Wednesday, March 19, 2025

मानव विकासक्रमसँगै शिलालेख र लिपिको विकास

 मानव विकासक्रमसँगै शिलालेख र लिपिको विकास

ई.शरदमंगल जोशी

                      शिलालेख भनेको ढुंगामा कुँदिएको अभिलेख हो । प्राचीन समयमा महत्वपूर्ण घटनाहरु, राजकीय आदेश, धार्मिक सन्देश, भूमि अनुदान, युध्द विवरण आदि लिखित रुपमा संकलन गर्न शिलालेख प्रयोग गरिन्थ्यो । ढुंगे शिलालेखको इतिहास कोट्याउँदा शिलालेखको परम्परा संसार भरि पुरानो सभ्यताहरूबाट सुरु भयको पाइन्छ । फ्रान्सको दक्षिण(पश्चिम भागमा अवस्थित नियाक्स गुफा (Niaux Cave) विश्वकै सवैभन्दा पुरानो प्रागैतिहासिक सम्पदाहरु मध्ये एक हो । यसमा हजारौं वर्ष अघि सिर्जना गरिएका अत्यन्त सुन्दर कलाकृतिहरु रहेका छन् ।यहाँ भेटिएको प्रागैतिहासिक कलाको लगभग सबै भाग मानव हातका चित्रहरु थिए । यी चित्रहरु रातो र कालो रंगमा पोतेका थिए । यी चित्रहरु रेडियोकार्बन परीक्षणबाट करिब ३१००० देखि २७००० वर्ष पहिलेको भएको प्रमाणित भइसकेको छ । 

       डा. मोहनलाल गुप्ताको  'Ancient Historu of India Qmone Age to 1200AD पुस्तकका आधारमा शिलालेखको विकास मानवको विकासक्रम अनुसार विकसित हुँदै गएको वर्णन गरेका छन् । पृथ्वीको जन्म अगोको गोला चिसो हुने क्रमसंगै जीवजगतको प्रकट हुने सम्भव भयो । पृथ्वीमा मानवको अगमन हिमयुगमा भएको थियो । यो युगको आरम्भ ठीक कुन समयमा भएको भन्न सकिदैन । पूर्वी अफ्रीकाका क्षेत्रहरुमा ३५ लाख वर्ष पुराना पत्थरका औजारहरुसंग मानवको अवशेषहरु फेला परेका छन् । यस युगका मानवलाई आस्ट्रेलोपिथेकस भनिन्छ । यस आदिम मानवको मस्तिष्क ४०० मिलिलिटर आकारको थियो । यी आदिम मानव दुई खुट्टामा उभिएर हिड्न सक्ने तर सीधा उभिन सक्दैनथ्यो । यस आदिम मानवलाई शब्द उच्चारण गर्न असमर्थ थियो । त्यसैले यसलाई मानव र बाँदर बीचको प्रजाति भनिन्छ । यस जातिले पत्थरलाई हतियारको रुपमा प्रयोग गर्न जानिसकेका थिए । 

दुई खुट्टाले सिधा उभिन सक्षम मानव करिव १० लाख वर्ष पुरानो जीवाश्ममा प्राप्त भयो जसलाई ु होमो इरेक्टसु भनिन्छ । यस मानवको मस्तिष्कको आकार १००० मिलिलिटर थियो । यस मानवहरु केही शब्द बोल्न सक्षम भइसकेका थिए । यस मानवका जिवाश्महरुको नजिक धेरै संख्यामा तेजधार भएका काट्ने औजारहरु र कच्चा फेला परेका छन् । यस आधरमा यस प्रजातिका मानवहरुले मासु पोलेर खान सक्ने र आगोको प्रयोग गर्न जानिसकेको अनुमान गर्न सकिन्छ । यस मानवले पशुपालन गर्न जानिसकेका थिए । आफ्नो पशुहरुको लागि नयाँ चराउने जमिनको खोजीमा लामो यात्रा गथ्र्यो । यो मानव लगभग १० लाख वर्ष पहिले अफ्रिकाबाट बाहिर निस्केको थियो । यसका जीवाश्म चीन, दक्षिण – पूर्वी एशिया र भारतका नर्मदा नदीको घाटीमा फेला परेका छन् । यो मानव लगभग ७ लाख वर्ष अघि २० देखि ३० प्रकारका उपकरण बनाउन जानिसकेका थिए । होमो इरेक्टसबाट निएण्डरतल र होमो सेपियन गरि दुई जातिहरु उत्पन्न भए । निएण्डरतल नामक मानव ३० हजार वर्ष अघि सम्म पृथ्वीमा उपस्थित थियो । यी मानवहरुमा लामो  लामो रौं भएका, मन्द बुध्दि भएका प्राणी थिए । यी मानवहरुको अनुहार रुपरेखा आजका मानिससंग धेरै मिल्दोजुल्दो थिए । लगभग ३० हजार वर्ष पहिले यो मानव पृथ्वीबाट पूर्ण रुपमा समाप्त भएको थियो । 

