ज्वजलपा वाःपौ र कीर्तिपुर सन्देश साप्ताहिकको कार्यक्रममा पुस्तक विमोचन
कीर्तिपुरवाट प्रकाशित भइरहेको एउटै मात्र नेपालभाषाको साप्ताहिक पत्रिका “ज्वजलपा वाःपौ” १५ औं र “कीर्तिपुर सन्देश साप्ताहिक” १३ औं बर्षमा प्रवेश भएको अवसरमा पुष १५ गते सोमवार कीर्तिपुरमा एक विशेष समारोह वीच दुईवटा पुस्तक विमोचन कार्यक्रम भएको छ ।
कार्यक्रममा ज्वजलपा वाःपौ र कीर्तिपुर सन्देश साप्ताहिका प्रकाशक नजरराम महर्जनको “थुनुवाको डायरी” र स्वर्गिय नाति पाकःको नेपालभाषाको गीत संग्रह “नुगः मिखा” पुस्तक बागमती प्रदेशका सांसद एवम् पूर्व मन्त्री पुकार महर्जनले विमोचन गर्नु भयो ।
कीर्तिपुर सन्देश साप्ताहिकका कानुनी सल्लाहकार ज्ञानबहादुर महर्जनको सभापतित्वमा भएको कार्यक्रममा ज्वजलपा वाःपौ र कीर्तिपुर सन्देश साप्ताहिकका सम्पादक श्रीकृष्ण महर्जनले स्वागत मन्तब्य ब्यक्त गर्दै बागमती प्रदेशमा नेपालभाषा र तामाङभाषालाई सरकारी कामकाजि भाषाको रुपमा लागू गर्न भाषा सम्वन्धि ऐन ल्याउन सफल भएतापनि अहिलेसम्म कार्यान्वनमा नआएकोले समुदाय र प्रदेश सांसदहरु सगंसंगै लाग्नुपर्ने बताउनु भयो । उहाँले कीर्तिपुर नगरपालिकाले पनि भाषा ऐन निर्माण गरि लागू गर्नुपर्ने, नगरपालिकाले नेपाल संवतलाई ब्यवहारमा प्रयोग गर्नुपर्ने र कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्र ऐन लागू गर्नका लागि पनि समुदाय र जनप्रतिनिधिहरु लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा कवि नाति पाकः र नुगः मिखा पुस्तकको बारेमा कुलबहादुर महर्जनले जानकारी दिनु भएको थियो भने “थुनुवाको डायरी” र उक्त डायरीमा भएका कुराका साथ साथै आफूले थुनामा बस्दाखेरी भोगेका कुरादेखि निर्दोष सावित हुदै आएको कुरा समेत पुस्तकका लेखक एवं पत्रिकाका प्रकाशक नजरराम महर्जनले बोल्नु भएको थियो । उक्त थुनुवाको डायरी पुस्तकले नेपालको कानूना कस्तो छ भन्ने जानकारी दिएको छ । जेल बस्न अपराधनै गर्नु पर्छ भन्ने छैन । कसैको जाहेरी पर्ने वितिकै समातेर थुन्छ । महिनौं मुद्दा चल्छ । मुद्दाबाट सफाई पाए पनि उसको बर्बाद भएको इज्जत र समयको मुआब्जा पाउँदैन ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका सांसद एवं पूर्व मन्त्री पुकार महर्जनले बागमती प्रदेशमा नेपालभाषालाई पनि कामकाजि भाषाको रुपमा लागू गर्न आफ्नो र समुदायको पहलमा ल्याउन सफल भएको ऐन कार्यान्वयनका लागि सुमदायसंगसंगै आफू लाग्न तयार रहेको बताउनु भयो । साथै उहाँले कीर्तिपुर नगरपालिकाले पनि भाषा सम्वन्धि ऐन बनाई लागू गर्नुपर्ने बताउनु भयो ।
No comments:
Post a Comment