल्ट पेटीसम्म तालिम दिएको थियो । खेलहरु सिक्दा सबैजनालाई खाना खाजा र सबैको व्यवस्था गरिदिनु भएको थियो । संस्थाको बाहेक बाहिर छर छिमेकीमा २०, २५ जना बच्चाहरुलाई समेत सहयोग गरिरहनु भएको थियो । यसैक्रममा मेरो पनि उक्त संस्थामा आवत जावत भइरहन्थ्यो । त्यसैले उहाँ पनि समाजले, हामीले सम्मान गर्नु पर्ने विदेशी नागरिक हुनुहुन्थ्यो । उहाँले कहिल्यै कुनै पनि अनैतिक कृयाकलाप गर्नु भएको छैन भन्ने विषयमा म जिवीत प्रमाण अथवा प्रत्यक्षीदर्शी हुँ र उहाँले गर्नु भएको निस्वार्थ सेवामा यी पापीहरुको आँखा लागेर संस्था हडप्न दुई तिन नेपाली मिलेर षडयन्त्र गरेर फसाइएको हो । हाम्रो देश साँचो र सत्य अनि अरुको भलो गर्ने व्यक्तिको खुट्टा तान्ने प्रविधी भएको मानिसले भरेको ठाउँ हो र राम्रो काम गर्ने व्यक्तिलाई अगाडि बढ्न दिंदैन । त्यसैले हाम्रो लेखकको डायरी र जोन ज्याकजीको केस १००% नै मेल खान्छ । दुबैजनालाई यी पापी समाजले नै फसाएको रहेछ । नखाएको विष, विना प्रमाणको आरोप लगाइएको थियो । जे होस लेखक अन्त्यमा सत्यको जय भएको हजूरले र जोन ज्याकले न्यायको सफाई पाउनु भएको छ  त्यस्मा नै गर्व छ । ढिलै भए पनि सत्यको दियो निभ्न दिनु भएन । एउटा राष्ट्रको गहनालाई अगाडी बढ्नको लागि प्रेरणा दिनु भयो जेल जीवनमा जतिसुकै मानसिक यातना सहनु परे पनि समाजले जतिसुकै राम्रा नराम्रा टिक टिप्पणी गरेतापनि आफ्नो परिवार हजुरको श्रीमतीको माया ममता विस्वास र छोरा निरजको मायाममता कोसिस अनि साथ सहयोग अनि बुहारीको सद्भावनाले हजूरलाई साहस र हिम्मतलाई अगाडी बढ्न दिनु भएको । यहि कीर्तिपुर र देशभरि छरिरहेका साथी भाइहरु –जस्को सबैजनाको नाम उल्लेख गर्न सकिन) को सान्त्वनालाई सहराहनीय छ जस्को कारण लेखकले आफ्नो जेल जीवनलाई सहर्ष स्वीकारी सफाई पाएर विजय प्राप्त गर्नु भएको छ । उहाँहरु सबैमा पनि मेरो हृदयदेखि नै नमस्कार अनि आभार व्यक्त गर्दछु । उहाँहरुको साथ सहयोगले पनि आफ्नो जेल जीवनको डायरी पनि सार्वजनिक गर्नें हिम्मत (साहस) गर्नु भएको छ । यसको लागि म लेखकलाई लाखौं लाख कोटी कोटी नमन गर्दछु । तसर्थ हामीले पनि उहाँको डायरी अध्ययन गरी निस्वार्थ सेवा गर्न कहिल्यै पनि पछाडि हट्नु हुँदैन भन्ने शिक्षा लिनु पर्दछ । मैले पनि उहाँको व्यक्तिगत जीवनबाट होइन कि उहाँले गर्नु भएको सामाजिक जीवनबाट प्रेरणा लिएर अगाडि बढ्ने प्रण गर्दछु । आपूmले जतिसक्दो कुनै न कुनै माध्यमबाट यो समाज अनि देशको सेवा गर्न उहाँलाई अग्रज व्यक्तिको रुपमा लिनेछु । अन्त्यमा लेखकलाई थुनुवाको डायरी अध्ययन गर्ने मोका प्रदान गर्नु भएकोमा भित्र हृदयदेखिनै धन्यवाद ज्ञापन गर्दछु ।


No comments:

Post a Comment