आजभन्दा पाँचलाख वर्ष पहिले होमो इरेक्टसले हाम्रो जस्तै आकार लिन सुरु गर्यो । यसलाई होमो सेपियन भनिएको हो । यसको अर्थ ु हाम्रो जातिको ु हो । यस मानवको मस्तिष्कको औसत आकार लगभग १३०० मिलिलिटर थियो । भारतमा मानवको पहिलो बसोबास पनि यही सुरु भएको भन्ने कुरा पत्थरका औजारहरुको आधारबाट थाहा पाइन्छ । 

आज भन्दा लगभग १ लाख २० हजार वर्ष पहिले आधुनिक मानव अस्तित्व आएका थिए । यी होमोसेपियन जातिका परिष्कृत रुप थिए । आजभन्दा लगभग ४० हजार वर्ष पहिले परिष्कृत होमोसेपियन जातिका केही मानव युरोपमा  बस्न गए ।  बौद्धिक रूपमा यिनीहरू निएण्डरतलहरु भन्दा धेरै सक्षम थिए । यिनीहरू नयाँ काम गर्ने सोच राख्थे र अझ राम्रो हतियार बनाउन सक्षम थिए । यिनीहरुले शरीरलाई ढाँक्ने तरिका सिकेका थिए र उनका आश्रय स्थलहरु पनि राम्रो थिए ।

आजभन्दा लगभग १० हजार वर्षअघि मानिसले कृषि र पशुपालन सुरु गरेको हो । आजभन्दा लगभग ८ हजार वर्षअघि मानिसले हातले भाँडा बनाउने र तिनीहरूलाई आगोमा पकाउने काम सुरु गरेको थियो । यस अवस्थामा मानिसको मस्तिष्कको जसरी जसरी विकास भयो सोही अनुसार पत्थर र धातुका हतियार र औजारहरूको विकास गर्दै गए । यससँगै यो सभ्य जीवनतर्फ अघि बढ्यो । 

प्रसिद्ध भारतीय इतिहासकार डा.ईश्वरी प्रसादले लेखेका छन् । आजका मानवको रूप नै औजारहरूको प्रयोगबाट भएको हो । भारतको विन्ध्याचलका पहाडहरूको गुफाहरूमा लगभग १ लाख वर्ष पुरानो चित्रहरू प्राप्त भएका छन् । ती गुफाहरुमा तिनका औजारहरू पनि भेटिएका छन् । आजभन्दा ८००० वर्ष अघिसम्मका मानवहरुलाई पूर्व (पाषण कालका मानव भनिन्छ । यस कालका मानव पूर्ण रूपमा सिकार गर्नेमा थियो । यस मानवले कृषि, पशुपालन संग्रह गर्ने जस्ता मानवीय क्रियाकलाप गर्दथ्यो । यस कालका मानवले संस्कृति निर्माण गर्न पनि जानिसकेका थिए । यस कालका मानवहरू कुनै एक स्थानमा स्थिर भएर बस्दैन थिए । उनीहरुलाई शिकार, कन्दमूल, फल आदि पाउने आशा हुन्थ्यो र त्यहाँ जान थिए । प्राकृतिक कठिनाइहरू र जंगली जनावरहरुबाट जोगिनका लागि उनीहरु नदीहरु भएका ठाउँ नजिक बस्न थाले र नदीहरुबाट माछा समात्ने गर्द थिए । जंगलमा पाइने कन्द(मूल र फल पनि उनीहरुको मुख्य आहार थिए । रुखका पातहरु, छाला र जनावरको खालबाट आफ्नो शरीर ढाक्न सुरु गरेका थिए । 

यसकालका मानिसहरु समूह बनाएर बस्द थिए । प्रत्येक समूहको एक प्रधान हुन्थ्यो । जसको नेतृत्वमा ती समूहहरु आहार र सिकारको खोजीमा एक स्थानबाट अर्को स्थानमा सर्द थिए । यसकालमा शवहरुलाई जंगलमा त्यति नै छोडिदिन्थे । ती शवहरु जनावर र पंक्षीहरुको आहार हुन्थ्यो । पछि शवप्रति जिम्मेवारी भावना विकसित भएपछि उनीहरुले शवहरुलाई रातो रंगेर माटोमा गाड्न थाले ।  ८००० ईसापूर्वमा पृथ्वीमा हालसम्मको अन्तिम हिमयुग को समाप्ति भयो । यससँगै पृथ्वीको जलवायु शुष्क र उष्ण हुँदैगयो र जलवायुमा भएका परिवर्तनसँगै वनस्पति र जीवजन्तुहरुमा पनि परिवर्तन आए । यस कालमा मानवहरुको मस्तिष्क पूर्व मानवका भन्दा धेरै विकसित भइसकेको थियो । जसबाट यस मानवले चाँदै सभ्यता र संस्कृतिको विकास गर्यो । जसबाट नयाँ संस्कृतिको पनि जन्म भयो । यस संस्कृति भारतमा लगभग ८००० ईसापूर्व आरम्भ भएर लगभग ४००० ईसापूर्व सम्म रह्यो । भारतका नागपुर, मध्य भारत, कृष्णा नदीको दक्षिण, नर्मदा नदीका किनारहरु, गोदावरी नदीका मुख क्षेत्र, हिमालय क्षेत्रहरुमा प्राप्त भएका औजारहरू पश्चिमी एसिया, युरोप र अफ्रिकामा पनि पाइएका छन् ९ गुप्ता,२०१६० । यस कालका केही नारी मूर्तिहरु भेटिएका छन् जसबाट अनुमान गरिएको छ कि यसकालका मानव मातृदेवीको उपासक थियो । देवीलाई प्रसन्न बनाउनको लागि सम्भवतः उनीहरुले पशु बलि दिन्थे । उनीहरूमा विश्वास थियो कि यसले पृथ्वी मातालाई प्रसन्न बनाउँछ र पशु तथा कृषि दुवैमा वृद्धि हुनेछ ९ गुप्ता, २०१६, पृ।३६० । 

मानिसहरूले ढुङ्गा को स्थानमा धातुको प्रयोग थाले । सुरुमा तामाको प्रयोग त्यसपछि पित्तल र अन्तमा फलामको प्रयोग गर्न थाल्यो । यसबाट मानव सभ्यताको विकास तीव्र गतिले हुन थाल्यो । ढुङ्गालाई पगाल्न सकिँदैन तर तामालाई पगाल्न सकिन्छ । त्यसैले तामालाई पागालेर त्यसबाट साना र ठूला धेरै प्रकारका वस्तुहरु बनाउन थाले ।  भारतको नागपुर देखि गंगा( द्रोणीसम्म फैलिएको विशाल क्षेत्रमा तामाका वस्तुहरु फेला परेका छन् । यस्ता वस्तुहरूमा माछा मार्ने हतियार, खड्ग र मानिसको आकृति भएका वस्तुहरू समावेश छन् । यी वस्तुहरुको प्रयोग मात्र मार्न, स्वीकार गर्न र युद्ध गर्न नभएर विभिन्न शिल्पकला, कृषि आदि कार्यहरुमा पनि प्रयोग गर्न थाले ।  तामा वस्तुहरूको निर्माण गर्नेहरु दक्ष शिल्पकारहरु बन्न थाले । धातुहरुमा पहिलो प्रयोग तामा र तामाबाट धेरै बस्तुहरुको निर्माण हुनथाले पछि यसलाई पवित्र वस्तुको रुपमा लिनथाले । त्यसैले पनि हिन्दू धर्ममा तामाका वस्तुहरुलाई पवित्र र धार्मिक दृष्टिकोणबाट शुध्द मनिन्छ ९ गुप्ता, २०१६, पृ.३९० । 

वैज्ञानिक विधिबाट निर्धारित गरिएका मिति अनुसार तामाको प्रचलन करीब ३००० ईसा पूर्व देखि १५०० ईसा पूर्व भएको हो । यसै युगलाई ताम्र युग (Chalcolithic Age) भनिन्छ । यसै समयमा मानिसहरूले तामा र पत्थर को मिश्रण प्रयोग गर्न थाले । यसै समयमा सिन्धुघाटी सभ्यता (Harappa Civilization) को विकास भयो । यसै समयमा शहर निर्माण, ढल प्रणालीको पनि विकास भयो । आर्यहरुको आगमन १५ सय ईसा पूर्व देखि ६०० ईसापूर्वमा भय ।  जसलाई वैदिक युग भनिन्छ । यस युगमा ऋग्वेदको पनि प्रचार भयो । यस समायमा मानिसहरू गाई, घोडा र खेतीलाई मुख्य पेशा बनाउन थाले ।  यसै युगमा राज्य व्यवस्थाको सुरुवात पनि भयो जसमा राजाको प्रमुख भूमिका थियो । 

भारतमा ६०० ईसा पूर्व देखि ३०१ ईसा पूर्वमा  महाजनपद काल प्रारम्भ भयो । यसमा १६ महाजनपद हरूको उदय भयो । यस कालमा राजनीतिक व्यवस्था सुदृढ हुँदै गयो । गणराज्य र राजतन्त्रको बिकास पनि क्रमिकरुमा हुदै गयो । यसै कालमा गौतम बुद्ध र महावीरको जन्म भयो जसले समाजमा नयाँ विचार ल्याए । यस महाजनपद कालमा भारतमा प्रारम्भिक शिलालेखन र धार्मिक विचारधाराहरु को वृद्धि भएको थियो । यस कालमा लेखन संस्कृतिको पूर्ण रुपमा विकास भएको थियो भन्न सकिँदैन । यस कालमा ब्राह्मी र खरोष्ठी लिपि जस्ता लिपिहरूको प्रयोग भएको थियो । 

महाजनपद कालको अन्त्य पछि इसापूर्व २६०( २३२ को बीचमा अशोक मौर्य सम्राज्यको सम्राट भए । अशोकको शासनकालमा लेखन संस्कृतिको विकासलाई व्यापक रूपमा स्थापित गर्न मद्दत पुग्यो । सम्राट अशोकले आफ्नो शासनकालमा शिलालेखहरू लेखेर धार्मिक र प्रशासनिक आदेशहरू दिन्थे । सम्राट् अशोकले शिलालेखहरूमा ब्राह्मी लिपि प्रचलित भए । यस्ता शिलालेखहरूमा अशोकका नीति, अहिंसा, बौद्ध धर्मको प्रचार र समाज सुधारका सन्देशहरू व्यक्त गरिएका थिए । 

लेखन परम्परा सुरु हुनुअघि मानिसहरूले गुफामा चट्टानमा जंगलका ढुंगाहरुमा विभिन्न आकृतिका चिह्नहरू लेख्न थाले ।  पछि यस्ता चित्रका चिन्हहरू धार्मिक र सार्वजनिक स्थलहरुमा प्रयोग हुन थाले । यस चिन्हलाई हाइरोग्लाफिक भनिन्छ । यस प्रकारका प्रतीकात्मक चिन्हका चित्रहरुबाट लेखन परम्परा विकास हुँदै गए जसलाई क्युनिफर्म भनिन्छ । यसरी लेखन अभ्यासबाट शब्दात्मक र ध्वन्यात्मक रूपमा विकास हुँदै आजको आधुनिक लिपिको विकास भयो ९ देवकोटा, २०७८० । 

नेपालमा शिलालेख लेखनको इतिहासमा सम्राट अशोकको शिलालेखहरू महत्त्वपूर्ण छन् । विशेषगरी लुम्बिनीमा रहेको अशोक स्तम्भमा भेटिएको शिलालेखलाई नेपालमा पाइएको सबैभन्दा पुरानो शिलालेख मानिन्छ । लुम्बिनीको अशोक स्तम्भ शिलालेख सन् १८९६ मा अलोइस एन्टन फुहररले पत्ता लगाएका थिए । यस शिललेखमा भाषा प्राकृत र  ब्राह्मी लिपि थियो । यस शिलालेखको सन्देश सम्राट अशोकले लुम्बिनीलाई बुद्धको जन्मस्थल भनेर मान्यता दिँदै त्यहाँका बासिन्दालाई करमा छुट दिएको उल्लेख छ । यस शिलालेकको स्थापना अशोकले लुम्बिनीको भ्रमण इसापूर्व २४९ तिर गरेका थिए । यसै बेला उनले उक्त शिलालेख पनि स्थापना गरे । 

किराँत शासकहरूको पतनपछि लिच्छवी राजाहरूले करिब ईश्वी प्रथम शताब्दीदेखि आठौं शताब्दीसम्म नेपालमा शासन गरेका थिए । नेपालको इतिहासमा यो समयलाई स्वर्ण युगको रुपमा लिइन्छ किनकी लुम्बिनीको अशोक स्तम्भ लेखबाट लेखन संस्कृति सुरु भई लिच्छवीहरूले पहिलोपटक शिलालेखहरूको स्थापनामार्फत ऐतिहासिक तथ्यहरूको अभिलेख राख्ने परम्परा सुरु गरेका थिए । अभिलेखहरू चोकहरुमा, मन्दिरहरुमा, देवीदेवताका आधारशिला हरुमा पाटीपौवा, गल्ली, ढुंगेधारा बस्ती भित्र र बाहिरी क्षेत्रहरुमा भेटिन्छन् । यस्ता अभिलेखहरुमा त्यसबेलाको सामाजिक, धार्मिक र साँस्कृतिक परिवेश झल्काउँछ । शिलालेखको बनौट अवस्थित स्थान र तिनमा कुदिएका धार्मिक चिन्हहरुको आधारमा स्थानीय जनताको आफ्नै धारणा बनेको पाइन्छ । शिलालेखले किंवदन्तीहरु भन्दा भिन्न इतिहास, संस्कृति र समाजबारे वास्तविक र प्रमाणित जानकारी दिन्छन् । लिच्छवि शासक जयवर्माको ईस्वी १८५ सालको शिलालेख उपत्यकामा भेटिएको सबैभन्दा पुरानो प्रमाण हो । लिच्छविकालीन शिलालेखहरू विभिन्न प्रकारका लिपिहरूमा कुँदिएका पाइन्छन् (Parajuli 2024)

लिच्छवीकालीन शिलालेखहरुमा घरमा पूर्व लिच्छवि लिपि, उत्तर लिच्छवि लिपि वि।सं। ४ औँ शताब्दीदेखि लिएर ७  औँ शताब्दीको उत्तराद्र्धसम्म प्रचलित भएको स्वयम्भूस्थित शिलापत्र, चाँगुनारायण स्थित शिलास्तम्भ सं ३८६ मानदेव ९प्रथम०, लाजिम्पाटस्थित विष्णु विक्रान्त मूर्तिको पाठपीठ लेख सं। ३८९,  पलाञ्चोक स्थित विजयश्री भागवती पाठपीठ लेख सं। ४२५ बाट प्रमाणित हुन्छ ९ शाक्य, २०३०, पृ।४० । पूर्व लिच्छवि लिपि र उत्तर लिच्छवि लिपिलाई ब्राह्मी लिपिको तृत्तीय रुपमा पनि लिने गर्दछ । यस लिपिको लेखनशैलीमा त्रिकोण रूपमा रूपमा देख्न सकिन्छ र पुरातत्वविद् विद्वानहरूले यस लिपिलाई सिद्धमातृका लिपि भनेर पनि भन्ने गर्दछन् ९ शाक्य, २०३०, पृ।५० ।

एघारौं शताब्दीदेखि १८ औं शताब्दीसम्म नेपालमा रञ्जना लिपिको चलेको पाइन्छ । यो लिपि नेपाललगायत चीन, जापान, तिब्बत आदि महायान बौद्ध देशहरूमा पनि प्रचलित र प्रसिद्ध भएको पाइन्छ । प्रचलित नेवारीलिपि, भुजिंमोल लिपि, गोलमोल, लितुमोल, क्केमोल, कुंमोल, हिंमोल, पाचुमोल हुँदै प्राचीन देवनागरी लिपि र सामान्य देवनागरी लिपि नेपालमा चल्न थाल्यो ।


No comments:

Post a Comment